होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको सओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैल अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
स्तनपान गराइरहेको समयमा राम्रोसँग भोजन गर्नु धेरै महत्वपूर्ण हुन्छ किनकि तपाईंले जतपाईंको वरिपरि रहने हरेक व्यक्तिले तपाईंलाई क्यालोरीयुक्त भोजन खाने सल्लाह दिनेछन् जसले तपाईंको शरीरबाट दूध उत्पादनमा मद्दत गर्नेछ । तर के तपाईंलाई थाहा थियो कि तपाईंले जेसुकै खाएपनि त्यसबाट तपाईंको शरीर पर्याप्त दूध उत्पादन गर्न सक्षम छ ? तपाईंको शरीरले तपाईंको गर्भावस्थाको दिनहरूमा नै सबै बोसोहरू भण्डारण गरेर राखेको हुन्छ । वास्तवमा तपाईंलाई आफ्नो बच्चाको लागि दूध उत्पादन गर्नको लागि अतिरिक्त क्यालोरीयुक्त भोजन गर्ने आवश्यकता नै पर्दैन । तथापि, तपाईंलाई कति क्यालोरी आवश्यक छ, यो कुरा पहिल्यै निर्धारण गर्न सकिंदैन । तपाईंको शरीरलाई नै तपाईंको आवश्यकता निर्धारण गर्न दिनुहोस् । तपाईं जतिपटक चाहनुहुन्छ त्यतिपटक खानुहोस्, जतिपटक भोक लाग्छ त्यतिपटक खानुहोस्, तर ती खाद्य पदार्थमा ध्यान दिनुहोस् जसले तपाईंको शरीरलाई पोषण तत्व दिन्छ, भोक मात्र शान्त गर्ने हैन ।   अप्रशोधित वा नफलेको अन्न, दाल, ताजा फलफूल, रेशादार अन्न, ताजा सागसब्जी र बियाँयुक्त फल छान्नुहोस् । बटरमिल्क, नरिवल पानी र ताजा जुसजस्ता प्राकृतिक पेय रोज्नुहोस् । ध्यान दिनुहोस् कि तपाईंले छनौट गरेको खाद्य पदार्थले तपाईंको शरीरलाई कार्बोहाइड्रेटबाहेक प्रोटिन, क्याल्सियम र आइरनयुक्त पोषण प्रदान गर्नुपर्छ । काजु, बदाम, किसमिस, पिस्ताजस्ता सुख्खा तथा बियाँयुक्त फल ती परम्परागत खाद्य पदार्थ हुन् जुन सुत्केरी आमाहरूलाई दूधमा पोषकतत्वहरू बढाउन दिइन्छ । तिनीहरू प्रशस्त क्यालोरीको स्रोत हुन् र निश्चित रुपमा दूधको गुणस्तर र मात्रा बढाउन मद्दत गर्छ । तथापि, स्तनपान गराउँदाको समयमा आफ्नो नजिक पानीको बोतल वा केही जुस राख्नुहोस् । तपाईंले स्तनपान गराउँदाको समयमा शरीरले अक्सिटोसिन निष्कासन गर्दछ जसले तपाईंलाई तिर्खा लगाउँछ । त्यसैले स्तनपान गराउनुभन्दा पहिले पुनार्ताजा गराउने पेय पिउनुहोस् । धेरैजस्तो सुत्केरी आमाहरूलाई धेरै पानी पिउने सल्लाह दिइन्छ किनकि यसले स्तनमा दूध उत्पादन गर्न सहयोग गर्छ । तथापि, स्तनमा दूध उत्पादन गर्न अतिरिक्त पानी जरुरी हुँदैन । जब तपाईं स्तनपान गराइरहनु भएको हुन्छ मदिराबाट बच्नु सबभन्दा राम्रो हुन्छ । रगत र स्तनको दूधमा मदिराको मात्रा तपाईंले पिएको ३० मिनेटभित्र नै उच्चस्तरमा पुग्छ र करिब चार घण्टापछि मात्र कम हुन्छ । तपाईंले स्तनपान गराइरहेको समयमा मदिरा पिउनु हुँदैन, तर पनि यदि तपाईंलाई मदिरा पिउने इच्छा भएमा बच्चालाई स्तनपान गराइसकेपछि मात्र पिउनुहोला । त्यसैगरी अर्कोपटक स्तनपान गराउनको लागि कम्तीमा चार घण्टा प्रतीक्षा गर्नुहोस् ।   