होम
तपाईंले यो कमाउन स्थानीय बारमा शुल्क घटाउने समयभरी तन्तनी पिएकै हुनुपर्छ l तपाईंले थुप्रै गिलास बियर कमाएको भएपनि, एउटा बियर भुँडीको गर्व भने गर्न सकिदैन किनकि त्यो तपाईंको स्वास्थ्यको लागि एकदमै खतरनाक हुन्छ l कसैको लागि यो अवस्था एउटा साधारण यातना हुनसक्छ, महिलामा भन्दा पुरुषमा अझ बढी l सुस्त गतिरहित जीवनशैली र क्यालोरीहरु थप्न घन्टौ बिताएको समयको लागि सेवा गरेको टोकन सरह एउटा बियर भुँडी साधारणतया मध्यम वयस्क पुरुषमा भेटिन्छ l एउटा बियर भुँडी कसरी बन्छ ? पुरुषमा एउटा बाहिर निस्किने मिड-सेक्सन जब उनीहरुले बर्न गर्न सक्ने भन्दा बढी सेवन गर्छन् त्यतिबेला बन्छ l त्यसैले व्यस्त जीवनशैली र थोरै कसरत र स्वतन्त्रताले कोही आफुले पचाउन सक्नेभन्दा धेरै क्यालोरीहरु सेवन गर्न सक्छन् l डा. माइकल जेन्सन एम.डी, मायो क्लिनिकमा इन्डोक्राइन र मोटोपन विशेषज्ञको अनुसार रहिरहेको बोसोको सट्टा अल्कोहलबाट लिइएको क्यालोरीहरु लिभरले बर्न गर्छ l त्यसैले भनौ, यदि एउटा औशत बियर १५० क्यालोरी हाराहारी छ र त्यससँग सबै साना खाजाहरु (पिज्जा, चिप्स आदि) गरेर कसैले सजिलै बुझ्छ कसरी यी कुराहरु पेटको क्षेत्रमा थुप्रिएर बस्छन् र फुलेको पेट हुन्छ l र किनकि लिभर बियरबाट पाएको क्यालोरीहरु बर्न गर्न निकै व्यस्त हुन्छ बाँकीको कुराहरु पेटभरि बस्न पाउने ठाउँ पाउँछन् l यसैले प्राय पुरुष र केही महिलाहरुलाई फुलेको पेट वा बियर भुँडी दिन्छ! तपाईंको फुलेको भुँडीलाई एक पन्च दिनुहोस् सुरुवाती अवस्थामा हुनेहरुको लागि एउटा दिने हुनुहोस् र लिने नहुनुहोस् l जसको अर्थ कसरतहरु जस्तै दौडिने, साइकल चलाउने, पौडी खेल्ने, नाँच्ने वा एरोबिक्समा बढी समय दिनुहोस् जसले आन्द्रा र पेटको बोसोहरुको ख्याल गर्छन् l जब कसैको उमेर बढ्दै जान्छ उनीहरुको क्यालोरी कम हुँदै जानुपर्छ तर उनीहरुको शारीरिक क्रियाकलाप पनि त्यस्तै घट्नुपर्छ र यही बेला बोसो थुप्रिन्छ l यदि तपाईंले पिउनैपर्छ भने हल्का बियर रोज्नुहोस् तर जस्तो सुकै अवस्थामा कसरत गर्न नछोड्नुहोस् l  
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलà अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरउच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु à¤यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सकà¥आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भà¤प्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोàजब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
