होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैल अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
पुरुषमा प्रजनन क्षमता गिरावट एउटा अवस्था हो जसलाई पुरुषमा बिस्तारै हर्मोनहरुको मातमहिलामा डिम्बक्षरण र हर्मोनल तहहरुमा अचानक गिरावट भन्दा फरक पुरुषमा प्रजनन क्षमतामा गिरावट एउटा बिस्तारै हुने प्रक्रिया हो l पुरुषहरुमा परिणाम त्यति प्रष्ट हुदैनन् l स्वास्थ्य जोखिमहरु यद्दपी महत्वपूर्ण हुन्छन् र सुरुवातमै पुरुष प्रजनन क्षमतामा गिरावटको लक्षणहरु पहिचान गर्नु महत्वपूर्ण हुन्छ l थप बुझ्न अरु पढ्नुहोस् l एउटा स्वस्थ पुरुषमा ३००-१२०० एनजी/डीएलको टेस्टोरेस्टोन तह नर्मल मानिन्छ l जब मान्छेको उमेर बढ्दै जान्छ, टेस्टोरेस्टोन तहहरु बिस्तारै तल जान्छन् l ३० वर्षको उमेरपछि, प्रत्येक वर्ष १% तह घट्छ l ५० वर्षको उमेर पुग्दासम्म एउटा पुरुष प्रजनन क्षमतामा गिरावटमा पुग्छ l तपाईंको टेस्टोरेस्टोन तहहरु घटिरहेको छन् कि बुझ्न निम्न लक्षणहरु विचार गर्नुहोस्:  कम यौन चाहना: कम यौन चाहना घट्दो टेस्टोरेस्टोन स्तरहरुको पहिलो चिन्ह हो l  लिंग उत्तेजना नहुने: टेस्टोरेस्टोन नाइट्रिक अक्साइड रिहाइको लागि जिम्मेवार हुन्छ जसले उत्तेजना गराउछ l उमेरसँग टेस्टोरेस्टोन तह घट्ने हुँदा, उत्तेजना पाउन र त्यो लामो समयसम्म कायम गराउन कठिन हुनसक्छ l  कम शुक्रकिट स्तर: साधारणतया विर्यपात हुने शुक्रकिट ०.१ र १० एमएल बीचको फरकमा हुन्छ l यो साधारण स्तर अन्डकोष, सेमिनल भेसिकल्स र प्रोस्टेट सबैको कुशल कार्यले हुन्छ, सबै टेस्टोरेस्टनको प्रभावमा काम गर्छन् l जब तपाईको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तर घट्छ र विर्यपात हुने मात्राको विर्य पनि घट्छ l  कामोत्तेजना समस्याहरु: जब तपाईंको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तरहरु घटेको कारणले प्रत्येक समय कामोत्तेजना पाउन अलिक कठिन हुनसक्छ l  मुड परिवर्तन हुने: यो महिलामा जतिनै हुन्छ पुरुषमा पनि त्यतिनै हुन्छ l रोमान्चक कुरा के छ भने यसमा जसले यो भोग्छ उक्त पुरुष त्यसलाई स्वीकार गर्ने र थाहा पाउने अन्तिम व्यक्ति हुन्छ l त्यसैले यदि तपाईं सानो सानो कुरामा दिक्क मान्नुहुन्छ भने तपाईंको टेस्टोरेस्टोन स्तर जाँच्नुहोस् l निराशा: जब तपाईं जुनैसुकै समय झोक्राएको वा सुस्त हुनुहुन्छ भने, तपाईंको टेस्टोरेस्टोन स्तर निकै तल खसेको हुनसक्छ l  पेटको बोसो: यो घट्दो टेस्टोरेस्टोन स्तरको एउटा सुरुवाती लक्षण हो l पेटको बोसो बढ्दो उमेरको संकेत हो l न्युन टेस्टोरेस्टोन स्तरको बढ्दो उमेरको लक्षण