होम
बच्चा जन्माउन भन्दा अघि केवल महिलाले मात्रै आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्छ भतपाईंले एउटा बच्चा पाउने निर्णय गरेको समय देखि, सम्पूर्ण ध्यान हुन्-लागेकी-आमा तर्फ केन्द्रित हुन्छ । र यो कुनै कारण विना भएको पनि होइन, अबको ९ महिना बच्चालाई बोक्ने व्यक्ति उनि नै हुन् । तर यसको अर्थ पुरुषको भूमिका केहि कम महत्त्वको छ भन्ने होइन। हुने-वाला-बाबा ले उसको जीवनको आर्को पाटोको निम्ति आफैलाई तयार पार्नुपर्छ । स्वास्थ्यकर जीवन शैलीलाई अपनाउदै प्रजनन एउटा बढ्दै गरेको समस्या हो । तथ्यांक अनुसार ४५% भन्दा बढी प्रजनन समस्या पुरुषहरुसंग सम्बन्धित छ । त्यसैकारण, स्वास्थ्य खानपान, व्यायाम र स्वास्थ्यपूर्ण जिउनुले यी समस्याहरुबाट छुटकारा पाउने तपाईंको मौकालाई बढाई दिन्छ । पोषणयुक्त खानामा विर्य निर्माणमा फरक ल्याउँछ । त्यसैले अस्वास्थ्यकर खानालाई हटाउनु होस् केहि समयको लागि र स्वास्थ्यकर जीवनशैली अपनाउनुहोस् । प्रत्येक दिन पुरुषहरुलाई कम्तिमा १२ देखि १५ एमजी को जिङ्क चाहिन्छ । अल्प अवधिको जिङ्कको कमिले पनि शुक्रको मात्रा र टेस्टोटेरोनको मात्रा घटाउन सक्छ, जुन स्वास्थ्य विर्यको निम्ति धेरैनै आवश्यकता छ । जिङ्क पाईने राम्रो श्रोत भनेको सकेको बोडी (एउटा कपमा ३.५५ एमजी हुन्छ), बदाम, अन्नहरु, सिफूड, र कुखुराको मासु (२.३८ एमजी प्रति आउन्स) ।                                                                                                              पुरुषको प्रजननमा सुधार ल्याउन र विर्य कमजोरी जोगाउन भिटामिन र क्याल्सियमको नियमित सेवन गर्नै पर्छ। क्याल्सियमको प्राकृतिक श्रोत जस्तै छाली-रहित-दुध र दहि खान सकिन्छ । कम्तिमा पनि ९० एमजीको भिटामिन दैनिक रुपमा लिनुहोस् । यसले प्रतिरक्षा शक्तिलाई बढाइदिन्छ। अझ बढि पनि चाहिन सक्छ यदि तपाईंले धुम्रपान गर्नु हुन्छ भने। फोलिक एसिड स्वास्थ्य विर्यको निम्ति एउटा उर्जानै हो । बुबाहरुलाई यसको ४०० माईक्रो ग्राम चाहिन्छ र यसको पोषणको राम्रो श्रोत भनेको हरियो पात भएको सब्जीहरु हो। हुने-वाला-बुबाहरुले मोचाको अतिरिक्त कप लिन छुट छ । क्याफिनले पुरुषहरुलाई विर्यको चुस्ततालाई उत्तेजित बनाउन मद्दत गर्न सक्छ । धुम्रपान र मधपान छोड्नुहोस् एक पटक तपाईंले बच्चा बनाउने कोशिस शुरु गर्नु भयो भने तपाईंको जोडीको रमाइलो खत्तम हुन्छ, तर तपाईंको इच्छाको के हुन्छ ? पुरुषहरुलाई निम्ति पनि त्यस्तै हुन्छ । धुम्रपान छोड्ने