होम
३०औं वर्षमा प्रवेश गर्ने कुरा मानिसले मनपराएको सपना चाहिं होइन तर यो वर्ष पनि १८ वर्ष ३० भनेको धेरै पुरुषहरुको लागि पैसा कमाउने एउटा उमेर हो, एउटा स्थिर व्यवसाय र एउटा सुन्दर र शानदार अवकाश योजनाको तैयारी गर्ने उमेर पनि हो । तर पैसा कमाउने, घर बनाउने, नयाँ गाडि किन्ने यो होड़मा, के तपाईंलाई लाग्दैन तपाईं शरीर, स्वास्थ्य र जोशमा जवान बन्ने त्यो चुस्ततालाई गुमाउँदै हुनुहुन्छ ? परिणाम, तपाईं एउटा वा अन्य जीवनशैली उब्जित रोगको काखमा हुनुहुनेछ । त्यसकारण अब गति कम गर्नुहोस र अलि कति विचार गर्नुहोस। तपाईंको उमेर तपाईंको पक्षमा हुनेछ,तब होइन जब यसबाट सम्पूर्ण शक्ति निकालेर यसलाई एकोहोरोपना र आलस्यताले तपाईं भर्नुहुन्छ, तब मात्र हुन्छ जब तपाईं यसलाई सम्हाल्नु हुन्छ । तपाईं हरेकको जीवनमा ३० वर्ष बिस वर्षको उमेरमा परिवर्तन हुनसक्छ तर त्यो चाहिं टिभी सेटको अगाडि बसेर तपाईंको मनपर्दो खेल हेर्दै र बियर खाँदै चाहिं हुँदैन । त्यसकारण तपाईंले आफ्नो ध्यान र मन संगै लगाउनु पर्छ र तपाईंको मानसिक र शारीरिक स्वास्थ्यालाई चुस्त बनाउन विभिन्न विकल्पहरुमा काम गर्ने कोशिस गर्नुपर्छ । आउनुहोस त्यस्ता केहि तरिकाहरुको छलफल गरौँ जुन तपाईंको ३० वसन्त पार तपाईंको स्वास्थ्यको कडी बन्न सक्छ । उन्मत्त भिडको एउटा भाग बन्नुहोस् ३० वसन्त पछि पुरुषहरुको बानी भनेको आफैलाई तिनीहरुका काममा पूर्ण रुपले यति तल्लिन बनाउँछन कि समाजमा घुमिल हुने र मानिसहरुसंग भेटघाट गर्ने समय अत्यन्त थोरै हुन्छ । अध्ययनले पुष्टि गरेकोछ कि ति मानिसहरु जो ठुलो सामाजिक समुहको भागहरु हुन् उनिहरुमा हृदय बिमारको मौका थोरै नै हुन्छ किनकि यसरी तिनीहरु आफ्ना समकालीन जो तिनीहरुका अफिसको फाइल र टिभीमा समय बिताउँछन उनिहरुको तुलनामा खुशी र तनाव-मुक्त रहन्छन् । स्वास्थ्य, सम्पन्न र सँधै व्यायाम  संगै बुद्धिमानि रहनुहोस् किशोरहरुका विचमा र २० वर्षकाहरुको विचमा जिममा जानु प्रचलित कुरा मानिन्छ, तर यो त तपाईंलाई ३० वर्ष देखि अत्यावश्यक छ कारण यो उमेरमा सबै रोगहरुलाई टाढै राख्नको निम्ति स्वास्थ्य रहनु महत्वपूर्ण छ । यदि तपाईं जिम जान त्यति मन पराउनु हुन् भने यहाँ मध्य कुनै अन्य व्यायामको तरिकाहरु अपनाउनु होस्: विहानको हिँडाइ जगिंग योगा एरोबिक्स विकल्पहरु असंख्य हुन सक्छन तर तपाईंले आफुलाई आफ्नो जीवनशैली संग सुहाउँदो छनौट गर्नुपर्छ । बेकारको बाकस देखि टाढा बस्नुहोस के तपाईं आफ्नो बेलुकीको समय टिभीको अगाडि बसेर बिताउनुहुन्छ ? हो यो नै निश्चित रुपले तपाईंको अहितकारी बानी हो जसलाई तपाईं प्रश्रय दिंदै हुनुहुन्छ । टेलिभिजनको सेटले तपाईंलाई निर्भर बनाइदिन्छ, जसको अर्थ न्युनतम शरीरको हलचल भन्ने