होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको सà¤ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलà अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावàमहिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवरयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सकà¥आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसकà¥कसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोàजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
बाथ एक दुखद स्थिति हो जुन सामान्यतया ५० वर्ष भन्दा बढी उमेरका वयस्कहरूमा हुन्छ । यस मस्कुलोस्केलरुमेटोइड बाथ एक भ्रामक प्रकारको बाथ हो जहाँ साइनोभियल फ्लुडको कार्य अवरुद्ध हुन्छ । यो सामान्यतया ६० बर्ष माथीका महिलामा देख्ने गरिन्छ । साइनोभियल फ्लुडले जोर्नी, हड्डी र कार्टिलेज सम्बन्धि स्वस्थ्यलाई कायम गर्छ ।ओस्टियोआरथ्राईटिस दुवै महिला र पुरुषमा देखापर्छ । यस प्रकारमा कार्टिलेज नामक हड्डी क्रमस खिया पर्दै जान्छ जसले गर्दा हड्डीका कार्टीलेजहरु खिइदै जाने हुन्छ र मांशपेशी, जोर्नी र टेण्डनमा दुखाई पिडा हुन्छ र अरर्रोपन गराउँछ l बाथको  बिरामीमा क्याच २२ अर्थात् समाधाननैं नहुने अवस्था आउँछ जसमा उनीहरुले अभियास गर्दा चरम ध्यान दिनु भनिन्छ । शारीरिक कसरत गर्दा धेरै पिडा हुने भएकोले कसरतनैं  पुरै रोक्नु भनिन्छ । अब कसरतको  कमिले गर्दा शरीरको अवस्था झन् बिर्ग्रंदै जानुका साथै सुन्निने गर्छ जसले गर्दा अंगको आकारनैं बिग्रन्छ । बाथ भएका बिरामीलाई यस्तै कुराको चुनौती हुन्छ । के बाथका बिरामीलाई कसरत गर्न दिनुपर्छ ? यदि पर्छ भने कस्ता प्रकारका दिनु उचित हुन्छ ? प्रमुख प्रश्न : बाथ मैत्री कुनै कसरत छन् ? बर्तमान परिपेक्षमा डक्टरले बाथका बिरामीलाई कसरतले निकै  राम्रो गर्छ भन्ने सुझाब दिएका छन् । सही खालको कसरत गर्नाले जोर्नी सुन्निएकोलाई बिसेक पार्ने, स्वास्थ्यको निर्माण गर्ने, हड्डी र जोर्नीलाई मजबुत र लचकदार बनाउने गर्छ ।     सही कसरतको तालिका के होला त ? आर्थराइटिस फाउन्डेसनको अनुसार व्यायामले शरीरको लचकदार बढाउँछ, मांशपेसीको मात्रा बढाउँछ । शरीरको राम्रो स्फूर्तिपनको लागि र शरीरको सहनसक्ने क्षमता बढाउने प्रकारको व्यायामको ढाँचा बनाउनु जरुरी छ । नियमित हिंडाई : बाथको लागि नियमित हिंडाई सारै उत्तम हुन्छ । हप्ताको तीन पटक ३० मिनेटका दरले एकैनासले हिंड्नाले लामा हड्डीलाई सक्रिय बनाउँछ र सुन्निएको कम्मर तथा खुट्टाको जोर्नीलाई घटाउन सक्छ । सुक्ष्म व्यायाम कुनै पनि ब्यायाम गर्नु अगाडी धेरै आवश्यक हुन्छ । सामन्य रुपले खुट्टा उठाउने, हात देखि कुर्कुचासम्म तन्काउने, पछाडीको