Q कसरी छाला खैरो हुने समस्या हटाउन सकिन्छ
यी साधारण उपायहरू अपनाउनुहोस्: तपाईं घाममा जाँदा तपाईंको अनुहार लुकाउनुहोस् । तपाईं घाममा बाहिर जानु अगाडि सनस्क्रिन ब्लक क्रिम लगाउनुहोस् र अझैं बाहिर हुनुहुन्छ भने २ घण्टा पछि पुन: लगाउनुहोस् । तपाईं दूध, बेसार र कागतीको रस बराबर मात्रामा एकसाथ मिसाएर अनुहार प्याक बनाएर लगाउन सक्नुहुन्छ । यसलाई सुख्खा नहुँदासम्म राख्नुहोस् र पछि चिसो पानीले धुनुहोस् । तपाईं ओखर पाउडर, दूध र कागतीको रसबाट बनेको कुरा अनुहारमा घोटेर पनि लगाउन सक्नुहुन्छ । तपाईंको अनुहारमा बरफको टुक्रा लगाई दिनुहोस्, यसले खैरो छालाको प्रभाव कम गर्नेछ । आफुलाई राम्ररी पानी पुग्ने राख्नुहोस् । राम्रो सन्तुलन र पोषणशील आहारा प्रयोग गर्नुहोस् । तपाईंको छालाको खैरोपना कम गर्ने विभिन्न प्रक्रियाहरू बारे जान्न सौन्दर्यताविदसँग परामर्श गर्नुहोस् ।