होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको सà¤ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरàसंगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
फलफूलको कुरा गर्दा गुलियो स्वाद भनेझैँ महिलाहरुको कुरा गर्दा मिठास बुझिन्छ । एक महिलालाई बिहानà¥घरमा सबैले आफ्ना आवश्यकताहरुका लागि एक महिलाबाट धेरै अपेक्षा राख्दछन् । श्रीमानलाई अफिसका लागि तयारी, बच्चाहरुलाई तयार गरी उनीहरुको स्कुलको लागि खाजाको तयारी र सासु ससुरालाई विहानको चिया नास्ताको बन्दोबस्त । यसका साथसाथै, उनलाई अफिस समयमा पुग्न हतार हुन्छ । अनि फर्किँदा घरका लागि तरकारी तथा अन्य किनमेल गर्नुपर्ने, घर पुगेर खाना तयार गर्नुपर्ने र घरको सम्पूर्ण काम सकाएर सुत्न राति निकै ढिला हुने ।  यसरी यति धेरै काममा व्यस्त हुने महिलाहरुका लागि गुमाएको ऊर्जा पुनःपूर्ति गर्न उपलब्ध समय पर्याप्त हुँदैन । यति धेरै काम गर्नाले मानसिक भार र तनावका कारण टाउको दुखाई, गर्दन दुखाई, काँधको कडापन, मलिन मुद्रा, दाँत किट्ने समस्या तथा थकान जस्ता समस्याहरु देखा पर्न सक्छन् । यसको समाधान के हुनसक्छ त ? यसको एकमात्र समाधान हो योगा । हाम्रो स्वास्थ्यमा योगाको कति धेरै फाइदाहरु हुन्छ यो हामी सबैलाई अवगत भएकै कुरा हो; यसले दुवै शारीरिक र मानसिक फाइदाहरु दिलाउँछ । यो हाम्रो शरीर, दिमाग एवं आत्माका लागि निकै फाइदाजनक छ । यसको लागि केवल १० मिनेटको समय चाहिन्छ । योगाले मानसिक भार र तनावबाट मुक्त हुन मद्दत पुर्याउँदछ । संस्कृतमा योगाको अर्थ योग हो जसले जोड्नु वा एकजुट गर्नु भन्ने बुझिन्छ । योगा भनेकै दिमाग, शरीर, आत्मा एवं श्वासको हाम्रो वरिपरिको वातावरण र ब्रह्माण्डसँगको संयोजन हो । एकले योगा क्रमिक रुपले आरामदायक गतिमा गर्नुपर्दछ । श्वास–प्रश्वासको व्यायाम मानसिक तनाव कम गर्नका लागि निकै उपयुक्त उपाय हो । अनि यो विभिन्न आसनमा गर्न सकिन्छ । यसका लागि तपाईँले चिँउडो bhuii*को बराबरीमा हुनेगरी काँध खुकुलो बनाई आरामपूर्वक भुँइमा बस्नुपर्दछ । पेट र करङ फुल्ने गरी छाती फुलाउँदै नाकबाट श्वास लिनुहोस् अनि विस्तारै पेट र करङ खुम्च्याउँदै श्वास छोड्नुहोस् र अन्तमा छातीलाई खुकुलो बनाउनुहोस् । अब यसरी नै श्वास–प्रश्वास जारी राख्नुहोस्, यसले हाम्रो शरीरमा प्रवेश गर्ने अक्सिजनको गुण र मात्रामा सुधार ल्याउँदै श्वासको कमीमा राहत garna waa तनाव कम गर्न मद्दत गर्दछ ।      