समय अहिले नै हो, र ज्यादा मधपान गर्न बन्द गर्नुहोस् । एउटा पुरुष जसले धुम्रपान गर्छ उसको विर्य संख्यामा ह्रास आउँछ र विकृत विर्य जुन बच्चा बनाउन असक्षम हुन्छ । अत्याधिक वा टन्नै मधपानले गुणस्तर विर्य बनाउने क्षमतामा नराम्रो संग असर गर्नसक्छ । व्यायाम तपाईंले अहिले सम्म गर्नुभएको छैन भने तपाईंको दैनिक तालिकामा व्यायामको समयलाई सामेल गर्नुहोस् । व्यायामले सामान्य स्वास्थ्य, ताकत, र विर्यको गुणमा सुधार ल्याउँछ । १५ मिनटको हिँडाइ बाट शुरु गर्नुहोस र यसलाई क्रमिक रुपमा बढाउनु होस् यदि तपाईंले पहिले कहिल्यै व्यायाम गर्नुभएको छैन भने । यदि तपाईंले बच्चा बनाउने कोशिस गर्दै हुनुहुन्छ भने, कसिलो लुगा लगाएर व्यायाम नगर्नुहोस। यसले विर्यलाई बिगार्छ । नियमित रुपमा सौनामा वा तातो टबको बसाई, लामो साइकल चलाउँदा, वा अन्य त्यस्ता क्रियाकलाप जसले गर्दा अण्ड्कोश अत्याधिक तातिन्छ र विर्यको स्वास्थ्यलाई असर पुर्याउँछ र यो बाट जोगिनुपर्छ । स्वास्थ्य परिक्षण हुने-वाला-बुबाले पूर्ण स्वास्थ्य परिक्षण गराउनु राम्रो विचार हो जस बाट बच्चा बनाउन भन्दा अघि सुधार गर्नु पर्ने कुनै खराबी छ कि भनि थाहा लाग्छ। ध्यान दिनु पर्ने कुनै त्यस्ता समस्याहरु निम्न छन्:भेरीकोसील, भनेको अण्ड्कोशमा नशा फुलेको अवस्था हो, अण्ड्कोशलाई थामेको छालाको थैली । यसले बाँझो निम्त्याउँछ। यो अवस्था पूर्ण रुपले निको पार्न सकिन्छ, त्यसैले तपाईंको डाक्टरलाई यसका विकल्पहरुको विषयमा कुरा गर्नुहोस् । लिङ्ग कडा दोष, मधुमेह, र प्रोस्तेटाइटिसले बाँझोपन ल्याउन सक्छ । यौन सम्बन्ध द्वारा सर्ने विमार, जसले बाँझोपना ल्याउन सक्छ। तपाईंको डाक्टरले यसको परिक्षण गरेर उपचार गर्न तपाईंलाई मद्दत गर्नसक्छ । तपाईंको डाक्टरले तपाईंलाई युरोलोजिस्ट कहाँ वा पुरुष प्रजनन विज्ञ कहाँ पठाउन सक्छ यदि तपाईंलाई थप परिक्षण वा उपचारको आवश्यकता पर्यो भने । तपाईंको डाक्टरसंग वंशानुगत जन्म कमजोरी केहि छ कि भनि छलफल गर्न नविर्सिनुहोस् । उहाँलाई तपाईं र तपाईंक श्रीमतीको परिवारको स्वास्थ्य इतिहास बताउनुहोस् । अर्थलाई व्यवस्थित गर्नुहोस एउटा बच्चा बजेटको योजना बनाउनुहोस् । पक्कै नै तपाईं आफ्नो बच्चालाई उत्तम नै दिन चाहनुहुन्छ । अहिलेदेखि नै योजना शुरु गर्नुहोस् । यी खर्चहरुलाई ध्यान दिनुहोस जस्तै बच्चाको खाना, डायपर, खेलौनाहरु, डाक्टर भेटघाट, कपडाहरु र बच्चाको स्कुल । यसले तपाईंलाई भविष्यमा मद्दत मिल्नेछ । र उत्तम समय अहिले नै हो जहाँ तपाईं बच्चा बनाउने कुराको योजनाको चरणमा मात्रै हुनुहुन्छ । बच्चाको आगमन हुन भन्दा अघि नै यो समयको फाइदा लिनुहोस् त्यसैले तपाईंको जागिर, विमा र बजेट योजनालाई मिलाउनुहोस् । यदि तपाईं र तपाईंको जोडीले आशाहरु, लक्ष्यहरु र रणनीतिहरुको विषयमा अहिले नै छलफल गर्दै सहमत हुनु भयो भने, पछि गएर पैसाको विषयमा हुनसक्ने विवादहरुलाई रोक्न सक्नुहुन्छ । तपाईंको तनावलाई फ्याँक्नुहोस् बाहिर तिर घुमफिर गर्नाले तपाईंको सक्षमतालाई वृद्धि गर्न सक्छ । त्यसकारण विदा भ्रमणमा जाने सल्लाह काम लाग्दो हुन्छ । नियमित ध्यान वा कुनै व्यायाम अभ्यास गर्नुहोस जसले तपाईंको तनावको मात्रालाई कम गर्न मद्दत गर्छ । पित्रित्त्व सम्बन्धि वा अभिभावकत्त्व सम्बन्धि पुस्तकहरु पढ्ने कोशिस गर्नुहोस र अग्रिम रुपमा सुझाव र सल्लाहहरु सिक्नुहोस् । त्यसकारण कम्मर कस्नुहोस् र विन्दास केटो बाट विन्दास बुबामा परिवर्तन हुनको निम्ति तैयारीहरु शुरु गर्नुहोस् । तपाईंको जोडीलाई तपाईंको बच्चा पाउने कुरामा उत्तिकै उत्सुक हुनुहुन्छ र ध्यान दिनुभएको छ भनि हर किसिमले महशुस गराउने तपाईंको जिम्मेवारी हो ।
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अश्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
केटाकेटी र किशोर किशोरीहरुमा उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ lयदि तपाईंलाई हाइपरटेन्सनको एउटा बिरामीको चित्र बनाउँन दियो भने त्यो कस्तो देखिन्छ? विवरणहरु छेउमा राख्नुहोस्, के तपाईं एउटा बुढो व्यक्ति, जवान व्यक्ति वा एउटा बच्चाको चित्र बनाउँनुहुन्छ ? सम्भवत तपाईंले एउटा बुढो मान्छे वा सायद अधवैशे मान्छेको चित्र कोर्नुहुनेछ l तर एउटा बच्चा, कसले एउटा बच्चालाई उच्च रक्तचाप हुन्छ भनेर सोच्न सक्छ ! हामी प्रायलाई बिश्वास गर्न कठिन हुनसक्छ तर यो सम्भव मात्र छैन, यसको घटनाहरु बिस्तारै बढ्दैछन् l वास्तवमा, केटाकेटीहरुमा हाइपरटेन्सन साधारण हुँदैछ l अमेरिकामा भएको अध्ययनले देखाउँछ कि ५%सम्म केटाकेटी र किशोर किशोरीहरुमा हाइपरटेन्सन छ l त्यो के हो? केटाकेटी र किशोर किशोरीहरुमा हुने उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ l पेडीयाट्रीक हाइपरटेन्सन मर्करीमा रेकर्ड भएको रगतको चापले परिभाषित गर्छ, दिइएको मानक दरसँग तुलनागर्दा l जब एउटा बच्चा हुर्कन्छ, सबै माइलस्टोनहरुमा तीव्र विकास हुन्छ l केटाकेटीको लागि, विभिन्न उमेर समुहहरुको लागि सबै पारामिटरहरुमा पेर्सेंटाईलहरु परिभाषित