Q के तनावले साँच्चै मुटुको रोगको कारण निम्त्याउँछ ?
तनाव जीवनको सामान्य भाग हो । तर यदि यसको व्यवस्थापन गरिएन भने, तनावले मनोवैज्ञानिक र शारीरिक जटिलता ल्याउन सक्छ । तनाव आफैं मुटुको रोगको कारण बन्दैन तर यसको हृदयको रोग हुन सक्ने खतरा बढाउँछ । तनाव उच्च रक्तचाप वा हाइपरटेन्सन, उच्च कोलेस्ट्रोलको स्तर, मादक पदार्थ खाने, रक्सीको दुरुपयोग, अत्याधिक धूम्रपानको लागि कारक तत्व हो भनेर चिनिन्छ । यी सबैकुरा मुटुको रोगको कारण हुन सक्छ ।