योगा मुद्रा तनावबाट मुक्त हुनको निमित्त उपयोगी छ, यसका लागि सर्वप्रथम चटाईमा पलेटी कसेर बस्नुहोस् र आफ्नो पिठ्यूँलाई सिधा राख्नुहोस्, त्यसपछि आफ्नो पाखुरा पछाडी लग्नुहोस् र आफ्नो दाहिने हातले देब्रे नाडीमा समाउनुहोस् । त्यसपछि श्वास बाहिर फाल्दै, अगाडि झुकेर आफ्नो बायाँ घुँडालाई छुनुहोस्, यो अभ्यास गर्दा भगवान् तिर समर्पित भएको सम्झनुहोस् जसले सदैव तपाईँको रक्षा गर्दछन् र श्वास भित्र लिँदै पुरानो मुद्रामा फर्कनुहोस्, अनि यही प्रक्रिया आफ्नो दायाँ दिशातिर पनि दोहोर्याउनुहोस् । अनि अन्ततः आफ्नो निधारले जमिनमा छुवाउँदै यो मुद्राको समापन गर्नुहोस्, यो गर्दा श्वास बाहिर फाल्नुहोस् र जब तपाईंलाई श्वास भित्र लिनु पर्ने हुन्छ फेरि सामान्य मुद्रामा फर्कनुहोस् । यस आसनले तपाईंमा फुर्ति बढाउन मद्दत गर्दछ, श्वास–प्रश्वास कार्य पनि सक्रिय तुल्याउँछ, पाचन प्रकियामा सुधार ल्याउँछ र तपाईंलाई संयम बनाउँछ । तर यस आसन गर्भवती महिला, हर्नियाका बिरामी र रेटिना विकार भएका बिरामीहरुले भने गर्नु हुँदैन । शवासनले तपाईंले कुनै पनि कार्य गर्नुपूर्व शरीरलाई आराम प्रदान गर्न मद्दत गर्दछ । यो आसनका लागि चटाईमा लम्पसार परेर आरामले सुत्नुहोस् । आफ्ना पाखुराहरु शरीरभन्दा कम्तिमा एक फिटको दुरीमा राख्नुहोस् र खुट्टाहरु पनि दुई फिट जतिको दुरीमा राख्नुहोस् । त्यसपछि आँखा बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिँदै तनावका भावनाहरुबाट मुक्त भएको महसुस गर्नुहोस् । सामान्य श्वास लिँदै शरीरका विभिन्न भागहरुमा ध्यान दिनुहोस् जस्तै खुट्टाका औँला, खुट्टा ,पेट र अन्ततः शिर अनि मांसपेशीको समूहलाई आराम दिने कोशिश गर्नुहोस् । यसले तपाईँको  श्वास–प्रश्वासमा सुधार ल्याउँदछ, एकाग्रता बढाउँछ  र भित्री शान्ति प्रदान गर्दछ । तर यदि तपाईं कम रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने यस आसनबाट टाढै रहनुहोस् ।  
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावàमहिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा धà¥बच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सकà¥आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भà¤प्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
महिलाको लागि, एउटा उत्कृष्ट, खुशी जीवन सन्तुलन कार्यबारे हो र तिनीहरु पहिले देखिनै काम र बिहे सन्àमहिलाको लागि घर र काम बीच सन्तुलन गर्ने धेरै कठिन हुन्छ l त्यहीपनि, वर्षैपिछे, घर व्यवस्था गर्दै बाहिर काममा जान इच्छुक हुने महिलाहरुको संख्या बढ्दैछ l यो किन हो भने सफल करियरले महिलालाई समाजमा आफ्नो पहिचान स्थापना गर्न मद्दत गर्नसक्छ, सम्मान पाउन र उनको निहित गुणहरु, उत्साह र सपनाहरुलाई न्याय दिन मद्दत गर्नसक्छ l त्यसैले एउटा सफल कामगर्ने महिला एउटा खुशी महिला हो र तथ्यांकले देखाउँछ कि त्यस्ता महिलाहरुले आफ्नो बच्चा र पतिलाई खुशी राख्छन् l थप स्थिर बिहेहरु सत्तरीको दशकमा, जब महिलाहरु ठुलो संख्यामा कार्यस्थलहरु प्रवेश गर्न सुरु