होम
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरàसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अà¤श्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
स्तनपान गराइरहेको समयमा राम्रोसँग भोजन गर्नु धेरै महत्वपूर्ण हुन्छ किनकि तपाईंले जà¥तपाईंको वरिपरि रहने हरेक व्यक्तिले तपाईंलाई क्यालोरीयुक्त भोजन खाने सल्लाह दिनेछन् जसले तपाईंको शरीरबाट दूध उत्पादनमा मद्दत गर्नेछ । तर के तपाईंलाई थाहा थियो कि तपाईंले जेसुकै खाएपनि त्यसबाट तपाईंको शरीर पर्याप्त दूध उत्पादन गर्न सक्षम छ ? तपाईंको शरीरले तपाईंको गर्भावस्थाको दिनहरूमा नै सबै बोसोहरू भण्डारण गरेर राखेको हुन्छ । वास्तवमा तपाईंलाई आफ्नो बच्चाको लागि दूध उत्पादन गर्नको लागि अतिरिक्त क्यालोरीयुक्त भोजन गर्ने आवश्यकता नै पर्दैन । तथापि, तपाईंलाई कति क्यालोरी आवश्यक छ, यो कुरा पहिल्यै निर्धारण गर्न सकिंदैन । तपाईंको शरीरलाई नै तपाईंको आवश्यकता निर्धारण गर्न दिनुहोस् । तपाईं जतिपटक चाहनुहुन्छ त्यतिपटक खानुहोस्, जतिपटक भोक लाग्छ त्यतिपटक खानुहोस्, तर ती खाद्य पदार्थमा ध्यान दिनुहोस् जसले तपाईंको शरीरलाई पोषण तत्व दिन्छ, भोक मात्र शान्त गर्ने हैन ।   अप्रशोधित वा नफलेको अन्न, दाल, ताजा फलफूल, रेशादार अन्न, ताजा सागसब्जी र बियाँयुक्त फल छान्नुहोस् । बटरमिल्क, नरिवल पानी र ताजा जुसजस्ता प्राकृतिक पेय रोज्नुहोस् । ध्यान दिनुहोस् कि तपाईंले छनौट गरेको खाद्य पदार्थले तपाईंको शरीरलाई कार्बोहाइड्रेटबाहेक प्रोटिन, क्याल्सियम र आइरनयुक्त पोषण प्रदान गर्नुपर्छ । काजु, बदाम, किसमिस, पिस्ताजस्ता सुख्खा तथा बियाँयुक्त फल ती परम्परागत खाद्य पदार्थ हुन् जुन सुत्केरी आमाहरूलाई दूधमा पोषकतत्वहरू बढाउन दिइन्छ । तिनीहरू प्रशस्त क्यालोरीको स्रोत हुन् र निश्चित रुपमा दूधको गुणस्तर र मात्रा बढाउन मद्दत गर्छ । तथापि, स्तनपान गराउँदाको समयमा आफ्नो नजिक पानीको बोतल वा केही जुस राख्नुहोस् । तपाईंले स्तनपान गराउँदाको समयमा शरीरले अक्सिटोसिन निष्कासन गर्दछ जसले तपाईंलाई तिर्खा लगाउँछ । त्यसैले स्तनपान गराउनुभन्दा पहिले पुनार्ताजा गराउने पेय पिउनुहोस् । धेरैजस्तो सुत्केरी आमाहरूलाई धेरै पानी पिउने सल्लाह दिइन्छ किनकि यसले स्तनमा दूध उत्पादन गर्न सहयोग गर्छ । तथापि, स्तनमा दूध उत्पादन गर्न अतिरिक्त पानी जरुरी हुँदैन । जब तपाईं स्तनपान गराइरहनु भएको हुन्छ मदिराबाट बच्नु सबभन्दा राम्रो हुन्छ । रगत र स्तनको दूधमा मदिराको मात्रा तपाईंले पिएको ३० मिनेटभित्र नै उच्चस्तरमा पुग्छ र करिब चार घण्टापछि मात्र कम हुन्छ । तपाईंले स्तनपान गराइरहेको समयमा मदिरा पिउनु हुँदैन, तर पनि यदि तपाईंलाई मदिरा पिउने इच्छा भएमा बच्चालाई स्तनपान गराइसकेपछि मात्र पिउनुहोला । त्यसैगरी अर्कोपटक स्तनपान गराउनको लागि कम्तीमा चार घण्टा प्रतीक्षा गर्नुहोस् ।   