TDO Nepal
होम
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरुले दिन सक्दैन ।संगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलाई उसको रुपले प्राय मुल्यांकन गरिन्छ l आफैलाई सफा गर्ने र श्रिंगार गर्नाले रुप बदल्न सक्छ र नयाँ आत्मविश्वास दिन सक्छ l अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
फलफूलको कुरा गर्दा गुलियो स्वाद भनेझैँ महिलाहरुको कुरा गर्दा मिठास बुझिन्छ । एक महिलालाई बिहानै प्रशस्त काम हुन्छ । सबेरै धेरै कामको दौडधुप गर्नुपर्छ । उनी सबेरै सबैभन्दा पहिले उठ्दछिन्, तर पनि बाँकी समय गुमाएको ऊर्जा पुनःपूर्तिका लागि भने पर्याप्त हुँदैन । यसको समाधान हो योगा ।घरमा सबैले आफ्ना आवश्यकताहरुका लागि एक महिलाबाट धेरै अपेक्षा राख्दछन् । श्रीमानलाई अफिसका लागि तयारी, बच्चाहरुलाई तयार गरी उनीहरुको स्कुलको लागि खाजाको तयारी र सासु ससुरालाई विहानको चिया नास्ताको बन्दोबस्त । यसका साथसाथै, उनलाई अफिस समयमा पुग्न हतार हुन्छ । अनि फर्किँदा घरका लागि तरकारी तथा अन्य किनमेल गर्नुपर्ने, घर पुगेर खाना तयार गर्नुपर्ने र घरको सम्पूर्ण काम सकाएर सुत्न राति निकै ढिला हुने ।  यसरी यति धेरै काममा व्यस्त हुने महिलाहरुका लागि गुमाएको ऊर्जा पुनःपूर्ति गर्न उपलब्ध समय पर्याप्त हुँदैन । यति धेरै काम गर्नाले मानसिक भार र तनावका कारण टाउको दुखाई, गर्दन दुखाई, काँधको कडापन, मलिन मुद्रा, दाँत किट्ने समस्या तथा थकान जस्ता समस्याहरु देखा पर्न सक्छन् । यसको समाधान के हुनसक्छ त ? यसको एकमात्र समाधान हो योगा । हाम्रो स्वास्थ्यमा योगाको कति धेरै फाइदाहरु हुन्छ यो हामी सबैलाई अवगत भएकै कुरा हो; यसले दुवै शारीरिक र मानसिक फाइदाहरु दिलाउँछ । यो हाम्रो शरीर, दिमाग एवं आत्माका लागि निकै फाइदाजनक छ । यसको लागि केवल १० मिनेटको समय चाहिन्छ । योगाले मानसिक भार र तनावबाट मुक्त हुन मद्दत पुर्याउँदछ । संस्कृतमा योगाको अर्थ योग हो जसले जोड्नु वा एकजुट गर्नु भन्ने बुझिन्छ । योगा भनेकै दिमाग, शरीर, आत्मा एवं श्वासको हाम्रो वरिपरिको वातावरण र ब्रह्माण्डसँगको संयोजन हो । एकले योगा क्रमिक रुपले आरामदायक गतिमा गर्नुपर्दछ । श्वास–प्रश्वासको व्यायाम मानसिक तनाव कम गर्नका लागि निकै उपयुक्त उपाय हो । अनि यो विभिन्न आसनमा गर्न सकिन्छ । यसका लागि तपाईँले चिँउडो bhuii*को बराबरीमा हुनेगरी काँध खुकुलो बनाई आरामपूर्वक भुँइमा बस्नुपर्दछ । पेट र करङ फुल्ने गरी छाती फुलाउँदै नाकबाट श्वास लिनुहोस् अनि विस्तारै पेट र करङ खुम्च्याउँदै श्वास छोड्नुहोस् र अन्तमा छातीलाई खुकुलो बनाउनुहोस् । अब यसरी नै श्वास–प्रश्वास जारी राख्नुहोस्, यसले हाम्रो शरीरमा प्रवेश गर्ने अक्सिजनको गुण र मात्रामा सुधार ल्याउँदै श्वासको कमीमा राहत garna waa तनाव कम गर्न मद्दत गर्दछ ।      