गरे, त्यहाँ डिभोर्स रेटहरु बढ्न सुरु गरे l यद्दपी, बिगतको दशकमा, कामगर्ने जोडीहरु मध्ये डिभोर्स दरहरु वास्तवमा घटेका छन् l आज, पुरुषहरुमा कामगर्ने महिला एउटा पार्टनर हुनुपर्छ भन्ने विचार बढेको छ l थुप्रै देशहरुमा, पुरुषहरुले वास्तवमा घरेलु कामहरु बाड्छन् र बच्चा हेरचाहको लागि समर्पित गर्छन् ताकी उनीहरुको महिलाहरु सफलतापूर्वक दुवै घर र काम सम्हाल्छन् l यद्दपी, घर र बच्चाहरुको दायित्व अझै प्रमुख हो, महिलाहरुको लागि l तपाईंको काम र बिहे सफलतापूर्वक व्यवस्था गर्न यहाँ छ तरिकाहरु छन्: सही काम खोज्नुहोस् तपाईंले कार्यस्थल र घरको काम व्यवस्था गर्न तनाव सहज बनाउन सक्नुहुन्छ यदि तपाईं सही निर्णयहरु बनाउनुहुन्छ l अध्ययनहरुले इंकित गर्छ कि कम मागहुने कार्यमा पहुँच हुने जोडीहरुले राम्रो यौन सम्बन्ध र राम्रो सम्बन्धहरु पाउँछन् र त्यसैले कमै तनावमा हुन्छन् l यद्दपी, जब कामगर्ने समय लामा छन्, अवस्था उल्टो हुनसक्छ l त्यसैले एउटा रोमान्चक काम पत्ता लगाउन महत्वपूर्ण छ जसमा तपाईंले अझै नियन्त्रणमा पाउन सक्नुहुन्छ विशेषगरी जब हामीसँग घरमा साना बच्चाहरु छन् l कामगर्ने समय मिलाउने प्राय महिलाहरुले आफ्नो करियरहरु बिचमै छोड्नुपर्छ किनकि उनीहरुको पतिहरु लामो समयको लागि काम गर्छन् र बच्चाहरु हेरचाह गर्न कोही उपलब्ध हुँदैन l यदि श्रीमती पनि काममा राम्रो छ भने जोडीले ति कामहरु गर्नुपर्छ जसले दुवैजनालाई काम गर्न अवसर प्रदान गर्छ किनकि यो गर्नेले तिनीहरु दुवैजनालाई सन्तुष्ट राख्नेछ l त्यहाँ एउटा सम्भावना छ कि श्रीमान वा श्रीमतीले आम्दानी अलिकति गुमाउन सक्छन् यो समायोजनमा तर अन्तिममा त्यसले खुशी बिहे पाउने मौका बढाउछ l काम छोड्दाको नकारात्मक प्रभाव यदि काममा उन्मुख महिलाले परिवार मागहरुको कारणले आफ्नो काम छोड्छिन् भने त्यसले बिहेको खास जगनै हल्लाउन सक्छ साथै उनीलाई निराश पनि छोड्नेछ l साथै एउटा ब्रेक लिनु भनेको तपाईंले आफ्नो करियर पुनः सुचारु गर्न चाहँदा तपाईंले निकै छिटो टिप्नुपर्छ जुन वास्ताकितामा निकै कठिन छ l यी अवस्थामा, कामगर्ने आमाहरु केटाकेटी र उनीहरुको बुवाबीचको सम्बन्ध दृढ गर्न मद्दत गर्छन् जब बुवाहरु बच्चा हेरचाह गर्न समय बिताउछन्, बच्चाहरु र बुवा बीचको नजिकको सम्बन्ध बन्छ जुन बुवा काममा जाने परिवारमा सम्भव छैन l अध्ययनले देखाउछ कि दुवै बुवा र आमा बीचको बराबर समर्पणमा हुर्किएको केटाकेटीको उच्च उदेश्य र आकांक्षाहरु हुन्छ l कम दोषी महसुस गर्नुहोस् एउटा कामगर्ने महिला कम दोषी महसुस गर्छ किनकि उनीले समर्पित गृहिणीहरुसँग तुलना गरिएझैँ आफ्नो केटाकेटीसँग धेरै समय बिताउन सक्दिन l यद्दपी, यदि पतिले केटाकेटी हुर्काउने  जिम्मेवारीहरु सम्बन्धि बाड्छ भने दुवै अभिभावकहरु बच्चाहरुको लागि आफ्नो भूमिका खेल्दा खुशी हुन सक्छन् l एउटा सफल करियर भएको एउटा महिला सकारात्मक र आत्मविश्वासी हुन्छ उनीले गर्ने हरेक कुराको बारेमा, जसले अन्त्यमाउनको परिवार खुशी बनाउँछ l  
