Q मेरो नङ्हरू कडा र भाँचिने खालको छ र विशेषगरी खुट्टाको नङ् ठूटो खालको छ । म कसरी यसलाई मिलाउन सक्छु ?
ती अवस्थाहरुको लागि सबैभन्दा सामान्य कारणहरू- थाइराइड सम्बन्धी समस्या, आईरन र भिटामिनको कमजोरीहरू, अपर्याप्त प्रोटीन पदार्थहरुको सेवन, निर्जलीकरण आदि । यहाँ तपाईंका लागि केही सुझावहरू छन् - राम्रो सन्तुलित पोषणका आहारहरु लिनुहोस् । तपाईंको भोजनमा कम बोसो भएको मासु, अण्डा, चिकेन, माछा, फलफूल, दाल, दूध र दूध उत्पादनहरू जस्ता प्रोटिन धेरै भएका खाद्य पदार्थहरू खानुहोस् । आफ्नो नङ छोटो राख्नुहोस् । थाइराइड प्रकार्यको लागि तपाईंको रगत परीक्षण गर्नुहोस् ।