योगा मुद्रा तनावबाट मुक्त हुनको निमित्त उपयोगी छ, यसका लागि सर्वप्रथम चटाईमा पलेटी कसेर बस्नुहोस् र आफ्नो पिठ्यूँलाई सिधा राख्नुहोस्, त्यसपछि आफ्नो पाखुरा पछाडी लग्नुहोस् र आफ्नो दाहिने हातले देब्रे नाडीमा समाउनुहोस् । त्यसपछि श्वास बाहिर फाल्दै, अगाडि झुकेर आफ्नो बायाँ घुँडालाई छुनुहोस्, यो अभ्यास गर्दा भगवान् तिर समर्पित भएको सम्झनुहोस् जसले सदैव तपाईँको रक्षा गर्दछन् र श्वास भित्र लिँदै पुरानो मुद्रामा फर्कनुहोस्, अनि यही प्रक्रिया आफ्नो दायाँ दिशातिर पनि दोहोर्याउनुहोस् । अनि अन्ततः आफ्नो निधारले जमिनमा छुवाउँदै यो मुद्राको समापन गर्नुहोस्, यो गर्दा श्वास बाहिर फाल्नुहोस् र जब तपाईंलाई श्वास भित्र लिनु पर्ने हुन्छ फेरि सामान्य मुद्रामा फर्कनुहोस् । यस आसनले तपाईंमा फुर्ति बढाउन मद्दत गर्दछ, श्वास–प्रश्वास कार्य पनि सक्रिय तुल्याउँछ, पाचन प्रकियामा सुधार ल्याउँछ र तपाईंलाई संयम बनाउँछ । तर यस आसन गर्भवती महिला, हर्नियाका बिरामी र रेटिना विकार भएका बिरामीहरुले भने गर्नु हुँदैन । शवासनले तपाईंले कुनै पनि कार्य गर्नुपूर्व शरीरलाई आराम प्रदान गर्न मद्दत गर्दछ । यो आसनका लागि चटाईमा लम्पसार परेर आरामले सुत्नुहोस् । आफ्ना पाखुराहरु शरीरभन्दा कम्तिमा एक फिटको दुरीमा राख्नुहोस् र खुट्टाहरु पनि दुई फिट जतिको दुरीमा राख्नुहोस् । त्यसपछि आँखा बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिँदै तनावका भावनाहरुबाट मुक्त भएको महसुस गर्नुहोस् । सामान्य श्वास लिँदै शरीरका विभिन्न भागहरुमा ध्यान दिनुहोस् जस्तै खुट्टाका औँला, खुट्टा ,पेट र अन्ततः शिर अनि मांसपेशीको समूहलाई आराम दिने कोशिश गर्नुहोस् । यसले तपाईँको  श्वास–प्रश्वासमा सुधार ल्याउँदछ, एकाग्रता बढाउँछ  र भित्री शान्ति प्रदान गर्दछ । तर यदि तपाईं कम रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने यस आसनबाट टाढै रहनुहोस् ।  
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवाफ भनेको उनले व्यायाम गर्न छोडिनन् ।गर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु हुन्छन् ! के बच्चा रुनेछ ? के बच्चा बिरामी हुनेछ ? के मैले सबैकुरा प्याक गरेको छु ?  यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा ध्यान दिइनुपर्छ lबच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसक्छन् lकसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
