होम
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही àअभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलà अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवàगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा धà¥बच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु à¤यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
बिर्सिने बानि सामान्य हो; तर जब सम्म त्यसले गर्दा केही नराम्रो हुदैन तब सम्म त्यसलाई गम्भीर तरिकà¤द डेली टेलिग्राफको रिपोर्ट अनुसार बेलायतमा हरेक ठुलो मान्छेले औसतमा दिनको तिन कुरा बिर्सिन्छन् । बिर्सिने बानि मानवको प्रवृति हो । यदि यो बिर्सिने बानिले गर्दा दिनमा तिन या पाँच कुराहरु मात्र बिर्सिनेमा सिमित हुन्छ भने त्यसलाई यतिकै छोड्न मिल्छ । यद्यपि यदि तिमी या तिम्रो नजिकको मान्छेलाई जीवनमा यो बानीले या समस्याले गर्दा गाह्रो भएको छ भने, तुरुन्तै आफ्नो डाक्टरकोमा जानुपर्छ । बिर्सिने बानि पछाडिको रहस्य आइसल्याण्डको मारिया जोंस्डोटिर जाँच गर्ने न्युरोसाइकोलोजिस्ट अनुसार, बिर्सिने बानि भनेको स्मृतिको ढोका हो जुन दिनचर्या वा राम्ररी अभ्यास् गर्ने कार्यहरूसँग जोडिएको हुन्छ । तिमीले यी कार्यहरु बिना कुनै सावधान अपनाएर गर्न मिल्छ । यसमा नियमित कार्यहरु समावेश हुन्छ जस्तै ट्युबबाट तुतपेस्ट या मलम निकाल्ने । यी कार्यहरु बिर्सिनु सामान्य हो अनि यदि तिमीले ध्यान दियौ भने हरेक दिन यी कार्यहरु अनौपचारिक रूपमा बिर्सेको हुन्छ । मनोवैज्ञानिकहरूले विश्वास गर्छन् कि एउटा मान्छेलाई यी सृमितिको ढोका हप्तामा ३० पटक हुन्छ । एक औसतमा, मानवको दिमागको स्नायु प्रणाली धेरै कुशलतापुर्वक चल्छ । यद्यपि, कहिले काही अस्थायी गल्ति हुन सक्छ जसले गर्दा कुरा गर्न बेला गलत शब्द या आफ्नो मत्रिय भाषा बोल्न सकिन्छ । तर यसको मतलब यो होइन कि तिम्रो दिमाग खराब छ । जब जोंस्डोटिरको टिमले २०० मान्छेहरुको सर्वेक्षण गर्यो, उनीहरुले थाहा पाए कि औसतमा हरेक हाप ६.४ बोल्ने बेला गल्ति गर्छन् तर त्यो नम्बर धरै जस्तो लिङ्ग, बुद्धिमानी स्तर र उमेरमा भर पर्छ । एउटा आश्चर्य सत्य जुन पत्ता लाग्यो त्यो धेरै जस्तो बिर्सिने बानि रातिको ८ बजे भन्दा पहिले हुन्छ त्यसको मतलब मान्छेहरुले राति भन्दा दिनमा बढी बिर्सिन्छन् । बिर्सिने रोग लाग्ने कारण दिमागको दक्षता राम्रो काम गर्नेमा क्षणिक चूक हुनु बाहेक, उच्च तनाव स्तर, मोबाइल फोन, ई-मेल अनि ब्यस्त जीवन बिताउनेले पनि हुन्छ । आजको दिनमा मान्छेहरुसँग थोरै समय हुन्छ अनि उनीहरुको हातमा समय बन्द बढी काम हुन्छ जसले गर्दा बिर्सिने रोग लाग्छ । बिर्सिने बानिको प्रकारहरु न्युरोसाइकोलोजिस्टको टिमले स्मृतिको ढोकालाई पाँच वर्गमा राखेको छ । सबै भन्दा सामान्य हो संग्रह विफलता जसले