हो l टेस्टोरेस्टोन स्तर कम हुने सबै पुरुषहरुमा लक्षणहरु नदेखिन सक्छ l त्यस्ता अवस्थाहरुमा, कुनै उपचारको आवश्यकता हुँदैन l न्युन टेस्टोरेस्टोन अरु कुनै अवस्थाहरु जस्तै थाइराइड रोग, अत्यधिक मदिरा सेवन, निद्रामा स्वास फेर्न कठिनाइ आदिले पनि हुनसक्छ l   ३० वर्षको उमेरपछि, टेस्टोरेस्टोन स्तरको प्रति वर्ष १%ले घट्छ l एउटा पुरुष ५० वर्षको पुग्दासम्म उ प्रजनन क्षमता गिरावटको अवस्थामा हुन्छ l यी कारणहरु पहिचान गरेर हटायो भने त्यसले टेस्टोरेस्टोन स्तर नर्मलमा फर्काउनेछ l यद्दपी न्युन टेस्टोरेस्टोन स्तरहरु कुन कारणले गरेको हो भने पत्ता लाग्दैन भने त्यो साधारण उमेर वृद्धि र प्रजनन क्षमता गिरावटको प्रष्ट संकेत हो l महिलामा जस्तै पुरुषसँग पनि हर्मोन प्रतिस्थापन थेरापीको विकल्प छ l यद्दपी यो उपचार विधि विवादास्पद छ l केही पुरुषहरुमा, टेस्टोरेस्टोन प्रतिस्थापनले थुप्रै लक्षणहरुबाट छुट्कारा दिनसक्छ तर जोखिमहरुले लाभलाई उछिन्छन् l हृदयघातको उच्च जोखिम, प्रोस्टेट क्यान्सर र अन्य स्वास्थ्य समस्याहरु टेस्टोरेस्टोन प्रतिस्थापनसँग सम्बन्धित छन् l घट्दो टेस्टोरेस्टोन स्तरहरुसँग सम्बन्धित समस्याहरुको लागि हर्बल पुरकहरु साधारणतया सुरक्षित मानिन्छन् तर तिनीहरुको पनि प्रमाणित स्वास्थ्य फाइदाहरु छैनन् र प्रोस्टेट क्यान्सरको जोखिम बढाउने भन्ने मानिन्छन् l पुरुषमा प्रजनन क्षमता गिरावट महिलामा जस्तो नाटकीय र छिटै हुदैन तर यो एउटा वास्तविकता हो l यो थुप्रै वर्षको समय अवधीमा बिस्तारै हुन्छ l
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावमहिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीजब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
महिलाको लागि, एउटा उत्कृष्ट, खुशी जीवन सन्तुलन कार्यबारे हो र तिनीहरु पहिले देखिनै काम र बिहे सन्महिलाको लागि घर र काम बीच सन्तुलन गर्ने धेरै कठिन हुन्छ l त्यहीपनि, वर्षैपिछे, घर व्यवस्था गर्दै बाहिर काममा जान इच्छुक हुने महिलाहरुको संख्या बढ्दैछ l यो किन हो भने सफल करियरले महिलालाई समाजमा आफ्नो पहिचान स्थापना गर्न मद्दत गर्नसक्छ, सम्मान पाउन र उनको निहित गुणहरु, उत्साह र सपनाहरुलाई न्याय दिन मद्दत गर्नसक्छ l त्यसैले एउटा सफल कामगर्ने महिला एउटा खुशी महिला हो र तथ्यांकले देखाउँछ कि त्यस्ता महिलाहरुले आफ्नो बच्चा र पतिलाई खुशी राख्छन् l थप स्थिर बिहेहरु सत्तरीको दशकमा, जब महिलाहरु ठुलो संख्यामा कार्यस्थलहरु प्रवेश गर्न सुरु गरे, त्यहाँ डिभोर्स रेटहरु बढ्न सुरु गरे l यद्दपी, बिगतको दशकमा, कामगर्ने