हुन्छ । यसमा व्यायाम भनेको त्यति बेला मात्रै हुन्छ जब तपाईं पपकर्न खान जानुहुन्छ वा विच विचमा आउने विज्ञापनको आवाज बन्द गर्न रिमोट चलाउनुहुन्छ । साथै यसले तपाईंको परिवार र इष्टमित्रसंग बिताउने समय पनि खाइदिन्छ । त्यसकारण अर्को पटक जब तपाईं असिफ बाट घर आउनु हुन्छ, तब तपाईंको छोराछोरीहरु संग गेम खेल्नुहोस् वा श्रीमती संग एउटाs राम्रो गफ गर्नुहोस् वा तपाईंको मित्रको घरसम्म बाटोमा हिड्नुहोस् र केहि ताजा हावाको निम्ति जानुहोस् । धुम्रपानलाई हुँदैन भन्नुहोस् पुरुषहरुलाई तिनीहरुको किशोरावस्था देखि छिटो लाग्ने एउटा सामान्य बानी भनेको धुम्रपान हो । किशोर अवस्था देखि नै धुम्रपान गर्ने पुरुषहरुलाई आफ्ना बानी सुधार्नुपर्छ भन्ने आवश्यकतालाई महशुसनै गर्दैनन् र यो झन जटिल बन्दै जान्छ । अब तपाईंको उमेर ढल्कदै गरेको अवस्थामा तपाईं यसको असरको निम्ति नभएर सबै तनाव र संकष्ट देखि सहारा पाउन पिउनु हुन्छ वा बानीको असर हुनसक्छ । के तपाईंलाई थाहा छ धुम्रपान र निकोटिनमा भर पर्ने बानीले चाहि त्यो चुरोट बाट होस् वा खैनिसुर्ती खाएर होस्, तपाईंलाई फोक्सो क्यान्सर, मुटु नली थुनिने र त्यो भन्दा डर लाग्दो जोखिममा पर्न सक्छ ? तपाईंको २०औं वसन्तमा भन्दा यो उमेरमा चाहि बढी नै गम्भीर हुनु आवश्यक छ । धुम्रपान बन्द गर्नुहोस् र तपाईंको वरिपरि भएको शुद्ध हावालाई हेर्ने कोशिस गर्नुहोस् । जति कम मद्धपान, उति लामो जीवन मद्धपानले केवल तपाईंको कलेजोलाई आक्रमण गर्ने र तपाईंको जीवनको मिठो पलहरु बाट टाढा लैजाने मात्रै होइन तर तपाईंलाई ति सबै रोगहरु लाग्न सक्ने बनाउछ जसको संकेतहरु तपाईंको मध्य आयु देखि नै देखिन शुरु हुन्छ । उमेर वृद्धि संगै बढ्ने बिमारहरु भनेको चिन्ता, रक्तचाप, उच्च कोलेस्ट्रोल वा अन्य मुटु सम्बन्धि रोगहरु हुन् । के त्यसको मतलब यो तपाईंले एकै दिन वा दुइ दिनमा सक्नुपर्छ भन्नु हो ? होइन, तपाईंले एक दिनमा यसको संख्या घटाएर एक देखि बढिमा दुइ गिलास बनाउनुपर्छ तब तपाईं एउटा स्वस्थ जीवनको निम्ति तन्दुरुस्त बन्नु हुनेछ । माछा मार्न जानुहोस अब यो भन्नुको अर्थ तपाईं आफै भोजनको निम्ति माछा मार्न जानुहोस वा बल्छी थपेर बस्नुहोस् वा भोकै बस्नुहोस भनेको होइन । माछालाई तपाईंको दैनिक भोजनको एउटा भाग बनाउनुहोस भनेको हो । तपाईं ३०औं वसन्तमा पाइला टेक्नु हुँदा माछा वा समुद्री जीवको खानाले तपाईंको सक्षम-शरीर बनाउँछ र रोग प्रतिरक्षाको ताकत बढाइदिन्छ । एउटाइ माछाको श्रोतबाट आवश्यकीय प्रोटिनहरु, भिटामिनहरु, आवश्यक तेल, जिङ्क, सेलेनियम आदि प्राप्त गर्न सकिन्छ । हड्डी जोश महिलाहरुमा तिनीहरुको ३०औं वसन्तपछि एउटा सामान्य रोग भनेको क्याल्सियमको कमि हो जसले जोर्नीहरुको दुखाइ प्रमुख रुपमा हुनेगर्छ, अब यसलाई पुरुषहरुले पनि कहिल्यै वेवास्ता गर्नुहुँदैन कारण परिवर्तित जीवनशैली संगै, पुरुषहरु पनि यसका शिकार भईरहेकाछन् । ३० औं वर्ष पछिको उमेरमा तपाईंको हड्डीमा क्याल्सियम घनत्वको ह्रासले तिनीहरुलाई भाँचीन सक्ने र हड्डी बिग्रिने जोखिम बढाउँछ। फिजियोथेरापी र असल खानपानको बानीले तपाईंलाई अझै फुर्तिलो बनाउँछ र जोर्नीहरुलाई चुँइकिने समस्यालाई सफा गर्छ ! अझ बढि घाम अनुसन्धानले प्रमाणित गरेको छ कि हरेक दिन १५-२० मिनट घाममा बस्नाले ओस्टेओपोरोसिस, ढाड दुखाइ, बाथ जस्ता रोगहरु बाट परै राख्छ । भिटामिन डि को आवश्यकता पूर्ण हुन्छ र सबै शारीरिक कमजोरीहरु कम हुन्छ । त्यसकारण घाममा केहि समयको निम्ति निस्किनुहोस र आफै यसको नतिजा अनुभव गर्नुहोस् । अस्वस्थ्यकर खाना नखानुहोस् पुट्ट बाहिर निस्केको भुँडीहरु प्राय ३० वर्ष लागेका पुरुषहरुमा देखिने सामान्य अवस्था हो । तपाईं यो लिएर जिउनै पर्छ भन्ने छैन ! मोटोपन धेरै रोगहरुको शुरुवातको विन्दु हो । त्यसकारण तपाईंलाई चाहिएको केवल तपाईंको स्वास्थ्य खानपानमा ध्यान पुर्याउनु नै हो । तपाईंको किशोरावस्थामा मन थाम्न नसकिने बर्गर र पिज्जाहरुलाई अब दुखित भएर मुख सम्म नल्याई केहि मिटर पर बाटै आँखाले हेर्नु मात्रै पर्नेहुन्छ। अब तपाईंको प्लेटमा थप चिज र बटर हालिने छैन । अलि कठोर छ तर स्वास्थ्य रहने कुरा कुनै दोश्रो विकल्प बिना गरिहाल्नुपर्छ। त्यसकारण माथि उल्लेखित बुँदाहरु पुरुषहरुले कुनै पनि उमेरमा पालना गर्न सक्छन तर ३० लागे पछि अझ कडाईका साथ पालना गर्नु पर्नेहुन्छ ! यसरी, तपाईंको जीवन निरोगितामा र पूर्णतामा जिउनुहोस् !
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
प्रत्येक उमेर समुहसँग आफ्नै तनावको कारणहरु छन् l आफ्नो बच्चाहरुलाई उनीहरुको सम्हाल्न दिनुहोस् lप्राय जब हामी तनावले भरिपूर्ण हुन्छौ, हामी बिगतमा जान्छौ र प्रतिबिम्बित गर्छौ l हामी बाल्यकालको सुनौलो दिनहरु सम्झिन्छौ l हामी ति दिनहरु उत्सुकताको साथ सोच्छौ, खुला र स्वतन्त्र समय सम्झन्छौ l हामी फेरी केटाकेटी बनौ भन्ने महसुस गर्छौ l तर सत्य के हो भने कुनै उमेरमा पनि हामी तनाव र चिन्ताबाट स्वतन्त्र छैनौ l त्यो केवल समयसँग हो, हामी नयाँ अवस्थाहरुमा सर्छौ र प्रत्येक नयाँ तनाव दिने कारक पहिलेको भन्दा खराब लाग्छ l केटाकेटीहरु पनि तनाव लिन्छन्, कोही अरु भन्दा बढी l तनाव दिने कारणहरु स्कुलमा हुने साधारण कुरा जस्तै एउटा परिक्षण, एउटा शारीरिक सिप कक्षा वा कविता वचन साना केटाकेटीहरुको लागि ठुलो तनाव हुनसक्छ l बच्चाहरुमा आमाबाबु र शिक्षकहरुको आशा पुरा गर्ने इच्छाले पनि ठुलो दबाब निर्माण गर्नसक्छ l उनीहरु कहिलेकाँही राम्रो गर्ने