गरिएको छ l केटाकेटीहरुमा, जब रक्तचाप ९०औं पेर्सेंटाईलभन्दा माथि हुन्छ तर ९५औं भन्दा कम, त्यसलाई प्रिहाइपरटेन्सन भनिन्छ l जब त्यो ९५औं पेर्सेंटाईलभन्दा माथि हुन्छ, त्यसलाई हाइपरटेन्सन भनेर निदान गरिन्छ l पेडीयाट्रीक हाइपरटेन्सनको छुट्याउने लक्षणहरु छैनन् त्यसैले त्यो सजिलै छुट्न सक्छ l किपय तपाईंको बच्चाको रक्त चाप नियमित मेडिकल परिक्षणको लागि जाँच गराउने अभ्यास गर्नुहोस् l किन त्यस्तो हुन्छ? दश वर्षभन्दा कमका केटाकेटीहरुमा उच्च रक्तचाप अन्य स्वास्थ्य अवस्थाको लागि प्राय सहायक हुन्छ l त्यो लुकेको हृदय रोग, मृगौला रोग, हर्मोनल समस्या वा जेनेटिक समस्याहरुको कारणले हुनसक्छ l यसले मुख्य समस्याको उपचार माग गर्छ l ठुला केटाकेटीहरु, ६-१० वर्ष भन्दा माथि र किशोर किशोरीहरुमा प्राथमिक हाइपरटेन्सन देखिन्छ l यसको लागि कुनै विशेष कारण पहिचान भएको छैन, जीवनशैली, मोटोपन, र परिवार इतिहास बाहेक l त्यो कति खराब हुनसक्छ ? बच्चाहरुले नमिलेको सुताई ढाँचा देखाउँन सक्छन् जब उनीहरुसँग हाइपरटेन्सन हुन्छ l उनीहरु सुत्दा खेरि हुने स्वासको समस्याले ग्रसित हुनसक्छन् घुरेर वा असाधारण स्वास फेरर l निद्राबाहेक, हाइपरटेन्सनको अन्य प्रभावहरु जानेबुझेकै हुँन् l लामो समयमा त्यसले हृदयको रोग वा मृगौला रोग गराउन सक्छ l के गर्ने? सानै उमेरबाट रक्तचाप नियन्त्रण गर्नु निकै महत्वपूर्ण हो l नियमित जाँच र रक्तचापको मुल्यांकन आवश्यक हुन्छ l हाइपरटेन्सन प्राथमिक हो वा सहायक हो भन्ने पहिचान गर्न गहिरो जाँच आवश्यक हुन्छ l सहायक हाइपरटेन्सनमा औषधीद्वारा गरिने उपचार सिफारिस गरिन्छ जहाँ रक्तचापको व्यवस्थापन सँगै मुख्य अवस्था पनि सामना गरिन्छ l प्राथमिक हाइपरटेन्सनको मामलामा, औषधी निकै कठिन मामलाहरुमा मात्र सुझाव गरिन्छ l नत्र, जीवनशैली व्यवस्थापन त्यसको समाधान हो l जीवनमा यति छिटै एन्टी-हाइपरटेन्सिभहरु सुरु गर्नु स्वस्थ विकल्प हैन l तपाईंको बच्चालाई स्वस्थ खाना दिनुहोस्, उसलाई/उनीलाई आदर्श शरीर तौल कायम गर्न मद्दत गर्नुहोस् र उसले पर्याप्त शारीरिक व्यायाम पाउँछ भन्ने निश्चित गर्नुहोस् l जति छिटो हामी समस्या पहिचान गर्छौ अनुशासित जिवनशैलीसँग नतिजाहरु त्यति राम्रा हुन्छन् l अस्वस्थ्य जीवनशैलीले हाम्रो सबै जीवनमा भद्रगोल बनाइरहेको छ l बच्चाहरु कति समयसम्म उम्कन सक्छन् ? हाम्रो जीवनशैली हाम्रा केटाकेटीहरुमा प्रतिबिम्बित हुन्छ l एउटा स्वस्थ दैनिकीमा चल्नुहोस् र परिवारलाई स्वस्थ राख्नुहोस् !  
