होम
यदि तपाईं चाहनुहुन्छ भने पुरुषहरुको फेयरनेस क्रिम प्रयोग गर्नुहोस् तरऐना, ऐना, सबै भन्दा सुन्दर को छ ? यो शब्दले एक समयको दुष्ट रानीको दृश्य ताजा गराउँछ जब तिनले हेर्ने ऐनामा एउटा खोक्रो हेराई दिंदै भनेकी थिईन् । तर, आजको दिनमा पुरुष शृंगारलाई स्वागत गर्दै र स्थान दिंदै माथिका जिज्ञासा गर्न दिनुपर्छ ।   आजको दिनसम्म सुन्दरता भनेको इण्डियन पुरुषहरुले आफ्ना श्रीमतीहरुमा खोज्ने एउटा गुण थियो । हामीले के भनेको भनि बुझ्न फेयर एण्ड लभलीको विज्ञापन हेरे पुग्छ । तर आज, यहि धुन अर्कोमा सरेको छ । धेरै भन्दा धेरै पुरुषहरु तिनीहरुका महिला जोडीहरु जस्तै आफ्ना छालाका रंग, वर्ण र चमकलाई लिएर उत्तिकै उत्साहित भईरहेका छन् । आजका सबै टिभीको व्यापारिक विज्ञापनहरुलाई नै हेर्नुहोस् जहाँ किशोरहरु र युवाहरुलाईनै लक्षित गरि तिनीहरुलाई सामाजिक र लैंगिक सफलताको दुनियामा पुर्याउँछ भने चर्चित कलाकारहरुले गोरोपनाको क्रिमहरु, लोसनहरु र बडि वाशलाई अनुमोदन गर्दै तिनीहरुलाई जालमा अट्काईरहेका छन् । तर तपाईं त्यो गोरोपनको क्रिम किन्न जानलाई हतार गर्नुभन्दा अघि, यहाँ वास्तवमा यो गोरोपना भनेको के हो हेर्नुहोस् गोरोपना भनेको छालाको गहिराइको कोषको अवस्था हो गोरो, गुलाबी, कालो वा गहुँगोरो यो सब मुख्य रुपमा हाम्रो छाला भित्र भएको मेलानिनको तत्त्वले निर्धारित गर्छ। कुनै अफ्रिकी जातीहरुसंग उच्च मेलानिन तत्त्व हुन्छ जसले गर्दा तिनीहरुलाई कालो रंग दिन्छ जबकी युरोपियनहरु कम मेलानिन तत्त्वको कारण उज्ज्यालो छालाको भएको हो । त्यसकारण चाहे तपाईं महंगा गोरोपनाको क्रिम प्रयोग गर्नुहोस् वा शानदार ब्युटी स्पामा गएर सुन्दरताको उपचार गर्नुहोस्, तपाईंको वंशानुगत अवस्थालेनै अन्तिम निर्धारण गर्छ । फेयरनेस क्रिमले कसरी काम गर्छ….वा के साँच्चै गर्छ ? फेयारनेस क्रिमहरुमा त्यस्ता केमिकलहरु हुन्छन जसले छालामा मेलानिनको उत्पादनलाई रोकिदिन्छ र यसरी गोरो छालाको रंग र उज्ज्यालो वर्णलाई बढाइदिन्छ । पुरुषहरुमा धेरै जसो मेलानिन उत्पादनको मात्रा स्त्रीहरुमा भन्दा धेरै हुन्छ, यसैले महिलाहरुको फेयारनेस क्रिमले पुरुषहरुलाई खासै काम गर्दैन। कस्मेटिक व्यवसायीहरुले यो कारणलाई पत्ता लगाए र पुरुषहरुको छालालाई लक्षित गरि उत्पादनहरुको विकास गरे । तरैपनि, पुरुषको लागि मात्रै भनिएका फेयरनेस क्रिमहरु ज्यादा रुचाईएका क्रिमहरु हुन् जसले घामको हानिकारक अल्ट्रा भायोलेट विकिरणलाई रोकिदिन्छ जसले गर्दा छाला कालो