होम
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही सावित हुन्छ l अनुशासन पक्कै बच्चाको हुर्काइमा एउटा महत्वपूर्ण भाग हो l तर कतिसम्म छुट दिने ? धेरै कठोर हुँदा तपाईंको बच्चाको व्यक्तित्वमा नकारात्मक नतिजाहरु हुनसक्छ lअभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अझ बढि छ । शारीरिक रुपमा पुरुषहरु बलियो देखिन सक्लान् । तिनीहरुको बलियो, सुगठित रुप हुन्छ तर स्वास्थ्यको रुपसंग केहि सम्बन्ध हुँदैन । यो त जीवनशैली, तनाव, बानीहरु, बसाइहरु, र बंशानु कुराहरुसँग सम्बन्धित छ । कति त्यस्ता रोगहरु छन्, जो वास्तवमा, पुरुषहरुमा बढी देखिन्छ । अर्को शब्दमा भन्दा, पुरुषहरु बढी संवेदनशील हुन्छन् र श्वासप्रश्वास जस्ता केहि बिमारीहरु विकास गर्ने उच्च जोखिममा हुन्छन् lश्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गायब गर्दिन सक्छ । तथापि चिन्ता गर्नुभन्दा राम्रो कार्य थाल्नु हो, किनकि धेरैजसो समय यी गाँठोहरू क्यान्सर हुने खालका हुँदैनन् ।विगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा आफ्नो दूध प्रदान नगरेर बच्चाको जीवनलाई संकटमा पार्न सक्छन् । आमाको दूधले बच्चालाई धेरै रोगहरूको विरुद्ध प्रतिरक्षा गर्दछ । यसले आमा र बच्चा दुवैको शारीरिक र भावनात्मिक कल्याण गर्दछ । तथापि, दुःखलाग्दो कुरा यो छ कि चेतनाको कमिका करण आधा भन्दा बढी नवजात शिशुहरू यस लाभबाट बञ्चित छन् ।स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
केटाकेटी र किशोर किशोरीहरुमा उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ lयदि तपाईंलाई हाइपरटेन्सनको एउटा बिरामीको चित्र बनाउँन दियो भने त्यो कस्तो देखिन्छ? विवरणहरु छेउमा राख्नुहोस्, के तपाईं एउटा बुढो व्यक्ति, जवान व्यक्ति वा एउटा बच्चाको चित्र बनाउँनुहुन्छ ? सम्भवत तपाईंले एउटा बुढो मान्छे वा सायद अधवैशे मान्छेको चित्र कोर्नुहुनेछ l तर एउटा बच्चा, कसले एउटा बच्चालाई उच्च रक्तचाप हुन्छ भनेर सोच्न सक्छ ! हामी प्रायलाई बिश्वास गर्न कठिन हुनसक्छ तर यो सम्भव मात्र छैन, यसको घटनाहरु बिस्तारै बढ्दैछन् l वास्तवमा, केटाकेटीहरुमा हाइपरटेन्सन साधारण हुँदैछ l अमेरिकामा भएको अध्ययनले देखाउँछ कि ५%सम्म केटाकेटी र किशोर किशोरीहरुमा हाइपरटेन्सन छ l त्यो के हो? केटाकेटी र किशोर किशोरीहरुमा हुने उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ l पेडीयाट्रीक हाइपरटेन्सन मर्करीमा रेकर्ड भएको रगतको चापले परिभाषित गर्छ, दिइएको मानक दरसँग तुलनागर्दा l जब एउटा बच्चा हुर्कन्छ, सबै माइलस्टोनहरुमा तीव्र विकास हुन्छ l केटाकेटीको लागि, विभिन्न उमेर समुहहरुको लागि सबै पारामिटरहरुमा पेर्सेंटाईलहरु परिभाषित गरिएको छ l केटाकेटीहरुमा, जब रक्तचाप ९०औं पेर्सेंटाईलभन्दा माथि हुन्छ तर ९५औं भन्दा कम, त्यसलाई प्रिहाइपरटेन्सन भनिन्छ l जब त्यो ९५औं पेर्सेंटाईलभन्दा माथि हुन्छ, त्यसलाई हाइपरटेन्सन भनेर निदान गरिन्छ l पेडीयाट्रीक हाइपरटेन्सनको छुट्याउने लक्षणहरु छैनन् त्यसैले त्यो सजिलै छुट्न सक्छ l किपय तपाईंको बच्चाको रक्त चाप नियमित मेडिकल परिक्षणको लागि जाँच गराउने अभ्यास गर्नुहोस् l किन त्यस्तो हुन्छ? दश