बाथ एक दुखद स्थिति हो जुन सामान्यतया ५० वर्ष भन्दा बढी उमेरका वयस्कहरूमा हुन्छ । यस मस्कुलोस्केलेटन प्रणालीमा, विशेषगरि जोर्मी प्रभावित हुन्छ जसले शारिरको गतिशीलता कम गर्छ, शरीर अरर्रो हुन्छ र पिडा दिन्छ l हुन त बाथ भन्ने जोर्नीको कडापनलाई बुझाउने सामन्य शब्द हो तर १०० भन्दा बढी बाथ जस्तै रुमेटोइड बाथ, ओस्टियोआर्थराइटिस, बच्चालाई लाग्ने बाथ, र संक्रामक बाथ हुन्छन् ।रुमेटोइड बाथ एक भ्रामक प्रकारको बाथ हो जहाँ साइनोभियल फ्लुडको कार्य अवरुद्ध हुन्छ । यो सामान्यतया ६० बर्ष माथीका महिलामा देख्ने गरिन्छ । साइनोभियल फ्लुडले जोर्नी, हड्डी र कार्टिलेज सम्बन्धि स्वस्थ्यलाई कायम गर्छ ।ओस्टियोआरथ्राईटिस दुवै महिला र पुरुषमा देखापर्छ । यस प्रकारमा कार्टिलेज नामक हड्डी क्रमस खिया पर्दै जान्छ जसले गर्दा हड्डीका कार्टीलेजहरु खिइदै जाने हुन्छ र मांशपेशी, जोर्नी र टेण्डनमा दुखाई पिडा हुन्छ र अरर्रोपन गराउँछ l बाथको  बिरामीमा क्याच २२ अर्थात् समाधाननैं नहुने अवस्था आउँछ जसमा उनीहरुले अभियास गर्दा चरम ध्यान दिनु भनिन्छ । शारीरिक कसरत गर्दा धेरै पिडा हुने भएकोले कसरतनैं  पुरै रोक्नु भनिन्छ । अब कसरतको  कमिले गर्दा शरीरको अवस्था झन् बिर्ग्रंदै जानुका साथै सुन्निने गर्छ जसले गर्दा अंगको आकारनैं बिग्रन्छ । बाथ भएका बिरामीलाई यस्तै कुराको चुनौती हुन्छ । के बाथका बिरामीलाई कसरत गर्न दिनुपर्छ ? यदि पर्छ भने कस्ता प्रकारका दिनु उचित हुन्छ ? प्रमुख प्रश्न : बाथ मैत्री कुनै कसरत छन् ? बर्तमान परिपेक्षमा डक्टरले बाथका बिरामीलाई कसरतले निकै  राम्रो गर्छ भन्ने सुझाब दिएका छन् । सही खालको कसरत गर्नाले जोर्नी सुन्निएकोलाई बिसेक पार्ने, स्वास्थ्यको निर्माण गर्ने, हड्डी र जोर्नीलाई मजबुत र लचकदार बनाउने गर्छ ।     सही कसरतको तालिका के होला त ? आर्थराइटिस फाउन्डेसनको अनुसार व्यायामले शरीरको लचकदार बढाउँछ, मांशपेसीको मात्रा बढाउँछ । शरीरको राम्रो स्फूर्तिपनको लागि र शरीरको सहनसक्ने क्षमता बढाउने प्रकारको व्यायामको ढाँचा बनाउनु जरुरी छ । नियमित हिंडाई : बाथको लागि नियमित हिंडाई सारै उत्तम हुन्छ । हप्ताको तीन पटक ३० मिनेटका दरले एकैनासले हिंड्नाले लामा हड्डीलाई सक्रिय बनाउँछ र सुन्निएको कम्मर तथा खुट्टाको जोर्नीलाई घटाउन सक्छ । सुक्ष्म व्यायाम कुनै पनि ब्यायाम गर्नु अगाडी धेरै आवश्यक हुन्छ । सामन्य रुपले खुट्टा उठाउने, हात देखि कुर्कुचासम्म तन्काउने, पछाडीको कम्मर हलुका ढंगले तन्काउने जस्ता सुक्ष्म ब्यायाम हिंड्नु अगाडी गर्न सकिन्छ । यसले शरीरको पिडालाई र खुट्टा फर्केनेबाट बचाउँछ । आफु हिंड्ने बाटो चाहिं उक्कालो हुनु हुँदैन जहाँ जोर्नीलाई धेरै भार पर्न सक्छ । पानीमा गरिने कसरत : पानी कम प्राभावको हुनाले पानी कसरत गर्नु राम्रो बिकल्प हो । पौडी पोखरीभित्र बसेर बाथका बिरामीहरुले धेरै फाइदा लिन सक्नुहुन्छ । क्रोनिक बाथका बिरामीहरुको लागि पानीमा २०-३० मिनेटसम्म हिंड्नु वा त्यसै खुट्टाले पाइडल मार्नु उचित हुन्छ । यसले जटिल अवस्थामा सहने क्षमता बढाउनुका साथै शरीरलाई तागतिलो बनाउँछ । समन्वय बढाउनका लागि पानीमा उल्टो