होम
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही अभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
तपाईंले यो कमाउन स्थानीय बारमा शुल्क घटाउने समयभरी तन्तनी पिएकै हुनुपर्छ l तपाईंले थुप्रै गिलास बियर कमाएको भएपनि, एउटा बियर भुँडीको गर्व भने गर्न सकिदैन किनकि त्यो तपाईंको स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ l कसैको लागि यो अवस्था एउटा साधारण यातना हुनसक्छ, महिलामा भन्दा पुरुषमा अझ बढी l सुस्त गतिरहित जीवनशैली र क्यालोरीहरु थप्न घन्टौ बिताएको समयको लागि सेवा गरेको टोकन सरह एउटा बियर भुँडी साधारणतया मध्यम वयस्क पुरुषमा भेटिन्छ l एउटा बियर भुँडी कसरी बन्छ ? पुरुषमा एउटा बाहिर निस्किने मिड-सेक्सन जब उनीहरुले बर्न गर्न सक्ने भन्दा बढी सेवन गर्छन् त्यतिबेला बन्छ l त्यसैले व्यस्त जीवनशैली र थोरै कसरत र स्वतन्त्रताले कोही आफुले पचाउन सक्नेभन्दा धेरै क्यालोरीहरु सेवन गर्न सक्छन् l डा. माइकल जेन्सन एम.डी, मायो क्लिनिकमा इन्डोक्राइन र मोटोपन विशेषज्ञको अनुसार रहिरहेको बोसोको सट्टा अल्कोहलबाट लिइएको क्यालोरीहरु लिभरले बर्न गर्छ l त्यसैले भनौ, यदि एउटा औशत बियर १५० क्यालोरी हाराहारी छ र त्यससँग सबै साना खाजाहरु (पिज्जा, चिप्स आदि) गरेर कसैले सजिलै बुझ्छ कसरी यी कुराहरु पेटको क्षेत्रमा थुप्रिएर बस्छन् र फुलेको पेट हुन्छ l र किनकि लिभर बियरबाट पाएको क्यालोरीहरु बर्न गर्न निकै व्यस्त हुन्छ बाँकीको कुराहरु पेटभरि बस्न पाउने ठाउँ पाउँछन् l यसैले प्राय पुरुष र केही महिलाहरुलाई फुलेको पेट वा बियर भुँडी दिन्छ! तपाईंको फुलेको भुँडीलाई एक पन्च दिनुहोस् सुरुवाती अवस्थामा हुनेहरुको लागि एउटा दिने हुनुहोस् र लिने नहुनुहोस् l जसको अर्थ कसरतहरु जस्तै दौडिने, साइकल चलाउने, पौडी खेल्ने, नाँच्ने वा एरोबिक्समा बढी समय दिनुहोस् जसले आन्द्रा र पेटको बोसोहरुको ख्याल गर्छन् l जब कसैको उमेर बढ्दै जान्छ उनीहरुको क्यालोरी कम हुँदै जानुपर्छ तर उनीहरुको शारीरिक क्रियाकलाप पनि त्यस्तै घट्नुपर्छ र यही बेला बोसो थुप्रिन्छ l यदि तपाईंले पिउनैपर्छ भने हल्का बियर रोज्नुहोस् तर जस्तो सुकै अवस्थामा कसरत गर्न नछोड्नुहोस् l  
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
प्रत्येक उमेर समुहसँग आफ्नै तनावको कारणहरु छन् l आफ्नो बच्चाहरुलाई उनीहरुको सम्हाल्न दिनुहोस् lप्राय जब हामी तनावले भरिपूर्ण हुन्छौ, हामी बिगतमा जान्छौ र प्रतिबिम्बित गर्छौ l हामी बाल्यकालको सुनौलो दिनहरु सम्झिन्छौ l हामी ति दिनहरु उत्सुकताको साथ सोच्छौ, खुला र स्वतन्त्र समय सम्झन्छौ l हामी फेरी केटाकेटी बनौ भन्ने महसुस गर्छौ l तर सत्य के हो भने