होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैल अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
तपाईंले यो कमाउन स्थानीय बारमा शुल्क घटाउने समयभरी तन्तनी पिएकै हुनुपर्छ l तपाईंले थुप्रै गिलास बियर कमाएको भएपनि, एउटा बियर भुँडीको गर्व भने गर्न सकिदैन किनकि त्यो तपाईंको स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ l कसैको लागि यो अवस्था एउटा साधारण यातना हुनसक्छ, महिलामा भन्दा पुरुषमा अझ बढी l सुस्त गतिरहित जीवनशैली र क्यालोरीहरु थप्न घन्टौ बिताएको समयको लागि सेवा गरेको टोकन सरह एउटा बियर भुँडी साधारणतया मध्यम वयस्क पुरुषमा भेटिन्छ l एउटा बियर भुँडी कसरी बन्छ ? पुरुषमा एउटा बाहिर निस्किने मिड-सेक्सन जब उनीहरुले बर्न गर्न सक्ने भन्दा बढी सेवन गर्छन् त्यतिबेला बन्छ l त्यसैले व्यस्त जीवनशैली र थोरै कसरत र स्वतन्त्रताले कोही आफुले पचाउन सक्नेभन्दा धेरै क्यालोरीहरु सेवन गर्न सक्छन् l डा. माइकल जेन्सन एम.डी, मायो क्लिनिकमा इन्डोक्राइन र मोटोपन विशेषज्ञको अनुसार रहिरहेको बोसोको सट्टा अल्कोहलबाट लिइएको क्यालोरीहरु लिभरले बर्न गर्छ l त्यसैले भनौ, यदि एउटा औशत बियर १५० क्यालोरी हाराहारी छ र त्यससँग सबै साना खाजाहरु (पिज्जा, चिप्स आदि) गरेर कसैले सजिलै बुझ्छ कसरी यी कुराहरु पेटको क्षेत्रमा थुप्रिएर बस्छन् र फुलेको पेट हुन्छ l र किनकि लिभर बियरबाट पाएको क्यालोरीहरु बर्न गर्न निकै व्यस्त हुन्छ बाँकीको कुराहरु पेटभरि बस्न पाउने ठाउँ पाउँछन् l यसैले प्राय पुरुष र केही महिलाहरुलाई फुलेको पेट वा बियर भुँडी दिन्छ! तपाईंको फुलेको भुँडीलाई एक पन्च दिनुहोस् सुरुवाती अवस्थामा हुनेहरुको लागि एउटा दिने हुनुहोस् र लिने नहुनुहोस् l जसको अर्थ कसरतहरु जस्तै दौडिने, साइकल चलाउने, पौडी खेल्ने, नाँच्ने वा एरोबिक्समा बढी समय दिनुहोस् जसले आन्द्रा र पेटको बोसोहरुको ख्याल गर्छन् l जब कसैको उमेर बढ्दै जान्छ उनीहरुको क्यालोरी कम हुँदै जानुपर्छ तर उनीहरुको शारीरिक क्रियाकलाप पनि त्यस्तै घट्नुपर्छ र यही बेला बोसो थुप्रिन्छ l यदि तपाईंले पिउनैपर्छ भने हल्का बियर रोज्नुहोस् तर जस्तो सुकै अवस्थामा कसरत गर्न नछोड्नुहोस् l  