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फकारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
के तपाईं सधैं यौन सुखबारे धेरै जानकारी राख्न रुचि राख्नुहुन्थ्यो र विना हिचकिचाहट कसमहिलाको यौन सुखसँग जोडिएका तथ्यको तुलनामा सधैं नै  धेरै कल्पनाका कुराहरू रहेका छन् । यस बिषयमा हरेकले बताउने आफ्नै अन्तर्दृष्टि हुन्छ, तर वास्तविकता भनिएका कुराभन्दा बिल्कुलै बेग्लै छन् । धेरैजस्तो भन्दै आइएको छ कि यौन सुख संभोगको बेलामात्र हुन्छ वा योनीमा रहेको भंगाकुरलाई उत्तेजनामा ल्याएर मात्र यसको सुख प्राप्त हुन्छ । अब भन्नुपर्दा, सत्य यो हो कि महिला यौन सुख शरीरको अन्य गैरयौन अङ्गलाई चलाएर पनि हुनसक्छ । अधिकांश महिला संभोगको समयमा यौन सुख अनुभव गर्न सक्छन्, तर केही अरुको हकमा थप केही गर्नुपर्ने हुन्छ जसले उनीहरूलाई गहन आनन्दका साथ यौन सुख महसुस गर्न मद्दत गर्न सक्छ । यदि आनन्द महसुस गराउने अन्य ठाउँहरू कुन हुन् भनेर खोज्ने हो भने यहाँ तपाईंलाई त्यहाँ लैजान ५ बाटोहरू छन्  ।   स्तन र स्तनको मुन्टो :   स्तन चलाउनु र स्तनको मुन्टो चुस्नु पूर्व यौनक्रिडाको समयमा धेरैजस्तो गरिने कार्य हुन्, तर केही महिलाको लागि यसले उनीहरूलाई परमआनन्दको सागरमा तुरुन्तै लैजाने हुन्छ । एक खोज अध्ययनका अनुसार स्तनको कोमल स्पर्शले मात्र पनि धेरैजसो महिलालाई यौन सुखको बाटोमा लैजानसक्छ । स्तनभन्दा पनि अझै धेरै स्तनको मुन्टो अधिक संवेदनशील बढाउने अङ्ग हो ।   नाइटो (नाइटो वरिपरिको भाग) :   यस्तो पनि भन्ने गरिएको छ कि महिलाको नेटो वा भंगाकुरलाई चलाउनाले लगभग समान सुख वा उत्तेजना दिन्छ किनकि यी दुवै स्नायुगतरुपमा एकअर्कासँग जोडिएका हुन्छन् । त्यसकारण, महिलामा यौन सुख बढाउन यो सर्वाधिक खोजी गरिने सहायक अङ्ग बन्न पुग्दछ । नाइटो क्षेत्रमा औंला घुमाउँदा वा नाइटोमा चुम्बन गर्दा महिलाको धड्कन दौडाउन सक्छ । ओठ महिला यौन सुखको दबाब बिन्दुको लागि धेरै महत्व नदिइएको क्षेत्र, तर धेरै प्रभावकारीमध्येको एक पनि । अध्ययनले बताउँछ कि कामुक चुम्बनले केही महिलामा यौन सुख बढाउने काम गर्न सक्छ । ओठ वा अनुहारमा बिस्तारै छुने वा कोलम ढंगले हात फिराउनाले कुनै महिलालाई यति धेरै उत्तेजित गर्छ कि उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।  यदि चुम्बनले नै यौन सुख प्राप्त गर्न सकिन्छ भने उनको पुरुषलाई अवश्य पनि धेरै मेहनत गर्नुपर्ने अवस्थाबाट बचाउँछ ।   घाँटी वा गर्दन :   महिलालाई जगाउने एक महत्वपूर्ण दबाब बिन्दु घाँटी वा गर्दन पनि हुन सक्छ । दबाब बिन्दु भन्नाले घाँटी निमोठ्ने भनेर हामीले भन्न खोजेको हैन (तथापि त्यसो गर्नाले पनि केही महिला पूर्ण उत्तेजित हुने गर्छन्, र धेरै यौन आनन्द अभ्यास !) । हामीले भन्न खोजेको कानको लोती तल र वरपर कोमल मायालु छुवाइ हो । त्यहाँ गरिने एक मायालु चुम्बन वा टोकाइले रसलाई सही दिशामा बहाउन सक्छ । यसको अर्को पक्ष यो हो कि यसले महिलामा हाँसोको फोहोरा पनि ल्याउन सक्छ ।   खुट्टाको बुढी औंला :   महिलाको खुट्टाको बुढी औंला चुम्नु र चुस्नु भनेको सदैव मनपर्ने पूर्व यौनक्रीडा हो । तर कसलाई सिकाइएको छ कि यो यौन सुख वढाउने मुख्य ठाउँ हुनसक्छ । बुढी औंला चाट्ने वा चुस्ने कार्य गर्दा यसले महिलालाई आनन्दको अर्को संसारमा पठाउन सक्छ । यो सँगै अन्य केही कोमल उपायले महिलालाई बहुयौन सुखको सागरमा पौडन मद्दत गर्न सक्छ र कल्पना गर्नुहोस् त्यहाँ १० औंला छन्, तब त यसले आनन्दको सम्भावनालाई दशगुणा बढाउँछ !
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न