होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलà अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अà¤श्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
जब एक स्किनकेयरको बारे सोच्दा, मनमा के आउँछ ? डण्डीफोर, चिल्लो छाला, खटिराको निशान, फेस वास्, फेस प्à¤छालाको समस्याहरु अनुहारमा मात्रै सीमित छैन । थुप्रै ठाउँहरू छन् जहाँ समस्या हुन सक्छ । यसलाई सधैं घृणा गरी सहनु पर्दैन !  मोलहरु: जब छाला गुच्छा परेर बढ्छ मोल बन्न थाल्छ । मोलहरु निकै नोक्सान विहिन हुन्छन । कहिलेकाहीँ, मोलहरू गंभीर मेलानोमस अग्रगामी पनि हुन्छन् । यदि तपाईंको मोल अचानक ठूलो हुन्छ वा रङ परिवर्तन गर्छ वा रक्तचाप सुरु हुन्छ भने, तपाईंको डर्मटोलोजिस्ट्लाई तुरुन्तै भेट्नुहोस् । उहाँले गम्भीर कुरालाई जाँच गर्न एक बायोप्सी गर्ने सल्लाह दिनुहुनेछ । स्पष्ट हुनु सँधै सुरक्षित हुन्छ !  रोजासिया: यो एक चिन्ताजनक छाला अवस्था हो जुन निश्चित सुरुवात द्वारा आउँदछ । यो सामान्यतया अनुहारमा रातो धब्बा, अनुहारमा सानो रातो फराकिलो रूपमा प्रकट हुन्छ । यसलाई सुरु गर्ने धेरै कुराहरु छन्, सबै भन्दा साधारण कुरा सुर्य पर्न आउँदछ । रोजासियाको लागि कुनै उपचार उपलब्ध छैन त्यसकारण सूर्य, रक्सी र अत्यधिक तापमानहरु देखि बचनु एकमात्र समाधान हो । मध्यम देखी गम्भीर अवस्थाका लागि, खाध्य एंटीबायोटिक्स निर्धारित गरिन्छ । गम्भीरता अनुसार लेजर उपचारको पनि विकल्प हुन्छ जसले घाउको नशाको जरालाई खान्छ ।  भित्र उम्रने कपाल: धेरै व्याक्स र सेविङ गर्नुको परिणाम कपाल छर्पस्ट उम्रने गर्दछ । यसको परिणाम कपाल घुङ्ररिनु र पिछाडी फर्केर उम्रने हुन्छ । विशेष गरी यदि यो संक्रमित भयो भने यो एक दर्दनायक स्थिति हुनसक्छ । छालालाई स्वतन्त्र रूपमा बढ्न र सफा गर्न मन तातो पानीमा कपडा भिझाएर छाला पुछ्नुहोस् । यदि पिपले पहिले नै यसमा स्थान पाएको छ भने, यसमा थोरै बिनजेल पेरोक्साइड लगाउनुहोस् । छाला फाट्नु: जब छिटो वजन बढ्नुका कारण तपाईंको छाला तन्किन्छ, जस्तै गर्भावस्थामा, यसको परिणाम अनुसार नराम्ररी छाला फाट्छ । छाला फाट्नु गर्व र आनन्दित उपलब्धि भए तापनि यो अफ्ट्यारो यथार्थ पनि हुन सक्छ ! जब तिनीहरू अझै निर्मल र गुलाबी छन् तिनीहरूका लागि उपचार सम्भव छ । भिटामिन ए अथवा रेटिनोइड आधारित क्रीम नियमित रूपमा लगाउँदा छाला अधिक रुपमा पातलो बनाएर छाला फाटिएको दृश्यतालाई कम गर्न मद्दत गर्दछ । सेतो धब्बा: सेतो धब्बाहरु पिएमपिएल्इ देखि भिटिलिगो सम्म जे पनि हुन सक्छन् ।पोलिमोर्फ्स लाइट ईरप्सन सामान्य सेतो धब्बाहरू हुन जुन तपाइँको सूर्यमा धेरै समय अवशेष भएका भागहरूमा आउँदछ । सूर्यको कठोर किरणहरू द्वारा मेलानोसाइट्सको क्षतिको कारणले गर्दा हुन्छ । केहि अवस्थाहरुमा, यसता एन्टिबडिहरु हुन्छन् जुन शरीरले मेलानोसाइट्सको विरुद्ध उत्पन्न गर्छ र यसले अनियमित स्थानहरूमा मेलानोसाइट्स हरुलाई मार्दै जान्छ । यसले शरीरका अनियमित स्थानहरूमा ठूलो सेतो धब्बा बनाँउछ जुन सामान्य रूपमा फैलिन्छ । त्यसैले घाममा निस्किदा जहिल्यै सन ब्ल्क लगाउनुहोस् । यदि तपाईंले आफ्नो धब्बा बढ्दै गरेको पाउनु भयो भने, तपाईंको डर्मोटोलोजिस्ट्सँग सल्लाह गर्नुहोस् । वाँहाले यो भिटिलिगो हो कि हैन भनेर निर्धारित गर्न सक्नुहुन्छ । भिटिलिगोको कुनै उपचार छैन, खाध्य औषधीहरु उपलब्ध छन्, जसले सुर्यको किरणको साथ छालाको रङ पुनर्स्थापना गर्न मद्दत गर्दछ ।  