Q मेरो तौल घटाउने कुनै विश्वसनीय उपाय छ । म काम गर्ने महिला भएकोले र व्यायामको लागि समय छैन । तर यदि छ भने तपाईं मैले अबलम्बन गर्न सक्ने आहारको सुझाव दिन सक्नुहुन्छ ।
जब यहाँ तौल घटाउने कुरा आउँछ, राम्रो खाना खाने योजना र नियमित व्यायाम कार्यक्रम सँगसँगै नै जान्छ । एउटाको बदलामा अर्को राखेर स्थायी परिणाम प्राप्त गर्न सम्भव छैन । स्वस्थ खानाको साथमा एक हप्तामा कम्तिमा १५० मिनेट व्यायाम गरेर ठूलो फरक पार्न सक्छ । जहाँसम्म स्वस्थ खानेकुराको सरोकार छ, तपाईं आफ्नो दिनचर्यामा निम्न परिवर्तनहरू गर्न सक्नुहुन्छ । तीनओटा ठूला खानाहरुको सट्टामा, ५-७ ओटा साना खानाहरू लिनुहोस् । प्रशोधित भोजनहरूको ठाउँमा पूर्ण अन्नयुक्त खानेकुराहरू लिने गर्नुहोस् । उदाहरणको लागि सेतो रोटीको सट्टा खैरो रोटी लिने गर्नुहोस् । तपाईंको भोजनमा प्रशस्त फलफूल तथा हरियो तरकारीहरु समावेश गर्नुहोस् । प्रशोधन गरिएको खाद्य पदार्थ, जङ्क खाना र चिणीयुक्त पेय पदार्थको सेवनबाट बचाउनुहोस् । तपाईंको बिहानको नास्ता, दिउसोको खाजा र रात्रिको खानामा केहि प्रोटीन धेरै भएका खानाहरु भएको निश्चित गर्नुहोस् । अण्डा, चिकेन, माछा, दूध, चिज, दही, पनीर जस्ता खाद्य पदार्थहरु प्रोटीनका राम्रा स्रोतहरु हुन् ।