घ्यू एउटा अर्को त्यस्तो पदार्थ हो जुन सुत्केरी आमाहरूलाई दूध उत्पादनको लागि खान प्रोत्साहित गरिन्छ । तर तपाईंले सन्तुलित भोजन गरिरहनु भएको छ भने धेरै घ्यू खान त्यति जरुरी छैन । स्तनपान गराइरहेको समयमा ग्याँसयुक्त पेय, चिया र कफी नखानुहोस् । त्यसैगरी जंक फूड र घरमा नपकाइएको खाद्य पदार्थ खानबाट पनि बच्नुहोस् । यी खाद्य पदार्थले तपाईंको भोक त मेट्छ तर कुनै वास्तविक पोषण प्रदान गर्दैन । स्तनपान गराएको समयमा जडीबुटीयुक्त चियालाई सुरक्षित पेय मानिन्छ । तरपनि कुनै पनि जडिबुटीयुक्त औषधि सेवन गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । स्तनपान गराउँदाको सममा नियमित रुपमा आइरन, फोलिक एसिड र क्याल्सियमको निर्धारित मात्रा लिन नभूल्नुहोस् । तपाईंको शरीरलाई धेरै मात्रामा भिटामिन सी, भिटामिन बी १२, जिंक र भिटामिन ए को आवश्यक पर्दछ । यी पदार्थहरू प्रशस्त पाइने  खाद्य पदार्थ खाएर पनि तपाईंले यसको पूर्ति गर्न सक्नुहुनेछ वा तपाईंको डाक्टरले अतिरिक्त मात्रा लिने भनेर लेख्न पनि गर्न सक्छन् । गर्भावस्थाको समयमा बढेको तौल चिन्ताको विषय हुन सक्छ र तपाईंको गर्भावस्था भन्दा पहिलेको शारीरिक स्वरूप पाउन तपाईंले तौल घटाउन चाहनु हुनसक्छ । सन्तुलित आहारको माध्यम तथा हल्का व्यायामको सहयोगले तौल घटाउने कुरामा ध्यान दिनुहोस् । आफूलाई भोको नराख्नुहोस् । त्यसैगरी कडा व्यायामले रक्तप्रवाह र स्तनको दूधमा विषाक्त पदार्थ निष्कासन गर्न सक्छ । ध्यान दिनुहोस् कि तपाईंले आफ्नो पहिलेको वास्तविक तौल तब मात्र प्राप्त गर्न सक्नुहुनेछ जब तपाईंको बच्चाले पूर्णरुपमा स्तनपान छोड्छ र ठोस आहार खान सुरु गर्छ । स्तनपान तपाईंको बच्चाको लागि सबभन्दा राम्रो विकल्प हो । यसले तपाईंको बच्चालाई सबै कुरा प्रदान गर्छ जुन उसलाई जरुरी हुन्छ र उसलाई सबै बिमारीबाट मुक्त राख्छ । स्तनपान गराउन लाज नमान्नुहोस्, यसलाई सही तरिकाले गराउनुहोस् ! तपाईंको शरीरले तपाईंले खाने राम्रो सन्तुलित आहारबाट स्तनमा दूध उत्पादन गर्न सक्षम छ र प्रशस्त क्यालोरी भएको खाना खुवाइरहनु पर्ने जरुरी छैन जुन सुत्केरी आमाहरूलाई खुवाइन्छ ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवरयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु à¤यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