हुन्छ । गोरोपनाको अँध्यारो पाटो कतिपय ब्युटी ट्रिट्मेण्टहरु र फेयारनेस क्रिमहरुमा हाइड्रोक्विनोन, मर्कुरी, र अझ स्टेरोइड्स जस्ता केमिकलहरु हुन्छन, जसले तपाईंको छालालाई राम्रो भन्दा बढी हानी नै गर्नसक्छ। यदि तपाईं गोरोपनाको लागि मरि हत्ते गर्दै हुनुहुन्छ भने, तपाईंले यति सम्म गर्नसक्नु हुन्छ त्यो के भने ब्र्याण्डेड सामग्रीहरुको प्रयोग गर्नुहोस (तरपनि त्यसको पनि प्रभावकारिताको कुनै ग्यारेन्टी भने छैन!) । पहिला तपाईंको छालालाई सुहाउँछ या सुहाउँदैन नमुना लिनुहोस् र जाँच गर्नुहोस । यदि चिलाउने आयो भने, तुरुन्तै छालाको विज्ञको सल्लाह लिनुहोस् । अन्तमा छालाको रंग भन्दा महत्त्वपूर्ण छालाको स्वास्थ्य हो । त्यसैले नियमित व्यायाम गर्नुहोस वा प्राकृतिक कुराहरु प्रयोग गर्दै छालाको उपचार गर्नुहोस जस्तै सुन्तलाको बोक्रा, काँक्राको टुक्रा जसले तपाईंको छालाको निखारलाई बढाउँछ । अरुको दबावमा नपर्नुहोस। गोरोपनाको पछि कुद्नाले आफुलाई हिनताबोध र अनावश्यक होड़तर्फ लैजान्छ । फेयारनेस उत्पादकहरुका कस्मेटालोजिस्टहरु र व्यापारीहरु तपाईंको नोक्सानी उपर हाँस्दै बैंक तिर जान्छन् । त्यसकारण यदि तपाईंको कालो छाला छ भने तपाईंको उमेरको पुरुष समुहहरुले राम्रो छ भन्दैमा महंगा विधिहरु अपनाउन तिर तपाईं जानु पर्दैन । संसारको कुनै पनि ब्युटी उपचार भन्दा उत्तम उपचार भनेको आफैले आफैलाई जस्तो छ त्यस्तो स्वीकार गर्नु हो ।  
तपाईंले यो कमाउन स्थानीय बारमा शुल्क घटाउने समयभरी तन्तनी पिएकै हुनुपर्छ l तपाईंले थुप्रै गिलास बियर कमाएको भएपनि, एउटा बियर भुँडीको गर्व भने गर्न सकिदैन किनकि त्यो तपाईंको स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ l कसैको लागि यो अवस्था एउटा साधारण यातना हुनसक्छ, महिलामा भन्दा पुरुषमा अझ बढी l सुस्त गतिरहित जीवनशैली र क्यालोरीहरु थप्न घन्टौ बिताएको समयको लागि सेवा गरेको टोकन सरह एउटा बियर भुँडी साधारणतया मध्यम वयस्क पुरुषमा भेटिन्छ l एउटा बियर भुँडी कसरी बन्छ ? पुरुषमा एउटा बाहिर निस्किने मिड-सेक्सन जब उनीहरुले बर्न गर्न सक्ने भन्दा बढी सेवन गर्छन् त्यतिबेला बन्छ l त्यसैले व्यस्त जीवनशैली र थोरै कसरत र स्वतन्त्रताले कोही आफुले पचाउन सक्नेभन्दा धेरै क्यालोरीहरु सेवन गर्न सक्छन् l डा. माइकल जेन्सन एम.