बारम्बार सोधिने प्रश्नहरू:

TDO Nepal एकै पटक क्लिक गर्दा स्वास्थ्य सेवा प्रदान गर्ने पूर्ण स्वास्थ्य सेवा हो । अब, तपाईं आफ्नो घर र समयमा सजिलो हुनेगरि डाक्टरद्वारा स्वास्थ्यसम्बन्धि प्रश्नको उत्तर प्राप्त गर्न सक्नुहुन्छ । यसका साथै, तपाईंहरु स्वास्थ्य जानकारीको सबैभन्दा फराकिलो पुस्तकालयबाट स्वस्थ जीवन कसरी व्यवस्थापन गर्ने भनेर सिक्नुहोस् । पुरुष र महिलाहरुको स्वास्थ्य, बालबालिका तथा उमेर पुगेका मानिसहरुको हेरचाह, सौन्दर्य, तन्दुरुस्ती र जीवन शैली व्यवस्थापन जस्ता विषयहरुको लेख र फोटो कथाहरुमा पहुँच पुर्याउनुहोस् । हाम्रो योगा र एरोबिक्सका भिडियोहरू अनुसरण गर्दै घरमा फिटनेस तालिम पाउनुहोस् । तपाईं आफूलाई सुहाउँदो विशेष दरमा साझेदार वेबसाईटहरूबाट रोग पत्ता लगाउने परीक्षण, स्वास्थ्य जाँचका प्याकेज र अन्य स्वास्थ्य हेरचाहर सेवाहरू खरीद गर्न सक्नुहुनेछ । एउटै मूल्यमा सबै र धेरैजस्ता कुराहरु पाउनुहुनेछ । झन्झटमुक्त स्वास्थ्यको लागि TDO Nepal मा सहभागी हुनुहोस् ।

  • TDO Nepal सेवा भनेको के हो?
    • TDO Nepal एक पटक क्लिक गर्दा स्वास्थ्य सेवा प्रदान गर्ने पूर्ण स्वास्थ्य सेवा हो । प्रयोगकर्ताहरुले यस सेवाको लागि सब्सक्राइब गर्न वा दर्ता गर्न सक्नुहुनेछ र निजको आफ्नै घरमा र समयमा सजिलो हुनेगरि दक्ष डाक्टरद्वारा स्वास्थ्यसम्बन्धि आफ्नो प्रश्नको उत्तर प्राप्त गर्न सक्नुहुन्छ । परामर्श मात्र नभएर प्रयोगकर्ताले वृहत पुस्तकालयबाट स्वस्थ जीवनको व्यवस्थापन कसरी गर्ने भनेर सिक्न सक्छन् । सबैजनाले पुरुष र महिलाहरुको स्वास्थ्य, बालबालिका तथा उमेर पुगेका मानिसहरुको हेरचाह, सौन्दर्य, फिटनेस र जीवन शैली व्यवस्थापन जस्ता विषयहरुको लेख र फोटो कथाहरु हेर्न सक्नुहुन्छ । यसबाहेक, हामी योगा र एरोबिक्सको भिडियोहरु हेरेर घरमा फिटनेस तालिम पाउन सक्नुहुन्छ । प्रयोगकर्ताले TDO Nepal र यसको साझेदार सेवा प्रदायकहरूबाट TDO Nepal का प्रयोगकर्ताहरुको लागि रगत परीक्षण, रोग पत्ता लगाउने सेवा, छुट गरिएको दरमा स्वास्थ्य परीक्षणका प्याकेज र अन्य चिकित्साकीय र जीवनशैली सहायता सेवाहरू पनि विशेष दरमा खरीद गर्न सकिन्छ ।
    • सबै सेवाहरू www.tdonepal.com मा विशेष अवधि/ मान्यताको लागि एउटै मूल्यमा उपलब्ध रहेका छन् । TDO Nepal का विषयवस्तु र सेवाहरू अंग्रेजी र नेपाली भाषामा उपलब्ध रहेका छन् ।

  • TDO Nepal सेवाको मुख्य विशेषताहरु के हुन्?
    TDO Nepal सेवाको तीन प्रमुख विशेषताहरु निम्न प्रकारका छन्:
    1. पढ्ने सुविधा
      • पुरुष तथा महिलाहरुको स्वास्थ्य, बालबालिका तथा उमेर पुगेका मानिसहरुको हेरचाह, सौन्दर्य, फिटनेस र जीवन शैली व्यवस्थापनजस्ता विषयहरुको फराकिलो स्वास्थ्य सूचनामा पहुँच ।
      • योगा, एरोबिक्स, आहार र पोषणका लागि भिडियो ट्यूटोरियलहरू
      • बारम्बार सोधिने प्रश्नहरू – यहाँबाट प्रयोगकर्ताहरुले सोधेका हजारौं प्रश्नहरू र चिकित्साकीय रुपमा सही जवाफहरू पढ्न र सिक्नका लागि
    2. सोध्नुहोस् - कुनै पनि समयमा कुनै पनि ठाउँबाट चिकित्साकीय रुपमा योग्य डाक्टरहरुसँग परामर्श
    3. बुक गर्नुहोस् – विशेष दरमा स्वास्थ्य परीक्षण र रोग पत्ता लगाउने परीक्षण र प्याकेजहरू किन्न