हिंड्दा पनि हुन्छ वा त्यसै पानीमा आराम गरेर तैरिदा पनि हुन्छ । आफ्नो अवस्थालाई नकारात्मक असर गर्ने वा धेरै चिसो पानीबाट बच्नुपर्छ । तन्कने र योग : जोर्नीको दुखाईलाई सबै प्रकारका सहज तन्कने कसरतले कम गर्नेगर्छ । उभिएर खुट्टा उचाल्ने, कुम उचाल्ने, नारीलाई घुमाउने जस्ता ब्यायाम सजिलै गर्न सकिन्छ र यसले शरीरलाई लचक्दार राख्न मद्दत गर्छ । योगले शरीरको लचकपनलाई बढाउनुको साथै अरु धेरै गर्छ । योग यस्तो उर्जा शक्ति हो जसले भित्रि र बाहिरी अंगलाई समन्वय गर्ने काम गर्छ । आफुलाई जुनसुकै ब्यायाम उपयुक्त भएपनि यी कुराहरु सम्झी राख्नुहोस् : बाथका बिरामीहरुलाई सही सुक्ष्म ब्यायामले कसरत गर्दा लाग्नसक्ने चोटलाई कम वा निवारण गर्ने भएकोले यो गर्नु आवशयक हुन्छ । पिडा महशुस भएको खण्डमा आफ्नो शरीरलाई कसरत प्रणालीमा ढाल्न कुनै आवश्यक छैन । जोर्नीहरू सुन्निए भन्ने एक दिन नगर्दा पनि हुन्छ । शरीरलाई निको हुन समय लाग्ने भएकोले कसरतको तालिकामा सुस्तरी प्रबेस गर्नुहोला । आफ्नो तालिकामा कुनै पनि बैकल्पिक उपाय अपनाउनु परेमा चिकित्सक वा बिज्ञको परामर्स लिनुहोला ।
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फ्लू- जस्तो लक्षणहरू र रक्त अल्पत्ता वा एनीमिया गराउँदछ । भारतलाई औलोको कारणले दोस्रो उच्च संख्यामा मृत्यु हुने देशको रुपमा लिइन्छ । उडिसा, छत्तीसगढ, उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड र दक्षिण कर्नाटकलाई भारतमा सबैभन्दा धेरै औलो हुने ठाउँहरु हुन् ।कारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
तपाईले आफ्नो यौन संक्रमणबारे कुरा नगरुन्जेल नपर्खनुहोस् l तपाईले कसरी र किन आफ्नो मुख खोल्नुपर्छ र त्यसबारे भन्नुपर्छ यहाँ छ lहामीहरु जिईरहेको समय डरलाग्दो समय हो। विश्वभर यौन सम्बन्धित समस्याहरु, रोगहरु र अवस्थाहरुले प्रभावती भएका मानिसहरुका उच्च संख्या मात्रै पनि भयाभव छ। एड्स, यौन संक्रमणहरु जस्तै सिफिलिस र गोनोरिया, दादहरु, HPV आदि तीव्र भएर बढि रहेको छ र यसले एउटा जिम्मेवार पूर्ण यौन व्यवहारको माग गरिरहेको छ। तरैपनि, त्यो त एउटा आदर्श संसार हुनेछ जहाँ मानिसहरु एउटै जोडी संग जिम्मेवार पूर्ण ढंगले व्यवहार गर्नेछन। जोखिम पूर्ण यौन सम्पर्कमा लिप्त भए भने एउटा एकल व्यक्तिलाई पनि यी रोगहरु लाग्न सक्छ। कल्पना गर्नुहोस् अमेरिकामा एक जना महिलाले आफ्नो श्रीमानले उनलाई हर्प्स (दाद) सारेको कारण $७५०, ००० अंश प्राप्त गरेकी थिइन्। तपाईं कानूनी रुपले दोषी नठहरिनु भएता पनि, नैतिक जिम्मेवारीलाई बहन गर्नु पर्दछ र तपाईंको साथि संग सम्भावित यौन प्रसारित संक्रमणको विषयमा छलफल गर्नु पर्छ! दश वर्ष देखि खुशी साथ विवाह भएको ज्याकको अवस्थालाई हेर्नुहोस् जसको शहर देखि बाहिर अफिसको यात्रामा कसै संग असावधानी पूर्ण यौन सम्पर्क