डी, मायो क्लिनिकमा इन्डोक्राइन र मोटोपन विशेषज्ञको अनुसार रहिरहेको बोसोको सट्टा अल्कोहलबाट लिइएको क्यालोरीहरु लिभरले बर्न गर्छ l त्यसैले भनौ, यदि एउटा औशत बियर १५० क्यालोरी हाराहारी छ र त्यससँग सबै साना खाजाहरु (पिज्जा, चिप्स आदि) गरेर कसैले सजिलै बुझ्छ कसरी यी कुराहरु पेटको क्षेत्रमा थुप्रिएर बस्छन् र फुलेको पेट हुन्छ l र किनकि लिभर बियरबाट पाएको क्यालोरीहरु बर्न गर्न निकै व्यस्त हुन्छ बाँकीको कुराहरु पेटभरि बस्न पाउने ठाउँ पाउँछन् l यसैले प्राय पुरुष र केही महिलाहरुलाई फुलेको पेट वा बियर भुँडी दिन्छ! तपाईंको फुलेको भुँडीलाई एक पन्च दिनुहोस् सुरुवाती अवस्थामा हुनेहरुको लागि एउटा दिने हुनुहोस् र लिने नहुनुहोस् l जसको अर्थ कसरतहरु जस्तै दौडिने, साइकल चलाउने, पौडी खेल्ने, नाँच्ने वा एरोबिक्समा बढी समय दिनुहोस् जसले आन्द्रा र पेटको बोसोहरुको ख्याल गर्छन् l जब कसैको उमेर बढ्दै जान्छ उनीहरुको क्यालोरी कम हुँदै जानुपर्छ तर उनीहरुको शारीरिक क्रियाकलाप पनि त्यस्तै घट्नुपर्छ र यही बेला बोसो थुप्रिन्छ l यदि तपाईंले पिउनैपर्छ भने हल्का बियर रोज्नुहोस् तर जस्तो सुकै अवस्थामा कसरत गर्न नछोड्नुहोस् l  
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवàगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीà¤जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
केटाकेटी र किशोर किशोरीहरुमा उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ lयदि तपाईंलाई हाइपरटेन्सनको एउटा बिरामीको चित्र बनाउँन दियो भने त्यो कस्तो देखिन्छ? विवरणहरु छेउमा राख्नुहोस्, के तपाईं एउटा बुढो व्यक्ति, जवान व्यक्ति वा एउटा बच्चाको चित्र बनाउँनुहुन्छ ? सम्भवत तपाईंले एउटा बुढो मान्छे वा सायद अधवैशे मान्छेको चित्र कोर्नुहुनेछ l तर एउटा बच्चा, कसले एउटा बच्चालाई उच्च रक्तचाप हुन्छ भनेर सोच्न सक्छ ! हामी प्रायलाई बिश्वास गर्न कठिन हुनसक्छ तर यो सम्भव मात्र छैन, यसको घटनाहरु बिस्तारै बढ्दैछन् l वास्तवमा, केटाकेटीहरुमा हाइपरटेन्सन साधारण हुँदैछ l अमेरिकामा भएको अध्ययनले देखाउँछ कि ५%सम्म केटाकेटी र किशोर किशोरीहरुमा हाइपरटेन्सन छ l त्यो के हो? केटाकेटी र किशोर किशोरीहरुमा हुने उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ l पेडीयाट्रीक हाइपरटेन्सन मर्करीमा रेकर्ड भएको रगतको चापले परिभाषित गर्छ, दिइएको मानक दरसँग तुलनागर्दा l जब एउटा बच्चा हुर्कन्छ, सबै माइलस्टोनहरुमा तीव्र विकास हुन्छ l केटाकेटीको लागि, विभिन्न उमेर समुहहरुको लागि सबै पारामिटरहरुमा पेर्सेंटाईलहरु परिभाषित गरिएको छ l