होम
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलाई उसको रुपले प्राय मुल्यांकन गरिन्छ l आफैलाई सफा गर्ने र श्रिंगार गर्नाले रुप बदल्न सक्छ र नयाँ आत्मविश्वास दिन सक्छ l अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
यदि तपाईं चाहनुहुन्छ भने पुरुषहरुको फेयरनेस क्रिम प्रयोग गर्नुहोस् तर छालाको चमकलाई तपाईंको स्वाभिमानसँग नजोड्नुहोस् ।ऐना, ऐना, सबै भन्दा सुन्दर को छ ? यो शब्दले एक समयको दुष्ट रानीको दृश्य ताजा गराउँछ जब तिनले हेर्ने ऐनामा एउटा खोक्रो हेराई दिंदै भनेकी थिईन् । तर, आजको दिनमा पुरुष शृंगारलाई स्वागत गर्दै र स्थान दिंदै माथिका जिज्ञासा गर्न दिनुपर्छ ।   आजको दिनसम्म सुन्दरता भनेको इण्डियन पुरुषहरुले आफ्ना श्रीमतीहरुमा खोज्ने एउटा गुण थियो । हामीले के भनेको भनि बुझ्न फेयर एण्ड लभलीको विज्ञापन हेरे पुग्छ । तर आज, यहि धुन अर्कोमा सरेको छ । धेरै भन्दा धेरै पुरुषहरु तिनीहरुका महिला जोडीहरु जस्तै आफ्ना छालाका रंग, वर्ण र चमकलाई लिएर उत्तिकै उत्साहित भईरहेका छन् । आजका सबै टिभीको व्यापारिक विज्ञापनहरुलाई नै हेर्नुहोस् जहाँ किशोरहरु र युवाहरुलाईनै लक्षित गरि तिनीहरुलाई सामाजिक र लैंगिक सफलताको दुनियामा पुर्याउँछ भने चर्चित कलाकारहरुले गोरोपनाको क्रिमहरु, लोसनहरु र बडि वाशलाई अनुमोदन गर्दै तिनीहरुलाई जालमा अट्काईरहेका छन् । तर तपाईं त्यो गोरोपनको क्रिम किन्न जानलाई हतार गर्नुभन्दा अघि, यहाँ वास्तवमा यो गोरोपना भनेको के हो हेर्नुहोस् गोरोपना भनेको छालाको गहिराइको कोषको अवस्था हो गोरो, गुलाबी, कालो वा गहुँगोरो यो सब मुख्य रुपमा हाम्रो छाला भित्र भएको मेलानिनको तत्त्वले निर्धारित गर्छ। कुनै अफ्रिकी जातीहरुसंग उच्च मेलानिन तत्त्व हुन्छ जसले गर्दा तिनीहरुलाई कालो रंग दिन्छ जबकी युरोपियनहरु कम मेलानिन तत्त्वको कारण उज्ज्यालो छालाको भएको हो । त्यसकारण चाहे तपाईं महंगा गोरोपनाको क्रिम प्रयोग गर्नुहोस् वा शानदार ब्युटी स्पामा गएर सुन्दरताको उपचार गर्नुहोस्, तपाईंको वंशानुगत अवस्थालेनै अन्तिम निर्धारण गर्छ । फेयरनेस क्रिमले कसरी काम गर्छ….वा के साँच्चै गर्छ ? फेयारनेस क्रिमहरुमा त्यस्ता केमिकलहरु हुन्छन जसले छालामा मेलानिनको उत्पादनलाई रोकिदिन्छ र यसरी गोरो छालाको रंग र उज्ज्यालो वर्णलाई बढाइदिन्छ । पुरुषहरुमा धेरै जसो मेलानिन उत्पादनको मात्रा स्त्रीहरुमा भन्दा धेरै हुन्छ, यसैले महिलाहरुको फेयारनेस क्रिमले पुरुषहरुलाई खासै काम गर्दैन। कस्मेटिक व्यवसायीहरुले यो कारणलाई पत्ता लगाए र पुरुषहरुको छालालाई लक्षित गरि उत्पादनहरुको विकास गरे । तरैपनि, पुरुषको लागि मात्रै भनिएका फेयरनेस क्रिमहरु ज्यादा रुचाईएका