म २३ वर्षको जवान केटा हुँ । एउटा पार्कमा मलाई एउटा ७ वर्षको सानो छोरो भएको महिलाले उनीसँग यौन सम्बन्ध राख्न भनिन् । मलाई लाग्छ कि उनी वैवाहिक जीवनसँग खुशी छैनन् । मलाई लाग्छ म अगाडी बढ्नु र उनको साथमा यौन सम्बन्ध राख्नु पर्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्दा कस्तो कुरामा ख्याल राख्नुपर्छ ?
आदर्शको रूपमा कुरा गर्दा तपाईंलाई यस्तो गतिविधिमा लाग्ने सुझाब दिईदैन । नचिनेको महिलासँग शारीरिक सम्बन्ध राख्दा सधैं संक्रमणको जोखिम हुन सक्दछ । यद्यपि यदि तपाईं यस्तो गर्न नै चाहनुहुन्छ भने यो हेर्नुहोस् कि तपाईं छिराउँदा र मुखमैथुन गर्दा समेत कन्डोम प्रयोग गर्नुपर्छ । यस सम्बन्धको नतिजा; उनको वैवाहिक जीवनको साथसाथै तपाईंको आफ्नै जीवनलाई ध्यानमा राखेर मात्रै अगाडि बढ्नुहोस् ।
Q
मेरो यौन साथीसँग असुरक्षित यौन सम्बन्ध भएको थियो, म उनी गर्भवती भईन् कि भनेर जान्न चाहन्छु ?
असुरक्षित यौन सम्पर्कले सधैं गर्भवती हुने जोखिम हुन्छ । यदि तपाईंको यौन साथीको महिनावारीको अवधि नाघेँको छ भने, उनीलाई औषधि पसलमा उपलब्ध हुने पिसाबबाट गर्भावस्था जाँच गर्ने साधनद्वारा परीक्षण गर्नुहोस् ।
Q
एच.आई.भी.का लक्षणहरू के- के हुन् र तिनीहरू कहिले देखा पर्छन् ?
एच.आई.भी. संक्रमित प्रायः व्यक्तिहरुले छोटो, रुघा- जस्तो रोगको अनुभव हुन्छ जुन संक्रमणपछि दुई देखि छ हप्तासम्ममा हुन्छ । यसपछि, एच.आई.भी. ले प्राय: धेरै वर्षहरु सम्म कुनै लक्षणहरू देखाउदैनन् । धेरै एच.आई.भी. संक्रमित मानिसहरूले यस्तो बिरामी अनुभव गरेको देखिएको छ । सबैभन्दा सामान्य लक्षणहरू भनेको ज्वरो (तापक्रम बढ्ने), घाँटी दुख्ने, शरीर कालो हुने हुन् । अन्य लक्षणहरूमा थकान हुने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने, ग्रंथिहरू सुन्निने (नोड्स) समावेश हुन सक्छन् ।
Q
सबै एस.टी.डी.हरू एच.आई.भी.सँग सम्बन्धित हुन्छन् ।
हुदैँनन् । गनोरिया, साईफिलिस आदि जस्ता यौन सम्बन्धहरुबाट लाग्ने धेरै अन्य रोगहरु छन्, जुन एच.आई.भी. सँग सम्बन्धित हुदैँनन् । तिनीहरु प्रत्येकको लागि फरक कारण हुन्छ; केवल संक्रमणको प्रकार भने यौनको प्रसारण हो ।
Q
धूम्रपानले यौन जीवनलाई प्रभाव पार्दछ ?
हो, पार्छ । धुम्रपानले लिङ्ग उत्तेजित नहुने कारण निम्त्याँउन सक्दछ । निकोटीन एउटा भासोकोन्सट्रिक्टर हो जसले रक्त धमनीहरुलाई कस्सिलो बनाउँछ र रगतको प्रवाहलाई प्रतिबन्धित गर्दछ । लिङ्गमा कम रगत आपूर्ति गर्ने भएको हुँदा कम लिङ्ग उत्तेजना हुन्छ ।
Q
हस्तमैथुनको कुनै पनि साईड ईफेक्टहरु रहेको हुन्छ ?