कम्मर हलुका ढंगले तन्काउने जस्ता सुक्ष्म ब्यायाम हिंड्नु अगाडी गर्न सकिन्छ । यसले शरीरको पिडालाई र खुट्टा फर्केनेबाट बचाउँछ । आफु हिंड्ने बाटो चाहिं उक्कालो हुनु हुँदैन जहाँ जोर्नीलाई धेरै भार पर्न सक्छ । पानीमा गरिने कसरत : पानी कम प्राभावको हुनाले पानी कसरत गर्नु राम्रो बिकल्प हो । पौडी पोखरीभित्र बसेर बाथका बिरामीहरुले धेरै फाइदा लिन सक्नुहुन्छ । क्रोनिक बाथका बिरामीहरुको लागि पानीमा २०-३० मिनेटसम्म हिंड्नु वा त्यसै खुट्टाले पाइडल मार्नु उचित हुन्छ । यसले जटिल अवस्थामा सहने क्षमता बढाउनुका साथै शरीरलाई तागतिलो बनाउँछ । समन्वय बढाउनका लागि पानीमा उल्टो हिंड्दा पनि हुन्छ वा त्यसै पानीमा आराम गरेर तैरिदा पनि हुन्छ । आफ्नो अवस्थालाई नकारात्मक असर गर्ने वा धेरै चिसो पानीबाट बच्नुपर्छ । तन्कने र योग : जोर्नीको दुखाईलाई सबै प्रकारका सहज तन्कने कसरतले कम गर्नेगर्छ । उभिएर खुट्टा उचाल्ने, कुम उचाल्ने, नारीलाई घुमाउने जस्ता ब्यायाम सजिलै गर्न सकिन्छ र यसले शरीरलाई लचक्दार राख्न मद्दत गर्छ । योगले शरीरको लचकपनलाई बढाउनुको साथै अरु धेरै गर्छ । योग यस्तो उर्जा शक्ति हो जसले भित्रि र बाहिरी अंगलाई समन्वय गर्ने काम गर्छ । आफुलाई जुनसुकै ब्यायाम उपयुक्त भएपनि यी कुराहरु सम्झी राख्नुहोस् : बाथका बिरामीहरुलाई सही सुक्ष्म ब्यायामले कसरत गर्दा लाग्नसक्ने चोटलाई कम वा निवारण गर्ने भएकोले यो गर्नु आवशयक हुन्छ । पिडा महशुस भएको खण्डमा आफ्नो शरीरलाई कसरत प्रणालीमा ढाल्न कुनै आवश्यक छैन । जोर्नीहरू सुन्निए भन्ने एक दिन नगर्दा पनि हुन्छ । शरीरलाई निको हुन समय लाग्ने भएकोले कसरतको तालिकामा सुस्तरी प्रबेस गर्नुहोला । आफ्नो तालिकामा कुनै पनि बैकल्पिक उपाय अपनाउनु परेमा चिकित्सक वा बिज्ञको परामर्स लिनुहोला ।
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फà¥कारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
के यौन असन्तुष्टिले तपाईको मानसिक स्वास्थ्यमा तनाव गराउँदैछ ? जब जर्ज माइकलले गुनगुनाए “यौन प्à¤एक सुन्दर संसारमा, यो पूर्ण आनन्द र राम्रो सुनिन सक्छ तर वास्तविकतामा यौन सम्बन्ध गर्नुलाई एक निषेधित विषय मानिन्छ, जुन केवल अविकसित देशमा मात्र नभएर विकसित देशमा पनि नकारिन्छ । त्यसको माथी यौन सम्बन्धको असन्तुष्टिका प्रभावहरू जोड्नुहोस्, जुन पनि नकारिन्छ । जब एक जोडीले आखिरी पाइला चाल्ने निर्णय लिन्छन्, सामान्य विषयहरू जस्तै यौन अनुकूलता, सन्तुष्टि, आवृत्ति, निषेध, आदिको चिन्ता हुन्छन् । यदि तपाईंको आफ्नो पति वा साथी असन्तुष्ट हुनुहुन्छ भने के गर्ने ? यदी उनले यसलाई सुखद रुपमा अनुभव गर्दैनन् भने के गर्ने ? यी प्रश्न प्राय कुनै