क्रिमहरु हुन् जसले घामको हानिकारक अल्ट्रा भायोलेट विकिरणलाई रोकिदिन्छ जसले गर्दा छाला कालो हुन्छ । गोरोपनाको अँध्यारो पाटो कतिपय ब्युटी ट्रिट्मेण्टहरु र फेयारनेस क्रिमहरुमा हाइड्रोक्विनोन, मर्कुरी, र अझ स्टेरोइड्स जस्ता केमिकलहरु हुन्छन, जसले तपाईंको छालालाई राम्रो भन्दा बढी हानी नै गर्नसक्छ। यदि तपाईं गोरोपनाको लागि मरि हत्ते गर्दै हुनुहुन्छ भने, तपाईंले यति सम्म गर्नसक्नु हुन्छ त्यो के भने ब्र्याण्डेड सामग्रीहरुको प्रयोग गर्नुहोस (तरपनि त्यसको पनि प्रभावकारिताको कुनै ग्यारेन्टी भने छैन!) । पहिला तपाईंको छालालाई सुहाउँछ या सुहाउँदैन नमुना लिनुहोस् र जाँच गर्नुहोस । यदि चिलाउने आयो भने, तुरुन्तै छालाको विज्ञको सल्लाह लिनुहोस् । अन्तमा छालाको रंग भन्दा महत्त्वपूर्ण छालाको स्वास्थ्य हो । त्यसैले नियमित व्यायाम गर्नुहोस वा प्राकृतिक कुराहरु प्रयोग गर्दै छालाको उपचार गर्नुहोस जस्तै सुन्तलाको बोक्रा, काँक्राको टुक्रा जसले तपाईंको छालाको निखारलाई बढाउँछ । अरुको दबावमा नपर्नुहोस। गोरोपनाको पछि कुद्नाले आफुलाई हिनताबोध र अनावश्यक होड़तर्फ लैजान्छ । फेयारनेस उत्पादकहरुका कस्मेटालोजिस्टहरु र व्यापारीहरु तपाईंको नोक्सानी उपर हाँस्दै बैंक तिर जान्छन् । त्यसकारण यदि तपाईंको कालो छाला छ भने तपाईंको उमेरको पुरुष समुहहरुले राम्रो छ भन्दैमा महंगा विधिहरु अपनाउन तिर तपाईं जानु पर्दैन । संसारको कुनै पनि ब्युटी उपचार भन्दा उत्तम उपचार भनेको आफैले आफैलाई जस्तो छ त्यस्तो स्वीकार गर्नु हो ।  
स्तनपान गराइरहेको समयमा राम्रोसँग भोजन गर्नु धेरै महत्वपूर्ण हुन्छ किनकि तपाईंले जे खानुहुन्छ त्यो तपाईंको बच्चाले पनि खान्छ ! तपाईं जे खानुहुन्छ त्यसको सोझै असर तपाईंको दुध पिउने बच्चामा पर्छ । यो कुराले तर्साउन पनि सक्छ । तपाईं जे खानुहुन्छ, त्यसको बारेमा धेरै सावधानी अपनाउनु जरुरी हुन्छ, किनकि सबै खाद्य पदार्थ तपाईंको बच्चाको कमजोर तर बढ्दो पाचन प्रणालीले पचाउन सक्दैन । तपाईंको वरिपरि रहने हरेक व्यक्तिले तपाईंलाई क्यालोरीयुक्त भोजन खाने सल्लाह दिनेछन् जसले तपाईंको शरीरबाट दूध उत्पादनमा मद्दत गर्नेछ । तर के तपाईंलाई थाहा थियो कि तपाईंले जेसुकै खाएपनि त्यसबाट तपाईंको शरीर पर्याप्त दूध उत्पादन गर्न सक्षम छ ? तपाईंको शरीरले तपाईंको गर्भावस्थाको दिनहरूमा नै सबै बोसोहरू भण्डारण गरेर राखेको हुन्छ । वास्तवमा तपाईंलाई आफ्नो बच्चाको लागि दूध उत्पादन गर्नको लागि अतिरिक्त क्यालोरीयुक्त भोजन गर्ने आवश्यकता नै पर्दैन । तथापि, तपाईंलाई कति क्यालोरी आवश्यक छ, यो कुरा पहिल्यै निर्धारण गर्न सकिंदैन । तपाईंको शरीरलाई नै तपाईंको आवश्यकता निर्धारण गर्न दिनुहोस् । तपाईं जतिपटक चाहनुहुन्छ त्यतिपटक खानुहोस्, जतिपटक भोक लाग्छ त्यतिपटक खानुहोस्, तर ती खाद्य पदार्थमा ध्यान दिनुहोस् जसले तपाईंको शरीरलाई पोषण तत्व दिन्छ, भोक मात्र शान्त गर्ने हैन ।   