होम
पुरुषमा प्रजनन क्षमता गिरावट एउटा अवस्था हो जसलाई पुरुषमा बिस्तारै हर्मोनहरुको मातमहिलामा डिम्बक्षरण र हर्मोनल तहहरुमा अचानक गिरावट भन्दा फरक पुरुषमा प्रजनन क्षमतामा गिरावट एउटा बिस्तारै हुने प्रक्रिया हो l पुरुषहरुमा परिणाम त्यति प्रष्ट हुदैनन् l स्वास्थ्य जोखिमहरु यद्दपी महत्वपूर्ण हुन्छन् र सुरुवातमै पुरुष प्रजनन क्षमतामा गिरावटको लक्षणहरु पहिचान गर्नु महत्वपूर्ण हुन्छ l थप बुझ्न अरु पढ्नुहोस् l एउटा स्वस्थ पुरुषमा ३००-१२०० एनजी/डीएलको टेस्टोरेस्टोन तह नर्मल मानिन्छ l जब मान्छेको उमेर बढ्दै जान्छ, टेस्टोरेस्टोन तहहरु बिस्तारै तल जान्छन् l ३० वर्षको उमेरपछि, प्रत्येक वर्ष १% तह घट्छ l ५० वर्षको उमेर पुग्दासम्म एउटा पुरुष प्रजनन क्षमतामा गिरावटमा पुग्छ l तपाईंको टेस्टोरेस्टोन तहहरु घटिरहेको छन् कि बुझ्न निम्न लक्षणहरु विचार गर्नुहोस्:  कम यौन चाहना: कम यौन चाहना घट्दो टेस्टोरेस्टोन स्तरहरुको पहिलो चिन्ह हो l  लिंग उत्तेजना नहुने: टेस्टोरेस्टोन नाइट्रिक अक्साइड रिहाइको लागि जिम्मेवार हुन्छ जसले उत्तेजना गराउछ l उमेरसँग टेस्टोरेस्टोन तह घट्ने हुँदा, उत्तेजना पाउन र त्यो लामो समयसम्म कायम गराउन कठिन हुनसक्छ l  कम शुक्रकिट स्तर: साधारणतया विर्यपात हुने शुक्रकिट ०.१ र १० एमएल बीचको फरकमा हुन्छ l यो साधारण स्तर अन्डकोष, सेमिनल भेसिकल्स र प्रोस्टेट सबैको कुशल कार्यले हुन्छ, सबै टेस्टोरेस्टनको प्रभावमा काम गर्छन् l जब तपाईको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तर घट्छ र विर्यपात हुने मात्राको विर्य पनि घट्छ l  कामोत्तेजना समस्याहरु: जब तपाईंको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तरहरु घटेको कारणले प्रत्येक समय कामोत्तेजना पाउन अलिक कठिन हुनसक्छ l  मुड परिवर्तन हुने: यो महिलामा जतिनै हुन्छ पुरुषमा पनि त्यतिनै हुन्छ l रोमान्चक कुरा के छ भने यसमा जसले यो भोग्छ उक्त पुरुष त्यसलाई स्वीकार गर्ने र थाहा पाउने अन्तिम व्यक्ति हुन्छ l त्यसैले यदि तपाईं सानो सानो कुरामा दिक्क मान्नुहुन्छ भने तपाईंको टेस्टोरेस्टोन स्तर जाँच्नुहोस् l निराशा: जब तपाईं जुनैसुकै समय झोक्राएको वा सुस्त हुनुहुन्छ भने, तपाईंको टेस्टोरेस्टोन स्तर निकै तल खसेको हुनसक्छ l  पेटको बोसो: यो घट्दो टेस्टोरेस्टोन स्तरको एउटा सुरुवाती लक्षण हो l पेटको बोसो बढ्दो उमेरको संकेत हो l न्युन टेस्टोरेस्टोन स्तरको बढ्दो उमेरको लक्षण हो l टेस्टोरेस्टोन स्तर कम हुने सबै पुरुषहरुमा लक्षणहरु नदेखिन सक्छ l त्यस्ता अवस्थाहरुमा, कुनै उपचारको आवश्यकता हुँदैन l न्युन टेस्टोरेस्टोन अरु कुनै अवस्थाहरु जस्तै थाइराइड रोग, अत्यधिक मदिरा सेवन, निद्रामा स्वास फेर्न कठिनाइ आदिले पनि हुनसक्छ l   ३० वर्षको उमेरपछि, टेस्टोरेस्टोन स्तरको प्रति वर्ष १%ले घट्छ l एउटा पुरुष ५० वर्षको पुग्दासम्म उ प्रजनन क्षमता