जब एक स्किनकेयरको बारे सोच्दा, मनमा के आउँछ ? डण्डीफोर, चिल्लो छाला, खटिराको निशान, फेस वास्, फेस प्छालाको समस्याहरु अनुहारमा मात्रै सीमित छैन । थुप्रै ठाउँहरू छन् जहाँ समस्या हुन सक्छ । यसलाई सधैं घृणा गरी सहनु पर्दैन !  मोलहरु: जब छाला गुच्छा परेर बढ्छ मोल बन्न थाल्छ । मोलहरु निकै नोक्सान विहिन हुन्छन । कहिलेकाहीँ, मोलहरू गंभीर मेलानोमस अग्रगामी पनि हुन्छन् । यदि तपाईंको मोल अचानक ठूलो हुन्छ वा रङ परिवर्तन गर्छ वा रक्तचाप सुरु हुन्छ भने, तपाईंको डर्मटोलोजिस्ट्लाई तुरुन्तै भेट्नुहोस् । उहाँले गम्भीर कुरालाई जाँच गर्न एक बायोप्सी गर्ने सल्लाह दिनुहुनेछ । स्पष्ट हुनु सँधै सुरक्षित हुन्छ !  रोजासिया: यो एक चिन्ताजनक छाला अवस्था हो जुन निश्चित सुरुवात द्वारा आउँदछ । यो सामान्यतया अनुहारमा रातो धब्बा, अनुहारमा सानो रातो फराकिलो रूपमा प्रकट हुन्छ । यसलाई सुरु गर्ने धेरै कुराहरु छन्, सबै भन्दा साधारण कुरा सुर्य पर्न आउँदछ । रोजासियाको लागि कुनै उपचार उपलब्ध छैन त्यसकारण सूर्य, रक्सी र अत्यधिक तापमानहरु देखि बचनु एकमात्र समाधान हो । मध्यम देखी गम्भीर अवस्थाका लागि, खाध्य एंटीबायोटिक्स निर्धारित गरिन्छ । गम्भीरता अनुसार लेजर उपचारको पनि विकल्प हुन्छ जसले घाउको नशाको जरालाई खान्छ ।  भित्र उम्रने कपाल: धेरै व्याक्स र सेविङ गर्नुको परिणाम कपाल छर्पस्ट उम्रने गर्दछ । यसको परिणाम कपाल घुङ्ररिनु र पिछाडी फर्केर उम्रने हुन्छ । विशेष गरी यदि यो संक्रमित भयो भने यो एक दर्दनायक स्थिति हुनसक्छ । छालालाई स्वतन्त्र रूपमा बढ्न र सफा गर्न मन तातो पानीमा कपडा भिझाएर छाला पुछ्नुहोस् । यदि पिपले पहिले नै यसमा स्थान पाएको छ भने, यसमा थोरै बिनजेल पेरोक्साइड लगाउनुहोस् । छाला फाट्नु: जब छिटो वजन बढ्नुका कारण तपाईंको छाला तन्किन्छ, जस्तै गर्भावस्थामा, यसको परिणाम अनुसार नराम्ररी छाला फाट्छ । छाला फाट्नु गर्व र आनन्दित उपलब्धि भए तापनि यो अफ्ट्यारो यथार्थ पनि हुन सक्छ ! जब तिनीहरू अझै निर्मल र गुलाबी छन् तिनीहरूका लागि उपचार सम्भव छ । भिटामिन ए अथवा रेटिनोइड आधारित क्रीम नियमित रूपमा लगाउँदा छाला अधिक रुपमा पातलो बनाएर छाला फाटिएको दृश्यतालाई कम गर्न मद्दत गर्दछ । सेतो धब्बा: सेतो धब्बाहरु पिएमपिएल्इ देखि भिटिलिगो सम्म जे पनि हुन सक्छन् ।पोलिमोर्फ्स लाइट ईरप्सन सामान्य सेतो धब्बाहरू हुन जुन तपाइँको सूर्यमा धेरै समय अवशेष भएका भागहरूमा आउँदछ । सूर्यको कठोर किरणहरू द्वारा मेलानोसाइट्सको क्षतिको कारणले गर्दा हुन्छ । केहि अवस्थाहरुमा, यसता एन्टिबडिहरु हुन्छन् जुन शरीरले मेलानोसाइट्सको विरुद्ध उत्पन्न गर्छ र यसले अनियमित स्थानहरूमा मेलानोसाइट्स हरुलाई मार्दै जान्छ । यसले शरीरका अनियमित स्थानहरूमा ठूलो सेतो धब्बा बनाँउछ जुन सामान्य रूपमा फैलिन्छ । त्यसैले घाममा निस्किदा जहिल्यै सन ब्ल्क लगाउनुहोस् । यदि तपाईंले आफ्नो धब्बा बढ्दै गरेको पाउनु भयो भने, तपाईंको डर्मोटोलोजिस्ट्सँग सल्लाह गर्नुहोस् । वाँहाले यो भिटिलिगो हो कि हैन भनेर निर्धारित गर्न सक्नुहुन्छ । भिटिलिगोको कुनै उपचार छैन, खाध्य औषधीहरु उपलब्ध छन्, जसले सुर्यको किरणको साथ छालाको रङ पुनर्स्थापना गर्न मद्दत गर्दछ ।  