अज्ञात मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया भनेको के हो ?
अज्ञात प्रकारको सिजोफ्रेनियालाई अन्य प्रकारहरुमा देखिएका केहि प्रकारका लक्षणहरू भनेर देखाइएका छन् तर तिनीहरूमध्ये कुनै पनि एक प्रकारलाई सिजोफ्रेनियाको रूपमा परिभाषित गर्न पर्याप्त छैन । यसलाई मिश्रित क्लिनिकल लक्षणको रूपमा वर्णन गर्न सकिन्छ ।
Q
आत्महत्या गर्नको लागि धेरै साहस चाहिएतापनि किन आत्महत्या गर्ने व्यक्तिहरूलाई कातर भनिन्छ ?
आत्महत्या गर्ने कुरालाई गलत र अनुचित मानिन्छ। आत्महत्याले तपाईंको सबै भविष्य, तपाईंले गर्न सक्ने सबै कुराहरू मेटाउदँछ, किनभने तपाई बिगत वा वर्तमानसँग केही राख्न सक्नुहुन्न । मानिसहरूले अगाडि बढ्ने साहस नगर्दा नै सामानयतयां आत्महत्या गर्ने गर्दछन् । यो आइन्दा केही कुराहरु अझ राम्रो हुनेछैन भनेर आशा मार्नु हो । भावनात्मक निराशाको प्रभावको अधीनमा रहेर आत्महत्या गर्ने व्यक्तिले आफुलाई हेरचाह गर्नेहरू सबैले उपेक्षा गरेको भन्दै आफुलाई मार्छन्, जसले उनलाई मद्दत गर्दथें । यद्यपि त्यो समयमा, आत्महत्या गर्ने मानिसहरूलाई कातर भन्न रामरो हुदैँन । वास्तवमा, तिनीहरूलाई वरिपरमा ति मानिसहरुबाट अधिकतम मद्दत र समर्थन चाहिन्छ । एउटाले तिनीहरूलाई आफूलाई अझै राम्रो नठान्दासम्म र आफ्नो जीवनका परिस्थितिहरू महसुस गर्न नथाल्दासम्म सहयोग गरिरहनु पर्दछ । सुरुङको अन्त्यमा पनि प्रकाश हुन्छ । आत्महत्या गर्ने मानिसहरूले यो कुरा सम्झिन महत्त्वपूर्ण छ, "यो पनि, अगाडि बढ्नेछ ।"
Q
के मधुमेहले निरासापना वा डिप्रेसनको गराउन सक्छ ?
अध्ययनले सुझाव दिएको छ कि प्रसोधित चिनीले डिप्रेसन हुन सक्दछ । धेरै प्रशोधित चिनीलाई डिप्रेसनसँग जोडिएको छ किनभने यसले पोषक तत्वहरूको मार्गमा धेरै नै कम मात्र आपूर्ति गर्दैन तर उनीहरूले मूड बढाउने भिटामिन बी को प्रयोग पनि गर्छन् । वास्तवमा, मनोचिकित्साको बेलायती जर्नलमा प्रकाशित एक अध्ययनले पत्ता लगाएको छ कि धेरै प्रसोधित खाद्य पदार्थहरुले डिप्रेसन हुने ५८ % जोखिम बढाउदछ, जसको पुरै खाद्यान्नको भन्दा धेरै आहार छ भनिन्छ, त्यसले २६ % डिप्रेसनको जोखिम कम गर्दछ ।
Q
के तनाव र चिन्ताको कारणले बिमिरा आउन सक्छ ?
हो । दिमाग र छालाको बीचको सम्बन्ध लामो समयदेखि स्थापना भएको छ । तनाव र चिन्ताको कारणले केही मानिसहरूमा छालाको बिमिरा (उरटिकारिया / हाइभ्स) हुन सक्छ । साथै, तनावले एक्जेमा र सोरियासिसजस्ता केही छालाको अवस्थालाई पनि खराब पार्न सक्छ ।
Q
बहु-व्यक्तित्व सिण्ड्रोम वा लक्षण भनेको के हो ?