कुनै उमेरमा पनि हामी तनाव र चिन्ताबाट स्वतन्त्र छैनौ l त्यो केवल समयसँग हो, हामी नयाँ अवस्थाहरुमा सर्छौ र प्रत्येक नयाँ तनाव दिने कारक पहिलेको भन्दा खराब लाग्छ l केटाकेटीहरु पनि तनाव लिन्छन्, कोही अरु भन्दा बढी l तनाव दिने कारणहरु स्कुलमा हुने साधारण कुरा जस्तै एउटा परिक्षण, एउटा शारीरिक सिप कक्षा वा कविता वचन साना केटाकेटीहरुको लागि ठुलो तनाव हुनसक्छ l बच्चाहरुमा आमाबाबु र शिक्षकहरुको आशा पुरा गर्ने इच्छाले पनि ठुलो दबाब निर्माण गर्नसक्छ l उनीहरु कहिलेकाँही राम्रो गर्ने इच्छा राख्छन् र सानो गल्तीहरुले ति बच्चाहरुलाई अत्यन्तै निरास बनाउँन सक्छ l साथीको समुहहरु व्यवस्था गर्न कठिन हुन्छ l बाल्यकालमा, सामाजिक परिपक्कता दैनिक द्वन्द्वहरुको सम्हाल्नको लागि पर्याप्त विकसित हुदैन l कक्षाका साथी वा छिमेकका साथीहरुको टिप्पणीहरु र सानातिना झगडाहरुले कलिलो मस्तिष्कमा दिर्घकालिन प्रभाव प्रभाव पुर्याउन सक्छ l उनीहरु आफ्नो साथीहरुद्वारा सजिलै प्रभावित हुन्छन् l   ठुला दाजु दिदीहरुले प्रमुख भूमिका खेल्छन् l केही सुझाव दिन्छन् भने कसैले दुर्व्यवहार गर्छन् l केहीले थाहा नदिइ हानी पुराउँछन्, कोही मतलव नगर्ने हुन्छन् l जीवन नयाँ कुराहरुले पूर्ण छ र बाल्यकाल फास्ट-ट्रयाक सिकाइ पाठ हो l प्रत्येक दिन, एउटा बच्चाले गर्नको लागि केही नयाँ छ l एउटा नयाँ बच्चा भेट्नु, एउटा नयाँ विषय सिक्नु, फरक तरिकाले भकुण्डो हिर्काउनु, वा एउटा साइकल चलाउनु; सिक्नको लागि धेरै छ l यिनीहरुले निरासापन गराउन सक्छ र बच्चालाई बेचैन बनाउँन सक्छ l प्रदर्शनको दबाबहरु, प्रविधि, स्मार्टनेस, मिडिया प्रभावहरु आदि केही अरु कारकहरु हुन् जसले बाल्यकालमा तनाव थप्छन् l चिन्हहरु भाव र व्यवहारमा सुक्ष्म परिवर्तनहरु हेर्नुहोस् l वयस्कहरुसँग, तनाव पहिचान गर्न सहज हुन्छ र त्यो सच्याउन पनि l तर केटाकेटीसँग यो एउटा चुनौती हो l प्राय केटाकेटी आफैलाई उनीहरु कस्तो तनाव अनुभव गरिरहेका छन् भन्ने थाहा हुदैन, उनीहरु किन निरास, रिसाएको वा डराएको छन् भन्ने बुझ्दैनन् l उनीहरु सहज हुदैनन् l असामान्य रुने र चिच्याउने एउटा साधारण चिन्ह हो l एक्लो हुने, शान्त हुने पनि एउटा तरिका हो जुन केटाकेटीहरु आफ्नो तनाव अभिव्यक्त गर्छन् l शारीरिक चिन्हहरु साधारण शरीर क्रियात्मक परिवर्तनहरुमा देख्न सकिन्छ (धेरै सुत्ने वा सुत्न नसक्ने), खाने बानीहरु (नखाने वा धेरै खाने) बारम्बार दुख्ने, विशेषगरी पाचनमा गडबडी र टाउको दुख्ने आदि l बाल्यकाल तनाव व्यवस्थापन तपाईको बच्चालाई ध्यान दिनुहोस् l उसले के भनिरहेको छ सुन्नुहोस् तर उसले शब्दमा के भनिरहेको छैन. कार्यमा मात्रै भएपनि त्यसलाई सुन्ने कोशिश गर्नुहोस् l