वर्षभन्दा कमका केटाकेटीहरुमा उच्च रक्तचाप अन्य स्वास्थ्य अवस्थाको लागि प्राय सहायक हुन्छ l त्यो लुकेको हृदय रोग, मृगौला रोग, हर्मोनल समस्या वा जेनेटिक समस्याहरुको कारणले हुनसक्छ l यसले मुख्य समस्याको उपचार माग गर्छ l ठुला केटाकेटीहरु, ६-१० वर्ष भन्दा माथि र किशोर किशोरीहरुमा प्राथमिक हाइपरटेन्सन देखिन्छ l यसको लागि कुनै विशेष कारण पहिचान भएको छैन, जीवनशैली, मोटोपन, र परिवार इतिहास बाहेक l त्यो कति खराब हुनसक्छ ? बच्चाहरुले नमिलेको सुताई ढाँचा देखाउँन सक्छन् जब उनीहरुसँग हाइपरटेन्सन हुन्छ l उनीहरु सुत्दा खेरि हुने स्वासको समस्याले ग्रसित हुनसक्छन् घुरेर वा असाधारण स्वास फेरर l निद्राबाहेक, हाइपरटेन्सनको अन्य प्रभावहरु जानेबुझेकै हुँन् l लामो समयमा त्यसले हृदयको रोग वा मृगौला रोग गराउन सक्छ l के गर्ने? सानै उमेरबाट रक्तचाप नियन्त्रण गर्नु निकै महत्वपूर्ण हो l नियमित जाँच र रक्तचापको मुल्यांकन आवश्यक हुन्छ l हाइपरटेन्सन प्राथमिक हो वा सहायक हो भन्ने पहिचान गर्न गहिरो जाँच आवश्यक हुन्छ l सहायक हाइपरटेन्सनमा औषधीद्वारा गरिने उपचार सिफारिस गरिन्छ जहाँ रक्तचापको व्यवस्थापन सँगै मुख्य अवस्था पनि सामना गरिन्छ l प्राथमिक हाइपरटेन्सनको मामलामा, औषधी निकै कठिन मामलाहरुमा मात्र सुझाव गरिन्छ l नत्र, जीवनशैली व्यवस्थापन त्यसको समाधान हो l जीवनमा यति छिटै एन्टी-हाइपरटेन्सिभहरु सुरु गर्नु स्वस्थ विकल्प हैन l तपाईंको बच्चालाई स्वस्थ खाना दिनुहोस्, उसलाई/उनीलाई आदर्श शरीर तौल कायम गर्न मद्दत गर्नुहोस् र उसले पर्याप्त शारीरिक व्यायाम पाउँछ भन्ने निश्चित गर्नुहोस् l जति छिटो हामी समस्या पहिचान गर्छौ अनुशासित जिवनशैलीसँग नतिजाहरु त्यति राम्रा हुन्छन् l अस्वस्थ्य जीवनशैलीले हाम्रो सबै जीवनमा भद्रगोल बनाइरहेको छ l बच्चाहरु कति समयसम्म उम्कन सक्छन् ? हाम्रो जीवनशैली हाम्रा केटाकेटीहरुमा प्रतिबिम्बित हुन्छ l एउटा स्वस्थ दैनिकीमा चल्नुहोस् र परिवारलाई स्वस्थ राख्नुहोस् !  
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीहरुसँग सही तरिकाले व्यवहार गर्नु बच्चाको व्यक्तित्वको निर्माणमा धेरै आवश्यक रहेको हुन्छ ।जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ ।पौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भनिन्छ l यो सुतेको बेलामा हुने एउटा असामान्य व्यवहार हो l सुत्दा बोल्नेहरु प्राय ३० सेकेन्ड भन्दा बढी बोल्दैनन् l सुत्दा बोल्दा साधारण आवाज वा बोलीहरु संलग्न हुन सक्छन् l बोलीको आवाज कानेखुशी देखि चिच्याहटसम्म ठुलो हुनसक्छ l ३ देखि १० वर्षको केटाकेटीमा सुत्दा बोल्ने कार्य बढ्दो हुन्छ l सामान्यतया सुत्दाखेरी बोल्ने कार्य हानिरहित हुन्छ lप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