तलतल संधै र पुरा तरिकाले प्रकृतिक हैनन् । तपाईले आफ्नो शरीरलाई के दिनुहुन्छ र तपाईको स्वाद तन्तुअनुसन्धानले देखाएको छ कि चिनी हेरोइन भन्दा लत लाग्ने हुन सक्छ । यो पढ्नु अगाडि तपाईले के खानु या पिउनु भएको थियो ? ब्रेड ? केरा ? चकलेट ? केक ? फ्रेन्च फ्राईज ? वेफ़र ? डोनट ? बिस्कुट ? सोडा ? जुस ? वाइन ? भोड्का ? कफी ? चिया ? अन्त्यमा तिनीहरु चिनी हुन् । कुनै मिठो, कुनै नमिठो हुन्छन् । बच्चा हुँदा सबै भन्दा पहिलो हामीले दुध खान्छौं । त्यो स्वभावतः गुलियो हुन्छ । त्यो उमेर देखि हामीले बुझ्छौं कि हामीलाई चिनी मनपर्छ अनि त्यो चाहिन्छ । तपाईलाई चिनीको लत हुन सक्छ यदि : हरेक खाना पछि तपाईलाई “केही मिठो” चाहिन्छ । तपाईले चिया या कफीमा चिनी नहाली खान सक्नु हुदैन । बाहिर गएको बेला तपाईलाई मिठो चाहिन्छ । बचेको केक लिन तपाई फ्रिजमा खोज्न जानु हुन्छ । तपाई खुशी हुनको लागि त्यो सानो चकलेट भए पुग्छ । घरमा भएको अन्तिम लड्डु तपाइले सकाउनु हुन्छ । तपाईलाई सबै खानामा केचप चाहिन्छ- फ्रेन्च फ्राईज, नुडल्स, पिज्जा, बर्गर, समोसा, कचोरी । पढ़े पछि तपाईलाई माथिको सबै खाना चाहिन्छ । बाहिर घाम भएको बेला तपाईलाई  पानीले पुग्दैन, तपाईलाई गुलियो जुस चाहिन्छ । मक्टेल या सोडाले तपाईको डिनर पुरा हुन्छ । अनि अरु यस्तै कुराहरु । त्यसैले हेर्नु भयो त, सके सम्म हामी सबैलाई चिनीको लत लागेको छ । अध्धयनले देखाउँछ कि अमेरिका, बेलायत अनि अस्ट्रेलियाको हरेक मान्छेलाई चिनीको लत लागेको छ । चिनीको लत लाग्नु कारणहरु धेरै छन् । पहिलो कुरा, चिनीको स्वाद मिठो छ त्यसमा केही संदेह छैन । स्वादमा विवाद गर्न मिल्दैन । तर के तपाईलाई थाहा छ स्वाद ब्नाइएको हो ? लत संधै र पुरा तरिकाले प्रकृतिक हुदैन । तपाईले आफ्नो शरीरलाई के दिनु हुन्छ र तपाईको स्वाद तन्तुलाई सिकाउनु हुन्छ त्यो त्यसको परिणाम हो । दोस्रो कुरा, चिनीको कम्जोर भएकोले व्यवसायहरुले धेरै फाइदा उठाउँछन् । तपाई जता जानु हुन्छ त्यता चिनीको विभिन्न प्रकारहरु हुन्छन् । क्याफे, रेस्टुरेन्ट, सामान्य पसल, सुपरमार्केट, ठेला- तपाईको ध्यान ल्याउन उनीहरुसँग धेरै परिकारहरु हुन्छन् । कसैले कत्ति रोक्न सक्छ र कत्ति मेन्युलाई फिल्टर गर्न सक्छ ! तेस्रो कुरा, चिनीले तुरुन्तै खुशी दिन्छ । त्यो उसकोलागि काम गर्छ अनि हाम्रो समस्यामा थपिन्छ । काममा दुखि दिन भए पनि चकलेट हेरेर तपाईलाई खुशी दिन्छ । अल्छि लागेको छ, आइस् क्रिमको