अप्रशोधित वा नफलेको अन्न, दाल, ताजा फलफूल, रेशादार अन्न, ताजा सागसब्जी र बियाँयुक्त फल छान्नुहोस् । बटरमिल्क, नरिवल पानी र ताजा जुसजस्ता प्राकृतिक पेय रोज्नुहोस् । ध्यान दिनुहोस् कि तपाईंले छनौट गरेको खाद्य पदार्थले तपाईंको शरीरलाई कार्बोहाइड्रेटबाहेक प्रोटिन, क्याल्सियम र आइरनयुक्त पोषण प्रदान गर्नुपर्छ । काजु, बदाम, किसमिस, पिस्ताजस्ता सुख्खा तथा बियाँयुक्त फल ती परम्परागत खाद्य पदार्थ हुन् जुन सुत्केरी आमाहरूलाई दूधमा पोषकतत्वहरू बढाउन दिइन्छ । तिनीहरू प्रशस्त क्यालोरीको स्रोत हुन् र निश्चित रुपमा दूधको गुणस्तर र मात्रा बढाउन मद्दत गर्छ । तथापि, स्तनपान गराउँदाको समयमा आफ्नो नजिक पानीको बोतल वा केही जुस राख्नुहोस् । तपाईंले स्तनपान गराउँदाको समयमा शरीरले अक्सिटोसिन निष्कासन गर्दछ जसले तपाईंलाई तिर्खा लगाउँछ । त्यसैले स्तनपान गराउनुभन्दा पहिले पुनार्ताजा गराउने पेय पिउनुहोस् । धेरैजस्तो सुत्केरी आमाहरूलाई धेरै पानी पिउने सल्लाह दिइन्छ किनकि यसले स्तनमा दूध उत्पादन गर्न सहयोग गर्छ । तथापि, स्तनमा दूध उत्पादन गर्न अतिरिक्त पानी जरुरी हुँदैन । जब तपाईं स्तनपान गराइरहनु भएको हुन्छ मदिराबाट बच्नु सबभन्दा राम्रो हुन्छ । रगत र स्तनको दूधमा मदिराको मात्रा तपाईंले पिएको ३० मिनेटभित्र नै उच्चस्तरमा पुग्छ र करिब चार घण्टापछि मात्र कम हुन्छ । तपाईंले स्तनपान गराइरहेको समयमा मदिरा पिउनु हुँदैन, तर पनि यदि तपाईंलाई मदिरा पिउने इच्छा भएमा बच्चालाई स्तनपान गराइसकेपछि मात्र पिउनुहोला । त्यसैगरी अर्कोपटक स्तनपान गराउनको लागि कम्तीमा चार घण्टा प्रतीक्षा गर्नुहोस् ।   घ्यू एउटा अर्को त्यस्तो पदार्थ हो जुन सुत्केरी आमाहरूलाई दूध उत्पादनको लागि खान प्रोत्साहित गरिन्छ । तर तपाईंले सन्तुलित भोजन गरिरहनु भएको छ भने धेरै घ्यू खान त्यति जरुरी छैन । स्तनपान गराइरहेको समयमा ग्याँसयुक्त पेय, चिया र कफी नखानुहोस् । त्यसैगरी जंक फूड र घरमा नपकाइएको खाद्य पदार्थ खानबाट पनि बच्नुहोस् । यी खाद्य पदार्थले तपाईंको भोक त मेट्छ तर कुनै वास्तविक पोषण प्रदान गर्दैन । स्तनपान गराएको समयमा जडीबुटीयुक्त चियालाई सुरक्षित पेय मानिन्छ । तरपनि कुनै पनि जडिबुटीयुक्त औषधि सेवन गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् । स्तनपान गराउँदाको सममा नियमित रुपमा आइरन, फोलिक एसिड र क्याल्सियमको निर्धारित मात्रा लिन नभूल्नुहोस् । तपाईंको शरीरलाई धेरै मात्रामा भिटामिन