Q मेरो कपाल टुक्रिएर झर्छ !! कुनै पनि उपचार छ ?
कपाल टुक्रिएर झर्ने कारण भनेको कपालमा सुख्खापना र हानी भएको कारणले भएको हो । कपाल सुख्खा हुने र क्षति पार्न सक्ने कारकहरु भनेको सूर्यको किरणहरू धेरै परेर, खराब पोषण, रसायनमा आधारित कपाल उत्पादनको अत्यधिक प्रयोग, कपाल सुख्खा बनाउने साधनहरुको प्रयोग गरेर हुन् । हामी यहाँ तपाईंको कपालको स्वास्थ्य सुधार गर्नका लागि केही सामान्य सुझावहरू सूचीबद्ध गरिरहेका छौं: तातो तेलको मालिश, नियमित रूपमा कपाल काँटछाँट गर्ने, कपाल सुख्खा पार्ने वा स्टाइल पार्ने उत्पादनहरुको प्रयोग कम गर्दै लैजाने, सन्तुलित र पोषक आहार अबलम्बन गर्ने, घाममा जाँदा तपाईंको कपाललाई राम्रोसँग ढाक्ने र गीलो कपाल हुँदा कपाल कोर्ने काम नगर्ने गर्नु पर्दछ ।