होम
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही अभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैल अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा धबच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
स्वस्थ कालो कपालको लागि सही पोषण मुख्य तरिका हो lहामी सबैको जीवनमा कुनै समय कपाल फुल्ने हुन्छ l कोही त्यो छिटै पाउँछन् र अरु भाग्यमानीहरु जब उनीहरु ५० वर्षको हुन्छन् अनि पाउँन सक्छन् l भारतमा आजभोलि ७०% महिलाहरुमा समयमा भन्दा अगाडी कपाल फुल्ने र झर्ने समस्या छ l कपाल फुल्नुको कारणहरु के हुन् र यदि तपाईको कपाल छिटै फुल्न सुरु हुँदा के गर्न सकिन्छ ? कपाल फुल्नु र झर्नुको सम्भावित कारणहरु के हुन्? खानामा पोषणको कमि l अत्यधिक तनाव चायाँ थाईराइड समस्या, रक्ताल्पता र भिटीलिगो जस्ता रोगहरु l केही औषधीको साइड इफेक्टहरु कपालको समस्याहरु चुरोट र रक्सी पिउने महिलाहरुमा बढी देखिन्छ l बच्चा जन्मिने र रजनोवृति हुने समयमा प्राय महिलाको कपाल झर्ने हुन्छ l छिटो फुल्ने वंशानुगत ढाँचा आजभोलीको सौन्दर्यको प्रकियाहरु जस्तै कलर गर्ने, ब्लिच गर्ने, रंगाउने, सेट गर्ने, सिधा गर्ने कारणले छिटै कपालको समस्या हुन्छ l वातावरण प्रदुषण उपचार र रोकथाम एउटा सन्तुलित खाना खानुहोस् l प्रत्येक खानामा तपाईको शरीरमा सही पोषणहरु पुग्छन् भन्ने निश्चित गर्नुहोस् l यदि तपाई कम रगत हुने बिरामी हुनुहुन्छ भने सही औषधी सेवन गर्नुहोस् l यो मूल कारण हुनसक्छ l राम्रो निद्रा लिनुहोस् l तनाव नलिनुहोस् l तेल नियमित लगाउनुहोस् र मसाज गर्नुहोस् l प्रशस्त पानी पिउनुहोस् l केमिकलहरुबाट टाढानै बस्नुहोस् l फुलेको कपाल लुकाउन के गर्नुपर्छ ? तपाईको कपालमा अमलाको तेल लगाउनुहोस् त्यसलाई स्वस्थ राख्न l हिना, कागतीको रस, फलामको कन्टेनरमा बनाएको फेनुग्रिक दानाको पेस्ट लगाउनुहोस्, त्यसलाई रंग लगाउँन र फुलेको घटाउनुहोस् l नरिवलको तेलमा गुजबेरी टुक्राहरु उमाल्नुहोस् l जब त्यो कालो हुन्छ, कपालमा त्यो लगाउनुहोस् l यदि तपाईसँग ४५-५०% फुलेको कपाल छ भने तपाईले स्थायी कपाल रंग प्रयोग गर्न सक्नुहुन्छ l
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
कोटस इन्टेरपटसको शाब्दिक अर्थ अवारोधित यौन सम्पर्क बुझिन्छ l यो गर्भनिरोध प्रक्रिया सहवास हुँदबाहिर तान्ने, विथड्रवल र कोइटस इन्टरप्टस सम्भवत गर्भनिरोधकको सबैभन्दा सुरक्षित तरिकाका लागि सबै फरक नामहरू हुन् । यसमा पुरुष पार्टनरले विर्य निस्कासन भन्दा अघि आफ्नो लिंगलाई हटाउनुपर्दछ । यसले  महिला पार्टनरको गुप्ताङ्ग वा भुल्भामा विर्य निस्कासन भएको छैन भन्ने सुनिश्चित गर्दछ । भित्र कुनै विर्य नहुनुको कारण - गर्भावस्था हुँदैन ! के यो विधि साँच्चै प्रभावकारी छ? गर्भनिरोधकका सबै तरिकाहरु जस्तै, बाहिर तान्ने विधिको प्रभावशीलता पनि यो सही तरिकाले गर्नुमा निर्भर पर्दछ । यो तरिकाको लागी पार्ट्नरहरुको बिच साझेदारी मेलमिलाप हुनु आवश्यक छ । पुरुष पार्टनरले सही क्षणमा लिंगलाई हटाउनको लागी यौन उत्साहको उच्चतम बिन्दु थाहा पाउन आत्म-नियन्त्रण र शुद्धताको अभ्यास गर्नुपर्छ । तथ्याङ्कहरूले यस्तो बताउँदछन् महिलाहरु जसका पार्ट्नरहरु विथड्रवल प्रयोग गर्दछन्, प्रत्येक वर्ष ४% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिन्छ, र प्रत्येक वर्ष २७% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिदैंन। गुप्ताङ्ग वा भूल्वाको नजिकै निस्कासनको अर्थ विर्यले गुप्ताङ्ग भित्र भ्रमण गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ पुर्व-निस्कासनमा अघिल्लो-निस्कासनको विर्यहरु हुन सक्छन्, जुन अन्तत गर्भावस्थाको कारण बन्न सक्छ । यसको विरुद्ध सावधानीको रूपमा, विशेषज्ञहरूले यौन अघि पुरुष पार्ट्नरलाई पिशाव फेर्ने सल्लाह दिन्छन् । गर्भनिरोधकको विथड्रवल विधि धार्मिक समूहको सदस्यहरुको लागि सर्वोत्तम विकल्प हो जहाँ गर्भनिरोधक उपकरणहरु जस्तै औषधी, कन्डम वा आईयुडीलाई पापको रुपमा लिईन्छ । विथड्रवल विधिले तपाईंलाई एचआईभी  एड्स र अन्य एसटिडीहरूबाट रक्षा गर्दैन । यस विधिको फाइदाहरू र बेफाइदाहरू के के हुन्? फाइदाहरू यो सरल, सुरक्षित र सुविधाजनक छ । जब कुनै अन्य गर्भनिरोधक विधि उपलब्ध हुँदैन यो उत्तम तरिका हो । यसमा कुनै साइड इफेक्ट छैन । यसलाई चिकित्सा प्रेस्कृप्सनको आवश्यक छैन । यसले मासिक धर्म चक्रलाई परिवर्तन गर्दैन । यसले भविष्यको उर्वरतालाई असर गर्दैन । बेफाइदाहरु महान् आत्म-नियन्त्रण, अनुभव र भरोसा चाहिन्छ । अपरिपक्क निस्कासन गर्ने पुरुषहरूको लागि उपयुक्त छैन । किशोरहरुका लागि र यौन अनुभवहिन व्यक्तिहरूका लागि उपयुक्त छैन । यौन संचारित रोगहरू र एचआईभी  एड्सबाट सुरक्षा सुनिश्चित गर्दैन । जन्म नियन्त्रणका अन्य तरिका भन्दा कम प्रभावकारी । सही समयमा बाहिर निकाल्ने पूर्वानुमान र अतालिनुको कारण यौन आनन्दको साथ हस्तक्षेप हुन सक्छ । बाहिर तान्ने विधि गर्भनिरोधक गर्ने सबैभन्दा सुरक्षित तरिका मध्ये एक हो, यदि कसैले आफ्नो शरीरलाई पूरै बुझेको छ, पार्ट्नरमा विश्वास र उच्च आत्म-नियन्त्रण छ ।
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पराम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न