Q मेरो शिथिल हुँदाको लिङ्गको आकार ३ ईन्च मात्रै छ र उत्तेजित हुदाँ नाप्दा यो ४.८-५.२ सम्मको छ । मेरा आमाबाबुले मलाई अर्को वर्ष विवाह गर्न दबाव दिइरहनु भएको छ । म २७ बर्षको छु । म यो आकारको लिङ्गले मेरी श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न सक्षम हुनेछु । कृपया मलाई मद्दत गर्नुहोस् ।
हो । तपाईंको पक्कै सामान्य आकारको लिङग छ । महिलाको योनिको बाहिरी भागको १ इन्च मात्रै संवेदनशील हुनेभएकोले, तपाईंले लिङ्गको लम्बाइको बारेमा कुनै चिन्ता गर्नुपर्दैन । लिङ्गको आकारभन्दा उत्तेजना हुने कुरा महत्त्वपूर्ण रहेको छ जसले स्वस्थ यौन सम्बन्धको सुनिश्चित गर्नेछ । यसको साथै यौन सम्बन्ध राख्ने कौशलता लिङ्गको आकारभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।