होम
बच्चा जन्माउन भन्दा अघि केवल महिलाले मात्रै आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्छ भà¤तपाईंले एउटा बच्चा पाउने निर्णय गरेको समय देखि, सम्पूर्ण ध्यान हुन्-लागेकी-आमा तर्फ केन्द्रित हुन्छ । र यो कुनै कारण विना भएको पनि होइन, अबको ९ महिना बच्चालाई बोक्ने व्यक्ति उनि नै हुन् । तर यसको अर्थ पुरुषको भूमिका केहि कम महत्त्वको छ भन्ने होइन। हुने-वाला-बाबा ले उसको जीवनको आर्को पाटोको निम्ति आफैलाई तयार पार्नुपर्छ । स्वास्थ्यकर जीवन शैलीलाई अपनाउदै प्रजनन एउटा बढ्दै गरेको समस्या हो । तथ्यांक अनुसार ४५% भन्दा बढी प्रजनन समस्या पुरुषहरुसंग सम्बन्धित छ । त्यसैकारण, स्वास्थ्य खानपान, व्यायाम र स्वास्थ्यपूर्ण जिउनुले यी समस्याहरुबाट छुटकारा पाउने तपाईंको मौकालाई बढाई दिन्छ । पोषणयुक्त खानामा विर्य निर्माणमा फरक ल्याउँछ । त्यसैले अस्वास्थ्यकर खानालाई हटाउनु होस् केहि समयको लागि र स्वास्थ्यकर जीवनशैली अपनाउनुहोस् । प्रत्येक दिन पुरुषहरुलाई कम्तिमा १२ देखि १५ एमजी को जिङ्क चाहिन्छ । अल्प अवधिको जिङ्कको कमिले पनि शुक्रको मात्रा र टेस्टोटेरोनको मात्रा घटाउन सक्छ, जुन स्वास्थ्य विर्यको निम्ति धेरैनै आवश्यकता छ । जिङ्क पाईने राम्रो श्रोत भनेको सकेको बोडी (एउटा कपमा ३.५५ एमजी हुन्छ), बदाम, अन्नहरु, सिफूड, र कुखुराको मासु (२.३८ एमजी प्रति आउन्स) ।                                                                                                              पुरुषको प्रजननमा सुधार ल्याउन र विर्य कमजोरी जोगाउन भिटामिन र क्याल्सियमको नियमित सेवन गर्नै पर्छ। क्याल्सियमको प्राकृतिक श्रोत जस्तै छाली-रहित-दुध र दहि खान सकिन्छ । कम्तिमा पनि ९० एमजीको भिटामिन दैनिक रुपमा लिनुहोस् । यसले प्रतिरक्षा शक्तिलाई बढाइदिन्छ। अझ बढि पनि चाहिन सक्छ यदि तपाईंले धुम्रपान गर्नु हुन्छ भने। फोलिक एसिड स्वास्थ्य विर्यको निम्ति एउटा उर्जानै हो । बुबाहरुलाई यसको ४०० माईक्रो ग्राम चाहिन्छ र यसको पोषणको राम्रो श्रोत भनेको हरियो पात भएको सब्जीहरु हो। हुने-वाला-बुबाहरुले मोचाको अतिरिक्त कप लिन छुट छ । क्याफिनले पुरुषहरुलाई विर्यको चुस्ततालाई उत्तेजित बनाउन मद्दत गर्न सक्छ । धुम्रपान र मधपान छोड्नुहोस् एक पटक तपाईंले बच्चा बनाउने कोशिस शुरु गर्नु भयो भने तपाईंको जोडीको रमाइलो खत्तम हुन्छ, तर तपाईंको इच्छाको के हुन्छ ? पुरुषहरुलाई निम्ति पनि त्यस्तै हुन्छ । धुम्रपान छोड्ने समय अहिले नै हो, र ज्यादा मधपान गर्न बन्द गर्नुहोस् । एउटा पुरुष जसले धुम्रपान गर्छ उसको विर्य संख्यामा ह्रास आउँछ र विकृत विर्य जुन बच्चा बनाउन