घ्यू एउटा अर्को त्यस्तो पदार्थ हो जुन सुत्केरी आमाहरूलाई दूध उत्पादनको लागि खान प्रोत्साहित गरिन्छ । तर तपाईंले सन्तुलित भोजन गरिरहनु भएको छ भने धेरै घ्यू खान त्यति जरुरी छैन । स्तनपान गराइरहेको समयमा ग्याँसयुक्त पेय, चिया र कफी नखानुहोस् । त्यसैगरी जंक फूड र घरमा नपकाइएको खाद्य पदार्थ खानबाट पनि बच्नुहोस् । यी खाद्य पदार्थले तपाईंको भोक त मेट्छ तर कुनै वास्तविक पोषण प्रदान गर्दैन । स्तनपान गराएको समयमा जडीबुटीयुक्त चियालाई सुरक्षित पेय मानिन्छ । तरपनि कुनै पनि जडिबुटीयुक्त औषधि सेवन गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । स्तनपान गराउँदाको सममा नियमित रुपमा आइरन, फोलिक एसिड र क्याल्सियमको निर्धारित मात्रा लिन नभूल्नुहोस् । तपाईंको शरीरलाई धेरै मात्रामा भिटामिन सी, भिटामिन बी १२, जिंक र भिटामिन ए को आवश्यक पर्दछ । यी पदार्थहरू प्रशस्त पाइने  खाद्य पदार्थ खाएर पनि तपाईंले यसको पूर्ति गर्न सक्नुहुनेछ वा तपाईंको डाक्टरले अतिरिक्त मात्रा लिने भनेर लेख्न पनि गर्न सक्छन् । गर्भावस्थाको समयमा बढेको तौल चिन्ताको विषय हुन सक्छ र तपाईंको गर्भावस्था भन्दा पहिलेको शारीरिक स्वरूप पाउन तपाईंले तौल घटाउन चाहनु हुनसक्छ । सन्तुलित आहारको माध्यम तथा हल्का व्यायामको सहयोगले तौल घटाउने कुरामा ध्यान दिनुहोस् । आफूलाई भोको नराख्नुहोस् । त्यसैगरी कडा व्यायामले रक्तप्रवाह र स्तनको दूधमा विषाक्त पदार्थ निष्कासन गर्न सक्छ । ध्यान दिनुहोस् कि तपाईंले आफ्नो पहिलेको वास्तविक तौल तब मात्र प्राप्त गर्न सक्नुहुनेछ जब तपाईंको बच्चाले पूर्णरुपमा स्तनपान छोड्छ र ठोस आहार खान सुरु गर्छ । स्तनपान तपाईंको बच्चाको लागि सबभन्दा राम्रो विकल्प हो । यसले तपाईंको बच्चालाई सबै कुरा प्रदान गर्छ जुन उसलाई जरुरी हुन्छ र उसलाई सबै बिमारीबाट मुक्त राख्छ । स्तनपान गराउन लाज नमान्नुहोस्, यसलाई सही तरिकाले गराउनुहोस् ! तपाईंको शरीरले तपाईंले खाने राम्रो सन्तुलित आहारबाट स्तनमा दूध उत्पादन गर्न सक्षम छ र प्रशस्त क्यालोरी भएको खाना खुवाइरहनु पर्ने जरुरी छैन जुन सुत्केरी आमाहरूलाई खुवाइन्छ ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
स्वस्थ कालो कपालको लागि सही पोषण मुख्य तरिका हो lहामी सबैको जीवनमा कुनै समय कपाल फुल्ने हुन्छ l कोही त्यो छिटै पाउँछन् र अरु भाग्यमानीहरु जब उनीहरु ५० वर्षको हुन्छन् अनि पाउँन सक्छन् l भारतमा आजभोलि ७०% महिलाहरुमा समयमा भन्दा अगाडी कपाल फुल्ने र झर्ने समस्या छ l कपाल फुल्नुको कारणहरु के हुन् र यदि तपाईको कपाल छिटै फुल्न सुरु हुँदा के गर्न सकिन्छ ? कपाल फुल्नु र झर्नुको सम्भावित कारणहरु के हुन्? खानामा पोषणको कमि l अत्यधिक तनाव चायाँ थाईराइड समस्या, रक्ताल्पता र भिटीलिगो जस्ता रोगहरु l केही औषधीको साइड इफेक्टहरु कपालको समस्याहरु चुरोट र रक्सी पिउने महिलाहरुमा बढी देखिन्छ l बच्चा जन्मिने र रजनोवृति हुने समयमा प्राय महिलाको कपाल झर्ने हुन्छ l छिटो फुल्ने वंशानुगत ढाँचा आजभोलीको सौन्दर्यको प्रकियाहरु जस्तै कलर गर्ने, ब्लिच गर्ने, रंगाउने, सेट गर्ने, सिधा गर्ने कारणले छिटै कपालको समस्या हुन्छ l वातावरण प्रदुषण उपचार र रोकथाम एउटा सन्तुलित खाना खानुहोस् l प्रत्येक खानामा तपाईको शरीरमा सही पोषणहरु पुग्छन् भन्ने निश्चित गर्नुहोस् l यदि तपाई कम रगत हुने बिरामी हुनुहुन्छ भने सही औषधी सेवन गर्नुहोस् l यो मूल कारण हुनसक्छ l राम्रो निद्रा लिनुहोस् l तनाव नलिनुहोस् l तेल नियमित लगाउनुहोस् र मसाज गर्नुहोस् l प्रशस्त पानी पिउनुहोस् l केमिकलहरुबाट टाढानै बस्नुहोस् l फुलेको कपाल लुकाउन के गर्नुपर्छ ? तपाईको कपालमा अमलाको तेल लगाउनुहोस् त्यसलाई स्वस्थ राख्न l हिना, कागतीको रस, फलामको कन्टेनरमा बनाएको फेनुग्रिक दानाको पेस्ट लगाउनुहोस्, त्यसलाई रंग लगाउँन र फुलेको घटाउनुहोस् l नरिवलको तेलमा गुजबेरी टुक्राहरु उमाल्नुहोस् l जब त्यो कालो हुन्छ, कपालमा त्यो लगाउनुहोस् l यदि तपाईसँग ४५-५०% फुलेको कपाल छ भने तपाईले स्थायी कपाल रंग प्रयोग गर्न सक्नुहुन्छ l
