होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलà अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरàसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावàमहिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा à नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवरयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोàजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हसूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले àमहिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न