गिरावटको अवस्थामा हुन्छ l यी कारणहरु पहिचान गरेर हटायो भने त्यसले टेस्टोरेस्टोन स्तर नर्मलमा फर्काउनेछ l यद्दपी न्युन टेस्टोरेस्टोन स्तरहरु कुन कारणले गरेको हो भने पत्ता लाग्दैन भने त्यो साधारण उमेर वृद्धि र प्रजनन क्षमता गिरावटको प्रष्ट संकेत हो l महिलामा जस्तै पुरुषसँग पनि हर्मोन प्रतिस्थापन थेरापीको विकल्प छ l यद्दपी यो उपचार विधि विवादास्पद छ l केही पुरुषहरुमा, टेस्टोरेस्टोन प्रतिस्थापनले थुप्रै लक्षणहरुबाट छुट्कारा दिनसक्छ तर जोखिमहरुले लाभलाई उछिन्छन् l हृदयघातको उच्च जोखिम, प्रोस्टेट क्यान्सर र अन्य स्वास्थ्य समस्याहरु टेस्टोरेस्टोन प्रतिस्थापनसँग सम्बन्धित छन् l घट्दो टेस्टोरेस्टोन स्तरहरुसँग सम्बन्धित समस्याहरुको लागि हर्बल पुरकहरु साधारणतया सुरक्षित मानिन्छन् तर तिनीहरुको पनि प्रमाणित स्वास्थ्य फाइदाहरु छैनन् र प्रोस्टेट क्यान्सरको जोखिम बढाउने भन्ने मानिन्छन् l पुरुषमा प्रजनन क्षमता गिरावट महिलामा जस्तो नाटकीय र छिटै हुदैन तर यो एउटा वास्तविकता हो l यो थुप्रै वर्षको समय अवधीमा बिस्तारै हुन्छ l
धेरै माया गर्नाले बच्चा बिग्रन्छ एउटा पुरानो युगको भनाई हो र त्यो प्राय अवस्थामा सही अभिभावकले हुर्काउने तरिका कठोर वा अधिकार-युक्त हुँदा त्यसले बच्चाको जीवनमा कसिलो पेटी लगाउँछ l कठोर अभिभावकहरु नियन्त्रण बढी गर्ने र हेरचाह गर्ने गुणमा कम ध्यान पुर्याउने हुन्छन् l तिनीहरु सबै क्रियाकलापहरुको लागि उच्च मापनहरु राख्छन् र उनीहरुले राखेको नियमहरु आज्ञा पालना गरेर गरुन् भन्ने चाहन्छन् l यद्दपी यी अभिभावकहरु अलिकति न्यानोपन वा माया देखाउँछन् वा पटक्कै देखाउदैनन् l उनीहरुले गर्ने माया र स्नेह आज्ञा र प्रदर्शनमा आधारित सशर्त माया हो l निरंकुस अभिभावकहरुको बच्चा आज्ञाकारी हुन्छ तर त्यो डरमा आधारित हुन्छ l त्यस्ता अभिभावकहरु आफ्नो बच्चाको व्यवहार परिवर्तन गराउन प्राय लाज र दोष प्राय प्रयोग गर्छन् l उनीहरु मौखिक दिने लिने प्रोत्साहन गर्दैनन् र बिना कुनै प्रश्न उनीहरुको आदेश मानिनुपर्छ भन्ने आशा गर्छन् l त्यस्तो तरिकामा हुर्काएको केटाकेटी सुरुवातमा निकै आज्ञाकारी र विनम्र हुन्छन् तर पछि सबै दबाएको भावनाहरुले ठाउँ पाउँछन् l प्रायजसो त्यस्ता केटाकेटीहरु उग्र हुन्छन् र स्कूलमा अरुलाई हेप्ने दबाउने खालका हुन्छन् l रिसर्चले देखाउँछ कि बुवाहरु जो आफ्नो छोराहरुसँग निकै कठोर हुन्छन् उनीहरुले आफ्नो छोराहरुलाई हिंसक र आक्रामक बनाउँछ र गैर-शारीरिक आक्रामकपन जस्तै नराम्रो शब्दले बोलाउनेमा संलग्न गराउछ l कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु कठोर किसिमले हुर्काएको केटाकेटीहरुमा उनीहरुको समकालीन समुहसँग जोडिन कठिनाइ हुन्छ l उनीहरु कि त आक्रामक हुन्छन् वा पुरै मुर्ख वा आज्ञाकारी हुनपुग्छन् l विद्यालयमा शिक्षकहरु उनीहरुलाई सामाजिक हिसाबले कम सक्षम, पढाई र अतिरिक्त पाठ्यक्रममा