होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको समस्या हो जुन राजस्वाला बन्द भईसकेका महिलाहरुलाई लाग्ने गर्छ । तरपनि, पुरुषहरुमा पनि ओस्टियोपोरोसिस लाग्ने प्रबल सम्भावना हुन्छ ।ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरुले दिन सक्दैन ।संगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा आफ्नो दूध प्रदान नगरेर बच्चाको जीवनलाई संकटमा पार्न सक्छन् । आमाको दूधले बच्चालाई धेरै रोगहरूको विरुद्ध प्रतिरक्षा गर्दछ । यसले आमा र बच्चा दुवैको शारीरिक र भावनात्मिक कल्याण गर्दछ । तथापि, दुःखलाग्दो कुरा यो छ कि चेतनाको कमिका करण आधा भन्दा बढी नवजात शिशुहरू यस लाभबाट बञ्चित छन् ।स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरि श्रापसंग जन्मिएको हुन्छ । यो भाइरस जसको कारणले एड्स हुन्छ सजिलै एक संक्रमित आमाबाट नवजात शिशुमा संचारित हुन सक्छ, र उपचार बिना, लगभग २०% संक्रमित आमाहरुका बच्चाहरुलाई एचआईभी लाग्छ ।उच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीहरुसँग सही तरिकाले व्यवहार गर्नु बच्चाको व्यक्तित्वको निर्माणमा धेरै आवश्यक रहेको हुन्छ ।जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवर्तन बारे चिन्तित हुनुहुन्छ ? यदि उनी किशोरावास्थामा छिन् भने त्यस्ता परिवर्तनहरु साधारण हुन् र तपाईंले त्यस्ता भाव र व्यवहारमा हुने छिटो परिवर्तनहरुको बानी राख्नुपर्छ lयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ ।पौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा आफै स्वयंको रूपमा बुझ्नको लागि एउटा माध्यम हो । यसको उद्देश्य आफ्नै चेतनालाई बढाउने एउटा निश्चित विधा हो । विभिन्न प्रकारको ध्यानमा सचेतना र  ध्वनिमा आधारित ध्यान पनि हुन सक्छ । जबकि धेरै समय अगाडि, ध्यान केहि व्यक्तिहरूका लागि एउटा स्थान थियो, आज यसको लाभको लगातार बढ्दै गएको शोधको साथै ध्यान एउटा एक अभ्यास बनिरहको छ जसले कुनै पनि व्यक्तिलाई अगाडि बढ्न मदत गर्छ । ध्यानको एउटा विशेषताहरू मध्ये एक हो तपाईको भट्कि रहेको मनलाई दबाउनलाई कुनै पनि खालको दबाव दिँदैन । के आवश्यक छ भने तपाई आफ्नो दिमागलाई हेर्नुहोस् र यो यो भट्की रहेको पनि हेर्नुहोस् र विस्तारै यसलाई आराम गर्न दिनुहोस् । यसरी तपाई आफ्नो ध्यानको चरणको अन्तमा कुनै अवशिष्ट चिन्ता बाँकी रहदैन । तीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा र कुरा काट्ने हजुरआमाको लागी मात्रै हो ? तपाईं यो भन्दा गलत हुन सक्नुहुन्न । किन हो जान्नको लागी पढ्नुहोस् !भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पुरुषत्वको केन्द्र हो lराम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन्ने बुझाउँछ l यौनमा संलग्न हुनु एउटा आनन्ददायी कुरा हो l यसबाट रमाइलो गर्ने सबभन्दा राम्रो तरिका गर्भवती हुने डर नभई यसमा संलग्न हुनु हो lसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न