गुड नाइट...स्लिप टाइटलाई एउटा वास्तविकता बनाउँन तपाईले गर्ने कुराहरुमिठो निद्रा कसलाई प्यारो लाग्दैन र ! राम्रो निद्रा परेन भने भएभरको दोष आफु वरिपरिको हुनेगरेका गतिविधिलाई दिइन्छ । यो स्वभाविक हो, यदि राम्रो निद्रा पुगेन भने व्यक्तिको शारीरिक तथा मानसिक विकासमा अवरोध आउछ र अरुलाई दोष दिइन्छ । राम्रो निद्रा पार्नु नपार्नु व्यक्ति स्वयममा भर पर्छ । राम्रो निद्राका लागि गर्न हुने र नहुने कुरा  सुत्ने र उठ्ने समय एउटै हुनु निद्राको लागि राम्रो मानिन्छ ।  नियमित सुत्ने र उठ्ने नियमित तालिका बनाउनु पर्छ । निद्रा राम्रो भएमा मस्तिष्क र शरिरलाई आराम मिल्नुका साथै स्वस्थ रहन्छ ।  यदि तपाई कामले थकित हुनुहुन्छ र शरिरलाई आराम चाहिएको छ भने ओछ्यानको अवस्था जति नै नाजुक भएपनि निद्रा लाग्ने सम्भावना हुन्छ । अन्यथा नियमित रुपमा सुत्ने तालिका र राम्रो ओछ्यान भएन भने शरिर र मस्तिष्क आरामले निदाउन सक्दैन । त्यसैले आफु सुत्ने ओछ्यान र समयतालिकालाई अस्तव्यस्त नगरि राम्रो निद्रामा ध्यान पुर्याउन अपरिहार्य छ  । मोवाइलमा अर्लाम सेट गरि सधै एउटै समयमा सुत्ने र उठ्ने बानिको विकास गर्न सकिन्छ ।   राम्रो निद्रा पर्ने कुरामा आफु कत्तिको तनावमुक्त छ भन्ने कुराले पनि निर्धारण गर्दछ । राम्रो निद्राका लागि चिन्ता तथा तनावमुक्त हुन जरुरी छ । यदि मस्तिष्कमा अनेकथरी कुरा खेलिरहन्छ र तनाव छ  भने निद्रा छेउमै पर्दैन । निद्रा परेन भने एउटा चिन्ताले डिप्रेसनको शिकार बन्न बेर लाग्दैन ।   त्यसैले मस्तिष्कबाट अनावश्यक त्यागेर ओछ्यानमा जानुस्. । मिठो निद्रा ग्रहण गर्नुस् ताकि भोलिपल्ट विहान उठ्दा मन चंगा जस्तै बनेको भान होस् ।  मानिस स्वस्थ रहन पर्याप्त निद्रा आवश्यक पर्छ । जसका लागि करिब ८ घण्टा सुत्न जरुरी हुन्छ । जसमा आन्तरिक तथा बाह्य तत्वले प्रभाव पारेको हुन्छ ।  यदि सुत्ने ओछ्यान आरामदायि भयो भने जतिबेला पनि निद्रा आउन सक्छ हैन भने निद्रा पर्न गाह्रो  हुन्छ । व्यक्तिको आनिबानी र जिवनशैलिको कारण सुत्ने तालिका फरक हुन सक्छ । यद्यपि, आरामदायि बेड बनाई निद्रा पुराउनु पर्छ । कतिपय व्यक्तिले निद्रा लागोस् भनेर नाइटक्याप लगाउछन् भने कतिपयले अल्कोहल र स्लिपिङ ट्याव्लेट सेवन गर्दछन् । धेरैले अल्कोहल सेवन गरेपछि राम्रो निद्रा पर्ने विश्वास गर्छन् तर यसले सुताईमा कुनै सहयोग गर्दैन,  बरु शरिरमा अल्कोहल र औषधिको असर कम भएसंगै निद्रा विगार्ने गर्दछ । अल्कोहल र ट्याव्लेट खाने बानि पर्छ र विस्तारै यसको दिर्घकालिन असर  मस्तिष्क  र शरिरमा पर्न जान्छ । त्यसैले सुत्नुअघि अल्कोहल, चिया कफि तथा निकोटिनयुक्त हानिकारक तत्व प्रयोग गर्नुको सट्टा  घरमा सहजै उपलब्ध हुने  तातो दुध र चकलेट खाएर मिठो निद्रा ग्रहण गर्नु उपयुक्त हुन्छ । विज्ञान तथा प्रविधिको युगमा जोसुकै व्यक्तिले प्रविधिको अत्याधिक प्रयोग गरिरहेका हुन्छन् ।  