Q म घुँडा दुख्ने समस्याबाट पिडित छु ? के गर्नुपर्छ होला ?
घुँडाको दुखाईको धेरै कारणहरू हुन्छ जस्तै कुनै चोटपटक, मानसिक आघात, जोड्नी सुन्निएर दुख्ने रोग वा अर्थिरिस, कुनै पनि मांसपेशी वा हड्डी जोड्ने तन्तु (लिगामेन्ट) च्यातिने, उमेरको कारक, मोटोपना, क्याल्सियमको कमी आदि जस्ता कारणहरू छन् । यसको कारण पत्ता लगाउनको लागि, चिकित्सकसँग परामर्श लिन सल्लाह दिइन्छ किनभने यसको लागि शारीरिक परिक्षणको आवश्यकता पर्दछ । यदि यो असहनीय छ भने, तपाईंले चिकित्सकद्वारा निर्धारित केही औषधिहरु लिनुपर्छ । यसको साथमा, केही रोकथाम गर्ने उपायहरू राहत पाउनका लागि अपनाउनु पर्दछ - पूर्ण आराम लिनुहोस् र चोट लागेको वा घाउ भएको ठाउँको सुरक्षा गर्नुहोस् । जब आराम गर्दा, तपाईंको घुँडामुनि एउटा सानो तकिया (सिरानी) राख्नुहोस् । तपाईं १० देखि २० मिनेटको लागि बरफ वा चिसो प्याक, एक दिनमा ३ वा बढी पटक राख्न सक्नुहुन्छ । सम्भवभएसम्म सबैभन्दा कम हिलको लगाउनुहोस्, किनभने यसले हिडेंको बेलामा घुँडामा दबाब दिन सक्छ । स्वस्थ तौल कायम राख्नुहोस्; यो तपाईंले घुँडाको लागि गर्न सक्ने सबैभन्दा राम्रो चीजहरूमध्ये एक हो । यदि दुखाइ धेरै गम्भीर छ भने तपाईंलाई कारण र लक्षणहरूमा निर्भर भएर सर्जिकल शल्यचिकित्सासम्बन्धी हस्तक्षेप गर्न आवश्यक पर्दछ ।