गर्दा मान्छेहरुले विशेष अवसरको लागि के योजना बनाएको त्यो सम्झिदैन या उनीहरुले काम गरेको सम्झिन्छन् तर कसको लागि गरेको त्यो सम्झिदैनन् । अर्को वर्ग परीक्षण विफलता जसमा मान्छेहरु बत्ती निबाएको छ कि छैन भनेर हेर्नको लागि घर आउँछन् अनि देख्छन् कि बत्ति निबेको छ । बिर्सिने बानिको अर्को वर्ग भेदभाव विफलता जसमा तिमीले एकैछिन्को लागि आफ्नो र अरुको सामानको भेदभाव गर्न सक्दैनौं । परिक्षण गर्ने बेला, एउटा पुरुष सहभागीले भनेछ कि उसले आफ्नो सोचेर आफ्नो महिला साथीको ज्याकेट उठाएछ । कहिले काहि तिमीले किताबलाई फोहोर फ्याल्ने ठाउँमा फ्याल्छौ अनि फोहोरलाई शेल्फ़मा राख्छौ अनि एकैछिन् पछि तिमीले के गरेको भनेर थाहा पाए पछि आफ्नो व्यवहार देखेर आफै हाँसछौ । यो भनेको भेदभाव विफलता हो । अनि अर्को वर्गमा कार्य असफलता हो जता तिमीले चियामा चिनीको साट्टो नुन हाल्छौ या तिमीले सहि ठाउँमा सहि सामान रख्दैनौं । पाचौँमा उप-दिनचर्या असफलता हो जसमा तिमी चिया किन्न भनेर पसल जान्छौ तर कफी किनेर आउँछौ । अनसन्धानले एउटा कुराको प्रमाण दिन्छ कि यदि तिम्रो बिर्सिने बानि छ भने त्यसको मतलब यो होइन कि तिम्रो सम्झने शक्ति नराम्रो छ या तिमीलाई डीमेंशिया हुनसक्छ जुन मिडियाले देखाउँ छ । बिर्सिने बानि भनेको मान्छे हो भने केहि हुँदैन । कहिले काहि बिर्सिने बानि थकानले पनि बढ्न सक्छ । राम्रो सुताई र आरामले समस्या सजिलैसँग समाधान गर्न सकिन्छ ।
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हसूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
तौल व्यवथापनको लागि प्रमुख १० तरिकाहरुतरिका १ : शान्त बसेर योजना बनाउनुहोस् आफ्नो ओजनको बारे आत्तिन पर्दैन l यसले थप चिन्ता बढाउने छ र आफ्नो लक्षमा बाधा पुर्याउन सक्छ l आफ्नो लक्ष हाँसिल गरेको सम्झनुहोस् र यसलाई दिगो रुप दिन सक्नुहुन्छ भन्ने सोच्नुहोस् l एक पटकमा एक दिनलाई ग्रहण गर्नुहोस् l यो योजनालाई कसरी कायम गर्ने भन्ने नसोच्नुहोस् l केबल अर्को दिनलाई मात्रै ध्यानमा राख्नुहोस् l तरिका २ : स्वास्थ्य पत्रिका आफ्नो आहार र ब्यायामको सैलीलाई लेख्नको लागि एउटा पत्रिका राख्नुहोस् l आफुले खाएको कुरा लेख्नुहोस्, खानाको योजना गर्नुहोस्, पर्याप्त रुपमा पानीको सेवन गर्नुहोस् र कसरत गर्ने तालिका बनाउनुहोस् l २१ दिन कुनै कार्य गर्दा तपाईंले यसलाई बानीको रुपमा ढाल्न सकिने कुरा तपाईंलाई थाहा थियो ? यो अभियास गर्नुपर्छ भनेर भन्दा पनि आफुलाई राम्रो गर्छ भनेर गर्नुहोस् l क्रमसरुपमा यो तपाईंको आफ्नो हिस्सा बन्ने छ l तरिका ३: स्वास्थ्य रहनु जीबनभरको कमाई हो मान्छेले गर्ने सबै भन्दा ठुलो गलती चाहिं एक पटक वजन कम गरेपछि पुरानै खाने शैलीमा जान सकिने सोच्नु हो l तपाईंको स्वाथ्य सदाको लागि तपाईंको साथमा रहन्छ l आफ्नो दृष्टिकोण ‘ मैले पातलो बन्नु छ ‘ बाट ‘ मैले स्वास्थ्य रहनुपर्छ ‘ भन्नेमा परिवर्तन गर्नुहोस् l सन्तुलित शारिर हेतु, यसो गर्नाले स्वास्थ्य रहनको लागि सहज हुनेछ l तरिका ४: यथार्थबादी बनौं आफ्नो जीबनसैलीलाई योजना गर्दा अबास्तविक लक्ष्यहरु राख्नु हुँदैन l यो पनि एक कारण हो जहाँ वजन-प्रशिक्षकहरूले वजन घटाएर यसलाई दिगो पन दिने तरिका भनेको यसलाई आफ्नो ‘ जीबन बनाउनु ‘ भन्छन् l सही खाना, आरामदायी सुताई, र पर्याप्त पानी पिउनु l यी तीनको राम्रो पालना गरेमा सही वजन प्राप्त हुन सक्छ l यदि तपाईंको ‘केक वा पेस्ट्री ‘ नखाने वा ‘ पिउन छाड्न ‘ भन्ने कुनै नियम लगाउनु भएको छ भनें त्यसको बारेमा पुनःबिचार गर्नुपर्छ l के तपाईं कहिल्यै पनि मिठाई खाने योग्य बन्नु हुने छैन ? प्रारम्भिक लक्ष्य भनेको सन्तुलन बनाई मध्य मार्गको चयन गर्नु हो l तरिका ५: आफ्नो वजन ढाँचाको बिचार पाउनुहोस धेरै मानिसहरुले आफ्नो आदर्श वजन हाँसिल गरेपछि आफ्नो शरिरको तौल लिन छाड्छन् l उनीहरुलाई वजन लिने काम मोटा मानिसहरुको लागि मात्रै हो भन्ने लाग्छ l त्यस्तो मनोवृत्ति बोकेका मानिसले स्वास्थ्य शरीर हैन तर पातलो शरीरको कामना गरेका हुन्छन् l तपाईंको वजन भनेको तपाईंको रुपलाई जाँच गर्ने कुरा हैन तर स्वास्थ्यको परिणाम हो l तसर्थ साप्ताहिक रूपमा वजन जाँच गर्न नबिर्सनु होला l हरेक हप्ता आफ्नो वजनको रिपोर्ट राख्नुहोस् र अस्वभाविक परिवर्तनहरुको कारणको खोजी गर्नुहोस् l तरिका ६: तपाईंको सीमितता स्विकार्नुहोस् र त्यसबाट सिक्नुहोस् सबैका राम्रो र नराम्रो पक्ष हुने गर्छ । यदि तपाईंले कुनै दिन सोचे भन्दा धेरै खानु भयो भनें त्यसमा निराश वा क्रोधित हुनुपर्दैन । गल्ती सबैबाट हुन्छ । शरीरको वजन कायम गर्ने अन्तिम पल पनि होईन । यो एक गडबड मात्रै हो । यसबाट सिक्नुपर्छ । यसको कारण तत्व बुझेर अर्को पटक बेग्लै ढंगले प्रस्तुत हुनुहोस् । तरिका ७: प्यास र भोक तपाईंको शरीरले तपाईंलाई प्यास र भोकमा झुक्याउने गर्छ l त्यसैले भोजन गर्ने  बित्तिकै भोक लाग्यो भनें पानी पिएर हेर्नुहोस्, सायद आराम महशुस हुनसक्छ l आराम नभएको खण्डमा हल्का खाजाको सेवन गरे हुन्छ l तरिका ८: आफैलाई प्रेरित गर्नुहोस् वजन रखरखाव मुख्यत: एक मनोवैज्ञानिक कार्य हो l आफ्नो आदर्श वजन प्राप्त गर्ने दौडानमा स्वास्थ्य रहन चाहिने कुराको अनुभूत हुन्छ l अब तपाईले स्वास्थ्य जिबनलाई बाधा र अर्चना गर्ने कुराहरुलाई त्याग्नु पर्छ l ती मानिसको संगत गर्नु जो वजन कायम गर्नमा लागिपरेका हुन्छन् l रनिंग क्लबको हिस्सा हुनु वा स्वास्थ्य विद मित्रको संगतमा रहनु l तरिका ९: भौतिक तत्वलाई संकल्पले बसमा राख्नुहोस् आफ्नो भोजन सैलीलाई सन्तुलन गर्नुहोस् l बिहानको भोजनको सट्टा स्वास्थ्य खाजा खाएर बेलुका को खानामा कटौती गर्नुहोस् l तपाईंलाई मिस्ठानको