हस्तमैथुन प्रजनन अंगको यौन उत्साह र आनन्द प्राप्त गर्ने स्व-उत्तेजना हो । यो पुरुष र महिला दुवैको लागि कामुकताको प्राकृतिक र हानिरहित अभिव्यक्ति हो । यसले शरीरमा कुनै पनि शारीरिक चोट वा असर गर्दैन, र सामान्य यौन व्यवहारको भागको रूपमा एउटा व्यक्तिको जीवनकालमा नियन्त्रण प्रदर्शन गर्न सकिन्छ । हस्तमैथुनलाई त्यसबेलामा मात्र समस्या मानिन्छ जब यसले यौन साथीसँग यौन गतिविधिको रोकथाम गर्दछ, जब सार्वजनिक स्थानमा गरिन्छ, वा यदि यो बाध्यकारी अवस्थामा गरिन्छ र/ वा दैनिक जीवन र गतिविधिमा हस्तक्षेप गर्दछ । यसैले, यो हस्तमैथुन तपाईं यौन उत्साहित हुदाँ मात्रै र दैनिक बानीको रूपमा नभई गर्ने सल्लाह दिईन्छ ।
Q
मेरो र मसँग विवाह गर्ने मंगेतरको हिजो यौन सम्बन्ध भयो र आज उनको बिस्तारै रगत बगिरहेको छ । यसको कारण के हुन सक्छ ?? यो समयको बिन्दुमा बच्चाको लागि योजना छैन !! साथै हामीले यौन सम्बन्ध राख्दा सुरक्षित साधनको पनि प्रयोग गरेका थियौं । अनि म पक्का छु कि मैले भित्र विर्य स्खलन गरेको पनि छैन । कृपया मलाई मार्गनिर्देशन गर्नुहोस् ।
यदि तपाईंले सुरक्षाको लागि भनेर कन्डोम नै लगाउनु भएको थियो भने तपाईंले कुनै पनि चिन्ता गर्नु पर्दैन । पुष्टिको लागि, उनको रजस्वला हुने अवधिमा पिसाबबाट गर्ने गर्भावस्थाको परीक्षण गर्न सक्नुहुन्छ । यदि उनको रजस्वलाको अवधि चाडैँ भयो भनें र महिनावारी अगाडिको कारण देखिन सक्छ । महिनावारी अगाडिको कारणहरुको लक्षणको धेरै अन्य कारणहरू हुन सक्छ जसमा तनाव, संक्रमण, पेल्भिक संक्रामक रोग, थाइराइड रोग, चिन्ता आदि । थोरै रगत बग्ने कुरा त सम्पर्कको बेलामा घर्षण हुदाँ, हार्मोनल असन्तुलन, तनाव, चिन्ता आदि कारणले पनि हुन सक्छ । सम्भवत उनीलाई केहि दिन भित्र सबै ठीक हुनेछ । यदि ठीक नभएको खण्डमा भने स्त्री रोग विशेषज्ञसँग परामर्श लिने सल्लाह दिन्छु जसले शारीरिक परीक्षण गर्न र उनीलाई अझै राम्रो मार्गनिर्देशित गर्न सक्छ ।
Q
यौन सम्पर्क भनेको के हो ?
यौन सम्पर्क एउटा क्रियाकलाप हो जसको यौन कामवासना पुरा गर्न पाकक्रिडाबाट सुरुवात हुन्छ र यौन सम्बन्धको रुपमा अन्त्य हुन्छ । यौन सम्पर्क फरक लिङ्ग वा उही लिङ्गको पनि दुई व्यक्तिहरुको बिचमा गर्न सकिन्छ । यौन सम्पर्क राख्ने धेरै तरिकाहरु छन् जस्तै योनि, मलद्वार र मुखमैथुन । यौन सम्पर्कले दुई चरणहरु समावेश गर्न सक्दछ पहिले पाकक्रिडा र दोस्रो शारीरिक सम्बन्ध हो । पाकक्रिडामा चुम्बन गर्ने, अंगालो हाल्ने, छुने आदि हो । जबकी योनीमा गरिने शारीरिक सम्बन्धको मतलब पुरुषहरुको उत्तेजित लिङ्ग महिलाको योनिमा छिराउने हो ।
Q
के सेक्सको खेलौना प्रयोग गर्न सुरक्षित हुन्छ ?
यदि तपाईं सेक्सका खेलौनाहरूको प्रयोग गर्न चाहनुहुन्छ भने, एच.आई.भी., साइफिलिस, हेपाटाईटिस बी जस्ता एस.टी.डी.को वा अन्य रगतबाट उत्पन्न हुने रोगहरू सर्न नसक्ने उचित सावधानीहरू अपनाउनुहोस् । सेक्सका खेलौनाहरू प्रयोग गर्दाका केही उपायहरू निम्न प्रकारका छन् - सेक्स खेलौनाहरु सफा राख्नुहोस्: प्रत्येक पटकको प्रयोगपछि तिनीहरूलाई राम्रोसँग धुनुहोस्; छिराउने सेक्ससम्बन्धी खेलौनाहरू छोपेर राख्नुहोस् जस्तै भाइब्रेटरहरू, अरू कसैलाई दिनुअगाडि एउटा नयाँ कन्डोमको साथ दिनुहोस्; सेक्स सम्बन्धी खेलौनाहरु यौन साथीहरुहरूसँग साझेदारी नगर्नुहोस् वा प्रत्येक साझेदारको लागि फरक सेक्स खेलौनाको सेट राख्नुहोस् । सुरक्षित सामाग्री छनौट गर्न महत्त्वपूर्ण हुन्छ जसले तपाईंलाई एलर्जीको प्रतिक्रिया उत्पन्न गराउदैँन । चिप्लो पदार्थको प्रयोग एउटा तरीका हो जसले यौन आनन्द र सेक्सको खेलौनाको सुरक्षा बढाइदिन्छ ।
Q
गर्भवती भएको समयमा सेक्स गर्दा मेरो बच्चालाई हानी गर्छ ?
यदि तपाईंको सामान्य गर्भावस्था छ भने, तपाईं सुरक्षित रूपमा तेस्रो देखि आठौं महिनाको बीचमा यौन सम्बन्ध राख्न सक्नुहुन्छ । तथापि, यदि तपाईं गर्भाधारणको शुरुवातमा दाग वा रगत बग्ने जस्ता कुनै जोखिम कारक वा जटिलताहरू छन् भने, पेट दुख्ने वा बटारिने, बिग्रिएको पानी, गर्भाशय कमजोरीको इतिहास, कमजोर- बस्ने ठाउँ (प्लेन्सेन्टा प्रेरिभिया), गर्भपात वा जुम्ल्याहा गर्भाधारणको इतिहास छ भने, यस्तो यौन सम्बन्ध नगर्नु राम्रो हुन्छ । तपाईंको गर्भावस्थामा (सामान्य वा जोखिममा राख्ने) के सुरक्षित छ भनेर मनमा राख्नको लागी सुझाब दिने सही व्यक्ति स्त्री रोग विशेषज्ञ हो ।