औसत वा कमजोर मुल्यांकन गर्छन् l उनीहरु साथीहरुद्वारा पनि कम स्वीकार गरिन्छ l स्कूल छोड्ने दर त्यस्ता केटाकेटीमा निकै उच्च हुन्छ l त्यस्ता छोड्नेहरुमा संचालन गरिएको अध्ययनले खुलासा गर्यो कि उनीहरु निकै ठुलो हीन भावना र निम्न आत्म-सम्मानबाट ग्रसित भए l कठोर तरिकाले अभिभावकको जिम्मेवारी लिनाले किशोरावस्थामा पनि थुप्रै समस्याहरु गराउन सक्छ l केटाकेटीहरु जो आफ्नो अभिभावकहरुबाट हेपिन्छन् उनीहरु कानुन उल्लङ्घन गरिएको प्राय भेटिन्छ l त्यस्ता केटाकेटीहरुमा रक्सी र लागु औषध दुरुपयोगको दर उच्च हुन्छ l मनोभावनात्मक हिसाबले यी केटाकेटीहरु कम्जोर निर्णय गर्नेहरु हुन्छन् l उनीहरुको जीवनभरी आफ्नो बाबुआमाले निर्णय गरेको कारणले तिनीहरु एउटा कुरामा अडिग हुन निकै कठिन भेट्छन् l तिनीहरु अनिर्णायक हुन पुग्छन् l कार्यस्थलमा पनि उनीहरुसँग नयाँ काम गर्ने वा अगुवा हुने क्षमता कम हुन्छ l उनीहरु अगुवा हुनुभन्दा समुहको सदस्य राम्रो हुन्छन् l यदि अवसर दियो भने पनि उनीहरु दायित्वबाट लजाएर जाने हुन्छन् किनकि उनीहरु निम्न महसुस गर्छन् र आवश्यक हिम्मतको कमि महसुस गर्छन् l कठोर किसिमले हुर्काउने कामले बच्चाको तौलमा पनि नकारात्मक प्रभाव पर्न सक्छ l अध्ययनहरुले देखाउछ कि एकदमै कठोर हुर्काउने कामले तौलमा पनि नकारात्मक प्रभाव पारेको छ किनकि केटाकेटीहरु भोक र सन्तुष्टताको आधारमा खान सिक्न प्राय असमर्थ हुन्छन् l त्यस्ता परिवारहरुमा अभिभावकहरु खाना एउटा इनामको रुपमा प्रयोग गर्छन्, केटाकेटीहरुले आफ्नो प्लेटहरु माझुन् भन्नेमा कर गर्छन् वा एउटा बच्चाले खानसक्ने खानाको किसिम वा मात्रामा प्रतिबन्ध लगाउछन् l अध्ययनहरुले देखाए कि निरंकुस आमाहरुका केटाकेटीहरु उनीहरुको साथीहरुको तुलनामा मोटो हुने सम्भावना ५ गुना बढी हुन्छ l  
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गविगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवरयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
आजको समयमा सबैभन्दा चिन्ताजनक दूई रोगहरु एड्स र क्यान्सर हुन् । दूर्भाग्यवस दूबै जंगली आगो जस्तवास्तवमा यो एड्स परिभाषित क्यान्सर पाउनुले बिरामीहरुमा उन्नत एड्स विकास भएको जनाउँछ । तथापी यी क्यान्सरहरुको कारण स्पष्ट छैन । यो सम्भव छ कि एड्का बिरामीहरुमा प्रतिरोधात्मकता कम हुनाले, तिनिहरु यी क्यान्सरको धेरै जोखिममा छन् । यी पहिल्यै जटिल रोगहरुको दोहोरो आक्रमणले उपचार पक्रियामा समेत थप जटिलता ल्याउँदछ । त्यसैले यसको उपचार अनुभवी डाक्टरहरु अन्तर्गत हुनूपदर्छ जसले यी रोगहरुमा विशेषज्ञता पाएका छन् । एड्स परिभाषित क्यान्सरहरु निम्न हुन्: क्यापोसिस र्सकोम: यो छाला क्यान्सरको प्रकार हो । यो सामान्यतया अंग प्रत्यारोपण गरेका मान्छेहरुमा पाइएको छ । आजकल यो एचआइभी ÷एड्स संक्रमित समलैगिंक पूरुषहरुमा पाइन्छ र यसलाई क्यापोसिस र्सकोम पनि भनिन्छ । यो शारिरिक विभिन्न बिन्दुहरु जस्तैःछाला,लिम्फ,नोडहरु,कलेजो,फोक्सो, स्प्लीनर पाचन पथमा विष उत्पन्न हूनूको कारण बन्छ । नन-होडकिन लिम्फोमाः यो एचआइभी ÷एड्ससँग दोस्रो सबैभन्दा संम्बन्धित क्यान्सर हो । एन.