तौल व्यवथापनको लागि प्रमुख १० तरिकाहरुतरिका १ : शान्त बसेर योजना बनाउनुहोस् आफ्नो ओजनको बारे आत्तिन पर्दैन l यसले थप चिन्ता बढाउने छ र आफ्नो लक्षमा बाधा पुर्याउन सक्छ l आफ्नो लक्ष हाँसिल गरेको सम्झनुहोस् र यसलाई दिगो रुप दिन सक्नुहुन्छ भन्ने सोच्नुहोस् l एक पटकमा एक दिनलाई ग्रहण गर्नुहोस् l यो योजनालाई कसरी कायम गर्ने भन्ने नसोच्नुहोस् l केबल अर्को दिनलाई मात्रै ध्यानमा राख्नुहोस् l तरिका २ : स्वास्थ्य पत्रिका आफ्नो आहार र ब्यायामको सैलीलाई लेख्नको लागि एउटा पत्रिका राख्नुहोस् l आफुले खाएको कुरा लेख्नुहोस्, खानाको योजना गर्नुहोस्, पर्याप्त रुपमा पानीको सेवन गर्नुहोस् र कसरत गर्ने तालिका बनाउनुहोस् l २१ दिन कुनै कार्य गर्दा तपाईंले यसलाई बानीको रुपमा ढाल्न सकिने कुरा तपाईंलाई थाहा थियो ? यो अभियास गर्नुपर्छ भनेर भन्दा पनि आफुलाई राम्रो गर्छ भनेर गर्नुहोस् l क्रमसरुपमा यो तपाईंको आफ्नो हिस्सा बन्ने छ l तरिका ३: स्वास्थ्य रहनु जीबनभरको कमाई हो मान्छेले गर्ने सबै भन्दा ठुलो गलती चाहिं एक पटक वजन कम गरेपछि पुरानै खाने शैलीमा जान सकिने सोच्नु हो l तपाईंको स्वाथ्य सदाको लागि तपाईंको साथमा रहन्छ l आफ्नो दृष्टिकोण ‘ मैले पातलो बन्नु छ ‘ बाट ‘ मैले स्वास्थ्य रहनुपर्छ ‘ भन्नेमा परिवर्तन गर्नुहोस् l सन्तुलित शारिर हेतु, यसो गर्नाले स्वास्थ्य रहनको लागि सहज हुनेछ l तरिका ४: यथार्थबादी बनौं आफ्नो जीबनसैलीलाई योजना गर्दा अबास्तविक लक्ष्यहरु राख्नु हुँदैन l यो पनि एक कारण हो जहाँ वजन-प्रशिक्षकहरूले वजन घटाएर यसलाई दिगो पन दिने तरिका भनेको यसलाई आफ्नो ‘ जीबन बनाउनु ‘ भन्छन् l सही खाना, आरामदायी सुताई, र पर्याप्त पानी पिउनु l यी तीनको राम्रो पालना गरेमा सही वजन प्राप्त हुन सक्छ l यदि तपाईंको ‘केक वा पेस्ट्री ‘ नखाने वा ‘ पिउन छाड्न ‘ भन्ने कुनै नियम लगाउनु भएको छ भनें त्यसको बारेमा पुनःबिचार गर्नुपर्छ l के तपाईं कहिल्यै पनि मिठाई खाने योग्य बन्नु हुने छैन ? प्रारम्भिक लक्ष्य भनेको सन्तुलन बनाई मध्य मार्गको चयन गर्नु हो l तरिका ५: आफ्नो वजन ढाँचाको बिचार पाउनुहोस धेरै मानिसहरुले आफ्नो आदर्श वजन हाँसिल गरेपछि आफ्नो शरिरको तौल लिन छाड्छन् l उनीहरुलाई वजन लिने काम मोटा मानिसहरुको लागि मात्रै हो भन्ने लाग्छ l त्यस्तो मनोवृत्ति बोकेका मानिसले स्वास्थ्य शरीर हैन तर पातलो शरीरको कामना गरेका हुन्छन् l तपाईंको वजन भनेको तपाईंको रुपलाई जाँच गर्ने कुरा हैन तर स्वास्थ्यको परिणाम हो l तसर्थ साप्ताहिक रूपमा वजन जाँच गर्न नबिर्सनु होला l हरेक हप्ता आफ्नो वजनको रिपोर्ट राख्नुहोस् र अस्वभाविक परिवर्तनहरुको कारणको खोजी गर्नुहोस् l तरिका ६: तपाईंको सीमितता स्विकार्नुहोस् र त्यसबाट सिक्नुहोस् सबैका राम्रो र नराम्रो पक्ष हुने गर्छ । यदि तपाईंले कुनै दिन सोचे भन्दा धेरै खानु भयो भनें त्यसमा निराश वा क्रोधित हुनुपर्दैन । गल्ती सबैबाट हुन्छ । शरीरको वजन कायम गर्ने अन्तिम पल पनि होईन । यो एक गडबड मात्रै हो । यसबाट सिक्नुपर्छ । यसको कारण तत्व बुझेर अर्को पटक बेग्लै ढंगले प्रस्तुत हुनुहोस् । तरिका ७: प्यास र भोक तपाईंको शरीरले तपाईंलाई प्यास र भोकमा झुक्याउने गर्छ l त्यसैले भोजन गर्ने  बित्तिकै भोक लाग्यो भनें पानी पिएर हेर्नुहोस्, सायद आराम महशुस हुनसक्छ l आराम नभएको खण्डमा हल्का खाजाको सेवन गरे हुन्छ l तरिका ८: आफैलाई प्रेरित गर्नुहोस् वजन रखरखाव मुख्यत: एक मनोवैज्ञानिक कार्य हो l आफ्नो आदर्श वजन प्राप्त गर्ने दौडानमा स्वास्थ्य रहन चाहिने कुराको अनुभूत हुन्छ l अब तपाईले स्वास्थ्य जिबनलाई बाधा र अर्चना गर्ने कुराहरुलाई त्याग्नु पर्छ l ती मानिसको संगत गर्नु जो वजन कायम गर्नमा लागिपरेका हुन्छन् l रनिंग क्लबको हिस्सा हुनु वा स्वास्थ्य विद मित्रको संगतमा रहनु l तरिका ९: भौतिक तत्वलाई संकल्पले बसमा राख्नुहोस् आफ्नो भोजन सैलीलाई सन्तुलन गर्नुहोस् l बिहानको भोजनको सट्टा स्वास्थ्य खाजा खाएर बेलुका को खानामा कटौती गर्नुहोस् l तपाईंलाई मिस्ठानको तिर्सना हुनसक्छ र त्यो अवस्थामा तपाईं मूल खानाको रुपमा सलादको सेवन गरेर अन्त्यमा मिस्ठान लिंदा हुन्छ l के खाने भन्ने बारेमा आफुसँग कुरा गर्नुहोस् l तपाईं साँचिकै भोक लागेर खाँदै हुनुहुन्छ वा त्यतिकै भन्ने प्रश्न आफैलाई गर्नुहोस् l खाना खाएपछि तपाईंलाई कस्तो महशुस हुने छ l तरिका १०: आफ्नो उपलब्धिलाई मनाउनुहोस् अन्त्यमा आफ्नो वजन रखरखाव कार्यक्रमको गर्व गर्नुहोस् l आफुले आफ्नो गन्तब्यमा पुग्नको लागि चालेको कदममा गर्व गर्दै यस्तै गन्तब्य बोकेका मानिसहरुको सेवा गर्नुहोस् l आफ्नो शरीरलाई अंगमाल गरेर आगामी आउने बर्षको स्वस्थ जीबनको लक्ष्य राख्नुहोस् l
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फà¥कारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
तपाईले आफ्नो यौन संक्रमणबारे कुरा नगरुन्जेल नपर्खनुहोस् l तपाईले कसरी र किन आफ्नो मुख खोल्नुपर्àहामीहरु जिईरहेको समय डरलाग्दो समय हो। विश्वभर यौन सम्बन्धित समस्याहरु, रोगहरु र अवस्थाहरुले प्रभावती भएका मानिसहरुका उच्च संख्या मात्रै पनि भयाभव छ। एड्स, यौन संक्रमणहरु जस्तै सिफिलिस र गोनोरिया, दादहरु, HPV आदि तीव्र भएर बढि रहेको छ र यसले एउटा जिम्मेवार पूर्ण यौन व्यवहारको माग गरिरहेको छ। तरैपनि, त्यो त एउटा आदर्श संसार हुनेछ जहाँ मानिसहरु एउटै जोडी संग जिम्मेवार पूर्ण ढंगले व्यवहार गर्नेछन। जोखिम पूर्ण यौन सम्पर्कमा लिप्त भए भने एउटा एकल व्यक्तिलाई पनि यी रोगहरु लाग्न सक्छ। कल्पना गर्नुहोस् अमेरिकामा एक जना महिलाले आफ्नो श्रीमानले उनलाई हर्प्स (दाद) सारेको कारण $७५०, ००० अंश प्राप्त गरेकी थिइन्। तपाईं कानूनी रुपले दोषी नठहरिनु भएता पनि, नैतिक जिम्मेवारीलाई बहन गर्नु पर्दछ र तपाईंको साथि संग सम्भावित यौन प्रसारित संक्रमणको विषयमा छलफल गर्नु पर्छ! दश वर्ष देखि खुशी साथ विवाह भएको ज्याकको अवस्थालाई हेर्नुहोस् जसको शहर देखि बाहिर अफिसको