केटाकेटीहरुमा, जब रक्तचाप ९०औं पेर्सेंटाईलभन्दा माथि हुन्छ तर ९५औं भन्दा कम, त्यसलाई प्रिहाइपरटेन्सन भनिन्छ l जब त्यो ९५औं पेर्सेंटाईलभन्दा माथि हुन्छ, त्यसलाई हाइपरटेन्सन भनेर निदान गरिन्छ l पेडीयाट्रीक हाइपरटेन्सनको छुट्याउने लक्षणहरु छैनन् त्यसैले त्यो सजिलै छुट्न सक्छ l किपय तपाईंको बच्चाको रक्त चाप नियमित मेडिकल परिक्षणको लागि जाँच गराउने अभ्यास गर्नुहोस् l किन त्यस्तो हुन्छ? दश वर्षभन्दा कमका केटाकेटीहरुमा उच्च रक्तचाप अन्य स्वास्थ्य अवस्थाको लागि प्राय सहायक हुन्छ l त्यो लुकेको हृदय रोग, मृगौला रोग, हर्मोनल समस्या वा जेनेटिक समस्याहरुको कारणले हुनसक्छ l यसले मुख्य समस्याको उपचार माग गर्छ l ठुला केटाकेटीहरु, ६-१० वर्ष भन्दा माथि र किशोर किशोरीहरुमा प्राथमिक हाइपरटेन्सन देखिन्छ l यसको लागि कुनै विशेष कारण पहिचान भएको छैन, जीवनशैली, मोटोपन, र परिवार इतिहास बाहेक l त्यो कति खराब हुनसक्छ ? बच्चाहरुले नमिलेको सुताई ढाँचा देखाउँन सक्छन् जब उनीहरुसँग हाइपरटेन्सन हुन्छ l उनीहरु सुत्दा खेरि हुने स्वासको समस्याले ग्रसित हुनसक्छन् घुरेर वा असाधारण स्वास फेरर l निद्राबाहेक, हाइपरटेन्सनको अन्य प्रभावहरु जानेबुझेकै हुँन् l लामो समयमा त्यसले हृदयको रोग वा मृगौला रोग गराउन सक्छ l के गर्ने? सानै उमेरबाट रक्तचाप नियन्त्रण गर्नु निकै महत्वपूर्ण हो l नियमित जाँच र रक्तचापको मुल्यांकन आवश्यक हुन्छ l हाइपरटेन्सन प्राथमिक हो वा सहायक हो भन्ने पहिचान गर्न गहिरो जाँच आवश्यक हुन्छ l सहायक हाइपरटेन्सनमा औषधीद्वारा गरिने उपचार सिफारिस गरिन्छ जहाँ रक्तचापको व्यवस्थापन सँगै मुख्य अवस्था पनि सामना गरिन्छ l प्राथमिक हाइपरटेन्सनको मामलामा, औषधी निकै कठिन मामलाहरुमा मात्र सुझाव गरिन्छ l नत्र, जीवनशैली व्यवस्थापन त्यसको समाधान हो l जीवनमा यति छिटै एन्टी-हाइपरटेन्सिभहरु सुरु गर्नु स्वस्थ विकल्प हैन l तपाईंको बच्चालाई स्वस्थ खाना दिनुहोस्, उसलाई/उनीलाई आदर्श शरीर तौल कायम गर्न मद्दत गर्नुहोस् र उसले पर्याप्त शारीरिक व्यायाम पाउँछ भन्ने निश्चित गर्नुहोस् l जति छिटो हामी समस्या पहिचान गर्छौ अनुशासित जिवनशैलीसँग नतिजाहरु त्यति राम्रा हुन्छन् l अस्वस्थ्य जीवनशैलीले हाम्रो सबै जीवनमा भद्रगोल बनाइरहेको छ l बच्चाहरु कति समयसम्म उम्कन सक्छन् ? हाम्रो जीवनशैली हाम्रा केटाकेटीहरुमा प्रतिबिम्बित हुन्छ l एउटा स्वस्थ दैनिकीमा चल्नुहोस् र परिवारलाई स्वस्थ राख्नुहोस् !  