  • स्वास्थ्य सूचना पुस्तकालयमा उपलब्ध भएका विषयवस्तुहरुका वर्गहरु के-के हुन्?
    स्वास्थ्य सूचना पुस्तकालयले निम्न सात वटा वर्गहरुमा लेख, फोटो कथा र भिडियोहरुको विषयवस्तुहरुलाई समेट्दछः
    • पुरुष स्वास्थ्य
    • महिला स्वास्थ्य
    • बच्चा हेरचाह
    • सौन्दर्य र फिटनेस
    • जीवनशैली समस्या
    • मानसिक स्वास्थ्य
    • यौन स्वास्थ्य

  • कसरी म TDO Nepal सेवा सक्रिय गर्न सक्छु?
    • TDO Nepal सेवा www.tdonepal.com मा गएर वा गुगल प्ले स्टोर वा एप्पल एप स्टोरबाट TDO Nepal मोबाईल एप डाउनलोड गरेर सक्रिय गर्न सकिन्छ । एक पटक प्रयोगकर्ताले वेब युआरएल भ्रमण गरेपछि वा एप डाउनलोड गरेपछि, निजले आफ्नो प्राथमिक सदस्यता प्याकेज र भुक्तानी विकल्प छनौट गर्न पर्नेछ । सफलतापूर्वक सेवा सक्रिय गरिसकेपछि, निजले सेवाका लाभहरू लिन सक्दछन् ।

  • के म मोबाईलमा वाईफाई नेटवर्क प्रयोग गरेर सेवा सक्रिय गर्न वा पहुँच गर्न सक्छु?
    • हो, प्रयोगकर्ताले मोबाईलमा वाईफाई नेटवर्क प्रयोग गरेर सेवा सक्रिय गर्न वा पहुँच गर्न सक्दछ । पहिला नै सदस्यता लिइसकेका प्रयोगकर्ताका लागि सेवा पहुँच गर्नका लागि र सेवाको वैधता उपलब्ध छ, प्रयोगकर्तालाई फेरि शुल्क लाग्ने छैन, र निजले सेवा प्रयोग गर्न OTP प्रमाणीकरण प्रक्रिया अनुसरण गर्नेछ ।

  • म कसरी सेवाको लागि पैसा तिर्न सक्छु?
    • प्रयोगकर्ताले आफ्नो एनसेल प्रीपेड ब्यालेन्स वा पोस्टपेड बिल प्रयोग गरेर सेवाको लागि पैसा तिर्न सक्दछ । प्रयोगकर्ताले क्रेडिट कार्ड/ डेबिट कार्डमार्फत र/ वा खल्ती र ई-सेवा जस्ता डिजिटल वालेटहरु प्रयोग गरेर पैसा तिर्न सक्दछ ।

  • खल्ती/ ई-सेवा वालेट भनेको के हो ?
    • खल्ती/ ई-सेवा भनेको डिजिटल वालेट हो, जसले TDO Nepal सेवाको लागि वास्तविक समय, सुरक्षित र तत्कालै पैसा तिर्न सुनिश्चित गर्दछ । खल्ती वालेटको बारेमा थप कुरा थाहा पाउन https://khalti.com/ वा https://khalti.com/info/faq/. मा हेर्नुहोस् । ई-सेवा वालेटको बारेमा थप कुरा थाहा पाउन https://esewa.com.np/ वा https://blog.esewa.com.np/faq/

  • म खल्ती/ ई-सेवामार्फत कसरी सेवाको पैसा तिर्न सक्छु? 
    तपाईंसँग यसको लागि पर्याप्त व्यालेन्स भएको खल्ती/ ई-सेवा खाता हुनुपर्छ ।
    • मन पराएको प्याकेज र भुक्तानी विकल्पको रूपमा खल्ती/ ई-सेवालाई छनौट गर्नुहोस् ।
    • एक पटक तपाईंले मन परेको भुक्तानी विकल्प छनौट गर्नुभएपछि, तपाईंले वालेट खाता क्रिडेन्सियल र OTP सँग लगईन गर्नु पर्छ ।
    • सफलतापूर्वक लग-ईन गरिसकेपछि, तपाईं सेवाको पैसा तिर्न र सदस्यता तिर्न सक्नुहुन्छ ।
    खल्ती वालेटको बारेमा थप कुरा थाहा पाउनको लागि https://khalti.com/ वा https://khalti.com/info/faq/. मा हेर्नुहोस् । ई-सेवा वालेटको बारेमा थप कुरा थाहा पाउनको लागि https://esewa.com.np/ वा https://blog.esewa.com.np/faq/ मा हेर्नुहोस् ।