जोडीहरु मध्ये डिभोर्स दरहरु वास्तवमा घटेका छन् l आज, पुरुषहरुमा कामगर्ने महिला एउटा पार्टनर हुनुपर्छ भन्ने विचार बढेको छ l थुप्रै देशहरुमा, पुरुषहरुले वास्तवमा घरेलु कामहरु बाड्छन् र बच्चा हेरचाहको लागि समर्पित गर्छन् ताकी उनीहरुको महिलाहरु सफलतापूर्वक दुवै घर र काम सम्हाल्छन् l यद्दपी, घर र बच्चाहरुको दायित्व अझै प्रमुख हो, महिलाहरुको लागि l तपाईंको काम र बिहे सफलतापूर्वक व्यवस्था गर्न यहाँ छ तरिकाहरु छन्: सही काम खोज्नुहोस् तपाईंले कार्यस्थल र घरको काम व्यवस्था गर्न तनाव सहज बनाउन सक्नुहुन्छ यदि तपाईं सही निर्णयहरु बनाउनुहुन्छ l अध्ययनहरुले इंकित गर्छ कि कम मागहुने कार्यमा पहुँच हुने जोडीहरुले राम्रो यौन सम्बन्ध र राम्रो सम्बन्धहरु पाउँछन् र त्यसैले कमै तनावमा हुन्छन् l यद्दपी, जब कामगर्ने समय लामा छन्, अवस्था उल्टो हुनसक्छ l त्यसैले एउटा रोमान्चक काम पत्ता लगाउन महत्वपूर्ण छ जसमा तपाईंले अझै नियन्त्रणमा पाउन सक्नुहुन्छ विशेषगरी जब हामीसँग घरमा साना बच्चाहरु छन् l कामगर्ने समय मिलाउने प्राय महिलाहरुले आफ्नो करियरहरु बिचमै छोड्नुपर्छ किनकि उनीहरुको पतिहरु लामो समयको लागि काम गर्छन् र बच्चाहरु हेरचाह गर्न कोही उपलब्ध हुँदैन l यदि श्रीमती पनि काममा राम्रो छ भने जोडीले ति कामहरु गर्नुपर्छ जसले दुवैजनालाई काम गर्न अवसर प्रदान गर्छ किनकि यो गर्नेले तिनीहरु दुवैजनालाई सन्तुष्ट राख्नेछ l त्यहाँ एउटा सम्भावना छ कि श्रीमान वा श्रीमतीले आम्दानी अलिकति गुमाउन सक्छन् यो समायोजनमा तर अन्तिममा त्यसले खुशी बिहे पाउने मौका बढाउछ l काम छोड्दाको नकारात्मक प्रभाव यदि काममा उन्मुख महिलाले परिवार मागहरुको कारणले आफ्नो काम छोड्छिन् भने त्यसले बिहेको खास जगनै हल्लाउन सक्छ साथै उनीलाई निराश पनि छोड्नेछ l साथै एउटा ब्रेक लिनु भनेको तपाईंले आफ्नो करियर पुनः सुचारु गर्न चाहँदा तपाईंले निकै छिटो टिप्नुपर्छ जुन वास्ताकितामा निकै कठिन छ l यी अवस्थामा, कामगर्ने आमाहरु केटाकेटी र उनीहरुको बुवाबीचको सम्बन्ध दृढ गर्न मद्दत गर्छन् जब बुवाहरु बच्चा हेरचाह गर्न समय बिताउछन्, बच्चाहरु र बुवा बीचको नजिकको सम्बन्ध बन्छ जुन बुवा काममा जाने परिवारमा सम्भव छैन l अध्ययनले देखाउछ कि दुवै बुवा र आमा बीचको बराबर समर्पणमा हुर्किएको केटाकेटीको उच्च उदेश्य र आकांक्षाहरु हुन्छ l कम दोषी महसुस गर्नुहोस् एउटा कामगर्ने महिला कम दोषी महसुस गर्छ किनकि उनीले समर्पित गृहिणीहरुसँग तुलना गरिएझैँ आफ्नो केटाकेटीसँग धेरै समय बिताउन सक्दिन l यद्दपी, यदि पतिले केटाकेटी हुर्काउने  जिम्मेवारीहरु सम्बन्धि बाड्छ भने दुवै अभिभावकहरु बच्चाहरुको लागि आफ्नो भूमिका खेल्दा खुशी हुन सक्छन् l एउटा सफल करियर भएको एउटा महिला सकारात्मक र आत्मविश्वासी हुन्छ उनीले गर्ने हरेक कुराको बारेमा, जसले अन्त्यमाउनको परिवार खुशी बनाउँछ l  