अवेरसम्म निद्रा नपर्नुमा कम्प्युटर, टेलिभिजन तथा मोवाइल जस्ता सामग्रीहरु मुख्य कार कतत्व हुन् । जसले सुत्ने तालिकालाई तलमाथि गर्न ठुलो भुमिका खेलिरहेका हुन्छन् । यस्ता सामग्री आफुनजिकै राख्नु निद्राको दृष्टिकोणले हानिकारक मानिन्छ ।  त्यसैले सुत्नुअघि ल्यापटप, टेलिभिजन तथा मोवाइल आफ्नो छेउ नजिकै नराखि मस्तले निदाउनुहोस् । सुत्नुअघि स्टिमुलेन्टहरु जस्तै कफी, चिया वा निकोटिन नखानुहोस् किनकी त्यसले तपाईंको स्नायुहरु हाइपर बनाउँछ र निद्रा लाग्न कठिनाइहरु दिन्छ l
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलोदैनिक दुई पल्ट आफ्नो दाँत ब्रश गर्नु मात्र ताजा श्वासको लागि पर्याप्त हुँदैन । तपाईं कस्तो तरिकाले ब्रश गर्नुहुन्छ, र तपाइँ कति लामो समयसम्म ब्रश गर्नुहुन्छ समान रूपमा महत्त्वपूर्ण हुन्छ, साथै नियमित रूपमा फ्ल्स गर्नु र सही खाना खानु । १९ वर्षीया रिता खराब श्वासबाट ग्रस्त छिन् । यो उनको लागि एक ठूलो कम्जोरी हो । कलेजमा कोही पनि उनको मित्र हुन चाहँदैनन् । उनको चिकित्सकले दैनिक दुई पटक ब्रश गर्ने सुझाव र उनको लागि राम्रो माउथ वाश निर्धारण गरिदिएका छन । यस सल्लाह पालना गर्दा पनि उनलाई धेरै सहयोग पुगेको छैन् । हामी लाखौं हुनुपर्छ जसले रिताको समस्या पहिचान्न सक्छौं । हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलो असजिलोपन हो । यो रिताको जस्तै सामाजबाट अलग्गिनुको कारण हुन सक्छ । ताजा श्वास स्वच्छताको चिन्ह हो । ताजा श्वासले आफुलाई अझ विश्वस्त बनाउँछ, र तपाइँलाई जिवनले फ्याँक्ने कुनै पनि चुनौती सामना गर्न तयार बनाउँछ । त्यसोभए, तपाईंले आफ्नो श्वास दिन भरी ताजा राख्न के गर्नुपर्छ ? दिनको दुई पटक ब्रश गर्नुहोस्, र नियमित रूपमा राम्रो माउत वाश प्रयोग गर्नुहोस्, तपाईंको उत्तर हुनेछ । तर के यो पर्याप्त हुनेछ हामी यहाँ केही काल्पनिक कथाहरु हेरेर सुरू गरौं! माउत वाशले तपाईंलाई दिनभरी ताजा श्वास दिनेछ । यसले दिदैंन । यसले तपाईंको श्वासलाई केहि क्षणको लागी मात्रै ताजा बनाउँछ  जबसम्म तपाइँ आफ्नो दाँत नियमित रूपमा ब्रश गर्नुहुन्छ, तपाईले खराब श्वासको बारेमा चिन्ता गर्नुपर्दैन! आफ्नो दाँत ब्रश गर्न आवश्यक छ ।  तपाईंले कति लामो समय र तपाइँले कसरी ब्रश गर्नुहुन्छ, यही महत्व छ । हामीमध्ये अधिकांशले ३५ देखि ४० सेकेण्डसम्म ब्रश गर्दछ, जुन पर्याप्त छैन ।  