होम
तपाईंले यो कमाउन स्थानीय बारमा शुल्क घटाउने समयभरी तन्तनी पिएकै हुनुपर्छ l तपाईंले थुप्रै गिलास बियर कमाएको भएपनि, एउटा बियर भुँडीको गर्व भने गर्न सकिदैन किनकि त्यो तपाईंको स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ l कसैको लागि यो अवस्था एउटा साधारण यातना हुनसक्छ, महिलामा भन्दा पुरुषमा अझ बढी l सुस्त गतिरहित जीवनशैली र क्यालोरीहरु थप्न घन्टौ बिताएको समयको लागि सेवा गरेको टोकन सरह एउटा बियर भुँडी साधारणतया मध्यम वयस्क पुरुषमा भेटिन्छ l एउटा बियर भुँडी कसरी बन्छ ? पुरुषमा एउटा बाहिर निस्किने मिड-सेक्सन जब उनीहरुले बर्न गर्न सक्ने भन्दा बढी सेवन गर्छन् त्यतिबेला बन्छ l त्यसैले व्यस्त जीवनशैली र थोरै कसरत र स्वतन्त्रताले कोही आफुले पचाउन सक्नेभन्दा धेरै क्यालोरीहरु सेवन गर्न सक्छन् l डा. माइकल जेन्सन एम.डी, मायो क्लिनिकमा इन्डोक्राइन र मोटोपन विशेषज्ञको अनुसार रहिरहेको बोसोको सट्टा अल्कोहलबाट लिइएको क्यालोरीहरु लिभरले बर्न गर्छ l त्यसैले भनौ, यदि एउटा औशत बियर १५० क्यालोरी हाराहारी छ र त्यससँग सबै साना खाजाहरु (पिज्जा, चिप्स आदि) गरेर कसैले सजिलै बुझ्छ कसरी यी कुराहरु पेटको क्षेत्रमा थुप्रिएर बस्छन् र फुलेको पेट हुन्छ l र किनकि लिभर बियरबाट पाएको क्यालोरीहरु बर्न गर्न निकै व्यस्त हुन्छ बाँकीको कुराहरु पेटभरि बस्न पाउने ठाउँ पाउँछन् l यसैले प्राय पुरुष र केही महिलाहरुलाई फुलेको पेट वा बियर भुँडी दिन्छ! तपाईंको फुलेको भुँडीलाई एक पन्च दिनुहोस् सुरुवाती अवस्थामा हुनेहरुको लागि एउटा दिने हुनुहोस् र लिने नहुनुहोस् l जसको अर्थ कसरतहरु जस्तै दौडिने, साइकल चलाउने, पौडी खेल्ने, नाँच्ने वा एरोबिक्समा बढी समय दिनुहोस् जसले आन्द्रा र पेटको बोसोहरुको ख्याल गर्छन् l जब कसैको उमेर बढ्दै जान्छ उनीहरुको क्यालोरी कम हुँदै जानुपर्छ तर उनीहरुको शारीरिक क्रियाकलाप पनि त्यस्तै घट्नुपर्छ र यही बेला बोसो थुप्रिन्छ l यदि तपाईंले पिउनैपर्छ भने हल्का बियर रोज्नुहोस् तर जस्तो सुकै अवस्थामा कसरत गर्न नछोड्नुहोस् l  
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीजब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