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपपौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
तौल व्यवथापनको लागि प्रमुख १० तरिकाहरुतरिका १ : शान्त बसेर योजना बनाउनुहोस् आफ्नो ओजनको बारे आत्तिन पर्दैन l यसले थप चिन्ता बढाउने छ र आफ्नो लक्षमा बाधा पुर्याउन सक्छ l आफ्नो लक्ष हाँसिल गरेको सम्झनुहोस् र यसलाई दिगो रुप दिन सक्नुहुन्छ भन्ने सोच्नुहोस् l एक पटकमा एक दिनलाई ग्रहण गर्नुहोस् l यो योजनालाई कसरी कायम गर्ने भन्ने नसोच्नुहोस् l केबल अर्को दिनलाई मात्रै ध्यानमा राख्नुहोस् l तरिका २ : स्वास्थ्य पत्रिका आफ्नो आहार र ब्यायामको सैलीलाई लेख्नको लागि एउटा पत्रिका राख्नुहोस् l आफुले खाएको कुरा लेख्नुहोस्, खानाको योजना गर्नुहोस्, पर्याप्त रुपमा पानीको सेवन गर्नुहोस् र कसरत गर्ने तालिका बनाउनुहोस् l २१ दिन कुनै कार्य गर्दा तपाईंले यसलाई बानीको रुपमा ढाल्न सकिने कुरा तपाईंलाई थाहा थियो ? यो अभियास गर्नुपर्छ भनेर भन्दा पनि आफुलाई राम्रो गर्छ भनेर गर्नुहोस् l क्रमसरुपमा यो तपाईंको आफ्नो हिस्सा बन्ने छ l तरिका ३: स्वास्थ्य रहनु जीबनभरको कमाई हो मान्छेले गर्ने सबै भन्दा ठुलो गलती चाहिं एक पटक वजन कम गरेपछि पुरानै खाने शैलीमा जान सकिने सोच्नु हो l तपाईंको स्वाथ्य सदाको लागि तपाईंको साथमा रहन्छ l आफ्नो दृष्टिकोण ‘ मैले पातलो बन्नु छ ‘ बाट ‘ मैले स्वास्थ्य रहनुपर्छ ‘ भन्नेमा परिवर्तन गर्नुहोस् l सन्तुलित शारिर हेतु, यसो गर्नाले स्वास्थ्य रहनको लागि सहज हुनेछ l तरिका ४: यथार्थबादी बनौं आफ्नो जीबनसैलीलाई योजना गर्दा अबास्तविक लक्ष्यहरु राख्नु हुँदैन l यो पनि एक कारण हो जहाँ वजन-प्रशिक्षकहरूले वजन घटाएर यसलाई दिगो पन दिने तरिका भनेको यसलाई आफ्नो ‘ जीबन बनाउनु ‘ भन्छन् l सही खाना, आरामदायी सुताई, र पर्याप्त पानी पिउनु l यी तीनको राम्रो पालना गरेमा सही वजन प्राप्त हुन सक्छ l यदि तपाईंको ‘केक वा पेस्ट्री ‘ नखाने वा ‘ पिउन छाड्न ‘ भन्ने कुनै नियम लगाउनु भएको छ भनें त्यसको बारेमा पुनःबिचार गर्नुपर्छ l के तपाईं कहिल्यै पनि मिठाई खाने योग्य बन्नु हुने छैन ? प्रारम्भिक लक्ष्य भनेको सन्तुलन बनाई मध्य मार्गको चयन गर्नु हो l तरिका ५: आफ्नो वजन ढाँचाको बिचार पाउनुहोस धेरै मानिसहरुले आफ्नो