भयो। उसमा कुनै पनि स्पष्ट देखिने लक्षणहरु देखा परेन तर एक महिनामा, उसको श्रीमतीमा हर्प्स (दाद) को संकेत देखियो र उसको विवाह धराशायी भयो कारण उसको श्रीमती आफ्नो श्रीमानको स्पष्ट विश्वासघात पूर्ण र निर्दयी व्यवहारलाई बुझ्न श्रीमतीलाई धेरै गाह्रो भयो जसले गर्दा उनलाई एउटा गम्भीर यौन संक्रमण हुन पुग्यो। (सिफिलिस सम्बन्धि लेखको निम्ति www.topdoctorsonline.com लाई हेर्नुहोस) त्यति बेला सम्म त उसले, सम्पूर्ण सम्भावना सहित, उसको नियमित यौन सम्पर्कको जोडी वा साथीलाई सारी सकेको हुन सक्छ। वा, शायद, अर्को सम्भावना पनि के हुन सक्छ भने त्यो व्यक्तिलाई यौन संक्रमण भएको छ भनि थाह हुन सक्छ तर आफ्नो साथीलाई कसरी बताउने भनि थाहा नहुन सक्छ। यदि एउटा व्यक्तिलाई उसको संक्रमणको विषयमा थाहा छ भने, तरपनि अर्को व्यक्तिलाई जानी जानी त्यो रोग सारी दिन्छ भने, त्यो एउटा नियोजित हत्या बराबरको अपराध हुन्छ। हो, तपाईंको साथीलाई बताउन गार्हो हुनेछ जसो गर्दा सम्बन्धको अन्त्य नै हुने संकेत मिल्न सक्छ वा त्यस सम्बन्धमा अत्यन्त ठुलो फाटो ल्याउन सक्छ। त्यसकारण, यदि तपाईं यस प्रकारको परिस्थितिमा अल्झिनु भयो भने, तपाईं के गर्नु हुने छ? विकल्पको रुपमा एउटा यौन चिकित्षक कहाँ जाने र उसमाथि नै भर पर्ने र त्यस पछि दुवै जना भेट्न जाने र विज्ञले त्यो कुरा आफ्नो जोडीलाई बताउन लगाउने हुन सक्छ। त्यो यदी तपाईं स्थिर सम्बन्धमा हुनुहुन्छ भने ठिकै हुन सक्छ। तर त्यस्तो जोडीको निम्ति जो असावधानीपूर्ण यौन सम्पर्क गर्छन, र संक्रमित व्यक्तिले प्राय आफ्नो संक्रमणको विषयमा त्यति खुल्न चाहंदैनन र यदी अर्को व्यक्ति एकदम अपरिचित हो भने त झन् यसमा कुनै चासो नै नराख्न सक्छन। समाचारको एउटा रिपोर्टले अझ कति चकित पार्ने तथ्यांक प्रकट गरेकोछ: धेरै मानिसहरुले भने कि तिनीहरु, आकस्मिक साथीहरु (५० प्रतिशत ) वा दिर्घ-कालिन साथीहरु (३९ प्रतिशत ) संग यौन सम्पर्क गर्न भन्दा अघि कहिलेकाहिँ, विरलै जांच गर्ने गर्छन वा कहीले पनि गर्दैनन्। यौन प्रसारित संक्रमणको जांचको विषयमा छलफल गर्यौं भन्ने मानिसहरु मध्ये, धेरै थोरैले मात्रै स्वीकृत यौन जोडीहरुको कुरा गरे वा तिनीहरुको पछिल्लो यौन क्रियाकलापको सम्बन्धमा कहीले जांच भएको थियो भन्ने कुरा गरे। यी मुद्दाहरु यौन प्रसारित संक्रमण रोगहरुको जांच गर्नको निम्ति महत्त्वपूर्ण भागहरु हुन्, अनुसन्धानकर्ताहरुले भनेका छन। करिव एक-तिहाइ सहभागीहरुले तिनीहरुका साथीहरुलाई उनिहरुलाई यौन प्रसारित संक्रमण छैन भनि बताएका छन भनि भने जबकी उनीहरुको पछिल्लो यौन साथी पछि कुनै जांच गरेका छैनन्। एक अमेरिकी महिलाले उनको पुर्व-पति बाट अदालतमा $७५०,००० प्राप्त गरेकी थिईन कारण उसले उनलाई हर्प्स (दाद) दिएको थियो, र कानूनको चलन यस्तो छ कि यसले मानिसहरुलाई दोषी