तलतल संधै र पुरा तरिकाले प्रकृतिक हैनन् । तपाईले आफ्नो शरीरलाई के दिनुहुन्छ र तपाईको स्वाद तन्तुअनुसन्धानले देखाएको छ कि चिनी हेरोइन भन्दा लत लाग्ने हुन सक्छ । यो पढ्नु अगाडि तपाईले के खानु या पिउनु भएको थियो ? ब्रेड ? केरा ? चकलेट ? केक ? फ्रेन्च फ्राईज ? वेफ़र ? डोनट ? बिस्कुट ? सोडा ? जुस ? वाइन ? भोड्का ? कफी ? चिया ? अन्त्यमा तिनीहरु चिनी हुन् । कुनै मिठो, कुनै नमिठो हुन्छन् । बच्चा हुँदा सबै भन्दा पहिलो हामीले दुध खान्छौं । त्यो स्वभावतः गुलियो हुन्छ । त्यो उमेर देखि हामीले बुझ्छौं कि हामीलाई चिनी मनपर्छ अनि त्यो चाहिन्छ । तपाईलाई चिनीको लत हुन सक्छ यदि : हरेक खाना पछि तपाईलाई “केही मिठो” चाहिन्छ । तपाईले चिया या कफीमा चिनी नहाली खान सक्नु हुदैन । बाहिर गएको बेला तपाईलाई मिठो चाहिन्छ । बचेको केक लिन तपाई फ्रिजमा खोज्न जानु हुन्छ । तपाई खुशी हुनको लागि त्यो सानो चकलेट भए पुग्छ । घरमा भएको अन्तिम लड्डु तपाइले सकाउनु हुन्छ । तपाईलाई सबै खानामा केचप चाहिन्छ- फ्रेन्च फ्राईज, नुडल्स, पिज्जा, बर्गर, समोसा, कचोरी । पढ़े पछि तपाईलाई माथिको सबै खाना चाहिन्छ । बाहिर घाम भएको बेला तपाईलाई  पानीले पुग्दैन, तपाईलाई गुलियो जुस चाहिन्छ । मक्टेल या सोडाले तपाईको डिनर पुरा हुन्छ । अनि अरु यस्तै कुराहरु । त्यसैले हेर्नु भयो त, सके सम्म हामी सबैलाई चिनीको लत लागेको छ । अध्धयनले देखाउँछ कि अमेरिका, बेलायत अनि अस्ट्रेलियाको हरेक मान्छेलाई चिनीको लत लागेको छ । चिनीको लत लाग्नु कारणहरु धेरै छन् । पहिलो कुरा, चिनीको स्वाद मिठो छ त्यसमा केही संदेह छैन । स्वादमा विवाद गर्न मिल्दैन । तर के तपाईलाई थाहा छ स्वाद ब्नाइएको हो ? लत संधै र पुरा तरिकाले प्रकृतिक हुदैन । तपाईले आफ्नो शरीरलाई के दिनु हुन्छ र तपाईको स्वाद तन्तुलाई सिकाउनु हुन्छ त्यो त्यसको परिणाम हो । दोस्रो कुरा, चिनीको कम्जोर भएकोले व्यवसायहरुले धेरै फाइदा उठाउँछन् । तपाई जता जानु हुन्छ त्यता चिनीको विभिन्न प्रकारहरु हुन्छन् । क्याफे, रेस्टुरेन्ट, सामान्य पसल, सुपरमार्केट, ठेला- तपाईको ध्यान ल्याउन उनीहरुसँग धेरै परिकारहरु हुन्छन् । कसैले कत्ति रोक्न सक्छ र कत्ति मेन्युलाई फिल्टर गर्न सक्छ ! तेस्रो कुरा, चिनीले तुरुन्तै खुशी दिन्छ । त्यो उसकोलागि काम गर्छ अनि हाम्रो समस्यामा थपिन्छ । काममा दुखि दिन भए पनि चकलेट हेरेर तपाईलाई खुशी दिन्छ । अल्छि लागेको छ, आइस् क्रिमको लागि बाहिर जाओं । यो धेरै जस्तो हुन्छ । चिनी किन त्यति गुलियो छैन ? चिनीले के न नराम्रो गर्छ भनेर सोच्छौं, खुशी हुनु सबै भन्दा महत्वपूर्ण कुरा हो । यद्यपि, चिनी अरु खाना भन्दा धेरै नराम्रो हो । एक अनुसन्धानको लागि, भान्छामा भएको सबैको सामग्री हेरेर कत्तिमा र कत्ति चिनी छ भनेर हेर्नु । अरो तिन दिनको लागि चिनी भएको कुराहरु नखाने कोशिश गर्नु । तपाई अचमित पर्नु हुन्छ । चिनी खानु भएन भने धेरै कुराहरु छोड्नु पर्छ ।  