होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको सओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
स्तनपान गराइरहेको समयमा राम्रोसँग भोजन गर्नु धेरै महत्वपूर्ण हुन्छ किनकि तपाईंले जतपाईंको वरिपरि रहने हरेक व्यक्तिले तपाईंलाई क्यालोरीयुक्त भोजन खाने सल्लाह दिनेछन् जसले तपाईंको शरीरबाट दूध उत्पादनमा मद्दत गर्नेछ । तर के तपाईंलाई थाहा थियो कि तपाईंले जेसुकै खाएपनि त्यसबाट तपाईंको शरीर पर्याप्त दूध उत्पादन गर्न सक्षम छ ? तपाईंको शरीरले तपाईंको गर्भावस्थाको दिनहरूमा नै सबै बोसोहरू भण्डारण गरेर राखेको हुन्छ । वास्तवमा तपाईंलाई आफ्नो बच्चाको लागि दूध उत्पादन गर्नको लागि अतिरिक्त क्यालोरीयुक्त भोजन गर्ने आवश्यकता नै पर्दैन । तथापि, तपाईंलाई कति क्यालोरी आवश्यक छ, यो कुरा पहिल्यै निर्धारण गर्न सकिंदैन । तपाईंको शरीरलाई नै तपाईंको आवश्यकता निर्धारण गर्न दिनुहोस् । तपाईं जतिपटक चाहनुहुन्छ त्यतिपटक खानुहोस्, जतिपटक भोक लाग्छ त्यतिपटक खानुहोस्, तर ती खाद्य पदार्थमा ध्यान दिनुहोस् जसले तपाईंको शरीरलाई पोषण तत्व दिन्छ, भोक मात्र शान्त गर्ने हैन ।   अप्रशोधित वा नफलेको अन्न, दाल, ताजा फलफूल, रेशादार अन्न, ताजा सागसब्जी र बियाँयुक्त फल छान्नुहोस् । बटरमिल्क, नरिवल पानी र ताजा जुसजस्ता प्राकृतिक पेय रोज्नुहोस् । ध्यान दिनुहोस् कि तपाईंले छनौट गरेको खाद्य पदार्थले तपाईंको शरीरलाई कार्बोहाइड्रेटबाहेक प्रोटिन, क्याल्सियम र आइरनयुक्त पोषण प्रदान गर्नुपर्छ । काजु, बदाम, किसमिस, पिस्ताजस्ता सुख्खा तथा बियाँयुक्त फल ती परम्परागत खाद्य पदार्थ हुन् जुन सुत्केरी आमाहरूलाई दूधमा पोषकतत्वहरू बढाउन दिइन्छ । तिनीहरू प्रशस्त क्यालोरीको स्रोत हुन् र निश्चित रुपमा दूधको गुणस्तर र मात्रा बढाउन मद्दत गर्छ । तथापि, स्तनपान गराउँदाको समयमा आफ्नो नजिक पानीको बोतल वा केही जुस राख्नुहोस् । तपाईंले स्तनपान गराउँदाको समयमा शरीरले अक्सिटोसिन निष्कासन गर्दछ जसले तपाईंलाई तिर्खा लगाउँछ । त्यसैले स्तनपान गराउनुभन्दा पहिले पुनार्ताजा गराउने पेय पिउनुहोस् । धेरैजस्तो सुत्केरी आमाहरूलाई धेरै पानी पिउने सल्लाह दिइन्छ किनकि यसले स्तनमा दूध उत्पादन गर्न सहयोग गर्छ । तथापि, स्तनमा दूध उत्पादन गर्न अतिरिक्त पानी जरुरी हुँदैन । जब तपाईं स्तनपान गराइरहनु भएको हुन्छ मदिराबाट बच्नु सबभन्दा राम्रो हुन्छ । रगत र स्तनको दूधमा मदिराको मात्रा तपाईंले पिएको ३० मिनेटभित्र नै उच्चस्तरमा पुग्छ र करिब चार घण्टापछि मात्र कम हुन्छ । तपाईंले स्तनपान गराइरहेको समयमा मदिरा पिउनु हुँदैन, तर पनि यदि तपाईंलाई मदिरा पिउने इच्छा भएमा बच्चालाई स्तनपान गराइसकेपछि मात्र पिउनुहोला । त्यसैगरी अर्कोपटक स्तनपान गराउनको लागि कम्तीमा चार घण्टा प्रतीक्षा गर्नुहोस् ।   