तिर्सना हुनसक्छ र त्यो अवस्थामा तपाईं मूल खानाको रुपमा सलादको सेवन गरेर अन्त्यमा मिस्ठान लिंदा हुन्छ l के खाने भन्ने बारेमा आफुसँग कुरा गर्नुहोस् l तपाईं साँचिकै भोक लागेर खाँदै हुनुहुन्छ वा त्यतिकै भन्ने प्रश्न आफैलाई गर्नुहोस् l खाना खाएपछि तपाईंलाई कस्तो महशुस हुने छ l तरिका १०: आफ्नो उपलब्धिलाई मनाउनुहोस् अन्त्यमा आफ्नो वजन रखरखाव कार्यक्रमको गर्व गर्नुहोस् l आफुले आफ्नो गन्तब्यमा पुग्नको लागि चालेको कदममा गर्व गर्दै यस्तै गन्तब्य बोकेका मानिसहरुको सेवा गर्नुहोस् l आफ्नो शरीरलाई अंगमाल गरेर आगामी आउने बर्षको स्वस्थ जीबनको लक्ष्य राख्नुहोस् l
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फà¥कारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
आजको समयमा सबैभन्दा चिन्ताजनक दूई रोगहरु एड्स र क्यान्सर हुन् । दूर्भाग्यवस दूबै जंगली आगो जस्तàवास्तवमा यो एड्स परिभाषित क्यान्सर पाउनुले बिरामीहरुमा उन्नत एड्स विकास भएको जनाउँछ । तथापी यी क्यान्सरहरुको कारण स्पष्ट छैन । यो सम्भव छ कि एड्का बिरामीहरुमा प्रतिरोधात्मकता कम हुनाले, तिनिहरु यी क्यान्सरको धेरै जोखिममा छन् । यी पहिल्यै जटिल रोगहरुको दोहोरो आक्रमणले उपचार पक्रियामा समेत थप जटिलता ल्याउँदछ । त्यसैले यसको उपचार अनुभवी डाक्टरहरु अन्तर्गत हुनूपदर्छ जसले यी रोगहरुमा विशेषज्ञता पाएका छन् । एड्स परिभाषित क्यान्सरहरु निम्न हुन्: क्यापोसिस र्सकोम: यो छाला क्यान्सरको प्रकार हो । यो सामान्यतया अंग प्रत्यारोपण गरेका मान्छेहरुमा पाइएको छ । आजकल यो एचआइभी ÷एड्स संक्रमित समलैगिंक पूरुषहरुमा पाइन्छ र यसलाई क्यापोसिस र्सकोम पनि भनिन्छ । यो शारिरिक विभिन्न बिन्दुहरु जस्तैःछाला,लिम्फ,नोडहरु,कलेजो,फोक्सो, स्प्लीनर पाचन पथमा विष उत्पन्न हूनूको कारण बन्छ । नन-होडकिन लिम्फोमाः यो एचआइभी ÷एड्ससँग दोस्रो सबैभन्दा संम्बन्धित क्यान्सर हो । एन.एच.एलको विभिन्न उपप्रकारहरु प्राथमिक केन्द्रिय तांत्रिक प्रणाली लिम्फोमा र प्राथमिक प्रभाव भ्रम लिम्फोमा हून् । लगभग ४ देखि १० % मानिसहरु एचआइभी÷एड्सको साथ एन. एच.एल. विकसीत गर्छन । अन्य प्रकारका क्यान्सरहरु कलेजो क्यान्सर, मुख क्यान्सर, होड्किनको लिम्फोमा, टेस्टीकुलर क्यान्सर, मेलानोमा, घाटिँको क्यान्सर, कोलोरेक्टल क्यान्सर र छालाको विभिन्न क्यान्सर हुन् । एचआइभी ब्यक्तिहरुमा क्यान्सरको उपचारः एन्टि-एचआइभी औषधी नलगाउन्जेल सम्म संक्रमित ब्यक्तिहरुको भविष्य खरानि थियो । तिनिहरु पहिलेनै बिरामी  थिए र उनीहरुको शरीरको क्यान्सरको उपचार सुरु नगर्दै तिनिहरुको शरीर कमजोर हुन्थ्यो । वर्तमान क्यान्सरको उपचार एन्टी-एचआइभी औषधीसँग मिसाइएको छ । तथापि, क्यान्सरको ह्द र एड्सको हेरविचारको आवश्यकता अनुसार, किमोथेरापी र अन्य एचआइभी सम्बन्धी औषधीहरु बिच भिन्नता गरिन्छ । क्यापोसिस सार्कोमा उपचार: प्राय एन्टी एचआइभी औषधीहरु यो क्यान्सरको उपचार गर्न पर्याप्त हूँदैन । बिष,जो भाइरल हुन्छन् हट्छन । प्रतिरक्षा प्रणाली राम्रो हून्छ । बिषहरु आन्तरिक छन् भने कहिलेकाहिँ केमोथेरापी र विकिरण पनि आवश्यक पर्न सक्छ । नन-होडकिन लिम्फोमाको उपचार: एन.