यात्रामा कसै संग असावधानी पूर्ण यौन सम्पर्क भयो। उसमा कुनै पनि स्पष्ट देखिने लक्षणहरु देखा परेन तर एक महिनामा, उसको श्रीमतीमा हर्प्स (दाद) को संकेत देखियो र उसको विवाह धराशायी भयो कारण उसको श्रीमती आफ्नो श्रीमानको स्पष्ट विश्वासघात पूर्ण र निर्दयी व्यवहारलाई बुझ्न श्रीमतीलाई धेरै गाह्रो भयो जसले गर्दा उनलाई एउटा गम्भीर यौन संक्रमण हुन पुग्यो। (सिफिलिस सम्बन्धि लेखको निम्ति www.topdoctorsonline.com लाई हेर्नुहोस) त्यति बेला सम्म त उसले, सम्पूर्ण सम्भावना सहित, उसको नियमित यौन सम्पर्कको जोडी वा साथीलाई सारी सकेको हुन सक्छ। वा, शायद, अर्को सम्भावना पनि के हुन सक्छ भने त्यो व्यक्तिलाई यौन संक्रमण भएको छ भनि थाह हुन सक्छ तर आफ्नो साथीलाई कसरी बताउने भनि थाहा नहुन सक्छ। यदि एउटा व्यक्तिलाई उसको संक्रमणको विषयमा थाहा छ भने, तरपनि अर्को व्यक्तिलाई जानी जानी त्यो रोग सारी दिन्छ भने, त्यो एउटा नियोजित हत्या बराबरको अपराध हुन्छ। हो, तपाईंको साथीलाई बताउन गार्हो हुनेछ जसो गर्दा सम्बन्धको अन्त्य नै हुने संकेत मिल्न सक्छ वा त्यस सम्बन्धमा अत्यन्त ठुलो फाटो ल्याउन सक्छ। त्यसकारण, यदि तपाईं यस प्रकारको परिस्थितिमा अल्झिनु भयो भने, तपाईं के गर्नु हुने छ? विकल्पको रुपमा एउटा यौन चिकित्षक कहाँ जाने र उसमाथि नै भर पर्ने र त्यस पछि दुवै जना भेट्न जाने र विज्ञले त्यो कुरा आफ्नो जोडीलाई बताउन लगाउने हुन सक्छ। त्यो यदी तपाईं स्थिर सम्बन्धमा हुनुहुन्छ भने ठिकै हुन सक्छ। तर त्यस्तो जोडीको निम्ति जो असावधानीपूर्ण यौन सम्पर्क गर्छन, र संक्रमित व्यक्तिले प्राय आफ्नो संक्रमणको विषयमा त्यति खुल्न चाहंदैनन र यदी अर्को व्यक्ति एकदम अपरिचित हो भने त झन् यसमा कुनै चासो नै नराख्न सक्छन। समाचारको एउटा रिपोर्टले अझ कति चकित पार्ने तथ्यांक प्रकट गरेकोछ: धेरै मानिसहरुले भने कि तिनीहरु, आकस्मिक साथीहरु (५० प्रतिशत ) वा दिर्घ-कालिन साथीहरु (३९ प्रतिशत ) संग यौन सम्पर्क गर्न भन्दा अघि कहिलेकाहिँ, विरलै जांच गर्ने गर्छन वा कहीले पनि गर्दैनन्। यौन प्रसारित संक्रमणको जांचको विषयमा छलफल गर्यौं भन्ने मानिसहरु मध्ये, धेरै थोरैले मात्रै स्वीकृत यौन जोडीहरुको कुरा गरे वा तिनीहरुको पछिल्लो यौन क्रियाकलापको सम्बन्धमा कहीले जांच भएको थियो भन्ने कुरा गरे। यी मुद्दाहरु यौन प्रसारित संक्रमण रोगहरुको जांच गर्नको निम्ति महत्त्वपूर्ण भागहरु हुन्, अनुसन्धानकर्ताहरुले भनेका छन। करिव एक-तिहाइ सहभागीहरुले तिनीहरुका साथीहरुलाई उनिहरुलाई यौन प्रसारित संक्रमण छैन भनि बताएका छन भनि भने जबकी उनीहरुको पछिल्लो यौन साथी पछि कुनै जांच गरेका छैनन्। एक अमेरिकी महिलाले उनको पुर्व-पति बाट अदालतमा $७५०,००० प्राप्त गरेकी थिईन कारण उसले उनलाई हर्प्स (दाद) दिएको थियो, र कानूनको चलन यस्तो छ कि