होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैल अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
बच्चा जन्माउन भन्दा अघि केवल महिलाले मात्रै आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्छ भतपाईंले एउटा बच्चा पाउने निर्णय गरेको समय देखि, सम्पूर्ण ध्यान हुन्-लागेकी-आमा तर्फ केन्द्रित हुन्छ । र यो कुनै कारण विना भएको पनि होइन, अबको ९ महिना बच्चालाई बोक्ने व्यक्ति उनि नै हुन् । तर यसको अर्थ पुरुषको भूमिका केहि कम महत्त्वको छ भन्ने होइन। हुने-वाला-बाबा ले उसको जीवनको आर्को पाटोको निम्ति आफैलाई तयार पार्नुपर्छ । स्वास्थ्यकर जीवन शैलीलाई अपनाउदै प्रजनन एउटा बढ्दै गरेको समस्या हो । तथ्यांक अनुसार ४५% भन्दा बढी प्रजनन समस्या पुरुषहरुसंग सम्बन्धित छ । त्यसैकारण, स्वास्थ्य खानपान, व्यायाम र स्वास्थ्यपूर्ण जिउनुले यी समस्याहरुबाट छुटकारा पाउने तपाईंको मौकालाई बढाई दिन्छ । पोषणयुक्त खानामा विर्य निर्माणमा फरक ल्याउँछ । त्यसैले अस्वास्थ्यकर खानालाई हटाउनु होस् केहि समयको लागि र स्वास्थ्यकर जीवनशैली अपनाउनुहोस् । प्रत्येक दिन पुरुषहरुलाई कम्तिमा १२ देखि १५ एमजी को जिङ्क चाहिन्छ । अल्प अवधिको जिङ्कको कमिले पनि शुक्रको मात्रा र टेस्टोटेरोनको मात्रा घटाउन सक्छ, जुन स्वास्थ्य विर्यको निम्ति धेरैनै आवश्यकता छ । जिङ्क पाईने राम्रो श्रोत भनेको सकेको बोडी (एउटा कपमा ३.५५ एमजी हुन्छ), बदाम, अन्नहरु, सिफूड, र कुखुराको मासु (२.३८ एमजी प्रति आउन्स) ।                                                                                                              पुरुषको प्रजननमा सुधार ल्याउन र विर्य कमजोरी जोगाउन भिटामिन र क्याल्सियमको नियमित सेवन गर्नै पर्छ। क्याल्सियमको प्राकृतिक श्रोत जस्तै छाली-रहित-दुध र दहि खान सकिन्छ । कम्तिमा पनि ९० एमजीको भिटामिन दैनिक रुपमा लिनुहोस् । यसले प्रतिरक्षा शक्तिलाई बढाइदिन्छ। अझ बढि पनि चाहिन सक्छ यदि तपाईंले धुम्रपान गर्नु हुन्छ भने। फोलिक एसिड स्वास्थ्य विर्यको निम्ति एउटा उर्जानै हो । बुबाहरुलाई यसको ४०० माईक्रो ग्राम चाहिन्छ र यसको पोषणको राम्रो श्रोत भनेको हरियो पात भएको सब्जीहरु हो। हुने-वाला-बुबाहरुले मोचाको अतिरिक्त कप लिन छुट छ । क्याफिनले पुरुषहरुलाई विर्यको चुस्ततालाई उत्तेजित बनाउन मद्दत गर्न सक्छ । धुम्रपान र मधपान छोड्नुहोस् एक पटक तपाईंले बच्चा बनाउने कोशिस शुरु गर्नु भयो भने तपाईंको जोडीको रमाइलो खत्तम हुन्छ, तर तपाईंको इच्छाको के हुन्छ ? पुरुषहरुलाई निम्ति पनि त्यस्तै हुन्छ । धुम्रपान छोड्ने समय अहिले नै हो, र ज्यादा मधपान गर्न बन्द गर्नुहोस् । एउटा पुरुष जसले धुम्रपान गर्छ उसको विर्य