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोàजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हसूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा ठतीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलोदैनिक दुई पल्ट आफ्नो दाँत ब्रश गर्नु मात्र ताजा श्वासको लागि पर्याप्त हुँदैन । तपाईं कस्तो तरिकाले ब्रश गर्नुहुन्छ, र तपाइँ कति लामो समयसम्म ब्रश गर्नुहुन्छ समान रूपमा महत्त्वपूर्ण हुन्छ, साथै नियमित रूपमा फ्ल्स गर्नु र सही खाना खानु । १९ वर्षीया रिता खराब श्वासबाट ग्रस्त छिन् । यो उनको लागि एक ठूलो कम्जोरी हो । कलेजमा कोही पनि उनको मित्र हुन चाहँदैनन् । उनको चिकित्सकले दैनिक दुई पटक ब्रश गर्ने सुझाव र उनको लागि राम्रो माउथ वाश निर्धारण गरिदिएका छन । यस सल्लाह पालना गर्दा पनि उनलाई धेरै सहयोग पुगेको छैन् । हामी लाखौं हुनुपर्छ जसले रिताको समस्या पहिचान्न सक्छौं । हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलो असजिलोपन हो । यो रिताको जस्तै सामाजबाट अलग्गिनुको कारण हुन सक्छ । ताजा श्वास स्वच्छताको चिन्ह हो । ताजा श्वासले आफुलाई अझ विश्वस्त बनाउँछ, र तपाइँलाई जिवनले फ्याँक्ने कुनै पनि चुनौती सामना गर्न तयार बनाउँछ । त्यसोभए, तपाईंले आफ्नो श्वास दिन भरी ताजा राख्न के गर्नुपर्छ ? दिनको दुई पटक ब्रश गर्नुहोस्, र नियमित रूपमा राम्रो माउत वाश प्रयोग गर्नुहोस्, तपाईंको उत्तर हुनेछ । तर के यो पर्याप्त हुनेछ हामी यहाँ केही काल्पनिक कथाहरु हेरेर सुरू गरौं! माउत वाशले तपाईंलाई दिनभरी ताजा श्वास दिनेछ । यसले दिदैंन । यसले तपाईंको श्वासलाई केहि क्षणको लागी मात्रै ताजा बनाउँछ  जबसम्म तपाइँ आफ्नो दाँत नियमित रूपमा ब्रश गर्नुहुन्छ, तपाईले खराब श्वासको बारेमा चिन्ता गर्नुपर्दैन! आफ्नो दाँत ब्रश गर्न आवश्यक छ ।  तपाईंले कति लामो समय र तपाइँले कसरी ब्रश गर्नुहुन्छ, यही महत्व छ । हामीमध्ये अधिकांशले ३५ देखि ४० सेकेण्डसम्म ब्रश गर्दछ, जुन पर्याप्त छैन ।  दाँत राम्ररी सफा गर्नको लागि दाँतको सबै सतहहरुमा राम्रो तरिकाले ब्रश गर्नुपर्छ । यसले तपाईंलाई २ मिनेट भन्दा बडी लाग्न सक्छ ! र तपाईंले दैनिक दुईचोटी ब्रश गरेर पुग्छ सोचेको हुनुहुन्थ्यो! तपाईंको खराब श्वास मुखमा भएका ब्याक्टेरियाको गतिविधिको परिणाम हो । ब्याक्टेरियाको विकासको एक कारण सूखापन पनि हो । त्यही कारण तपाईंको मुख सुक्न नदिनुहोस् । आफ्नो मुखलाई राम्ररी बिझाईराख्नुहोस् । धेरै पानी पिउनुहोस् । मुखमा ब्याक्टेरिया गतिविधिको अन्य कारणहरु मध्ये एक तपाईंको दाँतको बीच अड्किएका खानाका टुक्राहरु हुन् । केहि खाईसकेपछी निश्चित रुपमा मुख राम्रोसँग कुल्ला गर्नुहोस् । फ्लसिङ एक यस्तो गतिविधि हो जुन तपाईंले कहिल्यै नकार्नु हुँदैन । फ्लसिङ्ले नियमित ब्रेसिङले गर्न