Q मेरो बच्चाको तौल धेरै भयो भने म के गर्न सक्छु ?
धेरै तौलका बच्चाहरु भए हुर्केर वयस्क हुदाँ पनि त्यस्तो हुने सम्भावना हुन सक्छ, यसैले तपाईंलाई बच्चाको बढ्दो तौलमा चिन्ता हुनु उपयुक्त हो । सामान्यतया बच्चाहरूले उनीहरूको उचाई बढेजस्तै तौल बढेको राम्रो हुन्छ । तपाईंको पारिवारिक जीवन शैलीमा परिवर्तनहरू गरेर तपाईंको बच्चाको तौलमा वास्तविक फरक बन्न सक्दछ । नियमित रुपमा खाना खानुहोस्, स्वस्थ आहारतिर पहिलो चरणको रूपमा सँगै बसेर खानुहोस् । तपाईंको भोजनमा बोसो र चिनीको सामाग्रीको मात्रा कम गर्न तयार रहेको खानाहरूमा भर पर्नुको सट्टामा घरमा नै बनाएको खानाको प्रयोग गर्नुहोस् ।चकलटे, बिस्कुट, मिठाई र फिजँयुक्त चिसो पेय पदार्थजस्ता उच्च बोसो र चिनी हुने नास्ता वा खानाहरुबाट बच्नुहोस् र यसको ठाउँमा फलफूल जस्ता स्वस्थकर विकल्पहरू खाने उद्देश्य राख्नुहोस् । तपाईंको बालबालिकामा अतिरिक्त क्यालोरी घटाउने उपयोगी माध्यम भनेको व्यायाम हो । तपाईंको बच्चालाई हलुका अभ्यासहरू जस्तै उभिने, वरिपरि हिड्ने, बिस्तारै हिड्ने र कम शक्ति लगाएर खेल्ने कार्यमा केन्द्रित गराउनुहोस् । साथै सक्रिय खेल (जस्तै लुकामारी खेल्ने र माटोमा फस्ने), छिटो हिँड्ने, बाईक चड्ने, नृत्य गर्ने, पौडी खेल्ने, चढ्ने, डोरी खेल्ने, जिम्नास्टिकले पनि उमेरको आधारमा मद्दत गर्दछ ।