सी, भिटामिन बी १२, जिंक र भिटामिन ए को आवश्यक पर्दछ । यी पदार्थहरू प्रशस्त पाइने  खाद्य पदार्थ खाएर पनि तपाईंले यसको पूर्ति गर्न सक्नुहुनेछ वा तपाईंको डाक्टरले अतिरिक्त मात्रा लिने भनेर लेख्न पनि गर्न सक्छन् । गर्भावस्थाको समयमा बढेको तौल चिन्ताको विषय हुन सक्छ र तपाईंको गर्भावस्था भन्दा पहिलेको शारीरिक स्वरूप पाउन तपाईंले तौल घटाउन चाहनु हुनसक्छ । सन्तुलित आहारको माध्यम तथा हल्का व्यायामको सहयोगले तौल घटाउने कुरामा ध्यान दिनुहोस् । आफूलाई भोको नराख्नुहोस् । त्यसैगरी कडा व्यायामले रक्तप्रवाह र स्तनको दूधमा विषाक्त पदार्थ निष्कासन गर्न सक्छ । ध्यान दिनुहोस् कि तपाईंले आफ्नो पहिलेको वास्तविक तौल तब मात्र प्राप्त गर्न सक्नुहुनेछ जब तपाईंको बच्चाले पूर्णरुपमा स्तनपान छोड्छ र ठोस आहार खान सुरु गर्छ । स्तनपान तपाईंको बच्चाको लागि सबभन्दा राम्रो विकल्प हो । यसले तपाईंको बच्चालाई सबै कुरा प्रदान गर्छ जुन उसलाई जरुरी हुन्छ र उसलाई सबै बिमारीबाट मुक्त राख्छ । स्तनपान गराउन लाज नमान्नुहोस्, यसलाई सही तरिकाले गराउनुहोस् ! तपाईंको शरीरले तपाईंले खाने राम्रो सन्तुलित आहारबाट स्तनमा दूध उत्पादन गर्न सक्षम छ र प्रशस्त क्यालोरी भएको खाना खुवाइरहनु पर्ने जरुरी छैन जुन सुत्केरी आमाहरूलाई खुवाइन्छ ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवाफ भनेको उनले व्यायाम गर्न छोडिनन् ।गर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
के तपाईं आफ्नो छोरीको लुगा लगाउने तरिकामा, मनपर्ने, मन नपर्ने कुराहरु र व्यवहारहरुमा अचानक परिवर्तन बारे चिन्तित हुनुहुन्छ ? यदि उनी किशोरावास्थामा छिन् भने त्यस्ता परिवर्तनहरु साधारण हुन् र तपाईंले त्यस्ता भाव र व्यवहारमा हुने छिटो परिवर्तनहरुको बानी राख्नुपर्छ lयदि कुनै एक दिन तपाईंले आफ्नो छोरी अचानक एउटा विशेष अवस्थामा फरक प्रतिक्रिया राख्दै गरेको पाउनुहुन्छ भने, छक्क नपर्नुहोस्, विशेषगरी यदि उनी आफ्नो किशोरावस्थामा छिन् l विस्फोट उनको नियन्त्रण भन्दा बाहिर हुन्छ र उनी आफै आफ्नो व्यवहार देखेर भ्रमित हुन्छिन् कहिलेकाँही l  उनको नराम्रो व्यवहारको लागि उनीलाई हकार्नुभन्दा शान्त गराउनु र उनी खुशीको भावमा हुँदा घटनाबारे कुरा गर्नु महत्वपूर्ण हुन्छ l यदि उनी त्यस्तो व्यवहार दोहोर्याईरहन्छिन् भने माफ दिन भने असम्भव हुन्छ l यहाँ केही तरिकाहरु छन् जब तपाईंको छोरीले स्वीकृत आदर्शमा रहेर गर्ने व्यवहार भन्दा बाहिर जाँदा प्रयोग गर्नसकिने l तपाईंले एउटा काउन्सेलरको मद्दत खोज्न सक्नुहुन्छ र बुझ्नसक्नुहुन्छ किन यो भैरहेको छ र उनको प्रश्नहरुको समाधान निकाल्न सक्नुहुन्छ ताकी उनीले भविष्यमा तिनीहरुलाई