असक्षम हुन्छ । अत्याधिक वा टन्नै मधपानले गुणस्तर विर्य बनाउने क्षमतामा नराम्रो संग असर गर्नसक्छ । व्यायाम तपाईंले अहिले सम्म गर्नुभएको छैन भने तपाईंको दैनिक तालिकामा व्यायामको समयलाई सामेल गर्नुहोस् । व्यायामले सामान्य स्वास्थ्य, ताकत, र विर्यको गुणमा सुधार ल्याउँछ । १५ मिनटको हिँडाइ बाट शुरु गर्नुहोस र यसलाई क्रमिक रुपमा बढाउनु होस् यदि तपाईंले पहिले कहिल्यै व्यायाम गर्नुभएको छैन भने । यदि तपाईंले बच्चा बनाउने कोशिस गर्दै हुनुहुन्छ भने, कसिलो लुगा लगाएर व्यायाम नगर्नुहोस। यसले विर्यलाई बिगार्छ । नियमित रुपमा सौनामा वा तातो टबको बसाई, लामो साइकल चलाउँदा, वा अन्य त्यस्ता क्रियाकलाप जसले गर्दा अण्ड्कोश अत्याधिक तातिन्छ र विर्यको स्वास्थ्यलाई असर पुर्याउँछ र यो बाट जोगिनुपर्छ । स्वास्थ्य परिक्षण हुने-वाला-बुबाले पूर्ण स्वास्थ्य परिक्षण गराउनु राम्रो विचार हो जस बाट बच्चा बनाउन भन्दा अघि सुधार गर्नु पर्ने कुनै खराबी छ कि भनि थाहा लाग्छ। ध्यान दिनु पर्ने कुनै त्यस्ता समस्याहरु निम्न छन्:भेरीकोसील, भनेको अण्ड्कोशमा नशा फुलेको अवस्था हो, अण्ड्कोशलाई थामेको छालाको थैली । यसले बाँझो निम्त्याउँछ। यो अवस्था पूर्ण रुपले निको पार्न सकिन्छ, त्यसैले तपाईंको डाक्टरलाई यसका विकल्पहरुको विषयमा कुरा गर्नुहोस् । लिङ्ग कडा दोष, मधुमेह, र प्रोस्तेटाइटिसले बाँझोपन ल्याउन सक्छ । यौन सम्बन्ध द्वारा सर्ने विमार, जसले बाँझोपना ल्याउन सक्छ। तपाईंको डाक्टरले यसको परिक्षण गरेर उपचार गर्न तपाईंलाई मद्दत गर्नसक्छ । तपाईंको डाक्टरले तपाईंलाई युरोलोजिस्ट कहाँ वा पुरुष प्रजनन विज्ञ कहाँ पठाउन सक्छ यदि तपाईंलाई थप परिक्षण वा उपचारको आवश्यकता पर्यो भने । तपाईंको डाक्टरसंग वंशानुगत जन्म कमजोरी केहि छ कि भनि छलफल गर्न नविर्सिनुहोस् । उहाँलाई तपाईं र तपाईंक श्रीमतीको परिवारको स्वास्थ्य इतिहास बताउनुहोस् । अर्थलाई व्यवस्थित गर्नुहोस एउटा बच्चा बजेटको योजना बनाउनुहोस् । पक्कै नै तपाईं आफ्नो बच्चालाई उत्तम नै दिन चाहनुहुन्छ । अहिलेदेखि नै योजना शुरु गर्नुहोस् । यी खर्चहरुलाई ध्यान दिनुहोस जस्तै बच्चाको खाना, डायपर, खेलौनाहरु, डाक्टर भेटघाट, कपडाहरु र बच्चाको स्कुल । यसले तपाईंलाई भविष्यमा मद्दत मिल्नेछ । र उत्तम समय अहिले नै हो जहाँ तपाईं बच्चा बनाउने कुराको योजनाको चरणमा मात्रै हुनुहुन्छ । बच्चाको आगमन हुन भन्दा अघि नै यो समयको फाइदा लिनुहोस् त्यसैले तपाईंको जागिर, विमा र बजेट योजनालाई मिलाउनुहोस् । यदि तपाईं र तपाईंको जोडीले आशाहरु, लक्ष्यहरु र रणनीतिहरुको विषयमा अहिले नै छलफल गर्दै सहमत हुनु भयो भने, पछि गएर पैसाको