बच्चालाई तपाईंसँग खुलिने गर्न मद्दत गर्नुहोस्, उनीहरुसंग गुणस्तर समय बिताउनुहोस् र जेको बारेमा पनि कुरा गर्नुहोस् l उनीहरुको स्कुल शिक्षक र उनीहरुको मिल्ने साथीहरुको आमाबाबुहरुसँग राम्रो सम्पर्कमा रहनुहोस् l आवश्यक छ भने, मनोवैज्ञानिकहौर र बच्चा परामर्शदाताहरुसँग व्यावसायिक सहयोग माग्न नहिचकिचाउनुहोस् l “तपाईंलाई जीवनमा हुनसक्ने एउटा सबभन्दा भाग्यमानी कुरा भनेको मेरो विचारमा, एउटा खुशी बाल्यकाल पाउनु हो l”- अगाथा क्रिस्टी  
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा धबच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
स्वस्थ कालो कपालको लागि सही पोषण मुख्य तरिका हो lहामी सबैको जीवनमा कुनै समय कपाल फुल्ने हुन्छ l कोही त्यो छिटै पाउँछन् र अरु भाग्यमानीहरु जब उनीहरु ५० वर्षको हुन्छन् अनि पाउँन सक्छन् l भारतमा आजभोलि ७०% महिलाहरुमा समयमा भन्दा अगाडी कपाल फुल्ने र झर्ने समस्या छ l कपाल फुल्नुको कारणहरु के हुन् र यदि तपाईको कपाल छिटै फुल्न सुरु हुँदा के गर्न सकिन्छ ? कपाल फुल्नु र झर्नुको सम्भावित कारणहरु के हुन्? खानामा पोषणको कमि l अत्यधिक तनाव चायाँ थाईराइड समस्या, रक्ताल्पता र भिटीलिगो जस्ता रोगहरु l केही औषधीको साइड इफेक्टहरु कपालको समस्याहरु चुरोट र रक्सी पिउने महिलाहरुमा बढी देखिन्छ l बच्चा जन्मिने र रजनोवृति हुने समयमा प्राय महिलाको कपाल झर्ने हुन्छ l छिटो फुल्ने वंशानुगत ढाँचा आजभोलीको सौन्दर्यको प्रकियाहरु जस्तै कलर गर्ने, ब्लिच गर्ने, रंगाउने, सेट गर्ने, सिधा गर्ने कारणले छिटै कपालको समस्या हुन्छ l वातावरण प्रदुषण उपचार र रोकथाम एउटा सन्तुलित खाना खानुहोस् l प्रत्येक खानामा तपाईको शरीरमा सही पोषणहरु पुग्छन् भन्ने निश्चित गर्नुहोस् l यदि तपाई कम रगत हुने बिरामी हुनुहुन्छ भने सही औषधी सेवन गर्नुहोस् l यो मूल कारण हुनसक्छ l राम्रो निद्रा लिनुहोस् l तनाव नलिनुहोस् l तेल नियमित लगाउनुहोस् र मसाज गर्नुहोस् l प्रशस्त पानी पिउनुहोस् l केमिकलहरुबाट टाढानै बस्नुहोस् l फुलेको कपाल लुकाउन के गर्नुपर्छ ? तपाईको कपालमा अमलाको तेल लगाउनुहोस् त्यसलाई स्वस्थ राख्न l हिना, कागतीको रस, फलामको कन्टेनरमा बनाएको फेनुग्रिक दानाको पेस्ट लगाउनुहोस्, त्यसलाई रंग लगाउँन र फुलेको घटाउनुहोस् l नरिवलको तेलमा गुजबेरी टुक्राहरु उमाल्नुहोस् l जब त्यो कालो हुन्छ, कपालमा त्यो लगाउनुहोस् l यदि तपाईसँग ४५-५०% फुलेको कपाल छ भने तपाईले स्थायी कपाल रंग प्रयोग गर्न सक्नुहुन्छ l
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा तीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