घ्यू एउटा अर्को त्यस्तो पदार्थ हो जुन सुत्केरी आमाहरूलाई दूध उत्पादनको लागि खान प्रोत्साहित गरिन्छ । तर तपाईंले सन्तुलित भोजन गरिरहनु भएको छ भने धेरै घ्यू खान त्यति जरुरी छैन । स्तनपान गराइरहेको समयमा ग्याँसयुक्त पेय, चिया र कफी नखानुहोस् । त्यसैगरी जंक फूड र घरमा नपकाइएको खाद्य पदार्थ खानबाट पनि बच्नुहोस् । यी खाद्य पदार्थले तपाईंको भोक त मेट्छ तर कुनै वास्तविक पोषण प्रदान गर्दैन । स्तनपान गराएको समयमा जडीबुटीयुक्त चियालाई सुरक्षित पेय मानिन्छ । तरपनि कुनै पनि जडिबुटीयुक्त औषधि सेवन गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । स्तनपान गराउँदाको सममा नियमित रुपमा आइरन, फोलिक एसिड र क्याल्सियमको निर्धारित मात्रा लिन नभूल्नुहोस् । तपाईंको शरीरलाई धेरै मात्रामा भिटामिन सी, भिटामिन बी १२, जिंक र भिटामिन ए को आवश्यक पर्दछ । यी पदार्थहरू प्रशस्त पाइने  खाद्य पदार्थ खाएर पनि तपाईंले यसको पूर्ति गर्न सक्नुहुनेछ वा तपाईंको डाक्टरले अतिरिक्त मात्रा लिने भनेर लेख्न पनि गर्न सक्छन् । गर्भावस्थाको समयमा बढेको तौल चिन्ताको विषय हुन सक्छ र तपाईंको गर्भावस्था भन्दा पहिलेको शारीरिक स्वरूप पाउन तपाईंले तौल घटाउन चाहनु हुनसक्छ । सन्तुलित आहारको माध्यम तथा हल्का व्यायामको सहयोगले तौल घटाउने कुरामा ध्यान दिनुहोस् । आफूलाई भोको नराख्नुहोस् । त्यसैगरी कडा व्यायामले रक्तप्रवाह र स्तनको दूधमा विषाक्त पदार्थ निष्कासन गर्न सक्छ । ध्यान दिनुहोस् कि तपाईंले आफ्नो पहिलेको वास्तविक तौल तब मात्र प्राप्त गर्न सक्नुहुनेछ जब तपाईंको बच्चाले पूर्णरुपमा स्तनपान छोड्छ र ठोस आहार खान सुरु गर्छ । स्तनपान तपाईंको बच्चाको लागि सबभन्दा राम्रो विकल्प हो । यसले तपाईंको बच्चालाई सबै कुरा प्रदान गर्छ जुन उसलाई जरुरी हुन्छ र उसलाई सबै बिमारीबाट मुक्त राख्छ । स्तनपान गराउन लाज नमान्नुहोस्, यसलाई सही तरिकाले गराउनुहोस् ! तपाईंको शरीरले तपाईंले खाने राम्रो सन्तुलित आहारबाट स्तनमा दूध उत्पादन गर्न सक्षम छ र प्रशस्त क्यालोरी भएको खाना खुवाइरहनु पर्ने जरुरी छैन जुन सुत्केरी आमाहरूलाई खुवाइन्छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