विषयमा हुनसक्ने विवादहरुलाई रोक्न सक्नुहुन्छ । तपाईंको तनावलाई फ्याँक्नुहोस् बाहिर तिर घुमफिर गर्नाले तपाईंको सक्षमतालाई वृद्धि गर्न सक्छ । त्यसकारण विदा भ्रमणमा जाने सल्लाह काम लाग्दो हुन्छ । नियमित ध्यान वा कुनै व्यायाम अभ्यास गर्नुहोस जसले तपाईंको तनावको मात्रालाई कम गर्न मद्दत गर्छ । पित्रित्त्व सम्बन्धि वा अभिभावकत्त्व सम्बन्धि पुस्तकहरु पढ्ने कोशिस गर्नुहोस र अग्रिम रुपमा सुझाव र सल्लाहहरु सिक्नुहोस् । त्यसकारण कम्मर कस्नुहोस् र विन्दास केटो बाट विन्दास बुबामा परिवर्तन हुनको निम्ति तैयारीहरु शुरु गर्नुहोस् । तपाईंको जोडीलाई तपाईंको बच्चा पाउने कुरामा उत्तिकै उत्सुक हुनुहुन्छ र ध्यान दिनुभएको छ भनि हर किसिमले महशुस गराउने तपाईंको जिम्मेवारी हो ।
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही àअभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु à¤यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवरयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा ठतीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
यद्दपी, यो महत्वपूर्ण छ कि जोडीहरुले गर्भावस्था निम्न जोखिम वर्गमा छ भनेर निश्चित गर्न आफ्नो चिकएउटा महिला गर्भवती हुँदा खडा हुने प्रश्नहरु मध्ये एउटा प्रश्न हुन्छ यी जोडीले अब यौन सम्पर्क गर्न सुरक्षित हुन्छ कि हुँदैन । हामी जोडीहरुले प्राय सोध्ने प्रश्नहरुको जवाफ दिने कोशिस गर्नेछौं । गर्भावस्थामा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यदि गर्भावस्था सबै चरणहरुमा सामान्यनै छ भने यौन सम्पर्क सुरक्षितनै मानिन्छ । तर पनि, त्यो सुरक्षित हुँदा हुँदै पनि, महिलाले यो गर्ने इच्छा गर्छन् भन्ने छैन । गर्भावस्थाको विभिन्न चरणहरुमा यौनसम्पर्क प्रतिको चाहनामा घटबढ हुन्छ र शरीर बढ्दै जाँदा यौन सम्पर्क सिधै असहज बन्छ । के सुरक्षित छैन ? गर्भावस्थामा दुई प्रकारको यौन क्रियाकलाप सुरक्षित छैनन् । मुख मैथुन गर्दा, पुरुषले उसको जोडीको यौनि भित्र हावा फुक्नु हुँदैन । एउटा हावाको फोकाले रक्त नलीहरुमा अवरोध पुर्याउन सक्छ, जसलाई एयर इबोलिजम भनिन्छ, र यो आमा र नानी दुवैको निम्ति घातक हुनसक्छ । गर्भवती महिलाले एउटा अज्ञात यौन सम्पर्कको इतिहास भएको वा यौन प्रसारित संक्रमण (STD) भएको जोडीसँग यौन सम्पर्क निषेध गर्नुपर्छ । सामान्य जोखिमपूर्ण कारकहरु के हुन् ? गर्भावस्थामा ठुलै समस्याहरु देखिएमा, यौन सम्पर्क नगर्न सल्लाह दिईएको छ । सामान्य जोखिमपूर्ण कारकहरु निम्न हुन् सक्छन्: गर्भपतन हुने खतरा । समय पुर्व बेथा लाग्न सक्छ वा पुर् बेथा सँग सम्बन्धित खतराको संकेत हुन सक्छ (जस्तै असामयिक संकुचनहरु) । अस्पष्ट यौनि रक्तश्राव, बग्ने, वा खुम्चिनु । बच्चाको वरिपरि एम्नियोटिक तरलको चुहावट हुनु । प्लासेण्टा प्रेभिया, त्यस्तो अवस्था हो जहाँ प्लासेण्टा (आमा र बच्चालाई जोड्ने नली जसले बच्चालाई पोषण दिन्छ) तल मुनि भेटिन्छ र त्यसले पाठेघरको मुखलाई ढाकिदिन्छ । सेर्भिक्स असक्षमता, एउटा त्यस्तो अवस्था हो जहाँ सेर्भिक्स कमजोर हुन्छ र समय अगाव नै बढ्छ, जसले गर्भपतन वा समय पुर्वको बेथा वा डेलिभरीको जोखिमलाई बढाईदिन्छ । के गर्भावस्थामा यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ? बच्चालाई जहिले पनि एम्नोईटिक थैलीले (यो एउटा झोला जस्तै हुन्छ जसले भ्रूणलाई र वरिपरिको तरल पदार्थलाई थामेको हुन्छ) र पाठेघरको मांशपेशीहरुले सुरक्षा दिएको हुन्छ । सर्भिक्सलाई एउटा बाक्लो म्युकस प्लगले बन्द गरेको हुन्छ र बच्चालाई संक्रमित हुनबाट बचाउँछ । यौन सम्पर्कको बेला लिङ्ग भ्रूणको संसर्गमा आउँदैन । त्यसकारण, यौन सम्पर्कले बच्चालाई सिधै नोक्सान गर्दैन । के चरम-आनन्दले गर्भ पतन वा संकुचन गराउँछ ? चरम-आनन्दको बेला वा ठिक त्यस पछि गर्भवती महिलाहरुले महशुस गर्ने संकुचन बेथा लाग्दाको संकुचन भन्दा एकदम भिन्न हो । त्यसकारण, सामान्य वा कम-जोखिम गर्भावस्थाको अवस्थाहरुमा, चरम-आनन्दले संकुचन ल्याउने वा गर्भपतन हुने हुँदैन, तर जहिले पनि डाक्टरसँग जाँच गराउनुहोस् र तपाईंको गर्भावस्था कम-जोखिमको वर्गमा छ भनि ढुक्क हुनुहोस् । गर्भावस्थामा सुरक्षित यौन सम्पर्कको मुद्राहरु के के हुन् ? अब तपाईंको लागि पुरानो मिसनरी (पुरुष माथि बाट घोप्टो परि गर्ने यौन सम्पर्क) मुद्राको यौन सम्पर्क काम दिंदैन । त्यसको बदला यी विकल्पहरु अपनाउनुहोस्: स्पुनिङ्ग: उसंगै एउटै दिशा पट्टि फर्किनुहोस् । यसको गर्दा तपाईंको भुँडीमा कुनै दबाव पर्दैन, र अझ गहिरो प्रवेश गराउँछ । महिला माथि पट्टी: यसो गर्दा भुँडीमा कुनै दबाव पर्दैन, र महिलाले प्रवेशको गति र गहिराईलाई नियन्त्रण गर्न सक्छन् । बेडको छेउ: महिला बेडको छेउमा सुत्छन र आफ्नो खुट्टा खुम्चाएर आफ्नो पाउ बेडको किनारमा राख्छन । यसमा पुरुष उनि पट्टी फर्किएको हुन्छ । यो पुरानो मिसनरी मुद्रा नै हो, तर फरक चाहि पुरुषले आफ्नो शरीरक भार गर्भवती महिला माथि चढाउँदैन । तरपनि, ध्यान दिनुहोस्, गर्भवती अवस्थामा यौन समपर्क गर्ने विषयमा सामान्य एउटा परस्पर शब्द हो । तपाईं र तपाईंको जोडीले तपाईं दुवैको निम्ति के गर्दा सहि हुन्छ भनि कुरा गर्नु आवश्यक छ र डाक्टरको सल्लाह लिनुहोस् ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनà¥सबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न