एच.एल. सम्बन्धि एड्स छिटै बढ्दै जान्छ र तिब्र केमोथेरापीको आवश्यकता पर्दछ । अत्याधिक सक्रीय विरोधि रिभ्रोइरल थेरापी र ड्रग्सको प्रयोगको आविष्कारले संक्रमीत शरीरलाई नयाँ रक्तसेल बनाउन सहयोग गर्छ जसले थोरै रक्त सेल गणनाको कारण हुने एचआइभी संक्रमितको जिज्ञासा घटाएको छ , केमोथेरापि तिनको लागी प्रसशीत हून सकेन , तर यी प्रगतिहरुको साथमा ,तिब्रतापूर्वक केमोथेरापि उपचारलाई ब्यावस्थापन गर्न सकिन्छ । गर्भाशय क्यान्सरको उपचार राम्रो प्रतिरक्षा प्रणाली र आक्रमक गर्भाशय क्यान्सर भएको महिलाको हितमा हझै पनि गैर-एचआइभी महिलाहरुको जस्तै उपचार गर्न सकिन्छ । तिनिहरुले शल्यक्रीया र अन्य पारिवारिक उपचारमा पनि राम्रा काम गर्न सक्छन् । क्यान्सरलाई सुरुवातमै पत्ता गर्दै: जब कूनै लक्ष्ण स्पष्ट हुदैन तब स्क्रिनिंगले  क्यान्सरको उपस्थिती खोज्न सहयोग गर्दछ । तथापी क्यान्सरहरु परिभाषित गर्ने एड्स स्क्रिनिंगले पत्ता लगाउन सक्दैन यसकारण नियमित चेकअप र नजिकको निगरानिले क्यान्सरको लक्ष्ण भएमा पत्ता लगाउन सक्छ । पप परिक्षणले महिलाहरुमा गर्भाशय क्यान्सरको खोजमा मद्दत गर्दछ । तथापि एचआइभी महिलाको लागी यसलाई बारम्बार गर्न जरुरी छ । एचआइभी पत्ता लागेको पहिको वर्षमा दुई पटक र छ महिनाको अन्तरालमा । यदि परिक्षण सफा भएमा, तिनिहरुले त्यस लगत वर्षमा एक पटक पप परिक्षण नियमित रुपमा गर्नुपर्छ । अन्य एड्स सम्बन्धित क्यान्सरको लागि स्क्रिनिंग परिक्षण अझै पनि लागु हँदैन । क्यान्सरको जोखिम कम गर्दै: एचआइभीले शरिरको प्रतिरक्षा प्रणालीलाई बिगारी शरिरलाई विभिन्न रोगवाट आतंकित बनाउँछ । एचआइभी पहिचान भएका लागी क्यान्सरबाट बच्न राम्रो स्वस्थ्य अभ्यासहरु आवश्यक छ । तिनिहरुले कदापि धुम्रपान वा मध्यपान गर्न हुदैन । ड्रग्स लिने र असुरक्षित यौन अभ्यासहरुले पनि क्यान्सरको खतरा बढाउँछ l सन्तुलित आहार ,शारीरिक गतिविधि र उचित शारीरिक तौल राख्नु अत्यन्त महत्वपुर्ण र उपयोगी छन् ।
यद्दपी, यो महत्वपूर्ण छ कि जोडीहरुले गर्भावस्था निम्न जोखिम वर्गमा छ भनेर निश्चित गर्न आफ्नो चिकएउटा महिला गर्भवती हुँदा खडा हुने प्रश्नहरु मध्ये एउटा प्रश्न हुन्छ यी जोडीले अब यौन सम्पर्क गर्न सुरक्षित हुन्छ कि हुँदैन । हामी जोडीहरुले प्राय सोध्ने प्रश्नहरुको जवाफ दिने कोशिस गर्नेछौं । गर्भावस्थामा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यदि गर्भावस्था सबै चरणहरुमा सामान्यनै छ भने यौन सम्पर्क सुरक्षितनै मानिन्छ । तर पनि, त्यो सुरक्षित हुँदा हुँदै पनि, महिलाले यो गर्ने इच्छा गर्छन् भन्ने छैन । गर्भावस्थाको विभिन्न चरणहरुमा यौनसम्पर्क प्रतिको चाहनामा घटबढ हुन्छ र शरीर बढ्दै जाँदा यौन सम्पर्क सिधै असहज बन्छ । के सुरक्षित छैन ? गर्भावस्थामा दुई प्रकारको यौन क्रियाकलाप सुरक्षित छैनन् । मुख मैथुन गर्दा, पुरुषले उसको जोडीको यौनि भित्र हावा फुक्नु हुँदैन । एउटा हावाको फोकाले रक्त नलीहरुमा अवरोध पुर्याउन सक्छ, जसलाई एयर इबोलिजम भनिन्छ, र यो आमा र नानी दुवैको निम्ति घातक हुनसक्छ । गर्भवती महिलाले एउटा अज्ञात यौन सम्पर्कको इतिहास भएको वा यौन प्रसारित संक्रमण (STD) भएको जोडीसँग यौन सम्पर्क निषेध गर्नुपर्छ । सामान्य जोखिमपूर्ण कारकहरु के हुन् ? गर्भावस्थामा ठुलै समस्याहरु देखिएमा, यौन सम्पर्क नगर्न सल्लाह दिईएको छ । सामान्य जोखिमपूर्ण कारकहरु निम्न हुन् सक्छन्: गर्भपतन हुने खतरा । समय पुर्व बेथा लाग्न सक्छ वा पुर् बेथा सँग सम्बन्धित खतराको संकेत हुन सक्छ (जस्तै असामयिक संकुचनहरु) । अस्पष्ट यौनि रक्तश्राव, बग्ने, वा खुम्चिनु । बच्चाको वरिपरि एम्नियोटिक तरलको चुहावट हुनु । प्लासेण्टा प्रेभिया, त्यस्तो अवस्था हो जहाँ प्लासेण्टा (आमा र बच्चालाई जोड्ने नली जसले बच्चालाई पोषण दिन्छ) तल मुनि भेटिन्छ र त्यसले पाठेघरको मुखलाई ढाकिदिन्छ । सेर्भिक्स असक्षमता, एउटा त्यस्तो अवस्था हो जहाँ सेर्भिक्स कमजोर हुन्छ र समय अगाव नै बढ्छ, जसले गर्भपतन वा समय पुर्वको बेथा वा डेलिभरीको जोखिमलाई बढाईदिन्छ । के गर्भावस्थामा यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ? बच्चालाई जहिले पनि एम्नोईटिक थैलीले (यो एउटा झोला जस्तै हुन्छ जसले भ्रूणलाई र वरिपरिको तरल पदार्थलाई थामेको हुन्छ) र पाठेघरको मांशपेशीहरुले सुरक्षा दिएको हुन्छ । सर्भिक्सलाई एउटा बाक्लो म्युकस प्लगले बन्द गरेको हुन्छ र बच्चालाई संक्रमित हुनबाट बचाउँछ । यौन सम्पर्कको बेला लिङ्ग भ्रूणको संसर्गमा आउँदैन । त्यसकारण, यौन सम्पर्कले बच्चालाई सिधै नोक्सान गर्दैन । के चरम-आनन्दले गर्भ पतन वा संकुचन गराउँछ ? चरम-आनन्दको बेला वा ठिक त्यस पछि गर्भवती महिलाहरुले महशुस गर्ने संकुचन बेथा लाग्दाको संकुचन भन्दा एकदम भिन्न हो । त्यसकारण, सामान्य वा कम-जोखिम गर्भावस्थाको अवस्थाहरुमा, चरम-आनन्दले संकुचन ल्याउने वा गर्भपतन हुने हुँदैन, तर जहिले पनि डाक्टरसँग जाँच गराउनुहोस् र तपाईंको गर्भावस्था कम-जोखिमको वर्गमा छ भनि ढुक्क हुनुहोस् । गर्भावस्थामा सुरक्षित यौन सम्पर्कको मुद्राहरु के के हुन् ? अब तपाईंको लागि पुरानो मिसनरी (पुरुष माथि बाट घोप्टो परि गर्ने यौन सम्पर्क) मुद्राको यौन सम्पर्क काम दिंदैन । त्यसको बदला यी विकल्पहरु अपनाउनुहोस्: स्पुनिङ्ग: उसंगै एउटै दिशा पट्टि फर्किनुहोस् । यसको गर्दा तपाईंको भुँडीमा कुनै दबाव पर्दैन, र अझ गहिरो प्रवेश गराउँछ । महिला माथि पट्टी: यसो गर्दा भुँडीमा कुनै दबाव पर्दैन, र महिलाले प्रवेशको गति र गहिराईलाई नियन्त्रण गर्न सक्छन् । बेडको छेउ: महिला बेडको छेउमा सुत्छन र आफ्नो खुट्टा खुम्चाएर आफ्नो पाउ बेडको किनारमा राख्छन । यसमा पुरुष उनि पट्टी फर्किएको हुन्छ । यो पुरानो मिसनरी मुद्रा नै हो, तर फरक चाहि पुरुषले आफ्नो शरीरक भार गर्भवती महिला माथि चढाउँदैन । तरपनि, ध्यान दिनुहोस्, गर्भवती अवस्थामा यौन समपर्क गर्ने विषयमा सामान्य एउटा परस्पर शब्द हो । तपाईं र तपाईंको जोडीले तपाईं दुवैको निम्ति के गर्दा सहि हुन्छ भनि कुरा गर्नु आवश्यक छ र डाक्टरको सल्लाह लिनुहोस् ।
तपाईले आफ्नो यौन संक्रमणबारे कुरा नगरुन्जेल नपर्खनुहोस् l तपाईले कसरी र किन आफ्नो मुख खोल्नुपर्àहामीहरु जिईरहेको समय डरलाग्दो समय हो। विश्वभर यौन सम्बन्धित समस्याहरु, रोगहरु र अवस्थाहरुले प्रभावती भएका मानिसहरुका उच्च संख्या मात्रै पनि भयाभव छ। एड्स, यौन संक्रमणहरु जस्तै सिफिलिस र गोनोरिया, दादहरु, HPV आदि तीव्र भएर बढि रहेको छ र यसले एउटा जिम्मेवार पूर्ण यौन व्यवहारको माग गरिरहेको छ। तरैपनि, त्यो त एउटा आदर्श संसार हुनेछ जहाँ मानिसहरु एउटै जोडी संग जिम्मेवार पूर्ण ढंगले व्यवहार गर्नेछन। जोखिम पूर्ण यौन सम्पर्कमा लिप्त भए भने एउटा एकल व्यक्तिलाई पनि यी रोगहरु लाग्न सक्छ। कल्पना गर्नुहोस् अमेरिकामा एक जना महिलाले आफ्नो श्रीमानले उनलाई हर्प्स (दाद) सारेको कारण $७५०, ००० अंश प्राप्त गरेकी थिइन्। तपाईं कानूनी रुपले दोषी नठहरिनु भएता पनि, नैतिक जिम्मेवारीलाई बहन गर्नु पर्दछ र तपाईंको साथि संग सम्भावित यौन प्रसारित संक्रमणको विषयमा छलफल गर्नु पर्छ! दश वर्ष देखि खुशी साथ विवाह भएको ज्याकको अवस्थालाई हेर्नुहोस् जसको शहर देखि बाहिर अफिसको यात्रामा कसै संग असावधानी पूर्ण यौन सम्पर्क भयो। उसमा कुनै पनि स्पष्ट देखिने लक्षणहरु देखा परेन तर एक महिनामा, उसको श्रीमतीमा हर्प्स (दाद) को संकेत देखियो र उसको विवाह धराशायी भयो कारण उसको श्रीमती आफ्नो श्रीमानको स्पष्ट विश्वासघात पूर्ण र निर्दयी व्यवहारलाई बुझ्न श्रीमतीलाई धेरै गाह्रो भयो जसले गर्दा उनलाई एउटा गम्भीर यौन संक्रमण हुन पुग्यो। (सिफिलिस सम्बन्धि लेखको निम्ति www.topdoctorsonline.com लाई हेर्नुहोस) त्यति बेला सम्म त उसले, सम्पूर्ण सम्भावना सहित, उसको नियमित यौन सम्पर्कको जोडी वा साथीलाई सारी सकेको हुन सक्छ। वा, शायद, अर्को सम्भावना पनि के हुन सक्छ भने त्यो व्यक्तिलाई यौन संक्रमण भएको छ भनि थाह हुन सक्छ तर आफ्नो साथीलाई कसरी बताउने भनि थाहा नहुन सक्छ। यदि एउटा व्यक्तिलाई उसको संक्रमणको विषयमा थाहा छ भने, तरपनि