डिसएसोसिएटिभ पहिचानको विकार वा बहु-व्यक्तित्व विकार एउटा धेरै दुर्लभ मानसिक विकार हो । यसलाई कम्तिमा दुई विशिष्ट र अपेक्षाकृत स्थायी पहिचान वा पृथक व्यक्तित्व अवस्थाहरुद्वारा चिनाइएको हुन्छ जसले वैकल्पिक रूपमा एउटा व्यक्तिको व्यवहार नियन्त्रण गर्छन, र साधारण बिर्सने बानीद्वारा वर्णन नगरि महत्वपूर्ण जानकारीको लागि स्मरण हानीको रुपमा लिइन्छ । यो यसको निदान वा उपचार सम्बन्धी कुनै स्पष्ट सहमति नरहेको एउटा सबैभन्दा विवादास्पद मनोरोग विकारहरुमध्ये एक हो ।
Q
सोसियल फोबिया वा सामाजिक डर भन्नाले तपाईं के बुझ्नुहुन्छ ? यसलाई कसरी व्यक्त गरिन्छ ?
सामाजिक फोबिया भनेको अरूले के सोच्लान् र लाजमान्ने एउटा बलियो डर हो । यो डर यति धेरै बलियो हुन सक्छ कि मानिसहरु अरु मानिसहरुको अगाडि आफूले गर्ने कामको बारेमा एक हप्ता अघि नै चिन्ता गर्न शुरु गर्दछ, वा त्यसले उनलाई सार्वजनिक स्थान / विद्यालय / कार्य आदिमा सीमित गर्न सक्दछ । मानिसहरुको धेरै डरलाग्दो डर हुनेछ कि अरूले उसलाई नराम्रो ठान्लान् वा मजाक बनाउलान् भन्ने सोच्नुहुन्छ । उसलाई अरूको अगाडि खान वा पिउन डर लाग्न सक्छ, सार्वजनिक बाहिरका शौचालयहरु प्रयोग गर्न, सामाजिक क्रियाकलापमा जान, भिडको अगाडि केहि पनि काम गर्न डर लाग्ने हुन सक्दछ । यो यस्तो अवस्थाहरुबाट वा पूर्णतया तिनीहरूबाट टाढा रहेर बन्द हुन सक्दछ । केहिको लागि, यो केवल केहि परिस्थितिहरूमा मात्रै समस्या हो, तर केहिको लागि यो डर लगातार भइ रहन सक्छ । यो डर अरूलाई स्वीकार गर्न कठिनाई हुने रूपमा व्यक्त गर्न सकिन्छ, अन्य मान्छेहरुसँग कुरा गरेर, सार्वजनिक रूपमा स्व-चेतनाको बारेमा उच्च स्तरको कुरा गरेर, कुनै पनि सामाजिक कार्यको हप्ता दिन वा केही दिन अगाडि धेरै चिन्ता लाग्न सक्छ, साथी बनाउन र अरुहरु सँग मित्रता कायम गर्न कठिनाइहरु भएर चिन्ता लाग्न सक्दछ, डरको शारीरिक लक्षण पसीना आउने, काम्ने, लाज लाग्ने, धड्कन बढ्ने, वाकवाक लाग्ने आदि जस्तो देखिन्छ । ।
Q
म धूम्रपान रोक्न कहाँ सहयोग पाउन सक्छु ?
तपाईं धूम्रपान छोड्न चाहनु भएको कुरा प्रशंसायोग्य छ । कुनै पनि खराब बानी छोड्न तपाईंलाई सबैभन्दा राम्रो मद्दत गर्न सक्ने व्यक्ति भनेको तपाईं आफैं नै हो । तपाईंलाई असम्भव लागेको केही कुरा गर्न भित्री आवाज धेरै महत्त्वपूर्ण छ । तपाईंले यो गर्छु भनेर निर्णय गरेमा केही पनि असम्भव हुँदैन, बरु तपाईंलाई अरुले औंला ठड्याएपनि ठड्याओस् । यदि तपाईंलाई सहयोग चाहिन्छ भन्ने लाग्छ भनें, तपाई आफ्नो चिकित्सक, साथी, परिवारको सदस्य वा तपाईंलाई सबैभन्दा धेरै विश्वास गर्ने व्यक्तिसँग सल्लाह लिन सक्नुहुन्छ । अचानक नछोड्नुहोस् किनकि यसले केहि प्रतिकूल प्रभावहरू ल्याउन सक्छ; आवृत्ति र धुम्रमानको संख्यामा क्रमशः कमी गर्नुहोस् ।
Q
