Q म २७ वर्षको भएको छु । म केही दिनमा नै चाँडै विवाह गर्न जाँदैछु । मलाई धेरै कपालरहरू छन् । काँधमा ... पछाडि ढाडमा ... र छातीमा .. मैले तिनीहरूलाई कसरी हटाउनुपर्छ ? छातीमा मात्रै थोरै कपाल चाहन्छु ।
पुरुषहरूको छाती, काँध र पछाडि ढाडमा कपाल हुनु सामान्य हो । तपाईं छातीको कपाललाई काट्न सक्नुहुन्छ; विभिन्न साधनहरूसँग बिद्युतीय क्लिपरको प्रयोग गर्नुहोस् । यस्तो गर्दा केही दुखाई हुने हुदैँन र फेरि बढ्नको लागी कम्तिमा एक महिना लाग्छ । रेजर र सेभिङ क्रीम प्रयोग गर्दा फेरि छिटो बढ्ने हुन सक्छ । मैन वा वाक्स लगाउनुको सट्टामा । यस्तो गर्दा थोरै दुखाइ हुन सकेपनि, यो लगभग ६ हप्तासम्म रहन्छ । बिद्युतीय रेजरले पछाडिको ढाँडक कपाल काटेपनि राम्रो हुन सक्छ । इलेक्ट्रोलाइसिस वा लेजरको कपाल हटाउने विकल्पहरू पनि त्यहाँ छन् तर यिनीहरु महङ्गा छन् ।