यसले मानिसहरुलाई दोषी ठहराउँछ। ध्यान दिनुहोस् एउटा कन्डमको प्रयोग गर्दा पनि यो अर्को व्यक्तिलाई संक्रमण सर्दैन भन्ने १००% ग्यारेन्टी छैन तर पनि तपाईंको अवस्था को बारेमा बताउने आँट छैन भने तपाईंले कमसेकम कन्डमको प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईंको साथी धेरै जना संगको यौन क्रियाकलापमा लिप्त छ भन्ने तपाईंलाई महसुस भयो भने र उसलाई संक्रमण भएको छ भन्ने तपाईंलाई लाग्यो भने, तब तपाईं उ/उनिले जांच नगराए सम्म यौन सम्पर्क गर्दिन भन्ने अधिकार तपाईं संग छ। यदि तपाईंले यौनांग वरिपरि फोकाहरु देख्नु भयो भने मुख वा गुद्वार मैथुन वा अन्य कुनै पनि प्रकारको यौन सम्पर्कमा नलाग्नुहोस् र जहिले पनि कन्डम लगाउन जोड दिनुहोस; यसले तपाईंको जीवन बचाउन सक्छ।
इन्टरनेटमा प्रयोगकर्ताहरुको यौन उत्तेजनालाई लक्षित गरिएको विषय वस्तुको उपलब्धतालाई इन्टरनेट/पोर्नोग्राफी (अश्लिल दृश्य) लाई फराकिलो रुपले सफ्टकोर (सामान्य यौनगतिविधि) वा हार्डकोर (कठोर, समर्पित यौनगतिविधि) मा वर्गीकृत गरिएको छ। हार्डकोरमा यौन सम्बन्धलाई उच्च रुपले र गहन रुपले स्पष्ट दृश्यमा दर्शाईएको हुन्छ भने, सफ्टकोरले कम गहन प्रकारका यौन सम्बन्धका गतिविधिलाई समेटेको हुन्छ। पोर्नोग्राफीका विधाहरुको निर्धारण विषयवस्तुको आधारमा र सहभागीहरुको स्तरको अधारमा गर्नेगरिन्छ। प्राय सामान्य उप-प्रकारहरुमा यी कुरा हुन्छन, जातीय, फेटिश, वास्तविकता, सामुहिक, र एमेटुर (नयाँ)। विभिन्न यौन चाहना भएकाहरुको लागि विशेष गरि तयार गरिएका यौन सामग्रीहरु पनि हुन्छन जस्तै: विपरित लिङ्गि, समलिङ्गि, र उभयलिङ्गि। शारीरिक यौन चाहना भनेको प्राकृतिक हो र यो हाम्रो शारीरिक बनोटको एउटा भाग हो तर पोर्नोग्राफीले मानव वास्तवमा को हो भन्ने कुराको एउटा आंशिक भागलाई मात्रै दर्शाएको कारण यसको सर्वत्र आलोचना भएको छ। अधिकतम पोर्नोग्राफी सम्बन्धि सामग्रीहरुले मानवलाइ केवल एउटा यौनको वस्तु-केवल यौन व्यवासयमा तल्लिन-मानिसको भावना र मानसिक स्थिति प्रति ध्यान नदिने र आत्मसात नगर्ने भनि दर्शाउँछ। मानवको व्याख्या एउटा विशुद्ध रुपमा यौनको वस्तुको रुपमा गरिएको छ र धेरै पटक दर्शकहरुको आँखालाई शारीरिक संसर्गको एउटा भावनात्मक र मानसिक स्थिति प्रति बन्द गराएको छ, जसले गर्दा तिनीहरुको आफ्नै सम्बन्ध भित्र भएको यौन संसर्गलाई हेर्ने प्रवित्तिलाई विकृत बनाएको हुन्छ। एउटा स्वास्थ सम्बन्धको रुपमा यौनलाई सामाजिक मंचहरुमा सर्वाङ्गिण छलफल नगरिएको कारण एउटा व्यक्तिले पोर्नोग्राफीको माध्यम बाट मात्रै यौन सम्बन्धि अभ्यासहरु बुझ्न सक्छ, र यो पोर्नोग्राफी यौनको लतको जोखिम सहित आउँछ। अझै भन्नु पर्दा, पोर्नोग्राफीले प्राय प्रचलित रुपमा यौन रुपले आकर्षित ठानिएका सहभागीहरुलाई संलग्न गराउने भएकोले, दर्शकहरु तिनीहरुका वास्तविक जीवनमा त्यस्तै