नसक्ने कुरा गर्छ; यसले तपाईंको दाँतको बीचमा भएको खाना हटाउँछ । त्यस्ता खाद्य पदार्थबाट बच्नुहोस् जुन खराब श्वासको कारण हो जस्तै कफी, चिया, गुलियो डृन्क्स्, लसुन, प्याज, वा ब्रोकोली । सुगर फृ चिविङ गम तपाईंको मुखलाई हाइड्रोइड राख्ने एक राम्रो तरिका हो, किनकि तिनीहरू थुकको प्रवाह बढाउँछ् । जेल आधारित मन्जनहरूले तपाईंलाई ताजा श्वास दिन सक्छ, तर यसको प्रभावहरू अस्थायी हुन्छन् । फ्लोराइड युक्त मन्जनको लागि जानुहोस् जुन लामो समयको लागी राम्रो हुन्छ । योगाको रूपमा कपाल भाती प्रणायम, शीतली प्रणायम, शीतकिरी प्रणायम, योगा मुद्र, सिंह आसन हरु खराब श्वासको सामना गर्न प्रभावकारी हुन्छ । नियमित रूपमा तपाईंको दन्त चिकित्सक सँग भेट गर्नुहोस्, र तपाइँको दाँतलाई विशेष रुपमा सफा गर्नुहोस् । जंक फूडदेखि, र सुगर र फ्याट्मा धनी हुने खाद्य पदार्थबाट बच्नुहोस् । बरु, ताजा फलफुल र तरकारीको लागि जानुहोस् । धूम्रपान र शराब उपभोग छोड्नुहोस् । सरल चीजहरू जस्तै, दैनिक ब्रश, दैनिक फ्लस्, हरेक भोजन पछि आफ्नो मुख कुल्ला गर्ने, र सही खाना खानाले तपाइँको श्वास दिन भरी ताजा राख्न मद्दत गर्न सक्छ ।  
आजको समयमा सबैभन्दा चिन्ताजनक दूई रोगहरु एड्स र क्यान्सर हुन् । दूर्भाग्यवस दूबै जंगली आगो जस्तàवास्तवमा यो एड्स परिभाषित क्यान्सर पाउनुले बिरामीहरुमा उन्नत एड्स विकास भएको जनाउँछ । तथापी यी क्यान्सरहरुको कारण स्पष्ट छैन । यो सम्भव छ कि एड्का बिरामीहरुमा प्रतिरोधात्मकता कम हुनाले, तिनिहरु यी क्यान्सरको धेरै जोखिममा छन् । यी पहिल्यै जटिल रोगहरुको दोहोरो आक्रमणले उपचार पक्रियामा समेत थप जटिलता ल्याउँदछ । त्यसैले यसको उपचार अनुभवी डाक्टरहरु अन्तर्गत हुनूपदर्छ जसले यी रोगहरुमा विशेषज्ञता पाएका छन् । एड्स परिभाषित क्यान्सरहरु निम्न हुन्: क्यापोसिस र्सकोम: यो छाला क्यान्सरको प्रकार हो । यो सामान्यतया अंग प्रत्यारोपण गरेका मान्छेहरुमा पाइएको छ । आजकल यो एचआइभी ÷एड्स संक्रमित समलैगिंक पूरुषहरुमा पाइन्छ र यसलाई क्यापोसिस र्सकोम पनि भनिन्छ । यो शारिरिक विभिन्न बिन्दुहरु जस्तैःछाला,लिम्फ,नोडहरु,कलेजो,फोक्सो, स्प्लीनर पाचन पथमा विष उत्पन्न हूनूको कारण बन्छ । नन-होडकिन लिम्फोमाः यो एचआइभी ÷एड्ससँग दोस्रो सबैभन्दा संम्बन्धित क्यान्सर हो । एन.एच.एलको विभिन्न उपप्रकारहरु प्राथमिक केन्द्रिय तांत्रिक प्रणाली लिम्फोमा र प्राथमिक प्रभाव भ्रम लिम्फोमा हून् । लगभग ४ देखि १० % मानिसहरु एचआइभी÷एड्सको साथ एन. एच.