लागि बाहिर जाओं । यो धेरै जस्तो हुन्छ । चिनी किन त्यति गुलियो छैन ? चिनीले के न नराम्रो गर्छ भनेर सोच्छौं, खुशी हुनु सबै भन्दा महत्वपूर्ण कुरा हो । यद्यपि, चिनी अरु खाना भन्दा धेरै नराम्रो हो । एक अनुसन्धानको लागि, भान्छामा भएको सबैको सामग्री हेरेर कत्तिमा र कत्ति चिनी छ भनेर हेर्नु । अरो तिन दिनको लागि चिनी भएको कुराहरु नखाने कोशिश गर्नु । तपाई अचमित पर्नु हुन्छ । चिनी खानु भएन भने धेरै कुराहरु छोड्नु पर्छ ।  चिनीसँग के समस्या छ भने त्यसले गर्दा अझै खान मन लाग्छ । थोरैले सन्तुष्टि दिदैन । तुरुन्तै लामो समय सम्म चिनीले चिनीको आकांक्षा बढाउँछ । जब तपाईले केही गुलियो खानु हुन्छ, त्यतै रोक्न सक्नु हुदैन, आरु खान मन लाग्छ अनि अरु खान मन लाग्छ । लामो समयको लागि, तपाईको स्वाद तन्तु चिनीको लागि तलतल हुन्छ । तपाईको शरीरले सोच्छ कि जब तपाईको दिमाग सुस्त हुन्छ त्यसले चिनी खोज्छ । राम्रो महसुस गर्नको लागि यो सिकाएको छ । जब तपाईले यी लत लगाउनु हुन्छ तपाई चक्रमा पर्नु हुन्छ । चिनीलाई प्राय सेतो विष भनेर भनिन्छ । बढाईचढाई गरेर भनेको होइन । शरीरमा बल दिनु बाहेक चिनीको अरु पिषक तत्व छैन । यसले धेरै स्वास्थ्य जटिलाताहरु बढाउँछ । चिनीले गर्दा मधुमेह मेलिटास, मोटोपन, मुटु रोग, हर्मोनल असंतुलन, यौन दुर्व्यवहार अनि अरु धेरै कुराहरु हुन्छ । चिनीको तलतल भनेको सबै भन्दा सामान्य तलतल हो । चिनीलाई पूर्ण रुपमा छोड्न गाह्रो हुन्छ तर त्यसलाई कम गर्न सकिन्छ । तलतललाई कसरी हराउने ? एक्शन लिने समय भयो ? यो सुचनाहरुले गर्दा चिनी खान कम गर्न मन लागेको होला । पर्खनु । रक्सि, चुरोट, ड्रग- यिनीहरुले लत लाग्छ भनेर बुझेको छ । त्यसैले समर्थन समुहहरु छन्, हाम्रो वारीपरिको मान्छेहरुले हामीलाई लतबाट छुट्टाउनको लागि मद्दत र प्रेरित गर्छन् । चिनीको लत छुट्टाउन झन् गाह्रो हुन्छ । त्यो गर्नको लागि धेरै शक्ति र दृढता चाहिन्छ । के तपाई चुनौतीको लागि तयार हुनुहुन्छ ? चिनीको लतबाट हट्नको लागि केही उदाहरणहरु हेरौं : पानी कम प्युनु बनावटी गुलियो पेयलाई कम गर्नु- कोलाहरु, सुन्तला, चिसो चिया, क्यानमा भएको पेयहरु, सोडाहरु । तिनीहरुको शुन्य स्वास्थ्य लाभ छ । तपाईले तिनीहरुलाई स्वादले गर्दा मात्र प्युनु हुन्छ । ध्यान राख्नु कि स्वाद केही समयको लागि मात्र हो । भित्र पुगे पछि यी पेयहरुले तपाईको शरीरमा नराम्रो गर्दै छन् । एक चम्मा कम-चिया या कफी ? तपाईले आफ्नो दिन सुरु गर्नको लागि के प्युनु हुन्छ ? जे भए पनि चिनी कम खानु । यदि तपाईले दुई चम्चा लिनु हुन्छ भने एक लिनु । यदि तपाईले एक चम्चा लिनु हुन्छ भने आधा चम्चा कोशिश गर्नु । सुरुआतमा गाह्रो हुन्छ तर तपाईलाई बानि परे पछि मन पर्छ । जुस प्युनु भन्दा फल खानु । क्यानले जे प्युनु हुन्छ त्यसमा चिनी हुन्छ । क्यानलाई नाइँ भन्नु ।  