Q नमस्ते, मेरो श्रीमानले अघिल्लो मंगलवार पाईल्सको शल्यक्रिया गर्नुभयो र त्यहाँको अस्पतालमा थप २ दिन बस्नु भएको थियो । उहाँको हिजो (बिहीबार) डिस्चार्ज भयो । तर उहाँलाई दिसा निस्कँदा ठूलो समस्या भईरहेको छ । उहाँ बाथरुममा जादाँ लगभग बेहोस नै होला जस्तो हुनुहुन्छ र धेरै कमजोर बन्नुहुन्छ । उहाँ क्रीम लगाउदैँ र ट्याब्लेटहरू पनि हालेर तातो पानीले सिज स्नान गर्नुहुन्छ । तर अझैं समस्या भईरहेको छ । कृपया दिसा गरेको बेलामा दुखाई कसरी कम गर्ने भनेर मद्दत गर्नुहोस् र हामीलाई भन्नुहोस् ।
उहाँलाई ३- ४ दिनसम्म दुख्ने र कठिनाई हुनेछ । तपाईं उहाँलाई थप तरल आहार र पानी दिनु पर्ने हुन्छ जसले तपाईंलाई दिसा बनाउन र दुखाईबाट मुक्त हुन सजिलो बनाँदछ । उहाँलाई अड्किने समस्याबाट बचाउनको लागि थप फाइबरयुक्त खानेकुरा दिनुहोस् । दिइएको औषधि नियमित रूपमा लिनुहोस् । उहाँलाई खानेकुरा उपयुक्त रुपमा पचाउनको लागि हरेक दिन एक गिलास नौनी सहितको दूध र सानो कचौरा दही दिनुहोस् । उहाँलाई ठीक भएपछि नियमित रुपमा दिनहुँ ३० मिनेटको लागि केहि व्यायामहरु जस्तै हिड्ने, साईकल चलाउने वा पौडी खेल्ने आदि गराउन दिनुहोस् । रक्सी र धुम्रपानबाट बचाउनुहोस् । यदि समस्या लामो समयसम्म रहिरहेमा, शल्यचिकित्सकसँग परामर्श लिनुहोस् ।