बाडुलीहरु हासउठ्दो, अप्ठ्यारो, मनोरञ्जनात्मक, वा दिक्क लाग्ने हुन सक्छ । तर हामी सबैलाई यो भएको छ र अरुलाई हुँदा रमाएका छौं ।बाडुली सामान्य गरी डाय्फग्रामको अचानक अनावश्यक संकुचन हो । डाय्फग्राम एक मांसपेशी हो जसमा फोक्सो आराम गर्दछ र यो पेट देखि माथि छ । एक मिनट भित्र धेरै संकुचन हुन्छन र केहि मिनटको लागी जारी हुन्छ । प्रत्येक संकुचन पछि हिक् आवाजले पछ्छ्याउँछ । र त्यस कारण हिकप् नाम । कहिलेकाहीँ बाडुली सबैभन्दा बेढंग अवस्थाहरूमा हुन सक्छ - एक महत्त्वपूर्ण अन्तर्वार्ता गर्नु अघि, जस्तै कि तपाईं बिस्तारै सुत्न जाने बेला, वा बैठकको बेला पनि । कठिन परिस्थितिमा बाडुली एक ठूलो समस्या हुन सक्छ । केही सरल चालहरूले तपाईंलाई यसबाट छुटकारा पाउन मद्दत पुर्याउन सक्छ । बाडुली रोक्नको लागि प्रयोग गर्न सक्ने विभिन्न प्रविधिहरू पत्ता लगाउनाले मद्दत गर्दछ, किनकि केवल एक मात्र प्रविधिले काम नगर्न सक्दछ । तपाइँको सास राख्नुहोस्: गहिरो र लामो सास लिनुहोस्, र त्यसपछि सास राख्नुहोस् । यसले डाय्फग्राममा आराम गर्न र बाडुली रोक्न मद्दत पुर्याउन सक्छ । तातो पानी पिउनुहोस्: पानीको लगभग १० वा बढी ठूलो ठुलो घुड्किहरु लिनुहोस् । यसले डाय्फग्रामको अफ्ट्यारो पन हटाउन मद्दत गर्नेछ । आफ्नो कान बन्द गर्नुहोस्: आफ्नो कानहरू प्लग गर्न एक मोटो सानो रोल कपास प्रयोग गर्नुहोस् वा आफ्नो औंलाहरू प्रयोग गर्नुहोस् र बन्द गर्नुहोस् । यो लगभग ३० सेकेन्डका लागि गर्नुहोस् । वैकल्पिक रूपमा, तपाईंले विस्तारै कानको लोतिको पिछाडिको भाग दबाउन सक्नुहुनेछ । यसले नसालाई आराम दिलाउँछ जसले डाय्फग्रामलाई आराम दिलाउँछ । तपाईंको जिब्रो बाहिर निकाल्नुहोस्: जती सक्नुहुन्छ आफ्नो जिब्रो बाहिर निकाल्नुहोस्, र केहि सेकेन्डका लागि त्यस्तै राख्नुहोस् । यसले राम्रो सास फेर्न मद्दत गर्दछ, र बाडुली आउने बटारिएको मांशपेशीलाई आराम दिने गर्दछ । मुख बन्द गरेर सास फेर्नुहोस्: आफ्नो मुख दुवै हातले बन्द गर्नुहोस् र नाक मार्फत सास फेर्न जारी राख्नुहोस् । यसले एक असुविधा सिर्जना गर्दछ र नसाहरुलाई अल्मलाएर बाडुली बन्द गर्नेछ । कागजको झोलामा सास फेर्नुहोस्: कागजको झोलामा गहिरो सास फेर्नुहोस् । तपाईंको सम्पूर्ण अनुहार कागजको झोलाले नछोप्नुहोस्, मात्र तपाईंको नाक र मुख । आफैलाई अङ्गाल्नुहोस्: घुँडा उठाउनुहोस्, छातीको नजिकै र वरिपरि हात राख्नुहोस् । केहि मिनेट को लागी आफैलाई अङ्गाल्नुहोस् । दबाबले डाय्फग्रामलाई आराम गर्न मद्दत गर्छ । चिनी खानुहोस्: एक चम्मचा सादा चिनी खानुहोस् र मुखमा राख्नुहोस्। बिस्तारै निल्नुहोस् । काग्ती तपाईंको सेवामा: कागतीको टुक्रा छान्नुहोस्, तपाईंको मुखमा राख्नुहोस्, र त्यहिं हुन दिनुहोस् । नचपाउनुहोस्; केहि मिनटको लागी बिस्तारै चुस्नुहोस् । यसले पनि बाडुली हटाउन मद्दत गर्दछ । पर्खनुहोस्: दस चोटिमा नौ पटक, बाडुली आफै जान्छ, अवश्य, तपाईंलाई सानो दुख दिएपछि । यदि तपाईं बाडुलिको साथ असहज हुनुहुन्छ भने, धैर्य हुनुहोस् र केहि मिनेट पर्खनुहोस् । प्रायजसो, जसरि बाडुली अचानक आयो त्यसरि नै जानेछ । मलाई लाग्छ कि बाडुलिको उपचार वास्तवमा रोगीको साथीहरूको मनोरञ्जनको लागि आविष्कार गरिएको थियो । - बिल वाटर्सन
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले कारण जाँच्नुपर्छ lमहिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन्ने बुझाउँछ l यौनमा संलग्न हुनु एउटा आनन्ददायी कुरा हो l यसबाट रमाइलो गर्ने सबभन्दा राम्रो तरिका गर्भवती हुने डर नभई यसमा संलग्न हुनु हो lसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न