कम खानु केचाप्को बोतललाई नछुनु । हप्तामा चकलेट खाने मात्रा बनाउनु । तपाईको निर्णयलाई तपाईको मनस्तिथीले गर्दा परिवर्तन नगर्नु ।  बेकरीको कुराहरु चिनीले भरिएको हुन्छ, तिनीहरु छन् भनेर बिर्सिनु । जब किराना पसल जानु हुन्छ तिनीहरुलाई नहेर्नु । ब्रेकफास्टमा सिरियल मन पर्छ ? प्याकेटमा चिनी कत्ति छ भनेर हेर्नु । जसमा स्वाद हालेको हुन्छ त्यसमा बढी चिनी हुन्छ । साधा लिनु । पोषणको लागि आफ्नै फल या डराई फ्रुटहरु हाल्न मिल्छ । अवसरको बेल मात्र मिठो खानु पर्छ । तपाईलाई हरेक दिन चाहीदैन । मिठास तपाईको प्लेटमा भन्दा तपाईको बोलीमा होस् ।
बिर्सिने बानि सामान्य हो; तर जब सम्म त्यसले गर्दा केही नराम्रो हुदैन तब सम्म त्यसलाई गम्भीर तरिकà¤द डेली टेलिग्राफको रिपोर्ट अनुसार बेलायतमा हरेक ठुलो मान्छेले औसतमा दिनको तिन कुरा बिर्सिन्छन् । बिर्सिने बानि मानवको प्रवृति हो । यदि यो बिर्सिने बानिले गर्दा दिनमा तिन या पाँच कुराहरु मात्र बिर्सिनेमा सिमित हुन्छ भने त्यसलाई यतिकै छोड्न मिल्छ । यद्यपि यदि तिमी या तिम्रो नजिकको मान्छेलाई जीवनमा यो बानीले या समस्याले गर्दा गाह्रो भएको छ भने, तुरुन्तै आफ्नो डाक्टरकोमा जानुपर्छ । बिर्सिने बानि पछाडिको रहस्य आइसल्याण्डको मारिया जोंस्डोटिर जाँच गर्ने न्युरोसाइकोलोजिस्ट अनुसार, बिर्सिने बानि भनेको स्मृतिको ढोका हो जुन दिनचर्या वा राम्ररी अभ्यास् गर्ने कार्यहरूसँग जोडिएको हुन्छ । तिमीले यी कार्यहरु बिना कुनै सावधान अपनाएर गर्न मिल्छ । यसमा नियमित कार्यहरु समावेश हुन्छ जस्तै ट्युबबाट तुतपेस्ट या मलम निकाल्ने । यी कार्यहरु बिर्सिनु सामान्य हो अनि यदि तिमीले ध्यान दियौ भने हरेक दिन यी कार्यहरु अनौपचारिक रूपमा बिर्सेको हुन्छ । मनोवैज्ञानिकहरूले विश्वास गर्छन् कि एउटा मान्छेलाई यी सृमितिको ढोका हप्तामा ३० पटक हुन्छ । एक औसतमा, मानवको दिमागको स्नायु प्रणाली धेरै कुशलतापुर्वक चल्छ । यद्यपि, कहिले काही अस्थायी गल्ति हुन सक्छ जसले गर्दा कुरा गर्न बेला गलत शब्द या आफ्नो मत्रिय भाषा बोल्न सकिन्छ । तर यसको मतलब यो होइन कि तिम्रो दिमाग खराब छ । जब जोंस्डोटिरको टिमले २०० मान्छेहरुको सर्वेक्षण गर्यो, उनीहरुले थाहा पाए कि औसतमा हरेक हाप ६.