Q के सेक्सको खेलौना प्रयोग गर्न सुरक्षित हुन्छ ?
यदि तपाईं सेक्सका खेलौनाहरूको प्रयोग गर्न चाहनुहुन्छ भने, एच.आई.भी., साइफिलिस, हेपाटाईटिस बी जस्ता एस.टी.डी.को वा अन्य रगतबाट उत्पन्न हुने रोगहरू सर्न नसक्ने उचित सावधानीहरू अपनाउनुहोस् । सेक्सका खेलौनाहरू प्रयोग गर्दाका केही उपायहरू निम्न प्रकारका छन् - सेक्स खेलौनाहरु सफा राख्नुहोस्: प्रत्येक पटकको प्रयोगपछि तिनीहरूलाई राम्रोसँग धुनुहोस्; छिराउने सेक्ससम्बन्धी खेलौनाहरू छोपेर राख्नुहोस् जस्तै भाइब्रेटरहरू, अरू कसैलाई दिनुअगाडि एउटा नयाँ कन्डोमको साथ दिनुहोस्; सेक्स सम्बन्धी खेलौनाहरु यौन साथीहरुहरूसँग साझेदारी नगर्नुहोस् वा प्रत्येक साझेदारको लागि फरक सेक्स खेलौनाको सेट राख्नुहोस् । सुरक्षित सामाग्री छनौट गर्न महत्त्वपूर्ण हुन्छ जसले तपाईंलाई एलर्जीको प्रतिक्रिया उत्पन्न गराउदैँन । चिप्लो पदार्थको प्रयोग एउटा तरीका हो जसले यौन आनन्द र सेक्सको खेलौनाको सुरक्षा बढाइदिन्छ ।