के यौन असन्तुष्टिले तपाईको मानसिक स्वास्थ्यमा तनाव गराउँदैछ ? जब जर्ज माइकलले गुनगुनाए “यौन प्एक सुन्दर संसारमा, यो पूर्ण आनन्द र राम्रो सुनिन सक्छ तर वास्तविकतामा यौन सम्बन्ध गर्नुलाई एक निषेधित विषय मानिन्छ, जुन केवल अविकसित देशमा मात्र नभएर विकसित देशमा पनि नकारिन्छ । त्यसको माथी यौन सम्बन्धको असन्तुष्टिका प्रभावहरू जोड्नुहोस्, जुन पनि नकारिन्छ । जब एक जोडीले आखिरी पाइला चाल्ने निर्णय लिन्छन्, सामान्य विषयहरू जस्तै यौन अनुकूलता, सन्तुष्टि, आवृत्ति, निषेध, आदिको चिन्ता हुन्छन् । यदि तपाईंको आफ्नो पति वा साथी असन्तुष्ट हुनुहुन्छ भने के गर्ने ? यदी उनले यसलाई सुखद रुपमा अनुभव गर्दैनन् भने के गर्ने ? यी प्रश्न प्राय कुनै पनि सम्बन्धमा उत्पन्न हुन्छ र यो हुनु साधारण हो, तर के हुन्छ जब यी चिन्ता प्राय वास्तविक कुराहरूमा परिणत हुन्छन् ? असन्तुष्टताले तपाईंको मानसिक स्वास्थ्यमा हानी गर्छ । हो, तपाईंको मानसिक स्वास्थ्यले दुख पाउँछ, तपाईंको असन्तुष्टतालाई धन्यवाद । प्रत्येक पार्टनरसँग केही आशा हुन्छ जुब यौन सम्बन्धको कुरा आउँछ, र ती अपेक्षाहरू पुरा हुँदैन भने, असन्तुष्टता सुरु हुन थाल्छ । सामान्यतया, जब एक व्यक्ति यौनबाट सन्तुष्ट छन भने, तिनीहरु सधैं राम्रो मान्सिक स्थितिमा हुन्छन्, तर जब तिनीहरू असन्तुष्ट हुन्छन्, वरिपरिका मान्छेहरु सँगको तिनीहरूको व्यवहार ओरालो लाग्छ । त्यो मात्र होइन, उनीहरूको निराशा र तनाब बढ्छ र उनीहरूको मानसिक स्वास्थ्य र उनीहरूको सम्बन्धमा पनि दख्ल लगाउँछ् । धेरै पटक जब जोडी नमिल्दो हुन्छन्, उनीहरू यसको बारेमा कुरा गर्नुको सट्टा चुप लाग्ने निर्णय गर्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा दख्ल लगाउँछ, जुन त्यसपछि तनावमा परिणत हुन्छ र यसले उदाशिनता वा अझै नकारात्मकता बडाउँछ । पुर्व उल्लंघनको समझना र त्यसपछिको पश्चतापले यौन असन्तुष्टी लेराउन सक्छ, जसले कुनै पनि सम्बन्धलाई बनाउन वा बिगार्न सक्छ । एक व्यक्ती यौन असन्तुष्ट हुनुका अनेक कारणहरू छन्, यौन असफलताको कारण, कम सहनशीलता, यौन अभिविन्यास वा अन्य कारण! समस्या स्वीकार गर्नुको सट्टा प्राय मानिसहरु लागूपदार्थ, शराब, वा निर्भरताका लागी अरूमाथी पनि भर पर्न सक्छन्, जसले मानसिक साथ साथै हार्मोनल असंतुलन पनि ल्याउँछ । अधिकांश व्यक्तिलाई यौन असफलताको बारेमा सोध्दा यसको सामना गर्नु भन्दा लजाएर भाग्छन्, किनकी उनिहरु यसबारे लज्जित छन र यसबारे कुरा गर्न डराउँछन् । तथापि, उनीहरूलाई के थाहा छैन कि यसबारे कुरा नगर्नाले उदाशनिता, डर, निर्भरता, र अचानक नराम्रो बोली फुट्ने हुँदा सम्बन्ध बिग्रिने जस्ता समस्याहरूको नेतृत्व गर्दछ जुन केवल आफ्नो पति वा पार्टनरसँग मात्र नभै, आफ्नो