संख्यामा ह्रास आउँछ र विकृत विर्य जुन बच्चा बनाउन असक्षम हुन्छ । अत्याधिक वा टन्नै मधपानले गुणस्तर विर्य बनाउने क्षमतामा नराम्रो संग असर गर्नसक्छ । व्यायाम तपाईंले अहिले सम्म गर्नुभएको छैन भने तपाईंको दैनिक तालिकामा व्यायामको समयलाई सामेल गर्नुहोस् । व्यायामले सामान्य स्वास्थ्य, ताकत, र विर्यको गुणमा सुधार ल्याउँछ । १५ मिनटको हिँडाइ बाट शुरु गर्नुहोस र यसलाई क्रमिक रुपमा बढाउनु होस् यदि तपाईंले पहिले कहिल्यै व्यायाम गर्नुभएको छैन भने । यदि तपाईंले बच्चा बनाउने कोशिस गर्दै हुनुहुन्छ भने, कसिलो लुगा लगाएर व्यायाम नगर्नुहोस। यसले विर्यलाई बिगार्छ । नियमित रुपमा सौनामा वा तातो टबको बसाई, लामो साइकल चलाउँदा, वा अन्य त्यस्ता क्रियाकलाप जसले गर्दा अण्ड्कोश अत्याधिक तातिन्छ र विर्यको स्वास्थ्यलाई असर पुर्याउँछ र यो बाट जोगिनुपर्छ । स्वास्थ्य परिक्षण हुने-वाला-बुबाले पूर्ण स्वास्थ्य परिक्षण गराउनु राम्रो विचार हो जस बाट बच्चा बनाउन भन्दा अघि सुधार गर्नु पर्ने कुनै खराबी छ कि भनि थाहा लाग्छ। ध्यान दिनु पर्ने कुनै त्यस्ता समस्याहरु निम्न छन्:भेरीकोसील, भनेको अण्ड्कोशमा नशा फुलेको अवस्था हो, अण्ड्कोशलाई थामेको छालाको थैली । यसले बाँझो निम्त्याउँछ। यो अवस्था पूर्ण रुपले निको पार्न सकिन्छ, त्यसैले तपाईंको डाक्टरलाई यसका विकल्पहरुको विषयमा कुरा गर्नुहोस् । लिङ्ग कडा दोष, मधुमेह, र प्रोस्तेटाइटिसले बाँझोपन ल्याउन सक्छ । यौन सम्बन्ध द्वारा सर्ने विमार, जसले बाँझोपना ल्याउन सक्छ। तपाईंको डाक्टरले यसको परिक्षण गरेर उपचार गर्न तपाईंलाई मद्दत गर्नसक्छ । तपाईंको डाक्टरले तपाईंलाई युरोलोजिस्ट कहाँ वा पुरुष प्रजनन विज्ञ कहाँ पठाउन सक्छ यदि तपाईंलाई थप परिक्षण वा उपचारको आवश्यकता पर्यो भने । तपाईंको डाक्टरसंग वंशानुगत जन्म कमजोरी केहि छ कि भनि छलफल गर्न नविर्सिनुहोस् । उहाँलाई तपाईं र तपाईंक श्रीमतीको परिवारको स्वास्थ्य इतिहास बताउनुहोस् । अर्थलाई व्यवस्थित गर्नुहोस एउटा बच्चा बजेटको योजना बनाउनुहोस् । पक्कै नै तपाईं आफ्नो बच्चालाई उत्तम नै दिन चाहनुहुन्छ । अहिलेदेखि नै योजना शुरु गर्नुहोस् । यी खर्चहरुलाई ध्यान दिनुहोस जस्तै बच्चाको खाना, डायपर, खेलौनाहरु, डाक्टर भेटघाट, कपडाहरु र बच्चाको स्कुल । यसले तपाईंलाई भविष्यमा मद्दत मिल्नेछ । र उत्तम समय अहिले नै हो जहाँ तपाईं बच्चा बनाउने कुराको योजनाको चरणमा मात्रै हुनुहुन्छ । बच्चाको आगमन हुन भन्दा अघि नै यो समयको फाइदा लिनुहोस् त्यसैले तपाईंको जागिर, विमा र बजेट योजनालाई मिलाउनुहोस् । यदि तपाईं र तपाईंको जोडीले आशाहरु, लक्ष्यहरु र रणनीतिहरुको विषयमा अहिले नै छलफल गर्दै सहमत हुनु भयो भने, पछि गएर पैसाको विषयमा