४ बोल्ने बेला गल्ति गर्छन् तर त्यो नम्बर धरै जस्तो लिङ्ग, बुद्धिमानी स्तर र उमेरमा भर पर्छ । एउटा आश्चर्य सत्य जुन पत्ता लाग्यो त्यो धेरै जस्तो बिर्सिने बानि रातिको ८ बजे भन्दा पहिले हुन्छ त्यसको मतलब मान्छेहरुले राति भन्दा दिनमा बढी बिर्सिन्छन् । बिर्सिने रोग लाग्ने कारण दिमागको दक्षता राम्रो काम गर्नेमा क्षणिक चूक हुनु बाहेक, उच्च तनाव स्तर, मोबाइल फोन, ई-मेल अनि ब्यस्त जीवन बिताउनेले पनि हुन्छ । आजको दिनमा मान्छेहरुसँग थोरै समय हुन्छ अनि उनीहरुको हातमा समय बन्द बढी काम हुन्छ जसले गर्दा बिर्सिने रोग लाग्छ । बिर्सिने बानिको प्रकारहरु न्युरोसाइकोलोजिस्टको टिमले स्मृतिको ढोकालाई पाँच वर्गमा राखेको छ । सबै भन्दा सामान्य हो संग्रह विफलता जसले गर्दा मान्छेहरुले विशेष अवसरको लागि के योजना बनाएको त्यो सम्झिदैन या उनीहरुले काम गरेको सम्झिन्छन् तर कसको लागि गरेको त्यो सम्झिदैनन् । अर्को वर्ग परीक्षण विफलता जसमा मान्छेहरु बत्ती निबाएको छ कि छैन भनेर हेर्नको लागि घर आउँछन् अनि देख्छन् कि बत्ति निबेको छ । बिर्सिने बानिको अर्को वर्ग भेदभाव विफलता जसमा तिमीले एकैछिन्को लागि आफ्नो र अरुको सामानको भेदभाव गर्न सक्दैनौं । परिक्षण गर्ने बेला, एउटा पुरुष सहभागीले भनेछ कि उसले आफ्नो सोचेर आफ्नो महिला साथीको ज्याकेट उठाएछ । कहिले काहि तिमीले किताबलाई फोहोर फ्याल्ने ठाउँमा फ्याल्छौ अनि फोहोरलाई शेल्फ़मा राख्छौ अनि एकैछिन् पछि तिमीले के गरेको भनेर थाहा पाए पछि आफ्नो व्यवहार देखेर आफै हाँसछौ । यो भनेको भेदभाव विफलता हो । अनि अर्को वर्गमा कार्य असफलता हो जता तिमीले चियामा चिनीको साट्टो नुन हाल्छौ या तिमीले सहि ठाउँमा सहि सामान रख्दैनौं । पाचौँमा उप-दिनचर्या असफलता हो जसमा तिमी चिया किन्न भनेर पसल जान्छौ तर कफी किनेर आउँछौ । अनसन्धानले एउटा कुराको प्रमाण दिन्छ कि यदि तिम्रो बिर्सिने बानि छ भने त्यसको मतलब यो होइन कि तिम्रो सम्झने शक्ति नराम्रो छ या तिमीलाई डीमेंशिया हुनसक्छ जुन मिडियाले देखाउँ छ । बिर्सिने बानि भनेको मान्छे हो भने केहि हुँदैन । कहिले काहि बिर्सिने बानि थकानले पनि बढ्न सक्छ । राम्रो सुताई र आरामले समस्या सजिलैसँग समाधान गर्न सकिन्छ ।
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा ठतीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