जन्मचिन्हहरूः यो बडी बढेका पिग्मेन्ट सेलहरु हुन । अधिकांश जन्मचिन्हहरू समय सँग हराउँदै जान्छ । यद्यपि, यदि तपाईंको बढ्दै जान्छ र गाडा कलेजी रंगमा परिवर्तन हुन्छ भने, छाला विशेषज्ञ द्वारा आफ्नो जाँच गराउनुहोस् । यो मेलानोमा हुने सम्भावना हुन सक्छ ।  जन्म चिन्हहरू सामान्यतया हानिकारक हुँदैनन र कस्मेटिक कारणहरूका लागी बाहेक हटाउन आवश्यकता पर्दैन । तथापी केहि चिकित्सा अवस्थाहरु जस्तै मेलानोमा यसलाई हटाउन समर्थ हुन्छ । भेरीकोज नसाहरु: जब खुट्टामा रगत गुरुत्वाकर्षणको विरुद्ध बग्न सकिँदैन वा यदि खुट्टाका नसाहरु खराब छन भने रगत खुट्टामा स्तगित हुन थाल्छ । यसले खुट्टा सुनिन थाल्छ र नसाहरु फुलेको देखिन थाल्छ । यो दर्दनायक अवस्था मोटो मान्छेमा हुन्छ, कहिलेकाहीं गर्भावस्थामा र दिनभरी खडा हुन आवश्यक जगारी भएका मानिसहरूमा हुन्छ । छातीको स्तर माथि खुट्टा राख्नु सामन्य देखी मध्यम अवस्थाहरूको समाधान हो । गम्भीर अवस्थामा, लेजर उपचार समाधान हो । खतहरु: बच्चा हुँदा, तपाईंले झुकिएर आफ्नो वुवाको बाइकको तातो साइलेन्सरमा खुट्टा जलाउनु भएको छ  ? त्यस घटनाको याद दिलाउन तपाईंसँग अझै खत छ होला ! खतहरु छालाको कोलाजेन र इलास्टेनमा चोट लागेपछी हुन्छ । यदी खत छ भने तपाईं त्यसका साथ बाँच्नु पर्ने हुन सक्छ । तथापि, नयाँ चोटले जिवनभरी समझना दिलाउनुपर्छ भन्ने कुनै कारण छैन । छालाको रङ उड्नु, डन्डीफोरबाट हुने केलोइड्स वा पकमार्क्स्, जे खत होस्, तीनलाई उपचार गर्न धेरै क्रीम र लेजरहरुका विकल्पहरू उपलब्ध छन् । उमेरका दागहरु: लिभर स्पट्स पनि भनिने, यिनिहरुको लिभर वा उमेरसँग केहि सरोकार हुँदैन । तपाईंको छालाले सुर्य प्रदर्शनको सामना गर्न अतिरिक्त मेलानिन उत्पादन गर्नुका कारण यो बन्छ । वैकल्पिक ब्लिचिङ क्रीम जस्तै हाइड्रोकुइनोन र एक्स्फोलिएटिङ क्रीम जस्तै रेटिनोइड आधारित क्रीमले दागहरु कम गर्न मद्दत गर्छ । यो तपाईंको डर्मटोलोजिस्ट्को निर्देशनमा मात्र गर्नुहोस् । अन्य विकल्पमा रासायनिक पिल र माइक्रोडरमोब्लेसिन समावेश छ । पुरानो जिद्दी दागहरुको लागि लेजरहरू अन्तिम उपचार विकल्प हो । एक्जिमा: यो एक दीर्घकालिक छाला रोग हो, जसलाई एटोपिक डेर्मेटाइटिस पनि भनिन्छ । प्राय: यसका सामान्य लक्षणहरू सुख्खा र चिलाउने छाला, मुखमा घाउ, कुइनो भित्र, घुँडा पिछाडि, र हात र खुट्टामा घाउ हुन्छ । हाल, एक्जिमाको निको पार्न कुनै पनि परीक्षण छैन, त्यसैले चिकित्सकहरू तपाईंको र तपाईंको परिवारको बारे जानकारीमा निर्भर पर्दछन । उपचार विकल्पहरूमा निको हुने औषधी समावेश हुँदैन्, केवल चिलाएको र पोलेकोबाट तुरुन्त राहत प्राप्त गर्न सकिन्छ । हाइभ्स्: हाइभ्स् तपाईंको छालामा रातो र कहिलेकाँही खुट्टामा हुने गाँठो हो । तिनीहरू सामान्यतया केहि खानेकुरा वा ड्रगको एलर्जी प्रतिक्रियाको रूपमा देखा पर्छन् । अन्य एलर्जी को केहि रूप भएको मान्छेहरुलाई, एलर्जी नभएको मान्छेहरु भन्दा बडी हाइभ्स लाग्ने अधिक संभावना छ । अन्य कारणहरूमा संक्रमण र तनाव समावेश गर्नसकिन्छ । प्रायजसो हाइभ्स आफै जान्छ, तर यदी तपाईंको गम्भीर समस्या छ भने, तपाईंलाई चिकित्सा सहायताको आवश्यक पर्न सक्छ । छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो । यो हाम्रो शरीर र बाहिरी, ब्याक्टीरिया, भाइरस र अन्य खतरनाक माइक्रोबक्स हरूले भरिएको हानिकारक संसारको बीच सुरक्षात्मक अवरोध हो । त्यसैले, हाम्रो छालाको हेरचाहलाई हाम्रो स्वास्थ्य हेरविचार सूचीमा शीर्ष स्थान दिना अत्यन्तै आवश्यक छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवàगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीà¤जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु à¤यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भà¤प्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
त्यसोभए तपाईंले सोच्नुभयो कि बिहानको पैदल यात्राको लागि बाहिर निस्किनु अवकाश प्राप्त हजुरबुवा भिटामिन डी एक आवश्यक भिटामिन मध्ये एक हो जुन बलियो र स्वस्थ हड्डिहरुको लागि आवश्यक हुन्छ । जब पर्याप्त सूर्यको किरणमा प्रदर्शन हुन्छ तब शरीरले यसलाई कोलोस्ट्रोलबाट छालामा संश्लेषण गर्दछ । गत दशकको दौरानमा, भिटामिन डीले विश्वभरका मेडिकल अनुशन्धानकर्ताहरूमा रुची जगाएको छ । धेरै अध्ययनहरू सञ्चालन भए र रोचक परिणाम भेटिए । तिनीहरु मध्ये एक हुनसक्छ कि भिटामिन डी रक्तचापको स्तरको लागी प्रभाकारी हुनसक्छ । सन्चालित अध्ययन अनुसार, यो भेटिन्छ कि भिटामिन डीको स्तरको कमिले उच्च रक्तचापको स्तरको बनाउँन सक्छ । उच्च उचाइमा न्यूनतम सूर्यको किरणमा बाँचिरहेका मानिसहरूमा उच्च रक्तचाप हुने पाइयो । साथै, जाडो मौसमले उच्च रक्तचापका घटनाहरूमा वृद्धि देखाएको छ जुन फेरि सूर्यको किरणको स्तरमा उल्लेख गरिएको थियो । रक्तचापलाई असर गर्न भिटामिन डीले के गर्छ ? रेनिन एक मृगौलाद्वारा उत्पादित एन्जाइम हो जसले नसाहरुलाई दबाब दिने र रक्तचाप बढ्छ । भिटामिन डीले यस रेनिन को रोकथाम गर्ने कार्य गर्दछ । इन्सुलिन प्रतिरोधको कारण उच्च रक्तचापको हुन्छ, किनकि हाइपरटेन्सन प्रायः मधुमेह मेलिटोस संग सह-विकृति छ । भिटामिन डीले शरीरको इन्सुलिनको संवेदनशीलतामा सुधार गर्न मद्दत गर्दछ । धमनी पर्खालहरूलाई जम्मा भएको क्यालिसियमले कडा बनाउँछ र तिनीहरूले लचक्ता गुमाउँछन जसले अर्दा उनीहरूमा रक्तचापको वृद्धि हुन्छ । भिटामिन डीले क्यालोसियमलाई राम्ररी अवशोषण र मेटाबोलाइज गर्न शरीरलाई मद्दत गर्दछ । हड्डिहरुको मज्बुतिमा भिटामिन डीको भूमिका धेरै स्पष्ट छ । यद्यपि अध्ययनहरूले देखाए अनुसार भिटामिन डीको कमी भएका व्यक्तिहरूले हाइपरटेन्सनको विकास गर्दछन्, यस अवस्थामा विटामिन डीको भूमिका अझै राम्ररी स्पष्ट छैन । साथै, रक्तचापको स्तर कम गर्न मा भिटामिन डीले पूरक रुपमा मदद गर्दछ कि गर्दैन अझै पनि जान्न बाँकी छ ! तर सबै पश्चात्, अनुसन्धान निष्कर्षहरुलाई बेवास्ता गर्न सकिँदैन । यसबाहेक, बिहानको पैदल यात्रा अन्य तरिकामा पनि धेरै लाभ्दायी छ! त्यसकारण, चाँडै उठ्नुहोस्, तपाईँका हिँड्ने जूताहरू लगाउनुहोस् र सुर्यलाई नमस्कार भन्नुहोस् ! भिटामिन डी एक्लैले तपाइँको बि पि नियन्त्रण गर्न मद्दत गर्दैन । तपाईंले निरन्तर दबाइहरू खानुका साथै अन्य आहार र जीवन शैली परिवर्तन गर्न आवश्यक छ ! चाँडै बिहान हिँड्नु पुरा दिनको लागि आशीर्वाद हो !  
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले àमहिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न