हुनसक्ने विवादहरुलाई रोक्न सक्नुहुन्छ । तपाईंको तनावलाई फ्याँक्नुहोस् बाहिर तिर घुमफिर गर्नाले तपाईंको सक्षमतालाई वृद्धि गर्न सक्छ । त्यसकारण विदा भ्रमणमा जाने सल्लाह काम लाग्दो हुन्छ । नियमित ध्यान वा कुनै व्यायाम अभ्यास गर्नुहोस जसले तपाईंको तनावको मात्रालाई कम गर्न मद्दत गर्छ । पित्रित्त्व सम्बन्धि वा अभिभावकत्त्व सम्बन्धि पुस्तकहरु पढ्ने कोशिस गर्नुहोस र अग्रिम रुपमा सुझाव र सल्लाहहरु सिक्नुहोस् । त्यसकारण कम्मर कस्नुहोस् र विन्दास केटो बाट विन्दास बुबामा परिवर्तन हुनको निम्ति तैयारीहरु शुरु गर्नुहोस् । तपाईंको जोडीलाई तपाईंको बच्चा पाउने कुरामा उत्तिकै उत्सुक हुनुहुन्छ र ध्यान दिनुभएको छ भनि हर किसिमले महशुस गराउने तपाईंको जिम्मेवारी हो ।
फलफूलको कुरा गर्दा गुलियो स्वाद भनेझैँ महिलाहरुको कुरा गर्दा मिठास बुझिन्छ । एक महिलालाई बिहानघरमा सबैले आफ्ना आवश्यकताहरुका लागि एक महिलाबाट धेरै अपेक्षा राख्दछन् । श्रीमानलाई अफिसका लागि तयारी, बच्चाहरुलाई तयार गरी उनीहरुको स्कुलको लागि खाजाको तयारी र सासु ससुरालाई विहानको चिया नास्ताको बन्दोबस्त । यसका साथसाथै, उनलाई अफिस समयमा पुग्न हतार हुन्छ । अनि फर्किँदा घरका लागि तरकारी तथा अन्य किनमेल गर्नुपर्ने, घर पुगेर खाना तयार गर्नुपर्ने र घरको सम्पूर्ण काम सकाएर सुत्न राति निकै ढिला हुने ।  यसरी यति धेरै काममा व्यस्त हुने महिलाहरुका लागि गुमाएको ऊर्जा पुनःपूर्ति गर्न उपलब्ध समय पर्याप्त हुँदैन । यति धेरै काम गर्नाले मानसिक भार र तनावका कारण टाउको दुखाई, गर्दन दुखाई, काँधको कडापन, मलिन मुद्रा, दाँत किट्ने समस्या तथा थकान जस्ता समस्याहरु देखा पर्न सक्छन् । यसको समाधान के हुनसक्छ त ? यसको एकमात्र समाधान हो योगा । हाम्रो स्वास्थ्यमा योगाको कति धेरै फाइदाहरु हुन्छ यो हामी सबैलाई अवगत भएकै कुरा हो; यसले दुवै शारीरिक र मानसिक फाइदाहरु दिलाउँछ । यो हाम्रो शरीर, दिमाग एवं आत्माका लागि निकै फाइदाजनक छ । यसको लागि केवल १० मिनेटको समय चाहिन्छ । योगाले मानसिक भार र तनावबाट मुक्त हुन मद्दत पुर्याउँदछ । संस्कृतमा योगाको अर्थ योग हो जसले जोड्नु वा एकजुट गर्नु भन्ने बुझिन्छ । योगा भनेकै दिमाग, शरीर, आत्मा एवं श्वासको हाम्रो वरिपरिको वातावरण र ब्रह्माण्डसँगको संयोजन हो । एकले योगा क्रमिक रुपले आरामदायक गतिमा गर्नुपर्दछ । श्वास–प्रश्वासको व्यायाम मानसिक तनाव कम गर्नका लागि निकै उपयुक्त उपाय हो । अनि यो विभिन्न आसनमा गर्न सकिन्छ । यसका लागि तपाईँले चिँउडो bhuii*को बराबरीमा हुनेगरी काँध खुकुलो बनाई आरामपूर्वक भुँइमा बस्नुपर्दछ । पेट र करङ फुल्ने गरी छाती फुलाउँदै नाकबाट श्वास लिनुहोस् अनि विस्तारै पेट र करङ खुम्च्याउँदै श्वास छोड्नुहोस् र अन्तमा छातीलाई खुकुलो बनाउनुहोस् । अब यसरी नै श्वास–प्रश्वास जारी राख्नुहोस्, यसले हाम्रो शरीरमा प्रवेश गर्ने अक्सिजनको गुण र मात्रामा सुधार ल्याउँदै श्वासको कमीमा राहत garna waa तनाव कम गर्न मद्दत गर्दछ ।      