ठहराउँछ। ध्यान दिनुहोस् एउटा कन्डमको प्रयोग गर्दा पनि यो अर्को व्यक्तिलाई संक्रमण सर्दैन भन्ने १००% ग्यारेन्टी छैन तर पनि तपाईंको अवस्था को बारेमा बताउने आँट छैन भने तपाईंले कमसेकम कन्डमको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको साथी धेरै जना संगको यौन क्रियाकलापमा लिप्त छ भन्ने तपाईंलाई महसुस भयो भने र उसलाई संक्रमण भएको छ भन्ने तपाईंलाई लाग्यो भने, तब तपाईं उ/उनिले जांच नगराए सम्म यौन सम्पर्क गर्दिन भन्ने अधिकार तपाईं संग छ। यदि तपाईंले यौनांग वरिपरि फोकाहरु देख्नु भयो भने मुख वा गुद्वार मैथुन वा अन्य कुनै पनि प्रकारको यौन सम्पर्कमा नलाग्नुहोस् र जहिले पनि कन्डम लगाउन जोड दिनुहोस; यसले तपाईंको जीवन बचाउन सक्छ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन्ने बुझाउँछ l यौनमा संलग्न हुनु एउटा आनन्ददायी कुरा हो l यसबाट रमाइलो गर्ने सबभन्दा राम्रो तरिका गर्भवती हुने डर नभई यसमा संलग्न हुनु हो lसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न

बारम्बार सोधिने प्रश्न

TDO नेपाल एक क्लिकमा स्वास्थ्य हेरचाह प्रदान गर्ने एउटा पूर्ण मोबाइल हेल्थ सेवा हो l अब, तपाईं घरै बसेर आफ्नो समय अनुसार आफ्नो कुनै स्वास्थ्य सम्बन्धी प्रश्न डाक्टरलाई सोधी जवाफ पाउँन सक्नुहुन्छ l साथै, स्वास्थ्य सूचनाको फराकिलो लाइब्रेरीबाट स्वस्थ जीवन व्यवस्था गर्न सिक्नुहोस् l पुरुष र महिला स्वास्थ्य, बच्चा र वृद्ध हेरचाह, सौन्दर्य, तन्दुरुस्ती र जीवनशैली व्यवस्थापन जस्ता वर्गहरुबाट लेख र फोटो स्टोरीहरु पढ्नुहोस्/हेर्नुहोस् l योग र एरोबिक्समा हाम्रो भिडियो हेरेर घरमै फिटनेस तालिम प्राप्त गर्नुहोस् l ति सबै र थप एकै मुल्यमा l झन्झट-मुक्त स्वास्थ्यको लागि TDO नेपाल मा सामेल हुनुहोस् l

  • TDO नेपाल सेवा के हो ?
    • TDO नेपाल एक क्लिकमा स्वास्थ्य हेरचाह प्रदान गर्ने एउटा पूर्ण मोबाइल स्वास्थ्य सेवा l प्रयोगकर्ताले यो सेवाको लागि सब्सक्राइब वा भर्ना गर्न सक्छन् र एउटा योग्य मेडिकल डाक्टरद्वारा आफ्नो घरमै र आफ्नो अनुकुलको समयमा आफ्नो स्वास्थ्य प्रश्नको जवाफ पाउँन सक्छन् l परामर्श मात्र हैन, प्रयोगकर्ताले स्वास्थ्य सुचनाको ठुलो लाईब्रेरीबाट एउटा स्वस्थ जीवन व्यवस्था गर्न सिक्न सक्छन् l पुरुष र महिला स्वास्थ्य, केटाकेटी र वृद्ध हेरचाह, सौन्दर्य, तन्दुरुस्ती र जीवनशैली व्यवस्थापन जस्ता वर्गहरुबाट लेख र फोटो स्टोरीहरु पढ्न/हेर्न सकिन्छ l अझ, योग र एरोबिक्समा भएका भिडियोहरु हेरेर घरमै फिटनेस तालिम लिन सकिन्छ l सबै सेवाहरु www.tdonepal.com मा एउटा विशेष समय/मान्यतामा एकपल्टको शुल्कमा उपलब्ध छन् l TDO नेपाल का सामाग्री र सेवाहरु अंग्रेजी र नेपाली भाषामा उपलब्ध छन् l
  • TDO नेपाल सेवाको प्रमुख विशेषताहरु के हुन् ?
