Q यौन सम्पर्क भनेको के हो ?
यौन सम्पर्क एउटा क्रियाकलाप हो जसको यौन कामवासना पुरा गर्न पाकक्रिडाबाट सुरुवात हुन्छ र यौन सम्बन्धको रुपमा अन्त्य हुन्छ । यौन सम्पर्क फरक लिङ्ग वा उही लिङ्गको पनि दुई व्यक्तिहरुको बिचमा गर्न सकिन्छ । यौन सम्पर्क राख्ने धेरै तरिकाहरु छन् जस्तै योनि, मलद्वार र मुखमैथुन । यौन सम्पर्कले दुई चरणहरु समावेश गर्न सक्दछ पहिले पाकक्रिडा र दोस्रो शारीरिक सम्बन्ध हो । पाकक्रिडामा चुम्बन गर्ने, अंगालो हाल्ने, छुने आदि हो । जबकी योनीमा गरिने शारीरिक सम्बन्धको मतलब पुरुषहरुको उत्तेजित लिङ्ग महिलाको योनिमा छिराउने हो ।