म २४ वर्षीया महिला हुँ जो सधैं थकित र "यसबाट बाहिर जान चाहने" खालको छु । म जति धेरै सुतें पनि, जति शक्तिवर्द्धक पेय पदार्थ/ भिटामिन खाएपनि, म सधैं थकित हुन्छु, कुनै उत्प्रेरणा छैन, विचलित, दिमागले काम नगर्ने र आफुजस्तै नै छैन । म खानाको एलर्जीको कारणले आफूले खाने खानाहरूमा सीमित छु र मैले २ बर्ष पहिले यी प्रभावहरू महसुस गरिरहेको छु । मैले एलर्जी जाँच पनि गरेको थिए । तपाईं मलाई मद्दत गर्न केहि सुझाव दिन सक्नुहुन्छ ? म फेरि सामान्य मानव जस्तै महसुस गर्न चाहन्छु ।
तपाईंको अवस्थाको कारण क्याफिन वा रक्सी धेरै खाएर, अत्याधिक शारीरिक क्रियाकलापहरू आदिको कारणले हुनसक्छ । अनियमित खानाको बानी, केही कलेजो, फोक्सो, रक्तअल्पत्ता, मधुमेहसँग सम्बन्धित मेडिकल सर्तहरूसँग यी कुराहरुसँग सम्बन्धित छन् । चिन्ता, तनावको रूपमा हुने मनोवैज्ञानिक अवस्थाहरूले तपाईंको लक्षण धेरै चोटि हुन सक्छ । जब तपाईंलाई खानाको एलर्जी भएको हुन्छ भने पहिला आफ्नो आहारसँग समान व्यवहार गर्ने प्रयास गर्नुहोस् । शायद तपाईं एलर्जीको कारणले पनि पर्याप्त र उचित आहार लिन असमर्थ भएको हुन सक्नुहुन्छ । आहाराविज्ञसँग परामर्श लिनु राम्रो हुन सक्छ । नियमित व्यायामले तपाईंलाई अझ राम्रो मद्दत पुर्याउन सक्छ । यदि तपाईंलाई सुत्न सजिलो भईरहेको छैन भने आराम गर्नको लागी राम्रो तरिकाहरू सिक्नुहोस् । योगा वा ध्यानको प्रयास गर्नुहोस् । उचित कार्य र व्यक्तिगत तालिका कायम राख्नुहोस् ।
Q
मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया र बहु- व्यक्तित्व विकारको बीचमा के अन्तर छ ?
धेरै मानिसहरू मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया र बहु- व्यक्तित्व विकार एउटै वा उस्तै हुन भनेर विश्वास गर्छन् । यद्यपि तिनीहरू फरक फरक छन् । सिजोफ्रेनियामा मानिसले केही कुराको भ्रम र धोखा ठान्दछन् जुन वास्तविकतामा रहेको हुदैँन । बहु-व्यक्तित्व विकारमा भने मानिसको दुई अलग व्यक्तित्वहरु हुन्छन् जसले व्यक्तिहरुको व्यवहारलाई नियन्त्रित गर्दछ । यो स्मरण हानिसँग सम्बन्धित छ । तिनीहरूको भ्रम हुदैँन । सिजोफ्रेम भएका धेरैजसो व्यक्तिहरुको प्रायः सामान्य समाजमा अझ बढी गार्होसँग समय बितिरहको छन् । धेरै व्यक्तित्व विकार भएका व्यक्तिहरूले प्राय: सफल, सामान्य जीवनको साथमा स्वस्थ, अरूसँग राम्रो सम्बन्ध राखेर बसिरहेको हुनसक्छ ।
Q
मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया के हो ?
मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया एउटा मस्तिष्कको विकार हो जसको एउटा व्यक्तिले काम गर्ने, सोच्ने, र संसारलाई हेर्ने तरिकालाई प्रभाव पार्दछ । सिजोफ्रेनिया मान्छेको वास्तविकताको धारणा बदल्दछ, प्राय: वास्तविकतासँग सम्पर्कको महत्वपूर्ण हानि गर्दछ । तिनीहरूले ती चीजहरू हेर्न वा सुन्न सक्नेछन्, जुनको अवस्थिती नै हुदैँन, अनौठो वा भ्रामक तरिका बोल्नुहुन्छ, अरूले तिनीहरूलाई हानि गर्ने प्रयास गर्दैछन् भन्ने विश्वास गर्नुहुन्छ, वा उनीहरुलाई लगातार हेरिरहेका छन् जस्तो लाग्छ । वास्तविक र काल्पनिक बीचको यस्तो धमिलो रेखामा, सिजोफ्रेनियाले दैनिक जीवनको गतिविधिहरू सम्झौता गर्न डरलाग्दो पनि बनाउँछ । त्यसको प्रतिक्रियामा, सिजोफ्रेनिया भएको मान्छेले बाहिरको संसारबाट हटाउन वा भ्रम र डरमा कार्य गर्न सक्छन् ।