    TDO नेपाल सेवाको चार प्रमुख विशेषताहरु छन्:
    • योग्य डाक्टरहरुसँग कुनै बेला कुनै ठाउँबाट परामर्श
    • पुरुष र महिला स्वास्थ्य, केटाकेटी र वृद्ध हेरचाह, सौन्दर्य, तन्दुरुस्ती र जीवनशैली व्यवस्थापन जस्ता वर्गहरुबाट वृहत स्वास्थ्य सूचना लाईब्रेरीको पहुँच
    • योग, एरोबिक्स, आहार र पोषणको लागि भिडियो ट्युटोरीयलहरु
    • एफएक्यु- प्रयोगकर्ताहरुद्वारा सोधिएको हजारौं प्रश्न र मेडिकल हिसाबले सही जवाफहरु विभिन्न शिर्षकहरुबाट, पढ्न र सिक्न
  • स्वास्थ्य सूचना लाईब्रेरीमा कस्ता वर्गका सामाग्रीहरु उपलब्ध छन् ?
    स्वास्थ्य सूचना लाईब्रेरीले लेख, फोटो स्टोरी र भिडियोहरुको रुपमा सामाग्रीहरु निम्न छ प्रकारमा समेट्छ:
    • पुरुष स्वास्थ्य
    • महिला स्वास्थ्य
    • बच्चा हेरचाह
    • सौन्दर्य र तन्दुरुस्ती
    • जीवनशैली समस्या
    • मानसिक स्वास्थ्य
    • यौन स्वास्थ्य
  • मेरो मोवाइमा कसरी TDO नेपाल सक्रिय गर्न सक्छु ?
    • www.tdonepal.com मा गएर TDO नेपाल l सेवा सक्रिय गर्न सकिन्छ l जब एउटा प्रयोगकर्ताले माथि उल्लेखित वेभ युआरएल भ्रमण गर्छ, उसले आफ्नो रोजाईको सब्सक्रिप्सन प्याकेज छनोट गर्नुपर्नेछ र सेवा सफलतापूर्वक सुचारु गरेपछि, सेवाहरुको फाइदा लिन सक्छ l
    • प्रयोगकर्ताले तल उपलब्ध विभिन्न मुल्य अंकहरु रोज्न सक्छन्:
    • Various price points available for user to choose from is as below:
    • TDO नेपाल एसएमएस वा युएसएसडी प्रणाली प्रयोग गरेर पनि सक्रिय गर्न सकिन्छ l किवर्ड र सर्ट कोडको विवरण तल दिइएको छ:
  • कसरी म आफ्नो डेस्कटपमा सेवा सक्रिय गर्न सक्छु ?
    • प्रयोगकर्ताले www.tdonepal.com मा गएर डेक्सटपमा सेवा सक्रिय गर्न सक्छ l जब प्रयोगकर्ताले एउटा विशेष प्याकेज छनोट गर्छ, उसलाई एनसेलको मोबाइल नम्बर राख्न सोधिनेछ l मोबाइल नम्बर हालेपछि, उसलाई एउटा चार अंकको ओटिपि (एकपटकको पासवर्ड) त्यही मोबाइल नम्बर जुन हालिएको थियो त्यसमा पठाइनेछ l जब ओटिपी प्रमाणित हुन्छ, प्रयोगकर्तालाई उसको एनसेल प्रिपेड/पोस्टपेड नम्बरमा शुल्क लाग्नेछ l शुल्क कटेपछि, प्रयोगकर्ताले आफ्नो मोबाइल ब्राउजरमा www.tdonepal.com खोलेर सेवा प्रयोग गर्न सक्छ l
  • के म मोबाइलमा वाईफाई नेटवर्क प्रयोग गरेर सेवा सक्रिय गर्न वा चलाउँन सक्छु ?
    • हो, प्रयोगकर्ताले मोबाइलमा वाईफाई नेटवर्क प्रयोग गरेर सेवा सक्रिय गर्न वा चलाउँन सक्छन् तर ओटिपि प्रमाणिकरण प्रक्रिया पालना गर्नुपर्नेछ l
    • सक्रियताको लागि प्रक्रिया माथि डेक्सटपको जस्तै उही हो l
    • सब्सक्राइब भैसकेको प्रयोगकर्ताले सेवा प्रयोग गर्नको लागि, सेवाको भ्यालीडीटी उपलब्ध छ भने, प्रयोगकर्तालाई फेरी शुल्क लाग्नेछैन, उसले सेवा प्रयोग गर्न ओटिपि प्रमाणिकरण प्रक्रिया मात्र पुरा गर्नेछ l
  • सेवाको लागि मैले कसरी भुक्तानी गर्न सक्छु ?