नवजात शिशु निकै बेरसम्म अत्यधिक रुन्छ भने त्यो पेटको समस्याको कारण होकेले पेट एकदमै दुखाउँछ ? आमाको दुध खुवाउँदा हावाको प्रवेश बच्चाले निकै छिटो चुस्दा खेरी त्यसले ग्यास्त्रोइन्टेसटाईनल पिडा गराउन सक्छ आमाले खाएको खानाले शिशुको पेटलाई असर गर्छ  रुने बच्चालाई सम्हाल्ने केही तरिकाहरु: पक्रने र बच्चालाई पाखुराले समातेर एता उता हल्लाउने l बच्चालाई सुताउन लोरी अर्थात् बच्चाको गित गाउनु प्रभावकारी हुन्छ l दुध खुवाएपछि प्रत्येक पटक बच्चालाई ढ्याउ गराउनुहोस् l रोएर भोक लागेको अभिव्यक्त गरिन्छ l दुध खुवाउनुहोस् l ठुलो आवाजले बच्चालाई अचम्म गराउन सक्छ l ठुलो आवाज नबनाउनुहोस् l केही बच्चाहरुलाई न्यानो स्नानले आराम दिन्छ l केही बच्चाहरुलाई रबर वा सिलिकनको चुस्ने वस्तु (पेसिफायर)ले राम्रो गर्छ l ग्यासको पिडा पनि कारण हुनसक्छ l डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहोस् l आमाहरुले उनीहरुले खाने कुरामा परिवर्तनहरु ल्याउनुपर्छ l
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
आजको समयमा सबैभन्दा चिन्ताजनक दूई रोगहरु एड्स र क्यान्सर हुन् । दूर्भाग्यवस दूबै जंगली आगो जस्तवास्तवमा यो एड्स परिभाषित क्यान्सर पाउनुले बिरामीहरुमा उन्नत एड्स विकास भएको जनाउँछ । तथापी यी क्यान्सरहरुको कारण स्पष्ट छैन । यो सम्भव छ कि एड्का बिरामीहरुमा प्रतिरोधात्मकता कम हुनाले, तिनिहरु यी क्यान्सरको धेरै जोखिममा छन् । यी पहिल्यै जटिल रोगहरुको दोहोरो आक्रमणले उपचार पक्रियामा समेत थप जटिलता ल्याउँदछ । त्यसैले यसको उपचार अनुभवी डाक्टरहरु अन्तर्गत हुनूपदर्छ जसले यी रोगहरुमा विशेषज्ञता पाएका छन् । एड्स परिभाषित क्यान्सरहरु निम्न हुन्: क्यापोसिस र्सकोम: यो छाला क्यान्सरको प्रकार हो । यो सामान्यतया अंग प्रत्यारोपण गरेका मान्छेहरुमा पाइएको छ । आजकल यो एचआइभी ÷एड्स संक्रमित समलैगिंक पूरुषहरुमा पाइन्छ र यसलाई क्यापोसिस र्सकोम पनि भनिन्छ । यो शारिरिक विभिन्न बिन्दुहरु जस्तैःछाला,लिम्फ,नोडहरु,कलेजो,फोक्सो, स्प्लीनर पाचन पथमा विष उत्पन्न हूनूको कारण बन्छ । नन-होडकिन लिम्फोमाः यो एचआइभी ÷एड्ससँग दोस्रो सबैभन्दा संम्बन्धित क्यान्सर हो । एन.एच.एलको विभिन्न उपप्रकारहरु प्राथमिक केन्द्रिय तांत्रिक प्रणाली लिम्फोमा र प्राथमिक प्रभाव भ्रम लिम्फोमा हून् । लगभग ४ देखि १० % मानिसहरु एचआइभी÷एड्सको साथ एन. एच.एल. विकसीत गर्छन । अन्य प्रकारका क्यान्सरहरु कलेजो क्यान्सर, मुख क्यान्सर, होड्किनको लिम्फोमा, टेस्टीकुलर क्यान्सर, मेलानोमा, घाटिँको क्यान्सर, कोलोरेक्टल क्यान्सर र छालाको विभिन्न क्यान्सर हुन् । एचआइभी ब्यक्तिहरुमा क्यान्सरको उपचारः एन्टि-एचआइभी औषधी नलगाउन्जेल सम्म संक्रमित ब्यक्तिहरुको भविष्य खरानि थियो । तिनिहरु पहिलेनै बिरामी  थिए र उनीहरुको शरीरको क्यान्सरको उपचार सुरु नगर्दै तिनिहरुको शरीर कमजोर हुन्थ्यो । वर्तमान