राम्ररी सम्हाल्न सक्छिन् l किन किशोरीहरु अचानक रिसाउछन् ? केटीहरु आफ्नो किशोरावस्थामा प्रवेश गर्दासम्म उनीहरु सामाजिक शिष्टाचारहरु, रुपको महत्व, सामाजिक परिदृश्यहरुमा स्वीकार हुने चलनहरुमा अभिनय गर्ने र घर बाहिर हुँदा आफ्नो “कुल” दृश्य बनाउने बारे जानकार हुन्छन् l त्यसैले यदि उनीहरु पिडा पाउँछन् वा कुनै कुरामा रिसाउँछन् भने, तिनीहरु त्यसलाई सार्वजनिक जान दिंदैनन् ताकी उनीहरुको “कुल” इमेज भताभुंग हुँदैन l यद्दपी उही रिस भरिएर पोखिन्छ जब उनीहरु घर पुग्छन् l यो अफिसको रिस घरमा पोखेको जस्तै हो l यो त्यो ठाउँ हो जहाँ तिनीहरु वाइल्ड तरिकाले व्यवहार गर्छन् र अझै क्षमा आशा गर्छन् l यद्दपी, त्यसको अर्थ तपाईंले आफ्नो छोरीलाई त्यस्तो किसिमको पागलपन लागि छुट दिनुपर्छ भन्ने हैन l  उनी शान्त भएपछि, तपाईंले उनीसँग कुरा गर्नु आवश्यक छ उनीलाई केले दिक्क लगाईरहेको छ वा त्यसको व्यवहार गर्ने बनाइरहेको छ l सम्भवत उनीले स्वीकार गर्दिनन् कि उनीसँग एउटा समस्या छ तर तपाईले समस्याको मूल कारण थाहा पाउनुपर्नेछ l प्राय केटीहरु आफ्नो कलेज वा साथी सर्कलको कोही जस्तै हुन चाहन्छन् l उनीहरु विशेष समुहमा फिट हुन चाहन्छन् र त्यस्तो गर्न नसक्दा त्यसले उनीलाई विचलित बनाउँछ l आफ्नो छोरीलाई आफैमा बिश्वास गर्न सिकाउनुहोस् l उनी आफैमा एक पृथक व्यक्ति हो र उनीले अरु कसैजस्तो हुनुपर्दैन भन्ने बुझ्ने बनाउनुहोस् l तपाईंको लागि निरन्तर प्रयत्न हुनसक्छ यी सबै कुरा उनको दिमागमा राख्नको लागि तर तपाईंले उनीलाई बुझाउन मेहेनत गर्नुपर्छ l आत्म नियन्त्रण उपाय हो थुप्रै किशोरीहरुलाई एउटा विशेष समस्या कसरी समाधान गर्ने भनेर थाहा हुँदैन l उनीलाई राम्रो काउन्सेलरकोमा लागुको अलावा, तपाईंले उनीसँग समस्या समाधान गर्ने तरिकाहरु बारे छलफल गर्न सक्नुहुन्छ l पहिला उनीलाई समस्या बुझ्न सोध्नुहोस्, अलिकति पछाडी सर्न लगाउनुहोस्, शान्त गराउनुहोस् र त्यसपछि समाधानको उपाय खोज्न लगाउनुहोस् l यो बानीले उनीलाई समस्यामा राम्रो तरिकाले जाँच गर्ने बनाउनेछ र उनी त्यस्ता घटनाहरु फेरी दोहोरिंदा सम्हाल्न सक्नेछिन् l तपाईंले उनीलाई सुरुमा सघाउन सक्नुहुन्छ तर जब उनी परिपक्क हुँदै जान्छिन् उनीले आफ्नो बिगतको अनुभवहरुको आधारमा आफ्नै समाधानहरु भेट्टाउनेछिन् l किशोरीहरुसँग कहिलेकाँही उनीहरुको रिस र डर नियन्त्रणमा राख्न कठिनाइ हुन्छ र त्यसैले उनीहरुको समस्या शान्त किसिमले सम्हालिनुपर्छ l समस्याहरुबारे चिन्तन गर्ने जब उनीले समस्याको सबै पक्षहरुलाई समाधान गरेकी छिन् र समाधानको चिन्तन गर्ने तर्फ आएकी छिन्, उनीलाई कार्यको योजना लेख्न सल्लाह दिनुहोस् l जस्तै यदि उनी विशेष शिक्षक जो उनको ग्रेडहरु मनपराउदैन त्यसको कारणले बिचलित छिन् भने उनीले त्यो विषयमा राम्रो गर्ने साथीहरुसँग मद्दत लिंदा राम्रो गर्न सक्छिन् l अथवा त्यसको लागि समुहको कसैले उनीलाई नराम्रो टिप्पणी गरेको कारणले उनीले त्यो रिस घरमा पोखेखी हुनसक्छिन् l तपाईंको भागमा नियन्त्रण बिना, उनीलाई बुझाउनुहोस् कि रिसले समाधान खोज्ने प्रक्रियामा बाधा मात्र पुर्याउछ l