    • प्रयोगकर्ताले आफ्नो एनसेल प्रिपेड ब्यालेन्स वा पोस्टपेड बिल प्रयोग गरेर सेवाको लागि भुक्तानी गर्न सक्छन् l शुल्क तिर्ने प्रक्रिया माथि उल्लेख गरिएको छ l
  • कसरी म TDO नेपाल को सामाग्री र सेवाहरुको पहुँच प्राप्त गर्छु ?
    • जब एउटा प्रयोगकर्ताले एउटा प्याकेजमा सफलतापूर्वक सब्सक्राइब हुन्छ, उसले तुरुन्तै TDO Nepal को सामाग्री र सेवाहरुको पहुँच प्राप्त गर्नेछ l प्रयोगकर्ताले एउटा सामाग्री वर्ग रोज्न सक्छ र ठुलो मात्रामा लेख, फोटो स्टोरी र भिडियोहरु पढ्न/हेर्न सक्छ l प्रयोगकर्ताले प्रत्येक पृष्ठको ASK widget पनि प्रयोग गर्न सक्छ र डाक्टरहरुलाई प्रश्न सोध्न सक्छ l
  • मैले TDO नेपाल सेवा कहिलेसम्म प्रयोग गर्न सक्छु ?
    • प्रयोगकर्ताले कुनै समय, कुनै ठाउँ र जति पटक पनि सेवा प्रयोग गर्न सक्छ जबसम्म उसको सब्सक्रिप्सन प्याकेजको भ्यालीडीटी रहन्छ l सेवा समाप्तिमा आफै नवीकरण हुन्छ l यदि प्रयोगकर्ताले सेवाबाट अलग हुन वा अनसब्सक्राइब गर्न चाहन्छ भने, उसले सेवा निस्क्रिय पार्नुपर्छ l
  • के TDO नेपाल सेवा सबै शहरहरुमा उपलब्ध छ ?
    • हो, सेवा नेपालभरि एनसेल प्रयोगकर्ताहरुको लागि उपलब्ध छ l
  • TDO नेपाल सा प्राप्त गर्न उमेरको मापदण्ड के छ ?
    • TDO नेपाल सबै उमेर समुहको लागि उपलब्ध छ l नाबालिकहरुको मामलामा, सेवामा प्रदान गरिएको मेडिकल सल्लाह आमाबाबु अथवा अभिभावकको परामर्शमा लिनुपर्छ l
  • TDO नेपाल द्वारा प्रदान गरिने सामाग्री र/अथवा अनलाइन मेडिकल परामर्शबाट निर्देशन प्रयोग गर्न नियम र शर्तहरु:
    • TDO नेपाल ले आफ्नो प्रयोगकर्ताहरुलाई मोबाइल र इन्टरनेट प्लाटफर्महरुमा व्यावसायिक चिकित्सकीय र स्वास्थ्य निर्देशनहरु प्रदान गर्छ l TDO नेपाल मा उपलब्ध सबै सामाग्रीहरु चिकित्सकीय तरिकाले प्रमाणित गरिएको छ l परामर्शको लागि उपलब्ध सबै डाक्टरहरु मेडिकल हिसाबले योग्य छन् र अनलाइन उपभोगकर्ताहरुलाई हेर्न/व्यवहार गर्नको लागि उत्कृष्ट तरिकाले तालिमप्राप्त छन् l अझै, TDO नेपाल ले आफ्नो प्रयोगकर्ताहरुलाई सेवाले प्रदान गरेको निर्देशनलाई प्रतिक्रिया दिन वा त्यस अनुरुप कार्य गर्न आफ्नो विवेक र ज्ञान प्रयोग गर्न सल्लाह दिन्छ l TDO नेपाल को सामाग्री र डाक्टरहरुद्वारा प्रदान गरिएको कुनै निर्देशनहरु प्रति प्रतिक्रिया दिनु, त्यस अनुरुप कार्य गर्नु वा बेवास्ता गर्नु त्यो प्रयोगकर्ताको एकल दायित्व हो l यो नोट गर्न महत्वपूर्ण हुन्छ कि एउटा अनलाइन परामर्श डाक्टरहरु र/वा अन्य स्वास्थ्य सेवा प्रदायकहरुसँग भेटेर गरिने परामर्श हैन वा त्यसको प्रतिस्थापन हुन सक्दैन l
*सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न