अर्को व्यक्तिलाई जानी जानी त्यो रोग सारी दिन्छ भने, त्यो एउटा नियोजित हत्या बराबरको अपराध हुन्छ। हो, तपाईंको साथीलाई बताउन गार्हो हुनेछ जसो गर्दा सम्बन्धको अन्त्य नै हुने संकेत मिल्न सक्छ वा त्यस सम्बन्धमा अत्यन्त ठुलो फाटो ल्याउन सक्छ। त्यसकारण, यदि तपाईं यस प्रकारको परिस्थितिमा अल्झिनु भयो भने, तपाईं के गर्नु हुने छ? विकल्पको रुपमा एउटा यौन चिकित्षक कहाँ जाने र उसमाथि नै भर पर्ने र त्यस पछि दुवै जना भेट्न जाने र विज्ञले त्यो कुरा आफ्नो जोडीलाई बताउन लगाउने हुन सक्छ। त्यो यदी तपाईं स्थिर सम्बन्धमा हुनुहुन्छ भने ठिकै हुन सक्छ। तर त्यस्तो जोडीको निम्ति जो असावधानीपूर्ण यौन सम्पर्क गर्छन, र संक्रमित व्यक्तिले प्राय आफ्नो संक्रमणको विषयमा त्यति खुल्न चाहंदैनन र यदी अर्को व्यक्ति एकदम अपरिचित हो भने त झन् यसमा कुनै चासो नै नराख्न सक्छन। समाचारको एउटा रिपोर्टले अझ कति चकित पार्ने तथ्यांक प्रकट गरेकोछ: धेरै मानिसहरुले भने कि तिनीहरु, आकस्मिक साथीहरु (५० प्रतिशत ) वा दिर्घ-कालिन साथीहरु (३९ प्रतिशत ) संग यौन सम्पर्क गर्न भन्दा अघि कहिलेकाहिँ, विरलै जांच गर्ने गर्छन वा कहीले पनि गर्दैनन्। यौन प्रसारित संक्रमणको जांचको विषयमा छलफल गर्यौं भन्ने मानिसहरु मध्ये, धेरै थोरैले मात्रै स्वीकृत यौन जोडीहरुको कुरा गरे वा तिनीहरुको पछिल्लो यौन क्रियाकलापको सम्बन्धमा कहीले जांच भएको थियो भन्ने कुरा गरे। यी मुद्दाहरु यौन प्रसारित संक्रमण रोगहरुको जांच गर्नको निम्ति महत्त्वपूर्ण भागहरु हुन्, अनुसन्धानकर्ताहरुले भनेका छन। करिव एक-तिहाइ सहभागीहरुले तिनीहरुका साथीहरुलाई उनिहरुलाई यौन प्रसारित संक्रमण छैन भनि बताएका छन भनि भने जबकी उनीहरुको पछिल्लो यौन साथी पछि कुनै जांच गरेका छैनन्। एक अमेरिकी महिलाले उनको पुर्व-पति बाट अदालतमा $७५०,००० प्राप्त गरेकी थिईन कारण उसले उनलाई हर्प्स (दाद) दिएको थियो, र कानूनको चलन यस्तो छ कि यसले मानिसहरुलाई दोषी ठहराउँछ। ध्यान दिनुहोस् एउटा कन्डमको प्रयोग गर्दा पनि यो अर्को व्यक्तिलाई संक्रमण सर्दैन भन्ने १००% ग्यारेन्टी छैन तर पनि तपाईंको अवस्था को बारेमा बताउने आँट छैन भने तपाईंले कमसेकम कन्डमको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको साथी धेरै जना संगको यौन क्रियाकलापमा लिप्त छ भन्ने तपाईंलाई महसुस भयो भने र उसलाई संक्रमण भएको छ भन्ने तपाईंलाई लाग्यो भने, तब तपाईं उ/उनिले जांच नगराए सम्म यौन सम्पर्क गर्दिन भन्ने अधिकार तपाईं संग छ। यदि तपाईंले यौनांग वरिपरि फोकाहरु देख्नु भयो भने मुख वा गुद्वार मैथुन वा अन्य कुनै पनि प्रकारको यौन सम्पर्कमा नलाग्नुहोस् र जहिले पनि कन्डम लगाउन जोड दिनुहोस; यसले तपाईंको जीवन बचाउन सक्छ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न