नवजात शिशु निकै बेरसम्म अत्यधिक रुन्छ भने त्यो पेटको समस्याको कारण होकेले पेट एकदमै दुखाउँछ ? आमाको दुध खुवाउँदा हावाको प्रवेश बच्चाले निकै छिटो चुस्दा खेरी त्यसले ग्यास्त्रोइन्टेसटाईनल पिडा गराउन सक्छ आमाले खाएको खानाले शिशुको पेटलाई असर गर्छ  रुने बच्चालाई सम्हाल्ने केही तरिकाहरु: पक्रने र बच्चालाई पाखुराले समातेर एता उता हल्लाउने l बच्चालाई सुताउन लोरी अर्थात् बच्चाको गित गाउनु प्रभावकारी हुन्छ l दुध खुवाएपछि प्रत्येक पटक बच्चालाई ढ्याउ गराउनुहोस् l रोएर भोक लागेको अभिव्यक्त गरिन्छ l दुध खुवाउनुहोस् l ठुलो आवाजले बच्चालाई अचम्म गराउन सक्छ l ठुलो आवाज नबनाउनुहोस् l केही बच्चाहरुलाई न्यानो स्नानले आराम दिन्छ l केही बच्चाहरुलाई रबर वा सिलिकनको चुस्ने वस्तु (पेसिफायर)ले राम्रो गर्छ l ग्यासको पिडा पनि कारण हुनसक्छ l डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहोस् l आमाहरुले उनीहरुले खाने कुरामा परिवर्तनहरु ल्याउनुपर्छ l
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोच्नुभयो भने, फेरी सोच्नुहोस् !  जब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हुनेदेखि छाला रातो (रेडनेस) हुनु वा बाह्य छाला मात्र प्रभावित हुने पनि गर्छ । पछिल्लो खालको क्षतिले गर्ने हानीलाई पहिलो मात्राको बर्न भनिन्छ । दास्रो मात्राको बर्नमा छाला सुनिने र फोका उठ्ने गरिन्छ ।सूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
बाडुलीहरु हासउठ्दो, अप्ठ्यारो, मनोरञ्जनात्मक, वा दिक्क लाग्ने हुन सक्छ । तर हामी सबैलाई यो भएको छ र अरुलाई हुँदा रमाएका छौं ।बाडुली सामान्य गरी डाय्फग्रामको अचानक अनावश्यक संकुचन हो । डाय्फग्राम एक मांसपेशी हो जसमा फोक्सो आराम गर्दछ र यो पेट देखि माथि छ । एक मिनट भित्र धेरै संकुचन हुन्छन र केहि मिनटको लागी जारी हुन्छ । प्रत्येक संकुचन पछि हिक् आवाजले पछ्छ्याउँछ । र त्यस कारण हिकप् नाम । कहिलेकाहीँ बाडुली सबैभन्दा बेढंग अवस्थाहरूमा हुन सक्छ - एक महत्त्वपूर्ण अन्तर्वार्ता गर्नु अघि, जस्तै कि तपाईं बिस्तारै सुत्न जाने बेला, वा बैठकको बेला पनि । कठिन परिस्थितिमा बाडुली एक ठूलो समस्या हुन सक्छ । केही सरल चालहरूले तपाईंलाई यसबाट छुटकारा पाउन मद्दत पुर्याउन सक्छ । बाडुली रोक्नको लागि प्रयोग