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
कोटस इन्टेरपटसको शाब्दिक अर्थ अवारोधित यौन सम्पर्क बुझिन्छ l यो गर्भनिरोध प्रक्रिया सहवास हुँदबाहिर तान्ने, विथड्रवल र कोइटस इन्टरप्टस सम्भवत गर्भनिरोधकको सबैभन्दा सुरक्षित तरिकाका लागि सबै फरक नामहरू हुन् । यसमा पुरुष पार्टनरले विर्य निस्कासन भन्दा अघि आफ्नो लिंगलाई हटाउनुपर्दछ । यसले  महिला पार्टनरको गुप्ताङ्ग वा भुल्भामा विर्य निस्कासन भएको छैन भन्ने सुनिश्चित गर्दछ । भित्र कुनै विर्य नहुनुको कारण - गर्भावस्था हुँदैन ! के यो विधि साँच्चै प्रभावकारी छ? गर्भनिरोधकका सबै तरिकाहरु जस्तै, बाहिर तान्ने विधिको प्रभावशीलता पनि यो सही तरिकाले गर्नुमा निर्भर पर्दछ । यो तरिकाको लागी पार्ट्नरहरुको बिच साझेदारी मेलमिलाप हुनु आवश्यक छ । पुरुष पार्टनरले सही क्षणमा लिंगलाई हटाउनको लागी यौन उत्साहको उच्चतम बिन्दु थाहा पाउन आत्म-नियन्त्रण र शुद्धताको अभ्यास गर्नुपर्छ । तथ्याङ्कहरूले यस्तो बताउँदछन् महिलाहरु जसका पार्ट्नरहरु विथड्रवल प्रयोग गर्दछन्, प्रत्येक वर्ष ४% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिन्छ, र प्रत्येक वर्ष २७% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिदैंन। गुप्ताङ्ग वा भूल्वाको नजिकै निस्कासनको अर्थ विर्यले गुप्ताङ्ग भित्र भ्रमण गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ पुर्व-निस्कासनमा अघिल्लो-निस्कासनको विर्यहरु हुन सक्छन्, जुन अन्तत गर्भावस्थाको कारण बन्न सक्छ । यसको विरुद्ध सावधानीको रूपमा, विशेषज्ञहरूले यौन अघि पुरुष पार्ट्नरलाई पिशाव फेर्ने सल्लाह दिन्छन् । गर्भनिरोधकको विथड्रवल विधि धार्मिक समूहको सदस्यहरुको लागि सर्वोत्तम विकल्प हो जहाँ गर्भनिरोधक उपकरणहरु जस्तै औषधी, कन्डम वा आईयुडीलाई पापको रुपमा लिईन्छ । विथड्रवल विधिले तपाईंलाई एचआईभी  एड्स र अन्य एसटिडीहरूबाट रक्षा गर्दैन । यस विधिको फाइदाहरू र बेफाइदाहरू के के हुन्? फाइदाहरू यो सरल, सुरक्षित र सुविधाजनक छ । जब कुनै अन्य गर्भनिरोधक विधि उपलब्ध हुँदैन यो उत्तम तरिका हो । यसमा कुनै साइड इफेक्ट छैन । यसलाई चिकित्सा प्रेस्कृप्सनको आवश्यक छैन । यसले मासिक धर्म चक्रलाई परिवर्तन गर्दैन । यसले भविष्यको उर्वरतालाई असर गर्दैन । बेफाइदाहरु महान् आत्म-नियन्त्रण, अनुभव र भरोसा चाहिन्छ । अपरिपक्क निस्कासन गर्ने पुरुषहरूको लागि उपयुक्त छैन । किशोरहरुका लागि र यौन अनुभवहिन व्यक्तिहरूका लागि उपयुक्त छैन । यौन संचारित रोगहरू र एचआईभी  एड्सबाट सुरक्षा सुनिश्चित गर्दैन । जन्म नियन्त्रणका अन्य तरिका भन्दा कम प्रभावकारी । सही समयमा बाहिर निकाल्ने पूर्वानुमान र अतालिनुको कारण यौन आनन्दको साथ हस्तक्षेप हुन सक्छ । बाहिर तान्ने विधि गर्भनिरोधक गर्ने सबैभन्दा सुरक्षित तरिका मध्ये एक हो, यदि कसैले आफ्नो शरीरलाई पूरै बुझेको छ, पार्ट्नरमा विश्वास र उच्च आत्म-नियन्त्रण छ ।
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न