परिवार र साथीहरु संग पनि हुन्छ । यौन असफलता अक्सर उदाशनिता को मुख्य कारण हो, जुन, यदि उपचार गरेन भने, अन्य समस्याहरु लाई भित्र्याउन सक्छ । त्यसैले यदि तपाई यौन असफलताबाट पीडित हुनुहुन्छ र अधिक मानसिक पीडामा हुनुहुन्छ भने, तपाईंको पार्ट्नर सँग खुलस्त रुपमा कुरा गर्न वा आफ्नो चिकित्सकको सल्लाह लिनु जहिल्यै उपयुक्त हुन्छ । रोकथाम सधैं उपचार भन्दा राम्रो हुन्छ ! कसैसँग यो कुरा गर्दा तपाइँलाई आफ्नो मानसिक तनाव घटेको महसुस हुनसक्छ र यसको परिणाम तपाईंको व्यक्तिगत सन्तुष्टि हुनेछ ।
तपाईले आफ्नो यौन संक्रमणबारे कुरा नगरुन्जेल नपर्खनुहोस् l तपाईले कसरी र किन आफ्नो मुख खोल्नुपर्हामीहरु जिईरहेको समय डरलाग्दो समय हो। विश्वभर यौन सम्बन्धित समस्याहरु, रोगहरु र अवस्थाहरुले प्रभावती भएका मानिसहरुका उच्च संख्या मात्रै पनि भयाभव छ। एड्स, यौन संक्रमणहरु जस्तै सिफिलिस र गोनोरिया, दादहरु, HPV आदि तीव्र भएर बढि रहेको छ र यसले एउटा जिम्मेवार पूर्ण यौन व्यवहारको माग गरिरहेको छ। तरैपनि, त्यो त एउटा आदर्श संसार हुनेछ जहाँ मानिसहरु एउटै जोडी संग जिम्मेवार पूर्ण ढंगले व्यवहार गर्नेछन। जोखिम पूर्ण यौन सम्पर्कमा लिप्त भए भने एउटा एकल व्यक्तिलाई पनि यी रोगहरु लाग्न सक्छ। कल्पना गर्नुहोस् अमेरिकामा एक जना महिलाले आफ्नो श्रीमानले उनलाई हर्प्स (दाद) सारेको कारण $७५०, ००० अंश प्राप्त गरेकी थिइन्। तपाईं कानूनी रुपले दोषी नठहरिनु भएता पनि, नैतिक जिम्मेवारीलाई बहन गर्नु पर्दछ र तपाईंको साथि संग सम्भावित यौन प्रसारित संक्रमणको विषयमा छलफल गर्नु पर्छ! दश वर्ष देखि खुशी साथ विवाह भएको ज्याकको अवस्थालाई हेर्नुहोस् जसको शहर देखि बाहिर अफिसको यात्रामा कसै संग असावधानी पूर्ण यौन सम्पर्क भयो। उसमा कुनै पनि स्पष्ट देखिने लक्षणहरु देखा परेन तर एक महिनामा, उसको श्रीमतीमा हर्प्स (दाद) को संकेत देखियो र उसको विवाह धराशायी भयो कारण उसको श्रीमती आफ्नो श्रीमानको स्पष्ट विश्वासघात पूर्ण र निर्दयी व्यवहारलाई बुझ्न श्रीमतीलाई धेरै गाह्रो भयो जसले गर्दा उनलाई एउटा गम्भीर यौन संक्रमण हुन पुग्यो। (सिफिलिस सम्बन्धि लेखको निम्ति www.topdoctorsonline.com लाई हेर्नुहोस) त्यति बेला सम्म त उसले, सम्पूर्ण सम्भावना सहित, उसको नियमित यौन सम्पर्कको जोडी वा साथीलाई सारी सकेको हुन सक्छ। वा, शायद, अर्को सम्भावना पनि के हुन सक्छ भने त्यो व्यक्तिलाई यौन संक्रमण भएको छ भनि थाह हुन सक्छ तर आफ्नो साथीलाई कसरी बताउने भनि थाहा नहुन सक्छ। यदि एउटा व्यक्तिलाई उसको संक्रमणको विषयमा थाहा छ भने, तरपनि अर्को व्यक्तिलाई जानी जानी त्यो रोग सारी दिन्छ भने, त्यो एउटा नियोजित हत्या बराबरको अपराध