Q जाडोको समयमा पौडी खेल्नाले बच्चाहरूलाई हानि पुऱ्याउँदछ ? र क्लोरीन हालेको पानीको बारेमा के छ ?
जाडोको समयमा, चिसो वातावरणको कारणले गर्दा, बच्चाहरुलाई रूघा, चिसो र खोकी आदि हुन सक्दछ । बच्चाहरु धेरै संवेदनशील हुन्छन् र वयस्कहरूको तुलनामा उनीहरूको प्रतिरक्षा क्षमता कमजोर हुन्छ । त्यसैले, तिनीहरुलाई जाडोको समयमा पौडी खेल्न नजाने सल्लाह दिईन्छ । र सम्झनुहोस्, केहि बच्चाहरुलाई क्लोरीन हालेको पानीको एलर्जी हुन्छ । तपाईंहरुले यदि कुनै लक्षणहरु देखा पर्छन् कि भनेर पहिचान गर्न आफ्नो बच्चाको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।