Q शरीर धेरै पातलो छ... केही आहाराको उपयोगी जानकारीहरु
तौल बढाउने कुरा तपाईंको आहार र ब्यायामको ढाँचामा निर्भर गर्दछ । तपाईंको आहारमा अण्डा, चिकेन, माछा, दूध र दूधजन्य उत्पादनहरु, बदाम, दाल आदि क्यालोरी र प्रोटीन धेरै पाइने खानाहरू समावेश गर्नुहोस् । हरेक बिहान मह र २ ओटा केरासहितको एक गिलास दूध खानुहोस् । हरेक दिन एक मुठ्ठी भरि मिसाइएको बदाम खानुहोस् । तौल बढाउने कुरा स्वस्थ हुनु पर्छ र त्यसैले तपाईंले जङ्क खानेकुराको सेवनलाई सीमित गर्नु पर्छ । ३ पटक ठूलो खानेकुराहरु खानुको सट्टामा ५- ७ ओटा साना खानेकुराहरू खानुहोस् । एउटा व्यायामशालामा जानुहोस् र कसैको निरीक्षणमा तौलको प्रशिक्षणको अभ्यास गर्नुहोस् ।