आदर्श वजन हाँसिल गरेपछि आफ्नो शरिरको तौल लिन छाड्छन् l उनीहरुलाई वजन लिने काम मोटा मानिसहरुको लागि मात्रै हो भन्ने लाग्छ l त्यस्तो मनोवृत्ति बोकेका मानिसले स्वास्थ्य शरीर हैन तर पातलो शरीरको कामना गरेका हुन्छन् l तपाईंको वजन भनेको तपाईंको रुपलाई जाँच गर्ने कुरा हैन तर स्वास्थ्यको परिणाम हो l तसर्थ साप्ताहिक रूपमा वजन जाँच गर्न नबिर्सनु होला l हरेक हप्ता आफ्नो वजनको रिपोर्ट राख्नुहोस् र अस्वभाविक परिवर्तनहरुको कारणको खोजी गर्नुहोस् l तरिका ६: तपाईंको सीमितता स्विकार्नुहोस् र त्यसबाट सिक्नुहोस् सबैका राम्रो र नराम्रो पक्ष हुने गर्छ । यदि तपाईंले कुनै दिन सोचे भन्दा धेरै खानु भयो भनें त्यसमा निराश वा क्रोधित हुनुपर्दैन । गल्ती सबैबाट हुन्छ । शरीरको वजन कायम गर्ने अन्तिम पल पनि होईन । यो एक गडबड मात्रै हो । यसबाट सिक्नुपर्छ । यसको कारण तत्व बुझेर अर्को पटक बेग्लै ढंगले प्रस्तुत हुनुहोस् । तरिका ७: प्यास र भोक तपाईंको शरीरले तपाईंलाई प्यास र भोकमा झुक्याउने गर्छ l त्यसैले भोजन गर्ने  बित्तिकै भोक लाग्यो भनें पानी पिएर हेर्नुहोस्, सायद आराम महशुस हुनसक्छ l आराम नभएको खण्डमा हल्का खाजाको सेवन गरे हुन्छ l तरिका ८: आफैलाई प्रेरित गर्नुहोस् वजन रखरखाव मुख्यत: एक मनोवैज्ञानिक कार्य हो l आफ्नो आदर्श वजन प्राप्त गर्ने दौडानमा स्वास्थ्य रहन चाहिने कुराको अनुभूत हुन्छ l अब तपाईले स्वास्थ्य जिबनलाई बाधा र अर्चना गर्ने कुराहरुलाई त्याग्नु पर्छ l ती मानिसको संगत गर्नु जो वजन कायम गर्नमा लागिपरेका हुन्छन् l रनिंग क्लबको हिस्सा हुनु वा स्वास्थ्य विद मित्रको संगतमा रहनु l तरिका ९: भौतिक तत्वलाई संकल्पले बसमा राख्नुहोस् आफ्नो भोजन सैलीलाई सन्तुलन गर्नुहोस् l बिहानको भोजनको सट्टा स्वास्थ्य खाजा खाएर बेलुका को खानामा कटौती गर्नुहोस् l तपाईंलाई मिस्ठानको तिर्सना हुनसक्छ र त्यो अवस्थामा तपाईं मूल खानाको रुपमा सलादको सेवन गरेर अन्त्यमा मिस्ठान लिंदा हुन्छ l के खाने भन्ने बारेमा आफुसँग कुरा गर्नुहोस् l तपाईं साँचिकै भोक लागेर खाँदै हुनुहुन्छ वा त्यतिकै भन्ने प्रश्न आफैलाई गर्नुहोस् l खाना खाएपछि तपाईंलाई कस्तो महशुस हुने छ l तरिका १०: आफ्नो उपलब्धिलाई मनाउनुहोस् अन्त्यमा आफ्नो वजन रखरखाव कार्यक्रमको गर्व गर्नुहोस् l आफुले आफ्नो गन्तब्यमा पुग्नको लागि चालेको कदममा गर्व गर्दै यस्तै गन्तब्य बोकेका मानिसहरुको सेवा गर्नुहोस् l आफ्नो शरीरलाई अंगमाल गरेर आगामी आउने बर्षको स्वस्थ जीबनको लक्ष्य राख्नुहोस् l
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