इच्छा राख्छन् र सानो गल्तीहरुले ति बच्चाहरुलाई अत्यन्तै निरास बनाउँन सक्छ l साथीको समुहहरु व्यवस्था गर्न कठिन हुन्छ l बाल्यकालमा, सामाजिक परिपक्कता दैनिक द्वन्द्वहरुको सम्हाल्नको लागि पर्याप्त विकसित हुदैन l कक्षाका साथी वा छिमेकका साथीहरुको टिप्पणीहरु र सानातिना झगडाहरुले कलिलो मस्तिष्कमा दिर्घकालिन प्रभाव प्रभाव पुर्याउन सक्छ l उनीहरु आफ्नो साथीहरुद्वारा सजिलै प्रभावित हुन्छन् l   ठुला दाजु दिदीहरुले प्रमुख भूमिका खेल्छन् l केही सुझाव दिन्छन् भने कसैले दुर्व्यवहार गर्छन् l केहीले थाहा नदिइ हानी पुराउँछन्, कोही मतलव नगर्ने हुन्छन् l जीवन नयाँ कुराहरुले पूर्ण छ र बाल्यकाल फास्ट-ट्रयाक सिकाइ पाठ हो l प्रत्येक दिन, एउटा बच्चाले गर्नको लागि केही नयाँ छ l एउटा नयाँ बच्चा भेट्नु, एउटा नयाँ विषय सिक्नु, फरक तरिकाले भकुण्डो हिर्काउनु, वा एउटा साइकल चलाउनु; सिक्नको लागि धेरै छ l यिनीहरुले निरासापन गराउन सक्छ र बच्चालाई बेचैन बनाउँन सक्छ l प्रदर्शनको दबाबहरु, प्रविधि, स्मार्टनेस, मिडिया प्रभावहरु आदि केही अरु कारकहरु हुन् जसले बाल्यकालमा तनाव थप्छन् l चिन्हहरु भाव र व्यवहारमा सुक्ष्म परिवर्तनहरु हेर्नुहोस् l वयस्कहरुसँग, तनाव पहिचान गर्न सहज हुन्छ र त्यो सच्याउन पनि l तर केटाकेटीसँग यो एउटा चुनौती हो l प्राय केटाकेटी आफैलाई उनीहरु कस्तो तनाव अनुभव गरिरहेका छन् भन्ने थाहा हुदैन, उनीहरु किन निरास, रिसाएको वा डराएको छन् भन्ने बुझ्दैनन् l उनीहरु सहज हुदैनन् l असामान्य रुने र चिच्याउने एउटा साधारण चिन्ह हो l एक्लो हुने, शान्त हुने पनि एउटा तरिका हो जुन केटाकेटीहरु आफ्नो तनाव अभिव्यक्त गर्छन् l शारीरिक चिन्हहरु साधारण शरीर क्रियात्मक परिवर्तनहरुमा देख्न सकिन्छ (धेरै सुत्ने वा सुत्न नसक्ने), खाने बानीहरु (नखाने वा धेरै खाने) बारम्बार दुख्ने, विशेषगरी पाचनमा गडबडी र टाउको दुख्ने आदि l बाल्यकाल तनाव व्यवस्थापन तपाईको बच्चालाई ध्यान दिनुहोस् l उसले के भनिरहेको छ सुन्नुहोस् तर उसले शब्दमा के भनिरहेको छैन. कार्यमा मात्रै भएपनि त्यसलाई सुन्ने कोशिश गर्नुहोस् l बच्चालाई तपाईंसँग खुलिने गर्न मद्दत गर्नुहोस्, उनीहरुसंग गुणस्तर समय बिताउनुहोस् र जेको बारेमा पनि कुरा गर्नुहोस् l उनीहरुको स्कुल शिक्षक र उनीहरुको मिल्ने साथीहरुको आमाबाबुहरुसँग राम्रो सम्पर्कमा रहनुहोस् l आवश्यक छ भने, मनोवैज्ञानिकहौर र बच्चा परामर्शदाताहरुसँग व्यावसायिक सहयोग माग्न नहिचकिचाउनुहोस् l “तपाईंलाई जीवनमा हुनसक्ने एउटा सबभन्दा भाग्यमानी कुरा भनेको मेरो विचारमा, एउटा खुशी बाल्यकाल पाउनु हो l”- अगाथा क्रिस्टी  
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न