Q पखालाको उपचार गर्ने घरेलु उपचार विधि के हो ?
तपाईं पखाला लाग्दा धेरै तरल पदार्थहरु गुमाउन सक्नुहुन्छ, तर तपाईंको इलेक्ट्रोलाइट्स, सोडियम र पोटाशियम जस्ता खनिजहरू पनि गुमाउनुहुन्छ । यसको लागि तपाईं चीनी र नुन मिसाइएको पानी मार्फत पानीको मात्रा पुर्याउने वा हाइड्रेटेड रहनु पर्छ । दहीले तपाईंको पेटमा अनुकूल किटाणु बनाउन सक्दछ । दूध, पनीर, र अन्य डेरी उत्पादनहरू नखानुहोस् । पर्याप्त आराम गर्नुहोस् । आन्द्रा सुन्निएको संक्रमणको उपचारको लागी क्यामोमाईल फूल राम्रो हुन्छ, र यसको रोकिएको खोल्ने एन्टीस्पेमोडिक गुणहरू पनि हुन्छ, त्यसैले क्यामोमाईलको चिया पखालाको बेलामा स्वस्थ हुन्छ । माड भएको खाना जस्तै पहिला नै पकाएर राखेको खाना वा टापियोका अन्नले तपाईंको पेटलाई सजिलो बनाउँदछ । ऐसेलु वा ब्लूबेरी एन्थोसाईनोसाईड्समा धनी छन्, जसको एण्टीअक्सिडेण्ट र एण्टीब्याक्टेरियाका गुणहरु, साथसाथैं ट्यानिन्सहरु हुन्छन्, जसले पखालालाई निको पार्दछ । सुन्तला छोडाएर बोक्राबाट बनेको चियाले पनि पाचन क्रियामा सहयोग पुग्ने जनविश्वास रहेको छ ।