योगा मुद्रा तनावबाट मुक्त हुनको निमित्त उपयोगी छ, यसका लागि सर्वप्रथम चटाईमा पलेटी कसेर बस्नुहोस् र आफ्नो पिठ्यूँलाई सिधा राख्नुहोस्, त्यसपछि आफ्नो पाखुरा पछाडी लग्नुहोस् र आफ्नो दाहिने हातले देब्रे नाडीमा समाउनुहोस् । त्यसपछि श्वास बाहिर फाल्दै, अगाडि झुकेर आफ्नो बायाँ घुँडालाई छुनुहोस्, यो अभ्यास गर्दा भगवान् तिर समर्पित भएको सम्झनुहोस् जसले सदैव तपाईँको रक्षा गर्दछन् र श्वास भित्र लिँदै पुरानो मुद्रामा फर्कनुहोस्, अनि यही प्रक्रिया आफ्नो दायाँ दिशातिर पनि दोहोर्याउनुहोस् । अनि अन्ततः आफ्नो निधारले जमिनमा छुवाउँदै यो मुद्राको समापन गर्नुहोस्, यो गर्दा श्वास बाहिर फाल्नुहोस् र जब तपाईंलाई श्वास भित्र लिनु पर्ने हुन्छ फेरि सामान्य मुद्रामा फर्कनुहोस् । यस आसनले तपाईंमा फुर्ति बढाउन मद्दत गर्दछ, श्वास–प्रश्वास कार्य पनि सक्रिय तुल्याउँछ, पाचन प्रकियामा सुधार ल्याउँछ र तपाईंलाई संयम बनाउँछ । तर यस आसन गर्भवती महिला, हर्नियाका बिरामी र रेटिना विकार भएका बिरामीहरुले भने गर्नु हुँदैन । शवासनले तपाईंले कुनै पनि कार्य गर्नुपूर्व शरीरलाई आराम प्रदान गर्न मद्दत गर्दछ । यो आसनका लागि चटाईमा लम्पसार परेर आरामले सुत्नुहोस् । आफ्ना पाखुराहरु शरीरभन्दा कम्तिमा एक फिटको दुरीमा राख्नुहोस् र खुट्टाहरु पनि दुई फिट जतिको दुरीमा राख्नुहोस् । त्यसपछि आँखा बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिँदै तनावका भावनाहरुबाट मुक्त भएको महसुस गर्नुहोस् । सामान्य श्वास लिँदै शरीरका विभिन्न भागहरुमा ध्यान दिनुहोस् जस्तै खुट्टाका औँला, खुट्टा ,पेट र अन्ततः शिर अनि मांसपेशीको समूहलाई आराम दिने कोशिश गर्नुहोस् । यसले तपाईँको  श्वास–प्रश्वासमा सुधार ल्याउँदछ, एकाग्रता बढाउँछ  र भित्री शान्ति प्रदान गर्दछ । तर यदि तपाईं कम रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने यस आसनबाट टाढै रहनुहोस् ।  
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
प्रत्येक उमेर समुहसँग आफ्नै तनावको कारणहरु छन् l आफ्नो बच्चाहरुलाई उनीहरुको सम्हाल्न दिनुहोस् lप्राय जब हामी तनावले भरिपूर्ण हुन्छौ, हामी बिगतमा जान्छौ र प्रतिबिम्बित गर्छौ l हामी बाल्यकालको सुनौलो दिनहरु सम्झिन्छौ l हामी ति दिनहरु उत्सुकताको साथ सोच्छौ, खुला र स्वतन्त्र समय सम्झन्छौ l हामी फेरी केटाकेटी बनौ भन्ने महसुस गर्छौ l तर सत्य के हो भने कुनै उमेरमा पनि हामी