  • म TDO Nepal को विषयवस्तु र सेवाहरूमा कसरी पहुँच पाउन सक्छु?
    • प्रयोगकर्ताले एक पटक सफलतापूर्वक प्याकेजको सदस्यता लिएपछि, निजले तुरून्तै TDO Nepal को विषयवस्तु र सेवाहरूको पहुँच प्राप्त गर्दछ । प्रयोगकर्ताले विषयवस्तुको वर्ग छनौट गर्न सक्दछन् र लेख, फोटो कथा वा भिडियोहरूमा धेरैभन्दा धेरै पहुँच गर्न सक्दछन् । प्रयोगकर्ताले हरेक पृष्ठको दायाँ-तलपट्टिको सोध्नुहोस् विजेट पनि प्रयोग गर्न र डाक्टरहरूलाई प्रश्नहरू सोध्न सक्दछ । प्रयोगकर्ताले मेनु विकल्पमा रगत वा रोग पत्ता लगाउन परीक्षण किन्न वा स्वास्थ्य जाँच परीक्षण खरीद गर्न टिडीओ ल्याबको लिङ्कमा जान पनि सक्दछन् ।

  • म TDO Nepal को सेवा कति लामो समयको लागि प्रयोग गर्न सक्छु?
    • प्रयोगकर्ताले कुनै पनि समय, कुनै पनि ठाउँबाट र यसको सदस्यता प्याकेजको वैधता ठीक हुँदासम्म जति पटक पनि सेवा प्रयोग गर्न सक्दछ । सेवा नवीकरण हुनेछ वा म्याद सकिँदा नवीकरणको लागि सोधिनेछ । यदि प्रयोगकर्ताले सेवाबाट सदस्यता फिर्ता गर्न चाहेमा, निजले सेवा निष्क्रिय गर्नुपर्नेछ ।

  • के TDO Nepal सेवा सबै शहरहरुमा उपलब्ध रहेको छ?  
    • TDO Nepal अनलाईन सेवा हो । प्रयोगकर्ताले नेपालको कुनै पनि ठाउँबाट पढ्ने र सोध्ने सुविधा प्रयोग गर्न सक्दछ तर स्वास्थ्य जाँच/ रक्त परीक्षण वा कुनै अन्य तेस्रो पक्ष सहायता/साझेदार सेवाहरू समावेश भएका बुक गर्ने सुविधा सीमित स्थानहरूमा मात्रै उपलब्ध रहेका छन् । उपलब्ध स्थानहरुको विवरण उत्पादनको हरेक सेवामा उल्लेख गरिएको छ ।

  • TDO Nepal को सेवा लिने उमेरको मापदण्ड कति हो?  
    • TDO Nepal को सेवा सबै उमेर समूहहरुको लागि उपलब्ध रहेको छ । नाबालिकको अवस्थामा मात्रै, सेवामा प्रदान गरिएको चिकित्सकीय सल्लाह आमाबुवा वा अभिभावकको परामर्श लिनु पर्दछ ।

  • TDO Nepal द्वारा प्रदान गरिएका विषयवस्तु र/वा अनलाईन चिकित्साकीय परामर्शबाट निर्देशन प्रयोग गर्नका लागि नियम तथा शर्तहरु:
    • TDO Nepal मोबाईल तथा ईन्टरनेट प्लेटफर्ममा आफ्ना प्रयोगकर्ताहरूलाई पेशागत चिकित्साकीय र स्वास्थ्य सल्लाह प्रदान गर्दछ । TDO Nepal उपलब्ध रहेका सबै विषयवस्तु चिकित्सकिय रुपमा स्वीकृत गरिएका छन् । परामर्शका लागि उपलब्ध सबै डाक्टरहरू चिकित्सकिय रूपले योग्य छन् र अनलाईन उपभोक्ताहरूलाई सन्तुष्ट बनाउनका लागि सबैभन्दा राम्रो ढङ्गमा प्रशिक्षित छन् । यद्यपि, TDO Nepal ले आफ्ना प्रयोगकर्ताहरूलाई उनीहरूको आफ्नो विवेक र ज्ञान प्रयोग गरेर सेवाबाट प्रदान गरिएको मार्गदर्शन पालना गर्न वा सोही अनुसार कार्य गर्न सल्लाह दिन्छ । TDO Nepal का विषयवस्तु र डाक्टरहरूद्वारा उपलब्ध प्रदान गरिएको कुनै मार्गदर्शन पालना ‍गर्न वा सोही अनुसार काम गर्न वा उपेक्षा गर्न प्रयोगकर्ताको एकमात्रै उत्तरदायित्व हो । यो बुझ्न पनि महत्त्वपूर्ण छ कि अनलाइन परामर्श डाक्टर र/वा अन्य स्वास्थ्य सेवा प्रदायकहरूसँग भेटेर गरिने परामर्श होइन र यसको प्रतिस्थापन हुन सक्दैन ।