एल. विकसीत गर्छन । अन्य प्रकारका क्यान्सरहरु कलेजो क्यान्सर, मुख क्यान्सर, होड्किनको लिम्फोमा, टेस्टीकुलर क्यान्सर, मेलानोमा, घाटिँको क्यान्सर, कोलोरेक्टल क्यान्सर र छालाको विभिन्न क्यान्सर हुन् । एचआइभी ब्यक्तिहरुमा क्यान्सरको उपचारः एन्टि-एचआइभी औषधी नलगाउन्जेल सम्म संक्रमित ब्यक्तिहरुको भविष्य खरानि थियो । तिनिहरु पहिलेनै बिरामी  थिए र उनीहरुको शरीरको क्यान्सरको उपचार सुरु नगर्दै तिनिहरुको शरीर कमजोर हुन्थ्यो । वर्तमान क्यान्सरको उपचार एन्टी-एचआइभी औषधीसँग मिसाइएको छ । तथापि, क्यान्सरको ह्द र एड्सको हेरविचारको आवश्यकता अनुसार, किमोथेरापी र अन्य एचआइभी सम्बन्धी औषधीहरु बिच भिन्नता गरिन्छ । क्यापोसिस सार्कोमा उपचार: प्राय एन्टी एचआइभी औषधीहरु यो क्यान्सरको उपचार गर्न पर्याप्त हूँदैन । बिष,जो भाइरल हुन्छन् हट्छन । प्रतिरक्षा प्रणाली राम्रो हून्छ । बिषहरु आन्तरिक छन् भने कहिलेकाहिँ केमोथेरापी र विकिरण पनि आवश्यक पर्न सक्छ । नन-होडकिन लिम्फोमाको उपचार: एन.एच.एल. सम्बन्धि एड्स छिटै बढ्दै जान्छ र तिब्र केमोथेरापीको आवश्यकता पर्दछ । अत्याधिक सक्रीय विरोधि रिभ्रोइरल थेरापी र ड्रग्सको प्रयोगको आविष्कारले संक्रमीत शरीरलाई नयाँ रक्तसेल बनाउन सहयोग गर्छ जसले थोरै रक्त सेल गणनाको कारण हुने एचआइभी संक्रमितको जिज्ञासा घटाएको छ , केमोथेरापि तिनको लागी प्रसशीत हून सकेन , तर यी प्रगतिहरुको साथमा ,तिब्रतापूर्वक केमोथेरापि उपचारलाई ब्यावस्थापन गर्न सकिन्छ । गर्भाशय क्यान्सरको उपचार राम्रो प्रतिरक्षा प्रणाली र आक्रमक गर्भाशय क्यान्सर भएको महिलाको हितमा हझै पनि गैर-एचआइभी महिलाहरुको जस्तै उपचार गर्न सकिन्छ । तिनिहरुले शल्यक्रीया र अन्य पारिवारिक उपचारमा पनि राम्रा काम गर्न सक्छन् । क्यान्सरलाई सुरुवातमै पत्ता गर्दै: जब कूनै लक्ष्ण स्पष्ट हुदैन तब स्क्रिनिंगले  क्यान्सरको उपस्थिती खोज्न सहयोग गर्दछ । तथापी क्यान्सरहरु परिभाषित गर्ने एड्स स्क्रिनिंगले पत्ता लगाउन सक्दैन यसकारण नियमित चेकअप र नजिकको निगरानिले क्यान्सरको लक्ष्ण भएमा पत्ता लगाउन सक्छ । पप परिक्षणले महिलाहरुमा गर्भाशय क्यान्सरको खोजमा मद्दत गर्दछ । तथापि एचआइभी महिलाको लागी यसलाई बारम्बार गर्न जरुरी छ । एचआइभी पत्ता लागेको पहिको वर्षमा दुई पटक र छ महिनाको अन्तरालमा । यदि परिक्षण सफा भएमा, तिनिहरुले त्यस लगत वर्षमा एक पटक पप परिक्षण नियमित रुपमा गर्नुपर्छ । अन्य एड्स सम्बन्धित क्यान्सरको लागि स्क्रिनिंग परिक्षण अझै पनि लागु हँदैन । क्यान्सरको जोखिम कम गर्दै: एचआइभीले शरिरको प्रतिरक्षा प्रणालीलाई बिगारी शरिरलाई विभिन्न रोगवाट आतंकित बनाउँछ । एचआइभी पहिचान भएका लागी क्यान्सरबाट बच्न राम्रो स्वस्थ्य अभ्यासहरु आवश्यक छ । तिनिहरुले कदापि धुम्रपान वा मध्यपान गर्न हुदैन । ड्रग्स लिने र असुरक्षित यौन अभ्यासहरुले पनि क्यान्सरको खतरा बढाउँछ l सन्तुलित आहार ,शारीरिक गतिविधि र उचित शारीरिक तौल राख्नु अत्यन्त महत्वपुर्ण र उपयोगी छन् ।
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनà¥सबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न