तनाव र चिन्ताबाट स्वतन्त्र छैनौ l त्यो केवल समयसँग हो, हामी नयाँ अवस्थाहरुमा सर्छौ र प्रत्येक नयाँ तनाव दिने कारक पहिलेको भन्दा खराब लाग्छ l केटाकेटीहरु पनि तनाव लिन्छन्, कोही अरु भन्दा बढी l तनाव दिने कारणहरु स्कुलमा हुने साधारण कुरा जस्तै एउटा परिक्षण, एउटा शारीरिक सिप कक्षा वा कविता वचन साना केटाकेटीहरुको लागि ठुलो तनाव हुनसक्छ l बच्चाहरुमा आमाबाबु र शिक्षकहरुको आशा पुरा गर्ने इच्छाले पनि ठुलो दबाब निर्माण गर्नसक्छ l उनीहरु कहिलेकाँही राम्रो गर्ने इच्छा राख्छन् र सानो गल्तीहरुले ति बच्चाहरुलाई अत्यन्तै निरास बनाउँन सक्छ l साथीको समुहहरु व्यवस्था गर्न कठिन हुन्छ l बाल्यकालमा, सामाजिक परिपक्कता दैनिक द्वन्द्वहरुको सम्हाल्नको लागि पर्याप्त विकसित हुदैन l कक्षाका साथी वा छिमेकका साथीहरुको टिप्पणीहरु र सानातिना झगडाहरुले कलिलो मस्तिष्कमा दिर्घकालिन प्रभाव प्रभाव पुर्याउन सक्छ l उनीहरु आफ्नो साथीहरुद्वारा सजिलै प्रभावित हुन्छन् l   ठुला दाजु दिदीहरुले प्रमुख भूमिका खेल्छन् l केही सुझाव दिन्छन् भने कसैले दुर्व्यवहार गर्छन् l केहीले थाहा नदिइ हानी पुराउँछन्, कोही मतलव नगर्ने हुन्छन् l जीवन नयाँ कुराहरुले पूर्ण छ र बाल्यकाल फास्ट-ट्रयाक सिकाइ पाठ हो l प्रत्येक दिन, एउटा बच्चाले गर्नको लागि केही नयाँ छ l एउटा नयाँ बच्चा भेट्नु, एउटा नयाँ विषय सिक्नु, फरक तरिकाले भकुण्डो हिर्काउनु, वा एउटा साइकल चलाउनु; सिक्नको लागि धेरै छ l यिनीहरुले निरासापन गराउन सक्छ र बच्चालाई बेचैन बनाउँन सक्छ l प्रदर्शनको दबाबहरु, प्रविधि, स्मार्टनेस, मिडिया प्रभावहरु आदि केही अरु कारकहरु हुन् जसले बाल्यकालमा तनाव थप्छन् l चिन्हहरु भाव र व्यवहारमा सुक्ष्म परिवर्तनहरु हेर्नुहोस् l वयस्कहरुसँग, तनाव पहिचान गर्न सहज हुन्छ र त्यो सच्याउन पनि l तर केटाकेटीसँग यो एउटा चुनौती हो l प्राय केटाकेटी आफैलाई उनीहरु कस्तो तनाव अनुभव गरिरहेका छन् भन्ने थाहा हुदैन, उनीहरु किन निरास, रिसाएको वा डराएको छन् भन्ने बुझ्दैनन् l उनीहरु सहज हुदैनन् l असामान्य रुने र चिच्याउने एउटा साधारण चिन्ह हो l एक्लो हुने, शान्त हुने पनि एउटा तरिका हो जुन केटाकेटीहरु आफ्नो तनाव अभिव्यक्त गर्छन् l शारीरिक चिन्हहरु साधारण शरीर क्रियात्मक परिवर्तनहरुमा देख्न सकिन्छ (धेरै सुत्ने वा सुत्न नसक्ने), खाने बानीहरु (नखाने वा धेरै खाने) बारम्बार दुख्ने, विशेषगरी पाचनमा गडबडी र टाउको दुख्ने आदि l बाल्यकाल तनाव व्यवस्थापन तपाईको बच्चालाई ध्यान दिनुहोस् l उसले के भनिरहेको छ सुन्नुहोस् तर उसले शब्दमा के भनिरहेको छैन. कार्यमा मात्रै भएपनि त्यसलाई सुन्ने कोशिश गर्नुहोस् l बच्चालाई तपाईंसँग खुलिने गर्न मद्दत गर्नुहोस्, उनीहरुसंग गुणस्तर समय बिताउनुहोस् र जेको बारेमा पनि कुरा गर्नुहोस् l उनीहरुको स्कुल शिक्षक र उनीहरुको मिल्ने साथीहरुको आमाबाबुहरुसँग राम्रो सम्पर्कमा रहनुहोस् l आवश्यक छ भने, मनोवैज्ञानिकहौर र बच्चा परामर्शदाताहरुसँग व्यावसायिक सहयोग माग्न नहिचकिचाउनुहोस् l “तपाईंलाई जीवनमा हुनसक्ने एउटा सबभन्दा भाग्यमानी कुरा भनेको मेरो विचारमा, एउटा खुशी बाल्यकाल पाउनु हो l”- अगाथा क्रिस्टी  
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपपौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
इन्टरनेटमा प्रयोगकर्ताहरुको यौन उत्तेजनालाई लक्षित गरिएको विषय वस्तुको उपलब्धतालाई इन्टरनेट/पोर्नोग्राफी (अश्लिल दृश्य) लाई फराकिलो रुपले सफ्टकोर (सामान्य यौनगतिविधि) वा हार्डकोर (कठोर, समर्पित यौनगतिविधि) मा वर्गीकृत गरिएको छ। हार्डकोरमा यौन सम्बन्धलाई उच्च रुपले र गहन रुपले स्पष्ट दृश्यमा दर्शाईएको हुन्छ भने, सफ्टकोरले कम गहन प्रकारका यौन सम्बन्धका गतिविधिलाई समेटेको हुन्छ। पोर्नोग्राफीका विधाहरुको निर्धारण विषयवस्तुको आधारमा र सहभागीहरुको स्तरको अधारमा गर्नेगरिन्छ। प्राय सामान्य उप-प्रकारहरुमा यी कुरा हुन्छन, जातीय, फेटिश, वास्तविकता, सामुहिक, र एमेटुर (नयाँ)। विभिन्न यौन चाहना भएकाहरुको लागि विशेष गरि तयार गरिएका यौन सामग्रीहरु पनि हुन्छन जस्तै: विपरित लिङ्गि, समलिङ्गि, र उभयलिङ्गि। शारीरिक यौन चाहना भनेको प्राकृतिक हो र यो हाम्रो शारीरिक बनोटको एउटा भाग हो तर पोर्नोग्राफीले मानव वास्तवमा को हो भन्ने कुराको एउटा आंशिक भागलाई मात्रै दर्शाएको कारण यसको सर्वत्र आलोचना भएको छ। अधिकतम पोर्नोग्राफी सम्बन्धि सामग्रीहरुले मानवलाइ केवल एउटा यौनको वस्तु-केवल यौन व्यवासयमा तल्लिन-मानिसको भावना र मानसिक स्थिति प्रति ध्यान नदिने र आत्मसात नगर्ने भनि दर्शाउँछ। मानवको व्याख्या एउटा विशुद्ध रुपमा यौनको वस्तुको रुपमा गरिएको छ र धेरै पटक दर्शकहरुको आँखालाई शारीरिक संसर्गको एउटा भावनात्मक र मानसिक स्थिति प्रति बन्द गराएको छ, जसले गर्दा तिनीहरुको आफ्नै सम्बन्ध भित्र भएको यौन संसर्गलाई हेर्ने प्रवित्तिलाई विकृत बनाएको हुन्छ। एउटा स्वास्थ सम्बन्धको रुपमा यौनलाई सामाजिक मंचहरुमा सर्वाङ्गिण छलफल नगरिएको कारण एउटा व्यक्तिले पोर्नोग्राफीको माध्यम बाट मात्रै यौन सम्बन्धि अभ्यासहरु बुझ्न सक्छ, र यो पोर्नोग्राफी यौनको लतको जोखिम सहित आउँछ। अझै भन्नु पर्दा, पोर्नोग्राफीले प्राय प्रचलित रुपमा यौन रुपले आकर्षित ठानिएका सहभागीहरुलाई संलग्न गराउने भएकोले, दर्शकहरु तिनीहरुका वास्तविक जीवनमा त्यस्तै शारीरिक बनोटहरु नभएको कारण तिनीहरुका यौन जीवन देखि असन्तुष्ट बन्न सक्छन। मेडिकल