दाँत राम्ररी सफा गर्नको लागि दाँतको सबै सतहहरुमा राम्रो तरिकाले ब्रश गर्नुपर्छ । यसले तपाईंलाई २ मिनेट भन्दा बडी लाग्न सक्छ ! र तपाईंले दैनिक दुईचोटी ब्रश गरेर पुग्छ सोचेको हुनुहुन्थ्यो! तपाईंको खराब श्वास मुखमा भएका ब्याक्टेरियाको गतिविधिको परिणाम हो । ब्याक्टेरियाको विकासको एक कारण सूखापन पनि हो । त्यही कारण तपाईंको मुख सुक्न नदिनुहोस् । आफ्नो मुखलाई राम्ररी बिझाईराख्नुहोस् । धेरै पानी पिउनुहोस् । मुखमा ब्याक्टेरिया गतिविधिको अन्य कारणहरु मध्ये एक तपाईंको दाँतको बीच अड्किएका खानाका टुक्राहरु हुन् । केहि खाईसकेपछी निश्चित रुपमा मुख राम्रोसँग कुल्ला गर्नुहोस् । फ्लसिङ एक यस्तो गतिविधि हो जुन तपाईंले कहिल्यै नकार्नु हुँदैन । फ्लसिङ्ले नियमित ब्रेसिङले गर्न नसक्ने कुरा गर्छ; यसले तपाईंको दाँतको बीचमा भएको खाना हटाउँछ । त्यस्ता खाद्य पदार्थबाट बच्नुहोस् जुन खराब श्वासको कारण हो जस्तै कफी, चिया, गुलियो डृन्क्स्, लसुन, प्याज, वा ब्रोकोली । सुगर फृ चिविङ गम तपाईंको मुखलाई हाइड्रोइड राख्ने एक राम्रो तरिका हो, किनकि तिनीहरू थुकको प्रवाह बढाउँछ् । जेल आधारित मन्जनहरूले तपाईंलाई ताजा श्वास दिन सक्छ, तर यसको प्रभावहरू अस्थायी हुन्छन् । फ्लोराइड युक्त मन्जनको लागि जानुहोस् जुन लामो समयको लागी राम्रो हुन्छ । योगाको रूपमा कपाल भाती प्रणायम, शीतली प्रणायम, शीतकिरी प्रणायम, योगा मुद्र, सिंह आसन हरु खराब श्वासको सामना गर्न प्रभावकारी हुन्छ । नियमित रूपमा तपाईंको दन्त चिकित्सक सँग भेट गर्नुहोस्, र तपाइँको दाँतलाई विशेष रुपमा सफा गर्नुहोस् । जंक फूडदेखि, र सुगर र फ्याट्मा धनी हुने खाद्य पदार्थबाट बच्नुहोस् । बरु, ताजा फलफुल र तरकारीको लागि जानुहोस् । धूम्रपान र शराब उपभोग छोड्नुहोस् । सरल चीजहरू जस्तै, दैनिक ब्रश, दैनिक फ्लस्, हरेक भोजन पछि आफ्नो मुख कुल्ला गर्ने, र सही खाना खानाले तपाइँको श्वास दिन भरी ताजा राख्न मद्दत गर्न सक्छ ।  
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
के तपाईं सधैं यौन सुखबारे धेरै जानकारी राख्न रुचि राख्नुहुन्थ्यो र विना हिचकिचाहट कसमहिलाको यौन सुखसँग जोडिएका तथ्यको तुलनामा सधैं नै  धेरै कल्पनाका कुराहरू रहेका छन् । यस बिषयमा हरेकले बताउने आफ्नै अन्तर्दृष्टि हुन्छ, तर वास्तविकता भनिएका कुराभन्दा बिल्कुलै बेग्लै छन् । धेरैजस्तो भन्दै आइएको छ कि यौन सुख संभोगको बेलामात्र हुन्छ वा योनीमा रहेको भंगाकुरलाई उत्तेजनामा ल्याएर मात्र यसको सुख प्राप्त हुन्छ । अब भन्नुपर्दा, सत्य यो हो कि महिला यौन सुख शरीरको अन्य गैरयौन अङ्गलाई चलाएर पनि हुनसक्छ । अधिकांश महिला संभोगको समयमा यौन सुख अनुभव गर्न सक्छन्, तर केही अरुको हकमा थप केही गर्नुपर्ने हुन्छ जसले उनीहरूलाई गहन आनन्दका साथ यौन सुख महसुस गर्न मद्दत गर्न सक्छ । यदि आनन्द महसुस गराउने अन्य ठाउँहरू कुन हुन् भनेर खोज्ने हो भने यहाँ तपाईंलाई त्यहाँ लैजान ५ बाटोहरू छन्  ।   