चिनीसँग के समस्या छ भने त्यसले गर्दा अझै खान मन लाग्छ । थोरैले सन्तुष्टि दिदैन । तुरुन्तै लामो समय सम्म चिनीले चिनीको आकांक्षा बढाउँछ । जब तपाईले केही गुलियो खानु हुन्छ, त्यतै रोक्न सक्नु हुदैन, आरु खान मन लाग्छ अनि अरु खान मन लाग्छ । लामो समयको लागि, तपाईको स्वाद तन्तु चिनीको लागि तलतल हुन्छ । तपाईको शरीरले सोच्छ कि जब तपाईको दिमाग सुस्त हुन्छ त्यसले चिनी खोज्छ । राम्रो महसुस गर्नको लागि यो सिकाएको छ । जब तपाईले यी लत लगाउनु हुन्छ तपाई चक्रमा पर्नु हुन्छ । चिनीलाई प्राय सेतो विष भनेर भनिन्छ । बढाईचढाई गरेर भनेको होइन । शरीरमा बल दिनु बाहेक चिनीको अरु पिषक तत्व छैन । यसले धेरै स्वास्थ्य जटिलाताहरु बढाउँछ । चिनीले गर्दा मधुमेह मेलिटास, मोटोपन, मुटु रोग, हर्मोनल असंतुलन, यौन दुर्व्यवहार अनि अरु धेरै कुराहरु हुन्छ । चिनीको तलतल भनेको सबै भन्दा सामान्य तलतल हो । चिनीलाई पूर्ण रुपमा छोड्न गाह्रो हुन्छ तर त्यसलाई कम गर्न सकिन्छ । तलतललाई कसरी हराउने ? एक्शन लिने समय भयो ? यो सुचनाहरुले गर्दा चिनी खान कम गर्न मन लागेको होला । पर्खनु । रक्सि, चुरोट, ड्रग- यिनीहरुले लत लाग्छ भनेर बुझेको छ । त्यसैले समर्थन समुहहरु छन्, हाम्रो वारीपरिको मान्छेहरुले हामीलाई लतबाट छुट्टाउनको लागि मद्दत र प्रेरित गर्छन् । चिनीको लत छुट्टाउन झन् गाह्रो हुन्छ । त्यो गर्नको लागि धेरै शक्ति र दृढता चाहिन्छ । के तपाई चुनौतीको लागि तयार हुनुहुन्छ ? चिनीको लतबाट हट्नको लागि केही उदाहरणहरु हेरौं : पानी कम प्युनु बनावटी गुलियो पेयलाई कम गर्नु- कोलाहरु, सुन्तला, चिसो चिया, क्यानमा भएको पेयहरु, सोडाहरु । तिनीहरुको शुन्य स्वास्थ्य लाभ छ । तपाईले तिनीहरुलाई स्वादले गर्दा मात्र प्युनु हुन्छ । ध्यान राख्नु कि स्वाद केही समयको लागि मात्र हो । भित्र पुगे पछि यी पेयहरुले तपाईको शरीरमा नराम्रो गर्दै छन् । एक चम्मा कम-चिया या कफी ? तपाईले आफ्नो दिन सुरु गर्नको लागि के प्युनु हुन्छ ? जे भए पनि चिनी कम खानु । यदि तपाईले दुई चम्चा लिनु हुन्छ भने एक लिनु । यदि तपाईले एक चम्चा लिनु हुन्छ भने आधा चम्चा कोशिश गर्नु । सुरुआतमा गाह्रो हुन्छ तर तपाईलाई बानि परे पछि मन पर्छ । जुस प्युनु भन्दा फल खानु । क्यानले जे प्युनु हुन्छ त्यसमा चिनी हुन्छ । क्यानलाई नाइँ भन्नु ।  