जन्मचिन्हहरूः यो बडी बढेका पिग्मेन्ट सेलहरु हुन । अधिकांश जन्मचिन्हहरू समय सँग हराउँदै जान्छ । यद्यपि, यदि तपाईंको बढ्दै जान्छ र गाडा कलेजी रंगमा परिवर्तन हुन्छ भने, छाला विशेषज्ञ द्वारा आफ्नो जाँच गराउनुहोस् । यो मेलानोमा हुने सम्भावना हुन सक्छ ।  जन्म चिन्हहरू सामान्यतया हानिकारक हुँदैनन र कस्मेटिक कारणहरूका लागी बाहेक हटाउन आवश्यकता पर्दैन । तथापी केहि चिकित्सा अवस्थाहरु जस्तै मेलानोमा यसलाई हटाउन समर्थ हुन्छ । भेरीकोज नसाहरु: जब खुट्टामा रगत गुरुत्वाकर्षणको विरुद्ध बग्न सकिँदैन वा यदि खुट्टाका नसाहरु खराब छन भने रगत खुट्टामा स्तगित हुन थाल्छ । यसले खुट्टा सुनिन थाल्छ र नसाहरु फुलेको देखिन थाल्छ । यो दर्दनायक अवस्था मोटो मान्छेमा हुन्छ, कहिलेकाहीं गर्भावस्थामा र दिनभरी खडा हुन आवश्यक जगारी भएका मानिसहरूमा हुन्छ । छातीको स्तर माथि खुट्टा राख्नु सामन्य देखी मध्यम अवस्थाहरूको समाधान हो । गम्भीर अवस्थामा, लेजर उपचार समाधान हो । खतहरु: बच्चा हुँदा, तपाईंले झुकिएर आफ्नो वुवाको बाइकको तातो साइलेन्सरमा खुट्टा जलाउनु भएको छ  ? त्यस घटनाको याद दिलाउन तपाईंसँग अझै खत छ होला ! खतहरु छालाको कोलाजेन र इलास्टेनमा चोट लागेपछी हुन्छ । यदी खत छ भने तपाईं त्यसका साथ बाँच्नु पर्ने हुन सक्छ । तथापि, नयाँ चोटले जिवनभरी समझना दिलाउनुपर्छ भन्ने कुनै कारण छैन । छालाको रङ उड्नु, डन्डीफोरबाट हुने केलोइड्स वा पकमार्क्स्, जे खत होस्, तीनलाई उपचार गर्न धेरै क्रीम र लेजरहरुका विकल्पहरू उपलब्ध छन् । उमेरका दागहरु: लिभर स्पट्स पनि भनिने, यिनिहरुको लिभर वा उमेरसँग केहि सरोकार हुँदैन । तपाईंको छालाले सुर्य प्रदर्शनको सामना गर्न अतिरिक्त मेलानिन उत्पादन गर्नुका कारण यो बन्छ । वैकल्पिक ब्लिचिङ क्रीम जस्तै हाइड्रोकुइनोन र एक्स्फोलिएटिङ क्रीम जस्तै रेटिनोइड आधारित क्रीमले दागहरु कम गर्न मद्दत गर्छ । यो तपाईंको डर्मटोलोजिस्ट्को निर्देशनमा मात्र गर्नुहोस् । अन्य विकल्पमा रासायनिक पिल र माइक्रोडरमोब्लेसिन समावेश छ । पुरानो जिद्दी दागहरुको लागि लेजरहरू अन्तिम उपचार विकल्प हो । एक्जिमा: यो एक दीर्घकालिक छाला रोग