एच.एलको विभिन्न उपप्रकारहरु प्राथमिक केन्द्रिय तांत्रिक प्रणाली लिम्फोमा र प्राथमिक प्रभाव भ्रम लिम्फोमा हून् । लगभग ४ देखि १० % मानिसहरु एचआइभी÷एड्सको साथ एन. एच.एल. विकसीत गर्छन । अन्य प्रकारका क्यान्सरहरु कलेजो क्यान्सर, मुख क्यान्सर, होड्किनको लिम्फोमा, टेस्टीकुलर क्यान्सर, मेलानोमा, घाटिँको क्यान्सर, कोलोरेक्टल क्यान्सर र छालाको विभिन्न क्यान्सर हुन् । एचआइभी ब्यक्तिहरुमा क्यान्सरको उपचारः एन्टि-एचआइभी औषधी नलगाउन्जेल सम्म संक्रमित ब्यक्तिहरुको भविष्य खरानि थियो । तिनिहरु पहिलेनै बिरामी  थिए र उनीहरुको शरीरको क्यान्सरको उपचार सुरु नगर्दै तिनिहरुको शरीर कमजोर हुन्थ्यो । वर्तमान क्यान्सरको उपचार एन्टी-एचआइभी औषधीसँग मिसाइएको छ । तथापि, क्यान्सरको ह्द र एड्सको हेरविचारको आवश्यकता अनुसार, किमोथेरापी र अन्य एचआइभी सम्बन्धी औषधीहरु बिच भिन्नता गरिन्छ । क्यापोसिस सार्कोमा उपचार: प्राय एन्टी एचआइभी औषधीहरु यो क्यान्सरको उपचार गर्न पर्याप्त हूँदैन । बिष,जो भाइरल हुन्छन् हट्छन । प्रतिरक्षा प्रणाली राम्रो हून्छ । बिषहरु आन्तरिक छन् भने कहिलेकाहिँ केमोथेरापी र विकिरण पनि आवश्यक पर्न सक्छ । नन-होडकिन लिम्फोमाको उपचार: एन.एच.एल. सम्बन्धि एड्स छिटै बढ्दै जान्छ र तिब्र केमोथेरापीको आवश्यकता पर्दछ । अत्याधिक सक्रीय विरोधि रिभ्रोइरल थेरापी र ड्रग्सको प्रयोगको आविष्कारले संक्रमीत शरीरलाई नयाँ रक्तसेल बनाउन सहयोग गर्छ जसले थोरै रक्त सेल गणनाको कारण हुने एचआइभी संक्रमितको जिज्ञासा घटाएको छ , केमोथेरापि तिनको लागी प्रसशीत हून सकेन , तर यी प्रगतिहरुको साथमा ,तिब्रतापूर्वक केमोथेरापि उपचारलाई ब्यावस्थापन गर्न सकिन्छ । गर्भाशय क्यान्सरको उपचार राम्रो प्रतिरक्षा प्रणाली र आक्रमक गर्भाशय क्यान्सर भएको महिलाको हितमा हझै पनि गैर-एचआइभी महिलाहरुको जस्तै उपचार गर्न सकिन्छ । तिनिहरुले शल्यक्रीया र अन्य पारिवारिक उपचारमा पनि राम्रा काम गर्न सक्छन् । क्यान्सरलाई सुरुवातमै पत्ता गर्दै: जब कूनै लक्ष्ण स्पष्ट हुदैन तब स्क्रिनिंगले  क्यान्सरको उपस्थिती खोज्न सहयोग गर्दछ । तथापी क्यान्सरहरु परिभाषित गर्ने एड्स स्क्रिनिंगले पत्ता लगाउन सक्दैन यसकारण नियमित चेकअप र नजिकको निगरानिले क्यान्सरको लक्ष्ण भएमा पत्ता लगाउन सक्छ । पप परिक्षणले महिलाहरुमा गर्भाशय क्यान्सरको खोजमा मद्दत गर्दछ । तथापि एचआइभी महिलाको लागी यसलाई बारम्बार गर्न जरुरी छ । एचआइभी पत्ता लागेको पहिको वर्षमा दुई पटक र छ महिनाको अन्तरालमा । यदि परिक्षण सफा भएमा, तिनिहरुले त्यस लगत वर्षमा एक पटक पप परिक्षण नियमित रुपमा गर्नुपर्छ । अन्य एड्स सम्बन्धित क्यान्सरको लागि स्क्रिनिंग परिक्षण अझै पनि लागु हँदैन । क्यान्सरको जोखिम कम गर्दै: एचआइभीले शरिरको प्रतिरक्षा प्रणालीलाई बिगारी शरिरलाई विभिन्न रोगवाट आतंकित बनाउँछ । एचआइभी पहिचान भएका लागी क्यान्सरबाट बच्न राम्रो स्वस्थ्य अभ्यासहरु आवश्यक छ । तिनिहरुले कदापि धुम्रपान वा मध्यपान गर्न हुदैन । ड्रग्स लिने र असुरक्षित यौन अभ्यासहरुले पनि क्यान्सरको खतरा बढाउँछ l सन्तुलित आहार ,शारीरिक गतिविधि र उचित शारीरिक तौल राख्नु अत्यन्त महत्वपुर्ण र उपयोगी छन् ।
पुरुषको लिंग एउटा नरम बिन्दु हो प्राय पुरुषहरुको हकमा, किनकी त्यो एउटा पुरुषको यौन जीवनशक्ति र पराम्रो काम कसरी गर्ने भनेर जान्नको लागि यहाँ एक छिटो तरिका छ । पुरुष लिङ्गको मुख्य काम पिशाव फेर्ने र यौन सम्पर्क गर्ने हो । त्यसैले नरम साबुन र सुक्खा तौलियाले नियमित रूपमा धोएर ब्याक्टेरिया बनाउने कुनै पनि गंधलाई हटाउनु स्वच्छताको दृष्टिकोणबाट आवश्यक हुन्छ । फोरस्किनहरु ग्ल्यान देखिने गरी पछाडी तानिएको हुनुपर्छ नत्र यसको कारण यौन सम्पर्क गर्दा रगत आउने हुनसक्छ । तान्न मिल्ने छाला ग्ल्यानको वरिपरिको सुरक्षात्मक खोल हो । फोरस्किन एक इन्चको चार भागको एक भाग पछाडी तान्नु सामान्य काम जस्तो देखिन्छ । तर यो गाह्रो छ । त्यसैले ती पुरुषहरूको लागि जसको फोरस्किनमा बिल्कुल सहयोगको मनोभाव छैन । साबुन र लुबृकेसनले यसको तनाब कम गर्न सक्छ । यसलाई केहि दिन सम्म बिस्तारै र राम्ररी प्रयास गर्नुहोस्र र त्यसपछि अभ्यासको साथ कम गर्नुहोस् । स्मेगालाई धुन नुहाउने बेला तान्न मिल्ने छाला पिछाडी तान्नु आवश्यक छ जुन त्यहाँ संकलन हुन्छ । धेरै सानो कट्टु नलगाउनुहोस् वा यसले रगतको प्रवाहलाई सीमित गर्नसक्छ । यसबाहेक अण्डाकोशहरूद्वारा उत्पन्न विर्यको गुणस्तरको दृष्टिकोणबाट यो धेरै राम्रो देखिंदैन । यो साँच्चै अचम्मलाग्दो छ कि कतिजना पुरुषले आफ्नो फोरस्किन तल सफा गर्दैनन्, पैट्रिक फ्रेन्च, यौन स्वास्थ्य विशेषज्ञ भन्छन् । एउटा पुरुष लिङ्ग, एउटा मांसपेशी होईन र तपाईंले यसलाई मोड्ने प्रयास गर्दा केही गम्भीर क्षति गर्न सक्नुहुनेछ । दोस्रो, यो ठाडो हुने नै हो त्यसैले यस बारे केही असामान्य छैन । पुरुष लिङ्गमा कुनै हड्डिहरु हुँदैनन् तर कहिल्यै पनि जोड लगाउन प्रयास नगर्नुहोला र वा आफ्नो पुरुष लिङ्ग खुम्चाउने नगर्नुहोला । यो नशाहरू बाट बनेको एक ट्यूब जस्तै हुन्छ जुन भरिन्छ र ठाडो हुन्छ । यदि तपाइँले यसलाई उल्लङ्घन गर्दै बटार्नुहुन्छ भने यसले नशाहरु फुट्न सक्छ र सुन्निनुको कारण हुनसक्छ जुन दर्दनायक हुनसक्छ । पुरुष लिङ्गमा भएका कुनै पनि सुन्निएको भाग, चिरा परेको वा दागहरुलाई कहिल्यै वेवास्ता नगर्नुहोस् किनकी यो यौन रोग वा संक्रमणको लक्षण हुन सक्दछ
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भनसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न