कोटस इन्टेरपटसको शाब्दिक अर्थ अवारोधित यौन सम्पर्क बुझिन्छ l यो गर्भनिरोध प्रक्रिया सहवास हुँदबाहिर तान्ने, विथड्रवल र कोइटस इन्टरप्टस सम्भवत गर्भनिरोधकको सबैभन्दा सुरक्षित तरिकाका लागि सबै फरक नामहरू हुन् । यसमा पुरुष पार्टनरले विर्य निस्कासन भन्दा अघि आफ्नो लिंगलाई हटाउनुपर्दछ । यसले  महिला पार्टनरको गुप्ताङ्ग वा भुल्भामा विर्य निस्कासन भएको छैन भन्ने सुनिश्चित गर्दछ । भित्र कुनै विर्य नहुनुको कारण - गर्भावस्था हुँदैन ! के यो विधि साँच्चै प्रभावकारी छ? गर्भनिरोधकका सबै तरिकाहरु जस्तै, बाहिर तान्ने विधिको प्रभावशीलता पनि यो सही तरिकाले गर्नुमा निर्भर पर्दछ । यो तरिकाको लागी पार्ट्नरहरुको बिच साझेदारी मेलमिलाप हुनु आवश्यक छ । पुरुष पार्टनरले सही क्षणमा लिंगलाई हटाउनको लागी यौन उत्साहको उच्चतम बिन्दु थाहा पाउन आत्म-नियन्त्रण र शुद्धताको अभ्यास गर्नुपर्छ । तथ्याङ्कहरूले यस्तो बताउँदछन् महिलाहरु जसका पार्ट्नरहरु विथड्रवल प्रयोग गर्दछन्, प्रत्येक वर्ष ४% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिन्छ, र प्रत्येक वर्ष २७% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिदैंन। गुप्ताङ्ग वा भूल्वाको नजिकै निस्कासनको अर्थ विर्यले गुप्ताङ्ग भित्र भ्रमण गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ पुर्व-निस्कासनमा अघिल्लो-निस्कासनको विर्यहरु हुन सक्छन्, जुन अन्तत गर्भावस्थाको कारण बन्न सक्छ । यसको विरुद्ध सावधानीको रूपमा, विशेषज्ञहरूले यौन अघि पुरुष पार्ट्नरलाई पिशाव फेर्ने सल्लाह दिन्छन् । गर्भनिरोधकको विथड्रवल विधि धार्मिक समूहको सदस्यहरुको लागि सर्वोत्तम विकल्प हो जहाँ गर्भनिरोधक उपकरणहरु जस्तै औषधी, कन्डम वा आईयुडीलाई पापको रुपमा लिईन्छ । विथड्रवल विधिले तपाईंलाई एचआईभी  एड्स र अन्य एसटिडीहरूबाट रक्षा गर्दैन । यस विधिको फाइदाहरू र बेफाइदाहरू के के हुन्? फाइदाहरू यो सरल, सुरक्षित र सुविधाजनक छ । जब कुनै अन्य गर्भनिरोधक विधि उपलब्ध हुँदैन यो उत्तम तरिका हो । यसमा कुनै साइड इफेक्ट छैन । यसलाई चिकित्सा प्रेस्कृप्सनको आवश्यक छैन । यसले मासिक धर्म चक्रलाई परिवर्तन गर्दैन । यसले भविष्यको उर्वरतालाई असर गर्दैन । बेफाइदाहरु महान् आत्म-नियन्त्रण, अनुभव र भरोसा चाहिन्छ । अपरिपक्क निस्कासन गर्ने पुरुषहरूको लागि उपयुक्त छैन । किशोरहरुका लागि र यौन अनुभवहिन व्यक्तिहरूका लागि उपयुक्त छैन । यौन संचारित रोगहरू र एचआईभी  एड्सबाट सुरक्षा सुनिश्चित गर्दैन । जन्म नियन्त्रणका अन्य तरिका भन्दा कम प्रभावकारी । सही समयमा बाहिर निकाल्ने पूर्वानुमान र अतालिनुको कारण यौन आनन्दको साथ हस्तक्षेप हुन सक्छ । बाहिर तान्ने विधि गर्भनिरोधक गर्ने सबैभन्दा सुरक्षित तरिका मध्ये एक हो, यदि कसैले आफ्नो शरीरलाई पूरै बुझेको छ, पार्ट्नरमा विश्वास र उच्च आत्म-नियन्त्रण छ ।
