Q मेरो र मसँग विवाह गर्ने मंगेतरको हिजो यौन सम्बन्ध भयो र आज उनको बिस्तारै रगत बगिरहेको छ । यसको कारण के हुन सक्छ ?? यो समयको बिन्दुमा बच्चाको लागि योजना छैन !! साथै हामीले यौन सम्बन्ध राख्दा सुरक्षित साधनको पनि प्रयोग गरेका थियौं । अनि म पक्का छु कि मैले भित्र विर्य स्खलन गरेको पनि छैन । कृपया मलाई मार्गनिर्देशन गर्नुहोस् ।
यदि तपाईंले सुरक्षाको लागि भनेर कन्डोम नै लगाउनु भएको थियो भने तपाईंले कुनै पनि चिन्ता गर्नु पर्दैन । पुष्टिको लागि, उनको रजस्वला हुने अवधिमा पिसाबबाट गर्ने गर्भावस्थाको परीक्षण गर्न सक्नुहुन्छ । यदि उनको रजस्वलाको अवधि चाडैँ भयो भनें र महिनावारी अगाडिको कारण देखिन सक्छ । महिनावारी अगाडिको कारणहरुको लक्षणको धेरै अन्य कारणहरू हुन सक्छ जसमा तनाव, संक्रमण, पेल्भिक संक्रामक रोग, थाइराइड रोग, चिन्ता आदि । थोरै रगत बग्ने कुरा त सम्पर्कको बेलामा घर्षण हुदाँ, हार्मोनल असन्तुलन, तनाव, चिन्ता आदि कारणले पनि हुन सक्छ । सम्भवत उनीलाई केहि दिन भित्र सबै ठीक हुनेछ । यदि ठीक नभएको खण्डमा भने स्त्री रोग विशेषज्ञसँग परामर्श लिने सल्लाह दिन्छु जसले शारीरिक परीक्षण गर्न र उनीलाई अझै राम्रो मार्गनिर्देशित गर्न सक्छ ।