Q मेरी आमा ६९ वर्षको हुनुहुन्छ, अघिल्लो वर्ष हामीलाई सम्भवतः उहाँलाई पोलिसाइस्टिक मृगौलाको रोग लागेको कुरा थाहा भएको छ । उहाँलाई यो रोगको कुनै पनि लक्षणहरू पहिला कहिल्यै थाहा भएको थिएनन् । जब उहाँ लामो समयसम्म लागेको खोकीको लागि अल्ट्रासाउण्ड स्क्यानको लागि जानु भएको थियो, डाक्टरले पी.के.डी. भएको पत्ता लगाए, त्यसपछि नेफ्रोलोजिस्टले निरन्तर मृगौलाको रोगीको रगत छान्ने विधी वा डायलाइसिसको लागि जान सुझाव दिए र हामी हप्तामा दुई पटकदेखि यही गरिरहेका छौं । उहाँ अहिले सामान्य हुनुहुन्छ। के हामीले डायलाइसिस गर्न जारी राख्नुपर्छ ? उहाँ बी.पी. वा मधुमेह रोगको बिरामी होइन ।
डायलाइसिसको जारी राख्ने वा नराख्ने भन्ने कुरा मृगौलाले कति राम्रो तरिकाले काम गरिरहेको छ भन्ने कुरामा निर्भर हुनेछ । डायलाइसिसको आवृत्ती नेफ्रोलोजिस्टले उहाँको उपचारमा रहेको प्रतिक्रियामा विचार गरेर मात्र निर्णय गर्न सकिन्छ । तपाईंको आफ्नो डाक्टरसँग नियमित परामर्श गर्नुहोस् र उहाँको सल्लाहको पालना गर्नुहोस् ।