Q म धूम्रपान रोक्न कहाँ सहयोग पाउन सक्छु ?
तपाईं धूम्रपान छोड्न चाहनु भएको कुरा प्रशंसायोग्य छ । कुनै पनि खराब बानी छोड्न तपाईंलाई सबैभन्दा राम्रो मद्दत गर्न सक्ने व्यक्ति भनेको तपाईं आफैं नै हो । तपाईंलाई असम्भव लागेको केही कुरा गर्न भित्री आवाज धेरै महत्त्वपूर्ण छ । तपाईंले यो गर्छु भनेर निर्णय गरेमा केही पनि असम्भव हुँदैन, बरु तपाईंलाई अरुले औंला ठड्याएपनि ठड्याओस् । यदि तपाईंलाई सहयोग चाहिन्छ भन्ने लाग्छ भनें, तपाई आफ्नो चिकित्सक, साथी, परिवारको सदस्य वा तपाईंलाई सबैभन्दा धेरै विश्वास गर्ने व्यक्तिसँग सल्लाह लिन सक्नुहुन्छ । अचानक नछोड्नुहोस् किनकि यसले केहि प्रतिकूल प्रभावहरू ल्याउन सक्छ; आवृत्ति र धुम्रमानको संख्यामा क्रमशः कमी गर्नुहोस् ।