धेरै अवस्थामा, त्यस दुखाइ राहत क्रीम गर्दन समस्याको समाधान होइन ।गर्दनमा कुनै पनि दुखाइ साँच्चै मात्र हो: गर्दनमा एक वास्तविक दुखाइ! र यो वास्तव मा डरलाग्दो हुन सक्छ । निरन्तर गर्दनको दुखाईलाई बेवास्ता गर्नुहुँदैन र चाँडो चिकित्सकलाई देखाउनु पर्छ । यदि चिकित्सकले कुनै गम्भीर अवस्थाको निचोड बनाउँछ भने, दुखाई गल्ती आशन र असजिलो गरी बस्ने बानिसँग सम्बन्धित हुनसक्छ । गर्दनको दुखाईका कारण केहि सामान्य आशन: यदि टाउको पाखुराको अगाडि राखिएको छ भने, नजचाँएमा यसले गर्दनको भर्टिब्रेमा अनावश्यक तनाव उत्पन्न गर्दछ र यो सजिलै डिजेनेरेटिभ डिस्क रोगमा बदल्न सक्दछ, अचयनित भएमा । कम्प्युटरको अगाडि लामो घण्टाको लागी बस्नाले गर्दन अगाडी झुक्छ जसले गर्दनमा कष्ट र पुरानो गर्दनको दुखाइ बढाउन सक्दछ । गर्दन के को कारण दुख्छ ? हड्डी वा जोडीहरूमा असामान्यताहरू ट्रमा खराब आशन उपासनात्मक रोगहरू ट्यूमर मांसपेशी तनाव कहिलेकाहीँ गर्दनको दुखाइको कारण सर्भिकल फोरामिनल स्टेनोसिस जस्तै केहि गम्भीर हुन सक्छ ।
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पà¥राम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
यद्दपी, यो महत्वपूर्ण छ कि जोडीहरुले गर्भावस्था निम्न जोखिम वर्गमा छ भनेर निश्चित गर्न आफ्नो चिकएउटा महिला गर्भवती हुँदा खडा हुने प्रश्नहरु मध्ये एउटा प्रश्न हुन्छ यी जोडीले अब यौन सम्पर्क गर्न सुरक्षित हुन्छ कि हुँदैन । हामी जोडीहरुले प्राय सोध्ने प्रश्नहरुको जवाफ दिने कोशिस गर्नेछौं । गर्भावस्थामा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यदि गर्भावस्था सबै चरणहरुमा सामान्यनै छ भने यौन सम्पर्क सुरक्षितनै मानिन्छ । तर पनि, त्यो सुरक्षित हुँदा हुँदै पनि, महिलाले यो गर्ने इच्छा गर्छन् भन्ने छैन । गर्भावस्थाको विभिन्न चरणहरुमा यौनसम्पर्क प्रतिको चाहनामा घटबढ हुन्छ र शरीर बढ्दै जाँदा यौन सम्पर्क सिधै असहज बन्छ । के सुरक्षित छैन ? गर्भावस्थामा दुई प्रकारको यौन क्रियाकलाप सुरक्षित छैनन् । मुख मैथुन गर्दा, पुरुषले उसको जोडीको यौनि भित्र हावा फुक्नु हुँदैन । एउटा हावाको फोकाले रक्त नलीहरुमा अवरोध पुर्याउन सक्छ, जसलाई एयर इबोलिजम भनिन्छ, र यो आमा र नानी दुवैको निम्ति घातक हुनसक्छ । गर्भवती महिलाले एउटा अज्ञात यौन सम्पर्कको इतिहास भएको वा यौन प्रसारित संक्रमण (STD) भएको जोडीसँग यौन सम्पर्क निषेध गर्नुपर्छ । सामान्य जोखिमपूर्ण कारकहरु के हुन् ? गर्भावस्थामा ठुलै समस्याहरु देखिएमा, यौन सम्पर्क नगर्न सल्लाह दिईएको छ । सामान्य जोखिमपूर्ण कारकहरु निम्न हुन् सक्छन्: गर्भपतन हुने खतरा । समय पुर्व बेथा लाग्न सक्छ वा पुर् बेथा सँग सम्बन्धित खतराको संकेत हुन सक्छ (जस्तै असामयिक संकुचनहरु) । अस्पष्ट