शारीरिक बनोटहरु नभएको कारण तिनीहरुका यौन जीवन देखि असन्तुष्ट बन्न सक्छन। मेडिकल खोजहरुले पनि पत्ता लगाएका छन कि आफ्ना जोडीहरु बाट अवास्तविक अपेक्षाहरु राख्नु संग संगै, दर्शकहरुले  यौन सम्बन्धि विषयहरुमा आफैलाई हिनता बोध गराउन सक्छन कारण उनिहरुले पोर्नोग्राफी युक्त दृश्यमा त्यस्ता यौन अभ्यास गरु गरेका देख्छन जसलाई नक्कल गर्न गाह्रो हुन सक्छ वा मन नपराउन सक्छन। पोर्नोग्राफी भित्र महिलाहरुलाई प्राय त्यस्तो व्यक्तिको रुपमा प्रदर्शित गरिएको हुन्छ जसलाई अधिकार गरिंदा पनि कुनै समस्या हुँदैन र जसले त्यस्ता अधिकार गराई प्रति उल्टै यौन उत्तेजना पाउँछन। तरैपनि, त्यस्ता विचारहरु पूर्ण रुपले झुट हो र त्यस्तो प्रकारको पोर्नोग्राफीलाई नियमित रुपले पचाउने दर्शक अन्तमा गएर उसमा महिला प्रति एउटा गहिरो कलंकित दृष्टिकोण हुन्छ। अन्तमा, पोर्नोग्राफीले धेरै प्रकारको विकृत यौनको रुपहरुलाई व्यक्त गर्दछ जुन समाजको लागि, विशेष गरि कमजोर समुहहरुको लागि हानिकारक हुन्छ। यसमा यी कुराहरु समावेश छन, बाल यौन, आफिस-सम्बन्धित यौन कार्यहरु, कठोर र बलात्कारयुक्त यौन, र सार्वजनिक यौन कार्यहरु। जबकी पोर्नोग्राफी यौन विकृतिको सम्भावनाको एउटा निश्चित द्वार हो भने, प्रत्येकको यौन आवश्यकताहरुलाई  सन्तुष्ट गर्ने स्वास्थ्य  तरिकाहरुलाई स्वीकार गर्नु पर्छ र लिईनु पर्छ। अझ, यो त यति अत्यावश्यक छ कि सामाजिक रुपमा, यौन सम्पर्कलाई भावनात्मक सम्बन्धको एउटा स्वास्थ्य अंगको रुपमा मान्यता दिईनु पर्छ। यसलाई केवल एउटा विशुद्ध शारीरिक कार्यको रुपमा मात्रै लिनु हुँदैन जुन नैतिक रुपमा आलोचित र अस्वीकृत छ-यस्तो पद्धतिले केवल पोर्नोग्राफीलाई यौनको विषयमा सिक्ने एउटा अन्तिम थलो रुपमा सम्भावना बढाइ दिन्छ। दुइ परस्पर रुपले सहमत भएका वयस्कहरु बीच यौनलाई एउटा प्राकृतिक प्रक्रियाको रुपमा कुरा गर्दा र एउटा भावनात्मक सम्बन्धको रुपमा लिँदा, हामी यौनलाई एउटा एउटा भावना-रहित क्रियाकलाप हुने सम्भावनालाई कम गर्न सक्छौं र यौन सम्पर्कलाई एउटा सर्वाङ्गिण बुझाईको अनुमति दिन्छौं। यौन रुपले परिपक्क उमेरमा प्रवेश गर्दै गरेका किशोरकिशोरीहरुको निम्ति, मानिसहरु बीचको शारीरिक सम्बन्धलाई एउटा भावनात्मक सम्बन्धहरुको परिणाम हुन् भनि परिचय गराउनु अत्यन्त महत्त्वपूर्ण छ, र यो शरीरलाई सर्वाङ्गिण रुपमा बुझाईनु पर्छ-शरीर र मानसिक अवस्था बीचको एउटा मेलको रुपमा। सर्वाङ्गिण निर्देशको उपस्थिति नहुँदा, किशोरकिशोरीहरु यौन सम्पर्कलाई बुझ्नको निम्ति पोर्नोग्राफीको जालमा उच्च रुपले परिरहेका छन र जसरी अघि पनि पत्ता लगाईएको छ, यौन रुपले-उन्मत्त व्यक्तिहरु बीच त्यस्तो प्रकारको यौन क्रियाकलापको ज्ञान लिने कुरा भावनात्मक सम्बन्धको एउटा विकृत विचारमा पनि परिणत हुन सक्छ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न