गर्न सक्ने विभिन्न प्रविधिहरू पत्ता लगाउनाले मद्दत गर्दछ, किनकि केवल एक मात्र प्रविधिले काम नगर्न सक्दछ । तपाइँको सास राख्नुहोस्: गहिरो र लामो सास लिनुहोस्, र त्यसपछि सास राख्नुहोस् । यसले डाय्फग्राममा आराम गर्न र बाडुली रोक्न मद्दत पुर्याउन सक्छ । तातो पानी पिउनुहोस्: पानीको लगभग १० वा बढी ठूलो ठुलो घुड्किहरु लिनुहोस् । यसले डाय्फग्रामको अफ्ट्यारो पन हटाउन मद्दत गर्नेछ । आफ्नो कान बन्द गर्नुहोस्: आफ्नो कानहरू प्लग गर्न एक मोटो सानो रोल कपास प्रयोग गर्नुहोस् वा आफ्नो औंलाहरू प्रयोग गर्नुहोस् र बन्द गर्नुहोस् । यो लगभग ३० सेकेन्डका लागि गर्नुहोस् । वैकल्पिक रूपमा, तपाईंले विस्तारै कानको लोतिको पिछाडिको भाग दबाउन सक्नुहुनेछ । यसले नसालाई आराम दिलाउँछ जसले डाय्फग्रामलाई आराम दिलाउँछ । तपाईंको जिब्रो बाहिर निकाल्नुहोस्: जती सक्नुहुन्छ आफ्नो जिब्रो बाहिर निकाल्नुहोस्, र केहि सेकेन्डका लागि त्यस्तै राख्नुहोस् । यसले राम्रो सास फेर्न मद्दत गर्दछ, र बाडुली आउने बटारिएको मांशपेशीलाई आराम दिने गर्दछ । मुख बन्द गरेर सास फेर्नुहोस्: आफ्नो मुख दुवै हातले बन्द गर्नुहोस् र नाक मार्फत सास फेर्न जारी राख्नुहोस् । यसले एक असुविधा सिर्जना गर्दछ र नसाहरुलाई अल्मलाएर बाडुली बन्द गर्नेछ । कागजको झोलामा सास फेर्नुहोस्: कागजको झोलामा गहिरो सास फेर्नुहोस् । तपाईंको सम्पूर्ण अनुहार कागजको झोलाले नछोप्नुहोस्, मात्र तपाईंको नाक र मुख । आफैलाई अङ्गाल्नुहोस्: घुँडा उठाउनुहोस्, छातीको नजिकै र वरिपरि हात राख्नुहोस् । केहि मिनेट को लागी आफैलाई अङ्गाल्नुहोस् । दबाबले डाय्फग्रामलाई आराम गर्न मद्दत गर्छ । चिनी खानुहोस्: एक चम्मचा सादा चिनी खानुहोस् र मुखमा राख्नुहोस्। बिस्तारै निल्नुहोस् । काग्ती तपाईंको सेवामा: कागतीको टुक्रा छान्नुहोस्, तपाईंको मुखमा राख्नुहोस्, र त्यहिं हुन दिनुहोस् । नचपाउनुहोस्; केहि मिनटको लागी बिस्तारै चुस्नुहोस् । यसले पनि बाडुली हटाउन मद्दत गर्दछ । पर्खनुहोस्: दस चोटिमा नौ पटक, बाडुली आफै जान्छ, अवश्य, तपाईंलाई सानो दुख दिएपछि । यदि तपाईं बाडुलिको साथ असहज हुनुहुन्छ भने, धैर्य हुनुहोस् र केहि मिनेट पर्खनुहोस् । प्रायजसो, जसरि बाडुली अचानक आयो त्यसरि नै जानेछ । मलाई लाग्छ कि बाडुलिको उपचार वास्तवमा रोगीको साथीहरूको मनोरञ्जनको लागि आविष्कार गरिएको थियो । - बिल वाटर्सन
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