पनि सम्बन्धमा उत्पन्न हुन्छ र यो हुनु साधारण हो, तर के हुन्छ जब यी चिन्ता प्राय वास्तविक कुराहरूमा परिणत हुन्छन् ? असन्तुष्टताले तपाईंको मानसिक स्वास्थ्यमा हानी गर्छ । हो, तपाईंको मानसिक स्वास्थ्यले दुख पाउँछ, तपाईंको असन्तुष्टतालाई धन्यवाद । प्रत्येक पार्टनरसँग केही आशा हुन्छ जुब यौन सम्बन्धको कुरा आउँछ, र ती अपेक्षाहरू पुरा हुँदैन भने, असन्तुष्टता सुरु हुन थाल्छ । सामान्यतया, जब एक व्यक्ति यौनबाट सन्तुष्ट छन भने, तिनीहरु सधैं राम्रो मान्सिक स्थितिमा हुन्छन्, तर जब तिनीहरू असन्तुष्ट हुन्छन्, वरिपरिका मान्छेहरु सँगको तिनीहरूको व्यवहार ओरालो लाग्छ । त्यो मात्र होइन, उनीहरूको निराशा र तनाब बढ्छ र उनीहरूको मानसिक स्वास्थ्य र उनीहरूको सम्बन्धमा पनि दख्ल लगाउँछ् । धेरै पटक जब जोडी नमिल्दो हुन्छन्, उनीहरू यसको बारेमा कुरा गर्नुको सट्टा चुप लाग्ने निर्णय गर्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा दख्ल लगाउँछ, जुन त्यसपछि तनावमा परिणत हुन्छ र यसले उदाशिनता वा अझै नकारात्मकता बडाउँछ । पुर्व उल्लंघनको समझना र त्यसपछिको पश्चतापले यौन असन्तुष्टी लेराउन सक्छ, जसले कुनै पनि सम्बन्धलाई बनाउन वा बिगार्न सक्छ । एक व्यक्ती यौन असन्तुष्ट हुनुका अनेक कारणहरू छन्, यौन असफलताको कारण, कम सहनशीलता, यौन अभिविन्यास वा अन्य कारण! समस्या स्वीकार गर्नुको सट्टा प्राय मानिसहरु लागूपदार्थ, शराब, वा निर्भरताका लागी अरूमाथी पनि भर पर्न सक्छन्, जसले मानसिक साथ साथै हार्मोनल असंतुलन पनि ल्याउँछ । अधिकांश व्यक्तिलाई यौन असफलताको बारेमा सोध्दा यसको सामना गर्नु भन्दा लजाएर भाग्छन्, किनकी उनिहरु यसबारे लज्जित छन र यसबारे कुरा गर्न डराउँछन् । तथापि, उनीहरूलाई के थाहा छैन कि यसबारे कुरा नगर्नाले उदाशनिता, डर, निर्भरता, र अचानक नराम्रो बोली फुट्ने हुँदा सम्बन्ध बिग्रिने जस्ता समस्याहरूको नेतृत्व गर्दछ जुन केवल आफ्नो पति वा पार्टनरसँग मात्र नभै, आफ्नो परिवार र साथीहरु संग पनि हुन्छ । यौन असफलता अक्सर उदाशनिता को मुख्य कारण हो, जुन, यदि उपचार गरेन भने, अन्य समस्याहरु लाई भित्र्याउन सक्छ । त्यसैले यदि तपाई यौन असफलताबाट पीडित हुनुहुन्छ र अधिक मानसिक पीडामा हुनुहुन्छ भने, तपाईंको पार्ट्नर सँग खुलस्त रुपमा कुरा गर्न वा आफ्नो चिकित्सकको सल्लाह लिनु जहिल्यै उपयुक्त हुन्छ । रोकथाम सधैं उपचार भन्दा राम्रो हुन्छ ! कसैसँग यो कुरा गर्दा तपाइँलाई आफ्नो मानसिक तनाव घटेको महसुस हुनसक्छ र यसको परिणाम तपाईंको व्यक्तिगत सन्तुष्टि हुनेछ ।
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पà¥राम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न