Q नपच्नेँ समस्यालाई कसरी घटाउने जबकी म बिहान स्वतन्त्र गतिमा हिडडुंल नै गर्न सकिरहेको छैन । कृपया मलाई जवाफ दिनुहोस् ...
साना टुक्राहरू बनाएर चपाउँदै लिनुहोस् । दैनिक धेरै पानी पाउनुहोस् । तपाईंको आहारमा रेसाजन्य कुराहरु वा फाइबरहरु बढाउनुहोस् । तपाईंको खानामा सलाद राख्ने प्रयास गर्नुहोस् । सलाद फाइबरको उच्च स्रोत हो जसले पाचनमा मद्दत गर्दछ । दहीजस्तो कुहाएर बनाउने खानेकुराले उचित पाचनमा मद्दत गर्दछ । गाजँर जस्तै प्राकृतिक अवस्थामा खाने गर्नुहोस् । ताजा गाजँर लिनुहोस् र यसलाई पूरै खानुहोस् । यो प्राकृतिक पाचनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तपाईंको तौलमा दबाव राख्ने प्रयास नगर्नुहोस् । धेरै खाना नखानुहोस् । तपाईंको खानालाई प्रशस्त फाइबर र ताजा फलफूल र सागसब्जीसँग राम्रो तरिकाले पोषण सन्तुलित भोजनमा विभाजित गर्नुहोस् । क्याफिन, मादक पदार्थ, चिनी र चुरोटजस्ता उत्तेजकहरूले पाचन प्रणालीमा प्रतिकूल असर पार्न सक्छन् । ताजा फलफूलहरू (सम्भव भएसम्म जैविक) उदाहरणका लागि स्याउ, बयर, भूईकटहर, मेवा आदि खान बढाउनुहोस् । एसिडोफिलस र बिफिडसजस्ता जीवित प्रोबोयोटिक सहितको दही भोजनको लागि एउटा बहुमूल्य अतिरिक्त छ । ताजा सागसब्जीहरु बढाउनुहोस् (सम्भव भएसम्म जैबिक) उदाहरणका लागि हरियो पातभएको तरकारीहरू, गाजँर । धेरै प्रोटीनका स्रोतहरू छनौट गर्नुहोस् जस्तै तोफू, फलफूल, नुन नहालेको कच्चा बदाम र बीउहरु र बदामको बटरहरू र माछा हाइड्रेशन छान्नुहोस्- कम्तिमा २ लीटर फिल्टर गरिएको पानी र ताजा सागसब्जीको रस दैनिक पिउनुहोस् । मर्चा र गहूंसहित मार्सी धान, जौं, गहूं, कोदो र रोटी जस्ता पूरा अन्नहरु धेरै उपभोग गर्नुहोस् ।