हुन्छ। हो, तपाईंको साथीलाई बताउन गार्हो हुनेछ जसो गर्दा सम्बन्धको अन्त्य नै हुने संकेत मिल्न सक्छ वा त्यस सम्बन्धमा अत्यन्त ठुलो फाटो ल्याउन सक्छ। त्यसकारण, यदि तपाईं यस प्रकारको परिस्थितिमा अल्झिनु भयो भने, तपाईं के गर्नु हुने छ? विकल्पको रुपमा एउटा यौन चिकित्षक कहाँ जाने र उसमाथि नै भर पर्ने र त्यस पछि दुवै जना भेट्न जाने र विज्ञले त्यो कुरा आफ्नो जोडीलाई बताउन लगाउने हुन सक्छ। त्यो यदी तपाईं स्थिर सम्बन्धमा हुनुहुन्छ भने ठिकै हुन सक्छ। तर त्यस्तो जोडीको निम्ति जो असावधानीपूर्ण यौन सम्पर्क गर्छन, र संक्रमित व्यक्तिले प्राय आफ्नो संक्रमणको विषयमा त्यति खुल्न चाहंदैनन र यदी अर्को व्यक्ति एकदम अपरिचित हो भने त झन् यसमा कुनै चासो नै नराख्न सक्छन। समाचारको एउटा रिपोर्टले अझ कति चकित पार्ने तथ्यांक प्रकट गरेकोछ: धेरै मानिसहरुले भने कि तिनीहरु, आकस्मिक साथीहरु (५० प्रतिशत ) वा दिर्घ-कालिन साथीहरु (३९ प्रतिशत ) संग यौन सम्पर्क गर्न भन्दा अघि कहिलेकाहिँ, विरलै जांच गर्ने गर्छन वा कहीले पनि गर्दैनन्। यौन प्रसारित संक्रमणको जांचको विषयमा छलफल गर्यौं भन्ने मानिसहरु मध्ये, धेरै थोरैले मात्रै स्वीकृत यौन जोडीहरुको कुरा गरे वा तिनीहरुको पछिल्लो यौन क्रियाकलापको सम्बन्धमा कहीले जांच भएको थियो भन्ने कुरा गरे। यी मुद्दाहरु यौन प्रसारित संक्रमण रोगहरुको जांच गर्नको निम्ति महत्त्वपूर्ण भागहरु हुन्, अनुसन्धानकर्ताहरुले भनेका छन। करिव एक-तिहाइ सहभागीहरुले तिनीहरुका साथीहरुलाई उनिहरुलाई यौन प्रसारित संक्रमण छैन भनि बताएका छन भनि भने जबकी उनीहरुको पछिल्लो यौन साथी पछि कुनै जांच गरेका छैनन्। एक अमेरिकी महिलाले उनको पुर्व-पति बाट अदालतमा $७५०,००० प्राप्त गरेकी थिईन कारण उसले उनलाई हर्प्स (दाद) दिएको थियो, र कानूनको चलन यस्तो छ कि यसले मानिसहरुलाई दोषी ठहराउँछ। ध्यान दिनुहोस् एउटा कन्डमको प्रयोग गर्दा पनि यो अर्को व्यक्तिलाई संक्रमण सर्दैन भन्ने १००% ग्यारेन्टी छैन तर पनि तपाईंको अवस्था को बारेमा बताउने आँट छैन भने तपाईंले कमसेकम कन्डमको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको साथी धेरै जना संगको यौन क्रियाकलापमा लिप्त छ भन्ने तपाईंलाई महसुस भयो भने र उसलाई संक्रमण भएको छ भन्ने तपाईंलाई लाग्यो भने, तब तपाईं उ/उनिले जांच नगराए सम्म यौन सम्पर्क गर्दिन भन्ने अधिकार तपाईं संग छ। यदि तपाईंले यौनांग वरिपरि फोकाहरु देख्नु भयो भने मुख वा गुद्वार मैथुन वा अन्य कुनै पनि प्रकारको यौन सम्पर्कमा नलाग्नुहोस् र जहिले पनि कन्डम लगाउन जोड दिनुहोस; यसले तपाईंको जीवन बचाउन सक्छ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न