Q म २३ वर्षको जवान केटा हुँ । एउटा पार्कमा मलाई एउटा ७ वर्षको सानो छोरो भएको महिलाले उनीसँग यौन सम्बन्ध राख्न भनिन् । मलाई लाग्छ कि उनी वैवाहिक जीवनसँग खुशी छैनन् । मलाई लाग्छ म अगाडी बढ्नु र उनको साथमा यौन सम्बन्ध राख्नु पर्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्दा कस्तो कुरामा ख्याल राख्नुपर्छ ?
आदर्शको रूपमा कुरा गर्दा तपाईंलाई यस्तो गतिविधिमा लाग्ने सुझाब दिईदैन । नचिनेको महिलासँग शारीरिक सम्बन्ध राख्दा सधैं संक्रमणको जोखिम हुन सक्दछ । यद्यपि यदि तपाईं यस्तो गर्न नै चाहनुहुन्छ भने यो हेर्नुहोस् कि तपाईं छिराउँदा र मुखमैथुन गर्दा समेत कन्डोम प्रयोग गर्नुपर्छ । यस सम्बन्धको नतिजा; उनको वैवाहिक जीवनको साथसाथै तपाईंको आफ्नै जीवनलाई ध्यानमा राखेर मात्रै अगाडि बढ्नुहोस् ।