फलफूलको कुरा गर्दा गुलियो स्वाद भनेझैँ महिलाहरुको कुरा गर्दा मिठास बुझिन्छ । एक महिलालाई बिहानघरमा सबैले आफ्ना आवश्यकताहरुका लागि एक महिलाबाट धेरै अपेक्षा राख्दछन् । श्रीमानलाई अफिसका लागि तयारी, बच्चाहरुलाई तयार गरी उनीहरुको स्कुलको लागि खाजाको तयारी र सासु ससुरालाई विहानको चिया नास्ताको बन्दोबस्त । यसका साथसाथै, उनलाई अफिस समयमा पुग्न हतार हुन्छ । अनि फर्किँदा घरका लागि तरकारी तथा अन्य किनमेल गर्नुपर्ने, घर पुगेर खाना तयार गर्नुपर्ने र घरको सम्पूर्ण काम सकाएर सुत्न राति निकै ढिला हुने ।
यसरी यति धेरै काममा व्यस्त हुने महिलाहरुका लागि गुमाएको ऊर्जा पुनःपूर्ति गर्न उपलब्ध समय पर्याप्त हुँदैन । यति धेरै काम गर्नाले मानसिक भार र तनावका कारण टाउको दुखाई, गर्दन दुखाई, काँधको कडापन, मलिन मुद्रा, दाँत किट्ने समस्या तथा थकान जस्ता समस्याहरु देखा पर्न सक्छन् ।
यसको समाधान के हुनसक्छ त ? यसको एकमात्र समाधान हो योगा । हाम्रो स्वास्थ्यमा योगाको कति धेरै फाइदाहरु हुन्छ यो हामी सबैलाई अवगत भएकै कुरा हो; यसले दुवै शारीरिक र मानसिक फाइदाहरु दिलाउँछ । यो हाम्रो शरीर, दिमाग एवं आत्माका लागि निकै फाइदाजनक छ । यसको लागि केवल १० मिनेटको समय चाहिन्छ । योगाले मानसिक भार र तनावबाट मुक्त हुन मद्दत पुर्याउँदछ ।
संस्कृतमा योगाको अर्थ योग हो जसले जोड्नु वा एकजुट गर्नु भन्ने बुझिन्छ । योगा भनेकै दिमाग, शरीर, आत्मा एवं श्वासको हाम्रो वरिपरिको वातावरण र ब्रह्माण्डसँगको संयोजन हो । एकले योगा क्रमिक रुपले आरामदायक गतिमा गर्नुपर्दछ ।
श्वास–प्रश्वासको व्यायाम मानसिक तनाव कम गर्नका लागि निकै उपयुक्त उपाय हो । अनि यो विभिन्न आसनमा गर्न सकिन्छ । यसका लागि तपाईँले चिँउडो bhuii*को बराबरीमा हुनेगरी काँध खुकुलो बनाई आरामपूर्वक भुँइमा बस्नुपर्दछ । पेट र करङ फुल्ने गरी छाती फुलाउँदै नाकबाट श्वास लिनुहोस् अनि विस्तारै पेट र करङ खुम्च्याउँदै श्वास छोड्नुहोस् र अन्तमा छातीलाई खुकुलो बनाउनुहोस् । अब यसरी नै श्वास–प्रश्वास जारी राख्नुहोस्, यसले हाम्रो शरीरमा प्रवेश गर्ने अक्सिजनको गुण र मात्रामा सुधार ल्याउँदै श्वासको कमीमा राहत garna waa तनाव कम गर्न मद्दत गर्दछ ।
योगा मुद्रा तनावबाट मुक्त हुनको निमित्त उपयोगी छ, यसका लागि सर्वप्रथम चटाईमा पलेटी कसेर बस्नुहोस् र आफ्नो पिठ्यूँलाई सिधा राख्नुहोस्, त्यसपछि आफ्नो पाखुरा पछाडी लग्नुहोस् र आफ्नो दाहिने हातले देब्रे नाडीमा समाउनुहोस् । त्यसपछि श्वास बाहिर फाल्दै, अगाडि झुकेर आफ्नो बायाँ घुँडालाई छुनुहोस्, यो अभ्यास गर्दा भगवान् तिर समर्पित भएको सम्झनुहोस् जसले सदैव तपाईँको रक्षा गर्दछन् र श्वास भित्र लिँदै पुरानो मुद्रामा फर्कनुहोस्, अनि यही प्रक्रिया आफ्नो दायाँ दिशातिर पनि दोहोर्याउनुहोस् । अनि अन्ततः आफ्नो निधारले जमिनमा छुवाउँदै यो मुद्राको समापन गर्नुहोस्, यो गर्दा श्वास बाहिर फाल्नुहोस् र जब तपाईंलाई श्वास भित्र लिनु पर्ने हुन्छ फेरि सामान्य मुद्रामा फर्कनुहोस् । यस आसनले तपाईंमा फुर्ति बढाउन मद्दत गर्दछ, श्वास–प्रश्वास कार्य पनि सक्रिय तुल्याउँछ, पाचन प्रकियामा सुधार ल्याउँछ र तपाईंलाई संयम बनाउँछ । तर यस आसन गर्भवती महिला, हर्नियाका बिरामी र रेटिना विकार भएका बिरामीहरुले भने गर्नु हुँदैन ।
शवासनले तपाईंले कुनै पनि कार्य गर्नुपूर्व शरीरलाई आराम प्रदान गर्न मद्दत गर्दछ । यो आसनका लागि चटाईमा लम्पसार परेर आरामले सुत्नुहोस् । आफ्ना पाखुराहरु शरीरभन्दा कम्तिमा एक फिटको दुरीमा राख्नुहोस् र खुट्टाहरु पनि दुई फिट जतिको दुरीमा राख्नुहोस् । त्यसपछि आँखा बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिँदै तनावका भावनाहरुबाट मुक्त भएको महसुस गर्नुहोस् । सामान्य श्वास लिँदै शरीरका विभिन्न भागहरुमा ध्यान दिनुहोस् जस्तै खुट्टाका औँला, खुट्टा ,पेट र अन्ततः शिर अनि मांसपेशीको समूहलाई आराम दिने कोशिश गर्नुहोस् । यसले तपाईँको श्वास–प्रश्वासमा सुधार ल्याउँदछ, एकाग्रता बढाउँछ र भित्री शान्ति प्रदान गर्दछ । तर यदि तपाईं कम रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने यस आसनबाट टाढै रहनुहोस् ।