यौनि रक्तश्राव, बग्ने, वा खुम्चिनु । बच्चाको वरिपरि एम्नियोटिक तरलको चुहावट हुनु । प्लासेण्टा प्रेभिया, त्यस्तो अवस्था हो जहाँ प्लासेण्टा (आमा र बच्चालाई जोड्ने नली जसले बच्चालाई पोषण दिन्छ) तल मुनि भेटिन्छ र त्यसले पाठेघरको मुखलाई ढाकिदिन्छ । सेर्भिक्स असक्षमता, एउटा त्यस्तो अवस्था हो जहाँ सेर्भिक्स कमजोर हुन्छ र समय अगाव नै बढ्छ, जसले गर्भपतन वा समय पुर्वको बेथा वा डेलिभरीको जोखिमलाई बढाईदिन्छ । के गर्भावस्थामा यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ? बच्चालाई जहिले पनि एम्नोईटिक थैलीले (यो एउटा झोला जस्तै हुन्छ जसले भ्रूणलाई र वरिपरिको तरल पदार्थलाई थामेको हुन्छ) र पाठेघरको मांशपेशीहरुले सुरक्षा दिएको हुन्छ । सर्भिक्सलाई एउटा बाक्लो म्युकस प्लगले बन्द गरेको हुन्छ र बच्चालाई संक्रमित हुनबाट बचाउँछ । यौन सम्पर्कको बेला लिङ्ग भ्रूणको संसर्गमा आउँदैन । त्यसकारण, यौन सम्पर्कले बच्चालाई सिधै नोक्सान गर्दैन । के चरम-आनन्दले गर्भ पतन वा संकुचन गराउँछ ? चरम-आनन्दको बेला वा ठिक त्यस पछि गर्भवती महिलाहरुले महशुस गर्ने संकुचन बेथा लाग्दाको संकुचन भन्दा एकदम भिन्न हो । त्यसकारण, सामान्य वा कम-जोखिम गर्भावस्थाको अवस्थाहरुमा, चरम-आनन्दले संकुचन ल्याउने वा गर्भपतन हुने हुँदैन, तर जहिले पनि डाक्टरसँग जाँच गराउनुहोस् र तपाईंको गर्भावस्था कम-जोखिमको वर्गमा छ भनि ढुक्क हुनुहोस् । गर्भावस्थामा सुरक्षित यौन सम्पर्कको मुद्राहरु के के हुन् ? अब तपाईंको लागि पुरानो मिसनरी (पुरुष माथि बाट घोप्टो परि गर्ने यौन सम्पर्क) मुद्राको यौन सम्पर्क काम दिंदैन । त्यसको बदला यी विकल्पहरु अपनाउनुहोस्: स्पुनिङ्ग: उसंगै एउटै दिशा पट्टि फर्किनुहोस् । यसको गर्दा तपाईंको भुँडीमा कुनै दबाव पर्दैन, र अझ गहिरो प्रवेश गराउँछ । महिला माथि पट्टी: यसो गर्दा भुँडीमा कुनै दबाव पर्दैन, र महिलाले प्रवेशको गति र गहिराईलाई नियन्त्रण गर्न सक्छन् । बेडको छेउ: महिला बेडको छेउमा सुत्छन र आफ्नो खुट्टा खुम्चाएर आफ्नो पाउ बेडको किनारमा राख्छन । यसमा पुरुष उनि पट्टी फर्किएको हुन्छ । यो पुरानो मिसनरी मुद्रा नै हो, तर फरक चाहि पुरुषले आफ्नो शरीरक भार गर्भवती महिला माथि चढाउँदैन । तरपनि, ध्यान दिनुहोस्, गर्भवती अवस्थामा यौन समपर्क गर्ने विषयमा सामान्य एउटा परस्पर शब्द हो । तपाईं र तपाईंको जोडीले तपाईं दुवैको निम्ति के गर्दा सहि हुन्छ भनि कुरा गर्नु आवश्यक छ र डाक्टरको सल्लाह लिनुहोस् ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न