इन्टरनेटमा प्रयोगकर्ताहरुको यौन उत्तेजनालाई लक्षित गरिएको विषय वस्तुको उपलब्धतालाई इन्टरनेट/पोर्नोग्राफी (अश्लिल दृश्य) लाई फराकिलो रुपले सफ्टकोर (सामान्य यौनगतिविधि) वा हार्डकोर (कठोर, समर्पित यौनगतिविधि) मा वर्गीकृत गरिएको छ। हार्डकोरमा यौन सम्बन्धलाई उच्च रुपले र गहन रुपले स्पष्ट दृश्यमा दर्शाईएको हुन्छ भने, सफ्टकोरले कम गहन प्रकारका यौन सम्बन्धका गतिविधिलाई समेटेको हुन्छ। पोर्नोग्राफीका विधाहरुको निर्धारण विषयवस्तुको आधारमा र सहभागीहरुको स्तरको अधारमा गर्नेगरिन्छ। प्राय सामान्य उप-प्रकारहरुमा यी कुरा हुन्छन, जातीय, फेटिश, वास्तविकता, सामुहिक, र एमेटुर (नयाँ)। विभिन्न यौन चाहना भएकाहरुको लागि विशेष गरि तयार गरिएका यौन सामग्रीहरु पनि हुन्छन जस्तै: विपरित लिङ्गि, समलिङ्गि, र उभयलिङ्गि। शारीरिक यौन चाहना भनेको प्राकृतिक हो र यो हाम्रो शारीरिक बनोटको एउटा भाग हो तर पोर्नोग्राफीले मानव वास्तवमा को हो भन्ने कुराको एउटा आंशिक भागलाई मात्रै दर्शाएको कारण यसको सर्वत्र आलोचना भएको छ। अधिकतम पोर्नोग्राफी सम्बन्धि सामग्रीहरुले मानवलाइ केवल एउटा यौनको वस्तु-केवल यौन व्यवासयमा तल्लिन-मानिसको भावना र मानसिक स्थिति प्रति ध्यान नदिने र आत्मसात नगर्ने भनि दर्शाउँछ। मानवको व्याख्या एउटा विशुद्ध रुपमा यौनको वस्तुको रुपमा गरिएको छ र धेरै पटक दर्शकहरुको आँखालाई शारीरिक संसर्गको एउटा भावनात्मक र मानसिक स्थिति प्रति बन्द गराएको छ, जसले गर्दा तिनीहरुको आफ्नै सम्बन्ध भित्र भएको यौन संसर्गलाई हेर्ने प्रवित्तिलाई विकृत बनाएको हुन्छ। एउटा स्वास्थ सम्बन्धको रुपमा यौनलाई सामाजिक मंचहरुमा सर्वाङ्गिण छलफल नगरिएको कारण एउटा व्यक्तिले पोर्नोग्राफीको माध्यम बाट मात्रै यौन सम्बन्धि अभ्यासहरु बुझ्न सक्छ, र यो पोर्नोग्राफी यौनको लतको जोखिम सहित आउँछ। अझै भन्नु पर्दा, पोर्नोग्राफीले प्राय प्रचलित रुपमा यौन रुपले आकर्षित ठानिएका सहभागीहरुलाई संलग्न गराउने भएकोले, दर्शकहरु तिनीहरुका वास्तविक जीवनमा त्यस्तै शारीरिक बनोटहरु नभएको कारण तिनीहरुका यौन जीवन देखि असन्तुष्ट बन्न सक्छन। मेडिकल खोजहरुले पनि पत्ता लगाएका छन कि आफ्ना जोडीहरु बाट अवास्तविक अपेक्षाहरु राख्नु संग संगै, दर्शकहरुले  यौन सम्बन्धि विषयहरुमा