क्यान्सरको उपचार एन्टी-एचआइभी औषधीसँग मिसाइएको छ । तथापि, क्यान्सरको ह्द र एड्सको हेरविचारको आवश्यकता अनुसार, किमोथेरापी र अन्य एचआइभी सम्बन्धी औषधीहरु बिच भिन्नता गरिन्छ । क्यापोसिस सार्कोमा उपचार: प्राय एन्टी एचआइभी औषधीहरु यो क्यान्सरको उपचार गर्न पर्याप्त हूँदैन । बिष,जो भाइरल हुन्छन् हट्छन । प्रतिरक्षा प्रणाली राम्रो हून्छ । बिषहरु आन्तरिक छन् भने कहिलेकाहिँ केमोथेरापी र विकिरण पनि आवश्यक पर्न सक्छ । नन-होडकिन लिम्फोमाको उपचार: एन.एच.एल. सम्बन्धि एड्स छिटै बढ्दै जान्छ र तिब्र केमोथेरापीको आवश्यकता पर्दछ । अत्याधिक सक्रीय विरोधि रिभ्रोइरल थेरापी र ड्रग्सको प्रयोगको आविष्कारले संक्रमीत शरीरलाई नयाँ रक्तसेल बनाउन सहयोग गर्छ जसले थोरै रक्त सेल गणनाको कारण हुने एचआइभी संक्रमितको जिज्ञासा घटाएको छ , केमोथेरापि तिनको लागी प्रसशीत हून सकेन , तर यी प्रगतिहरुको साथमा ,तिब्रतापूर्वक केमोथेरापि उपचारलाई ब्यावस्थापन गर्न सकिन्छ । गर्भाशय क्यान्सरको उपचार राम्रो प्रतिरक्षा प्रणाली र आक्रमक गर्भाशय क्यान्सर भएको महिलाको हितमा हझै पनि गैर-एचआइभी महिलाहरुको जस्तै उपचार गर्न सकिन्छ । तिनिहरुले शल्यक्रीया र अन्य पारिवारिक उपचारमा पनि राम्रा काम गर्न सक्छन् । क्यान्सरलाई सुरुवातमै पत्ता गर्दै: जब कूनै लक्ष्ण स्पष्ट हुदैन तब स्क्रिनिंगले  क्यान्सरको उपस्थिती खोज्न सहयोग गर्दछ । तथापी क्यान्सरहरु परिभाषित गर्ने एड्स स्क्रिनिंगले पत्ता लगाउन सक्दैन यसकारण नियमित चेकअप र नजिकको निगरानिले क्यान्सरको लक्ष्ण भएमा पत्ता लगाउन सक्छ । पप परिक्षणले महिलाहरुमा गर्भाशय क्यान्सरको खोजमा मद्दत गर्दछ । तथापि एचआइभी महिलाको लागी यसलाई बारम्बार गर्न जरुरी छ । एचआइभी पत्ता लागेको पहिको वर्षमा दुई पटक र छ महिनाको अन्तरालमा । यदि परिक्षण सफा भएमा, तिनिहरुले त्यस लगत वर्षमा एक पटक पप परिक्षण नियमित रुपमा गर्नुपर्छ । अन्य एड्स सम्बन्धित क्यान्सरको लागि स्क्रिनिंग परिक्षण अझै पनि लागु हँदैन । क्यान्सरको जोखिम कम गर्दै: एचआइभीले शरिरको प्रतिरक्षा प्रणालीलाई बिगारी शरिरलाई विभिन्न रोगवाट आतंकित बनाउँछ । एचआइभी पहिचान भएका लागी क्यान्सरबाट बच्न राम्रो स्वस्थ्य अभ्यासहरु आवश्यक छ । तिनिहरुले कदापि धुम्रपान वा मध्यपान गर्न हुदैन । ड्रग्स लिने र असुरक्षित यौन अभ्यासहरुले पनि क्यान्सरको खतरा बढाउँछ l सन्तुलित आहार ,शारीरिक गतिविधि र उचित शारीरिक तौल राख्नु अत्यन्त महत्वपुर्ण र उपयोगी छन् ।
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले महिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न