कम खानु केचाप्को बोतललाई नछुनु । हप्तामा चकलेट खाने मात्रा बनाउनु । तपाईको निर्णयलाई तपाईको मनस्तिथीले गर्दा परिवर्तन नगर्नु ।  बेकरीको कुराहरु चिनीले भरिएको हुन्छ, तिनीहरु छन् भनेर बिर्सिनु । जब किराना पसल जानु हुन्छ तिनीहरुलाई नहेर्नु । ब्रेकफास्टमा सिरियल मन पर्छ ? प्याकेटमा चिनी कत्ति छ भनेर हेर्नु । जसमा स्वाद हालेको हुन्छ त्यसमा बढी चिनी हुन्छ । साधा लिनु । पोषणको लागि आफ्नै फल या डराई फ्रुटहरु हाल्न मिल्छ । अवसरको बेल मात्र मिठो खानु पर्छ । तपाईलाई हरेक दिन चाहीदैन । मिठास तपाईको प्लेटमा भन्दा तपाईको बोलीमा होस् ।
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपपौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
स्वस्थ कालो कपालको लागि सही पोषण मुख्य तरिका हो lहामी सबैको जीवनमा कुनै समय कपाल फुल्ने हुन्छ l कोही त्यो छिटै पाउँछन् र अरु भाग्यमानीहरु जब उनीहरु ५० वर्षको हुन्छन् अनि पाउँन सक्छन् l भारतमा आजभोलि ७०% महिलाहरुमा समयमा भन्दा अगाडी कपाल फुल्ने र झर्ने समस्या छ l कपाल फुल्नुको कारणहरु के हुन् र यदि तपाईको कपाल छिटै फुल्न सुरु हुँदा के गर्न सकिन्छ ? कपाल फुल्नु र झर्नुको सम्भावित कारणहरु के हुन्? खानामा पोषणको कमि l अत्यधिक तनाव चायाँ थाईराइड समस्या, रक्ताल्पता र भिटीलिगो जस्ता रोगहरु l केही औषधीको साइड इफेक्टहरु कपालको समस्याहरु चुरोट र रक्सी पिउने महिलाहरुमा बढी देखिन्छ l बच्चा जन्मिने र रजनोवृति हुने समयमा प्राय महिलाको कपाल झर्ने हुन्छ l छिटो फुल्ने वंशानुगत ढाँचा आजभोलीको सौन्दर्यको प्रकियाहरु जस्तै कलर गर्ने, ब्लिच गर्ने, रंगाउने, सेट गर्ने, सिधा गर्ने कारणले छिटै कपालको समस्या हुन्छ l वातावरण प्रदुषण उपचार र रोकथाम एउटा सन्तुलित खाना खानुहोस् l प्रत्येक खानामा तपाईको शरीरमा सही पोषणहरु पुग्छन् भन्ने निश्चित गर्नुहोस् l यदि तपाई कम रगत हुने बिरामी हुनुहुन्छ भने सही औषधी सेवन गर्नुहोस् l यो मूल कारण हुनसक्छ l राम्रो निद्रा लिनुहोस् l तनाव नलिनुहोस् l तेल नियमित लगाउनुहोस् र मसाज गर्नुहोस् l प्रशस्त पानी पिउनुहोस् l केमिकलहरुबाट टाढानै बस्नुहोस् l फुलेको कपाल लुकाउन के गर्नुपर्छ ? तपाईको कपालमा अमलाको तेल लगाउनुहोस् त्यसलाई स्वस्थ राख्न l हिना, कागतीको रस, फलामको कन्टेनरमा बनाएको फेनुग्रिक दानाको पेस्ट लगाउनुहोस्, त्यसलाई रंग लगाउँन र फुलेको घटाउनुहोस् l नरिवलको तेलमा गुजबेरी टुक्राहरु उमाल्नुहोस् l जब त्यो कालो हुन्छ, कपालमा त्यो लगाउनुहोस् l यदि तपाईसँग ४५-५०% फुलेको कपाल छ भने तपाईले स्थायी कपाल रंग प्रयोग गर्न सक्नुहुन्छ l
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
तपाईले आफ्नो यौन संक्रमणबारे कुरा नगरुन्जेल नपर्खनुहोस् l तपाईले कसरी र किन आफ्नो मुख खोल्नुपर्हामीहरु जिईरहेको समय डरलाग्दो समय हो। विश्वभर यौन सम्बन्धित समस्याहरु, रोगहरु र अवस्थाहरुले प्रभावती भएका मानिसहरुका उच्च संख्या मात्रै पनि भयाभव छ। एड्स, यौन संक्रमणहरु जस्तै सिफिलिस र गोनोरिया, दादहरु, HPV आदि तीव्र भएर बढि रहेको छ र यसले एउटा जिम्मेवार पूर्ण यौन व्यवहारको माग गरिरहेको छ। तरैपनि, त्यो त एउटा आदर्श संसार हुनेछ जहाँ मानिसहरु एउटै जोडी संग जिम्मेवार पूर्ण ढंगले व्यवहार गर्नेछन। जोखिम पूर्ण यौन सम्पर्कमा लिप्त भए भने एउटा एकल व्यक्तिलाई पनि यी रोगहरु लाग्न सक्छ। कल्पना गर्नुहोस् अमेरिकामा एक जना महिलाले आफ्नो श्रीमानले उनलाई हर्प्स (दाद) सारेको कारण $७५०, ००० अंश प्राप्त गरेकी थिइन्। तपाईं कानूनी रुपले दोषी नठहरिनु भएता पनि, नैतिक जिम्मेवारीलाई बहन गर्नु पर्दछ र तपाईंको साथि संग सम्भावित यौन प्रसारित संक्रमणको विषयमा छलफल गर्नु पर्छ! दश वर्ष देखि खुशी साथ विवाह भएको ज्याकको अवस्थालाई हेर्नुहोस् जसको शहर देखि बाहिर अफिसको यात्रामा कसै संग असावधानी पूर्ण यौन सम्पर्क भयो। उसमा कुनै पनि स्पष्ट देखिने लक्षणहरु देखा परेन तर एक महिनामा, उसको श्रीमतीमा हर्प्स (दाद) को संकेत देखियो र उसको विवाह धराशायी भयो कारण उसको श्रीमती आफ्नो श्रीमानको स्पष्ट विश्वासघात पूर्ण र निर्दयी व्यवहारलाई बुझ्न श्रीमतीलाई धेरै गाह्रो भयो जसले गर्दा उनलाई एउटा गम्भीर यौन संक्रमण हुन पुग्यो। (सिफिलिस सम्बन्धि लेखको निम्ति www.topdoctorsonline.com लाई हेर्नुहोस) त्यति बेला सम्म त उसले, सम्पूर्ण सम्भावना सहित, उसको नियमित यौन सम्पर्कको जोडी वा साथीलाई सारी सकेको हुन सक्छ। वा, शायद, अर्को सम्भावना पनि के हुन सक्छ भने त्यो व्यक्तिलाई यौन संक्रमण भएको छ भनि थाह हुन सक्छ तर आफ्नो साथीलाई कसरी बताउने भनि थाहा नहुन सक्छ। यदि एउटा व्यक्तिलाई उसको संक्रमणको विषयमा थाहा छ भने, तरपनि अर्को व्यक्तिलाई जानी जानी त्यो रोग सारी दिन्छ भने, त्यो एउटा नियोजित हत्या बराबरको अपराध हुन्छ। हो, तपाईंको साथीलाई बताउन गार्हो हुनेछ जसो गर्दा सम्बन्धको अन्त्य नै हुने संकेत मिल्न सक्छ वा त्यस सम्बन्धमा अत्यन्त ठुलो फाटो ल्याउन सक्छ। त्यसकारण, यदि