आफैलाई हिनता बोध गराउन सक्छन कारण उनिहरुले पोर्नोग्राफी युक्त दृश्यमा त्यस्ता यौन अभ्यास गरु गरेका देख्छन जसलाई नक्कल गर्न गाह्रो हुन सक्छ वा मन नपराउन सक्छन। पोर्नोग्राफी भित्र महिलाहरुलाई प्राय त्यस्तो व्यक्तिको रुपमा प्रदर्शित गरिएको हुन्छ जसलाई अधिकार गरिंदा पनि कुनै समस्या हुँदैन र जसले त्यस्ता अधिकार गराई प्रति उल्टै यौन उत्तेजना पाउँछन। तरैपनि, त्यस्ता विचारहरु पूर्ण रुपले झुट हो र त्यस्तो प्रकारको पोर्नोग्राफीलाई नियमित रुपले पचाउने दर्शक अन्तमा गएर उसमा महिला प्रति एउटा गहिरो कलंकित दृष्टिकोण हुन्छ। अन्तमा, पोर्नोग्राफीले धेरै प्रकारको विकृत यौनको रुपहरुलाई व्यक्त गर्दछ जुन समाजको लागि, विशेष गरि कमजोर समुहहरुको लागि हानिकारक हुन्छ। यसमा यी कुराहरु समावेश छन, बाल यौन, आफिस-सम्बन्धित यौन कार्यहरु, कठोर र बलात्कारयुक्त यौन, र सार्वजनिक यौन कार्यहरु। जबकी पोर्नोग्राफी यौन विकृतिको सम्भावनाको एउटा निश्चित द्वार हो भने, प्रत्येकको यौन आवश्यकताहरुलाई  सन्तुष्ट गर्ने स्वास्थ्य  तरिकाहरुलाई स्वीकार गर्नु पर्छ र लिईनु पर्छ। अझ, यो त यति अत्यावश्यक छ कि सामाजिक रुपमा, यौन सम्पर्कलाई भावनात्मक सम्बन्धको एउटा स्वास्थ्य अंगको रुपमा मान्यता दिईनु पर्छ। यसलाई केवल एउटा विशुद्ध शारीरिक कार्यको रुपमा मात्रै लिनु हुँदैन जुन नैतिक रुपमा आलोचित र अस्वीकृत छ-यस्तो पद्धतिले केवल पोर्नोग्राफीलाई यौनको विषयमा सिक्ने एउटा अन्तिम थलो रुपमा सम्भावना बढाइ दिन्छ। दुइ परस्पर रुपले सहमत भएका वयस्कहरु बीच यौनलाई एउटा प्राकृतिक प्रक्रियाको रुपमा कुरा गर्दा र एउटा भावनात्मक सम्बन्धको रुपमा लिँदा, हामी यौनलाई एउटा एउटा भावना-रहित क्रियाकलाप हुने सम्भावनालाई कम गर्न सक्छौं र यौन सम्पर्कलाई एउटा सर्वाङ्गिण बुझाईको अनुमति दिन्छौं। यौन रुपले परिपक्क उमेरमा प्रवेश गर्दै गरेका किशोरकिशोरीहरुको निम्ति, मानिसहरु बीचको शारीरिक सम्बन्धलाई एउटा भावनात्मक सम्बन्धहरुको परिणाम हुन् भनि परिचय गराउनु अत्यन्त महत्त्वपूर्ण छ, र यो शरीरलाई सर्वाङ्गिण रुपमा बुझाईनु पर्छ-शरीर र मानसिक अवस्था बीचको एउटा मेलको रुपमा। सर्वाङ्गिण निर्देशको उपस्थिति नहुँदा, किशोरकिशोरीहरु यौन सम्पर्कलाई बुझ्नको निम्ति पोर्नोग्राफीको जालमा उच्च रुपले परिरहेका छन र जसरी अघि पनि पत्ता लगाईएको छ, यौन रुपले-उन्मत्त व्यक्तिहरु बीच त्यस्तो प्रकारको यौन क्रियाकलापको ज्ञान लिने कुरा भावनात्मक सम्बन्धको एउटा विकृत विचारमा पनि परिणत हुन सक्छ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न