स्तन र स्तनको मुन्टो :   स्तन चलाउनु र स्तनको मुन्टो चुस्नु पूर्व यौनक्रिडाको समयमा धेरैजस्तो गरिने कार्य हुन्, तर केही महिलाको लागि यसले उनीहरूलाई परमआनन्दको सागरमा तुरुन्तै लैजाने हुन्छ । एक खोज अध्ययनका अनुसार स्तनको कोमल स्पर्शले मात्र पनि धेरैजसो महिलालाई यौन सुखको बाटोमा लैजानसक्छ । स्तनभन्दा पनि अझै धेरै स्तनको मुन्टो अधिक संवेदनशील बढाउने अङ्ग हो ।   नाइटो (नाइटो वरिपरिको भाग) :   यस्तो पनि भन्ने गरिएको छ कि महिलाको नेटो वा भंगाकुरलाई चलाउनाले लगभग समान सुख वा उत्तेजना दिन्छ किनकि यी दुवै स्नायुगतरुपमा एकअर्कासँग जोडिएका हुन्छन् । त्यसकारण, महिलामा यौन सुख बढाउन यो सर्वाधिक खोजी गरिने सहायक अङ्ग बन्न पुग्दछ । नाइटो क्षेत्रमा औंला घुमाउँदा वा नाइटोमा चुम्बन गर्दा महिलाको धड्कन दौडाउन सक्छ । ओठ महिला यौन सुखको दबाब बिन्दुको लागि धेरै महत्व नदिइएको क्षेत्र, तर धेरै प्रभावकारीमध्येको एक पनि । अध्ययनले बताउँछ कि कामुक चुम्बनले केही महिलामा यौन सुख बढाउने काम गर्न सक्छ । ओठ वा अनुहारमा बिस्तारै छुने वा कोलम ढंगले हात फिराउनाले कुनै महिलालाई यति धेरै उत्तेजित गर्छ कि उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।  यदि चुम्बनले नै यौन सुख प्राप्त गर्न सकिन्छ भने उनको पुरुषलाई अवश्य पनि धेरै मेहनत गर्नुपर्ने अवस्थाबाट बचाउँछ ।   घाँटी वा गर्दन :   महिलालाई जगाउने एक महत्वपूर्ण दबाब बिन्दु घाँटी वा गर्दन पनि हुन सक्छ । दबाब बिन्दु भन्नाले घाँटी निमोठ्ने भनेर हामीले भन्न खोजेको हैन (तथापि त्यसो गर्नाले पनि केही महिला पूर्ण उत्तेजित हुने गर्छन्, र धेरै यौन आनन्द अभ्यास !) । हामीले भन्न खोजेको कानको लोती तल र वरपर कोमल मायालु छुवाइ हो । त्यहाँ गरिने एक मायालु चुम्बन वा टोकाइले रसलाई सही दिशामा बहाउन सक्छ । यसको अर्को पक्ष यो हो कि यसले महिलामा हाँसोको फोहोरा पनि ल्याउन सक्छ ।   खुट्टाको बुढी औंला :   महिलाको खुट्टाको बुढी औंला चुम्नु र चुस्नु भनेको सदैव मनपर्ने पूर्व यौनक्रीडा हो । तर कसलाई सिकाइएको छ कि यो यौन सुख वढाउने मुख्य ठाउँ हुनसक्छ । बुढी औंला चाट्ने वा चुस्ने कार्य गर्दा यसले महिलालाई आनन्दको अर्को संसारमा पठाउन सक्छ । यो सँगै अन्य केही कोमल उपायले महिलालाई बहुयौन सुखको सागरमा पौडन मद्दत गर्न सक्छ र कल्पना गर्नुहोस् त्यहाँ १० औंला छन्, तब त यसले आनन्दको सम्भावनालाई दशगुणा बढाउँछ !
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न