हो, जसलाई एटोपिक डेर्मेटाइटिस पनि भनिन्छ । प्राय: यसका सामान्य लक्षणहरू सुख्खा र चिलाउने छाला, मुखमा घाउ, कुइनो भित्र, घुँडा पिछाडि, र हात र खुट्टामा घाउ हुन्छ । हाल, एक्जिमाको निको पार्न कुनै पनि परीक्षण छैन, त्यसैले चिकित्सकहरू तपाईंको र तपाईंको परिवारको बारे जानकारीमा निर्भर पर्दछन । उपचार विकल्पहरूमा निको हुने औषधी समावेश हुँदैन्, केवल चिलाएको र पोलेकोबाट तुरुन्त राहत प्राप्त गर्न सकिन्छ । हाइभ्स्: हाइभ्स् तपाईंको छालामा रातो र कहिलेकाँही खुट्टामा हुने गाँठो हो । तिनीहरू सामान्यतया केहि खानेकुरा वा ड्रगको एलर्जी प्रतिक्रियाको रूपमा देखा पर्छन् । अन्य एलर्जी को केहि रूप भएको मान्छेहरुलाई, एलर्जी नभएको मान्छेहरु भन्दा बडी हाइभ्स लाग्ने अधिक संभावना छ । अन्य कारणहरूमा संक्रमण र तनाव समावेश गर्नसकिन्छ । प्रायजसो हाइभ्स आफै जान्छ, तर यदी तपाईंको गम्भीर समस्या छ भने, तपाईंलाई चिकित्सा सहायताको आवश्यक पर्न सक्छ । छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो । यो हाम्रो शरीर र बाहिरी, ब्याक्टीरिया, भाइरस र अन्य खतरनाक माइक्रोबक्स हरूले भरिएको हानिकारक संसारको बीच सुरक्षात्मक अवरोध हो । त्यसैले, हाम्रो छालाको हेरचाहलाई हाम्रो स्वास्थ्य हेरविचार सूचीमा शीर्ष स्थान दिना अत्यन्तै आवश्यक छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
नवजात शिशु निकै बेरसम्म अत्यधिक रुन्छ भने त्यो पेटको समस्याको कारण होकेले पेट एकदमै दुखाउँछ ? आमाको दुध खुवाउँदा हावाको प्रवेश बच्चाले निकै छिटो चुस्दा खेरी त्यसले ग्यास्त्रोइन्टेसटाईनल पिडा गराउन सक्छ आमाले खाएको खानाले शिशुको पेटलाई असर गर्छ  रुने बच्चालाई सम्हाल्ने केही तरिकाहरु: पक्रने र बच्चालाई पाखुराले समातेर एता उता हल्लाउने l बच्चालाई सुताउन लोरी अर्थात् बच्चाको गित गाउनु प्रभावकारी हुन्छ l दुध खुवाएपछि प्रत्येक पटक बच्चालाई ढ्याउ गराउनुहोस् l रोएर भोक लागेको अभिव्यक्त गरिन्छ l दुध खुवाउनुहोस् l ठुलो आवाजले बच्चालाई अचम्म गराउन सक्छ l ठुलो आवाज नबनाउनुहोस् l केही बच्चाहरुलाई न्यानो स्नानले आराम दिन्छ l केही बच्चाहरुलाई रबर वा सिलिकनको चुस्ने वस्तु (पेसिफायर)ले राम्रो गर्छ l ग्यासको पिडा पनि कारण हुनसक्छ l डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहोस् l आमाहरुले उनीहरुले खाने कुरामा परिवर्तनहरु ल्याउनुपर्छ l
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पराम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न