Q म २४ वर्षीया महिला हुँ जो सधैं थकित र "यसबाट बाहिर जान चाहने" खालको छु । म जति धेरै सुतें पनि, जति शक्तिवर्द्धक पेय पदार्थ/ भिटामिन खाएपनि, म सधैं थकित हुन्छु, कुनै उत्प्रेरणा छैन, विचलित, दिमागले काम नगर्ने र आफुजस्तै नै छैन । म खानाको एलर्जीको कारणले आफूले खाने खानाहरूमा सीमित छु र मैले २ बर्ष पहिले यी प्रभावहरू महसुस गरिरहेको छु । मैले एलर्जी जाँच पनि गरेको थिए । तपाईं मलाई मद्दत गर्न केहि सुझाव दिन सक्नुहुन्छ ? म फेरि सामान्य मानव जस्तै महसुस गर्न चाहन्छु ।
तपाईंको अवस्थाको कारण क्याफिन वा रक्सी धेरै खाएर, अत्याधिक शारीरिक क्रियाकलापहरू आदिको कारणले हुनसक्छ । अनियमित खानाको बानी, केही कलेजो, फोक्सो, रक्तअल्पत्ता, मधुमेहसँग सम्बन्धित मेडिकल सर्तहरूसँग यी कुराहरुसँग सम्बन्धित छन् । चिन्ता, तनावको रूपमा हुने मनोवैज्ञानिक अवस्थाहरूले तपाईंको लक्षण धेरै चोटि हुन सक्छ । जब तपाईंलाई खानाको एलर्जी भएको हुन्छ भने पहिला आफ्नो आहारसँग समान व्यवहार गर्ने प्रयास गर्नुहोस् । शायद तपाईं एलर्जीको कारणले पनि पर्याप्त र उचित आहार लिन असमर्थ भएको हुन सक्नुहुन्छ । आहाराविज्ञसँग परामर्श लिनु राम्रो हुन सक्छ । नियमित व्यायामले तपाईंलाई अझ राम्रो मद्दत पुर्याउन सक्छ । यदि तपाईंलाई सुत्न सजिलो भईरहेको छैन भने आराम गर्नको लागी राम्रो तरिकाहरू सिक्नुहोस् । योगा वा ध्यानको प्रयास गर्नुहोस् । उचित कार्य र व्यक्तिगत तालिका कायम राख्नुहोस् ।