खोजहरुले पनि पत्ता लगाएका छन कि आफ्ना जोडीहरु बाट अवास्तविक अपेक्षाहरु राख्नु संग संगै, दर्शकहरुले  यौन सम्बन्धि विषयहरुमा आफैलाई हिनता बोध गराउन सक्छन कारण उनिहरुले पोर्नोग्राफी युक्त दृश्यमा त्यस्ता यौन अभ्यास गरु गरेका देख्छन जसलाई नक्कल गर्न गाह्रो हुन सक्छ वा मन नपराउन सक्छन। पोर्नोग्राफी भित्र महिलाहरुलाई प्राय त्यस्तो व्यक्तिको रुपमा प्रदर्शित गरिएको हुन्छ जसलाई अधिकार गरिंदा पनि कुनै समस्या हुँदैन र जसले त्यस्ता अधिकार गराई प्रति उल्टै यौन उत्तेजना पाउँछन। तरैपनि, त्यस्ता विचारहरु पूर्ण रुपले झुट हो र त्यस्तो प्रकारको पोर्नोग्राफीलाई नियमित रुपले पचाउने दर्शक अन्तमा गएर उसमा महिला प्रति एउटा गहिरो कलंकित दृष्टिकोण हुन्छ। अन्तमा, पोर्नोग्राफीले धेरै प्रकारको विकृत यौनको रुपहरुलाई व्यक्त गर्दछ जुन समाजको लागि, विशेष गरि कमजोर समुहहरुको लागि हानिकारक हुन्छ। यसमा यी कुराहरु समावेश छन, बाल यौन, आफिस-सम्बन्धित यौन कार्यहरु, कठोर र बलात्कारयुक्त यौन, र सार्वजनिक यौन कार्यहरु। जबकी पोर्नोग्राफी यौन विकृतिको सम्भावनाको एउटा निश्चित द्वार हो भने, प्रत्येकको यौन आवश्यकताहरुलाई  सन्तुष्ट गर्ने स्वास्थ्य  तरिकाहरुलाई स्वीकार गर्नु पर्छ र लिईनु पर्छ। अझ, यो त यति अत्यावश्यक छ कि सामाजिक रुपमा, यौन सम्पर्कलाई भावनात्मक सम्बन्धको एउटा स्वास्थ्य अंगको रुपमा मान्यता दिईनु पर्छ। यसलाई केवल एउटा विशुद्ध शारीरिक कार्यको रुपमा मात्रै लिनु हुँदैन जुन नैतिक रुपमा आलोचित र अस्वीकृत छ-यस्तो पद्धतिले केवल पोर्नोग्राफीलाई यौनको विषयमा सिक्ने एउटा अन्तिम थलो रुपमा सम्भावना बढाइ दिन्छ। दुइ परस्पर रुपले सहमत भएका वयस्कहरु बीच यौनलाई एउटा प्राकृतिक प्रक्रियाको रुपमा कुरा गर्दा र एउटा भावनात्मक सम्बन्धको रुपमा लिँदा, हामी यौनलाई एउटा एउटा भावना-रहित क्रियाकलाप हुने सम्भावनालाई कम गर्न सक्छौं र यौन सम्पर्कलाई एउटा सर्वाङ्गिण बुझाईको अनुमति दिन्छौं। यौन रुपले परिपक्क उमेरमा प्रवेश गर्दै गरेका किशोरकिशोरीहरुको निम्ति, मानिसहरु बीचको शारीरिक सम्बन्धलाई एउटा भावनात्मक सम्बन्धहरुको परिणाम हुन् भनि परिचय गराउनु अत्यन्त महत्त्वपूर्ण छ, र यो शरीरलाई सर्वाङ्गिण रुपमा बुझाईनु पर्छ-शरीर र मानसिक अवस्था बीचको एउटा मेलको रुपमा। सर्वाङ्गिण निर्देशको उपस्थिति नहुँदा, किशोरकिशोरीहरु यौन सम्पर्कलाई बुझ्नको निम्ति पोर्नोग्राफीको जालमा उच्च रुपले परिरहेका छन र जसरी अघि पनि पत्ता लगाईएको छ, यौन रुपले-उन्मत्त व्यक्तिहरु बीच त्यस्तो प्रकारको यौन क्रियाकलापको ज्ञान लिने कुरा भावनात्मक सम्बन्धको एउटा विकृत विचारमा पनि परिणत हुन सक्छ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न