तपाईं यस प्रकारको परिस्थितिमा अल्झिनु भयो भने, तपाईं के गर्नु हुने छ? विकल्पको रुपमा एउटा यौन चिकित्षक कहाँ जाने र उसमाथि नै भर पर्ने र त्यस पछि दुवै जना भेट्न जाने र विज्ञले त्यो कुरा आफ्नो जोडीलाई बताउन लगाउने हुन सक्छ। त्यो यदी तपाईं स्थिर सम्बन्धमा हुनुहुन्छ भने ठिकै हुन सक्छ। तर त्यस्तो जोडीको निम्ति जो असावधानीपूर्ण यौन सम्पर्क गर्छन, र संक्रमित व्यक्तिले प्राय आफ्नो संक्रमणको विषयमा त्यति खुल्न चाहंदैनन र यदी अर्को व्यक्ति एकदम अपरिचित हो भने त झन् यसमा कुनै चासो नै नराख्न सक्छन। समाचारको एउटा रिपोर्टले अझ कति चकित पार्ने तथ्यांक प्रकट गरेकोछ: धेरै मानिसहरुले भने कि तिनीहरु, आकस्मिक साथीहरु (५० प्रतिशत ) वा दिर्घ-कालिन साथीहरु (३९ प्रतिशत ) संग यौन सम्पर्क गर्न भन्दा अघि कहिलेकाहिँ, विरलै जांच गर्ने गर्छन वा कहीले पनि गर्दैनन्। यौन प्रसारित संक्रमणको जांचको विषयमा छलफल गर्यौं भन्ने मानिसहरु मध्ये, धेरै थोरैले मात्रै स्वीकृत यौन जोडीहरुको कुरा गरे वा तिनीहरुको पछिल्लो यौन क्रियाकलापको सम्बन्धमा कहीले जांच भएको थियो भन्ने कुरा गरे। यी मुद्दाहरु यौन प्रसारित संक्रमण रोगहरुको जांच गर्नको निम्ति महत्त्वपूर्ण भागहरु हुन्, अनुसन्धानकर्ताहरुले भनेका छन। करिव एक-तिहाइ सहभागीहरुले तिनीहरुका साथीहरुलाई उनिहरुलाई यौन प्रसारित संक्रमण छैन भनि बताएका छन भनि भने जबकी उनीहरुको पछिल्लो यौन साथी पछि कुनै जांच गरेका छैनन्। एक अमेरिकी महिलाले उनको पुर्व-पति बाट अदालतमा $७५०,००० प्राप्त गरेकी थिईन कारण उसले उनलाई हर्प्स (दाद) दिएको थियो, र कानूनको चलन यस्तो छ कि यसले मानिसहरुलाई दोषी ठहराउँछ। ध्यान दिनुहोस् एउटा कन्डमको प्रयोग गर्दा पनि यो अर्को व्यक्तिलाई संक्रमण सर्दैन भन्ने १००% ग्यारेन्टी छैन तर पनि तपाईंको अवस्था को बारेमा बताउने आँट छैन भने तपाईंले कमसेकम कन्डमको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको साथी धेरै जना संगको यौन क्रियाकलापमा लिप्त छ भन्ने तपाईंलाई महसुस भयो भने र उसलाई संक्रमण भएको छ भन्ने तपाईंलाई लाग्यो भने, तब तपाईं उ/उनिले जांच नगराए सम्म यौन सम्पर्क गर्दिन भन्ने अधिकार तपाईं संग छ। यदि तपाईंले यौनांग वरिपरि फोकाहरु देख्नु भयो भने मुख वा गुद्वार मैथुन वा अन्य कुनै पनि प्रकारको यौन सम्पर्कमा नलाग्नुहोस् र जहिले पनि कन्डम लगाउन जोड दिनुहोस; यसले तपाईंको जीवन बचाउन सक्छ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न