मनोवैज्ञानिक दुर्बलतायौन शारीरिक मात्र हैन तर मानसिक रूपमा पनि उत्तिकै संलग्नता हुने कुरा हो । मानसिक उत्तेजना र प्रतिक्रिया समग्र आनन्दको लागि उत्तरदायी छ; र यसकारण कुनै पनि प्रकारको मनोवैज्ञानिक अशांति वा तनाव वा चिन्ता जस्ता मानसिक समस्या मनोवैज्ञानिक दुर्बलताको कारण बन्न सक्छ । तनाव वा थकाई मनोवैज्ञानिक दुर्बलताको लागि सबै भन्दा अधिक स्पष्टीकरण हो । उदाशिनता र पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर पनि मनोवैज्ञानिक दुर्बलतामा परिणाम हुनसक्छ । यौन वा शारीरिक दुर्व्यवहारको एक मानसिक आघात, यौन सम्बन्धको कारण अपराध, साझेदारहरूको बीचमा समस्या पनि योगदान गर्दछ । एक यौन पहिचान मा भ्रष्टता पनि असमानता को एक प्रमुख कारण हो । यौन वा शारीरिक दुर्व्यवहारको मानसिक आघात, यौन सम्बन्धको कारण हुने लाज, पार्ट्नरहरूको बीचको समस्याले पनि योगदान गर्दछ । यौन पहिचानको भ्रष्टता पनि दुर्बलताको एक प्रमुख कारण हो ।दुर्बलता अनन्त शारीरिक विकारहरूको नतिजा हुनसक्छ, विशेषगरी यदि मानिसहरूले यसलाई वेवास्ता गर्छन् । यस विकारको ज्ञानको अभावले समयको अवधिको साथ चिन्ता र तनाव बढाउँछ । त्यसैले कारकहरू निर्धारण गर्दा शारीरिक कारणहरू पहिला जाँचेर त्यसपछि मानसिक कारणहरूको पहिचान गर्नुहोस् । मनोवैज्ञानिक दुर्बलता कहिलेकाहीं स्थितिगत वा केवल एक विशेष पार्टनरमा हुन सक्छ र उपचारको पहुँच कारण अनुसार भिन्न हुनसक्छ ।सल्लाह लिनुले मनोवैज्ञानिक दुर्बलताको मामलामा चमत्कार गर्दछ । उदाहरणका लागि, उदाशनिता वा चिन्ताको अवस्था सुधार गर्न उपचार चाहिन्छ । पोस्ट ट्रम्याटिक स्ट्रेस डिसर्डर वा दुर्व्यवहारको सामना गर्न चिकित्सा उपचार चाहिन्छ । कहिलेकाहीँ केवल दुर्बलता गराउने शारीरिक अवस्थाको व्याख्या गर्नु पर्याप्त हुन्छ । त्यसोभए पछाडि नपर्नुहोस्, तपाइँको यौनको चाहना फिर्ता पाउन साझेदारी गर्नुहोस् !! 
के यौन असन्तुष्टिले तपाईको मानसिक स्वास्थ्यमा तनाव गराउँदैछ ? जब जर्ज माइकलले गुनगुनाए “यौन प्राकृतिक हो, यौन राम्रो हो, म तपाईको यौन चाहन्छु,” के उनी एउटा भन्न नहुने कुरा गरे ?एक सुन्दर संसारमा, यो पूर्ण आनन्द र राम्रो सुनिन सक्छ तर वास्तविकतामा यौन सम्बन्ध गर्नुलाई एक निषेधित विषय मानिन्छ, जुन केवल अविकसित देशमा मात्र नभएर विकसित देशमा पनि नकारिन्छ । त्यसको माथी यौन सम्बन्धको असन्तुष्टिका प्रभावहरू जोड्नुहोस्, जुन पनि नकारिन्छ । जब एक जोडीले आखिरी पाइला चाल्ने निर्णय लिन्छन्, सामान्य विषयहरू जस्तै यौन अनुकूलता, सन्तुष्टि, आवृत्ति, निषेध, आदिको चिन्ता हुन्छन् । यदि तपाईंको आफ्नो पति वा साथी असन्तुष्ट हुनुहुन्छ भने के गर्ने ? यदी उनले यसलाई सुखद रुपमा अनुभव गर्दैनन् भने के गर्ने ? यी प्रश्न प्राय कुनै पनि सम्बन्धमा उत्पन्न हुन्छ र यो हुनु साधारण हो, तर के हुन्छ जब यी चिन्ता प्राय वास्तविक कुराहरूमा परिणत हुन्छन् ? असन्तुष्टताले तपाईंको मानसिक स्वास्थ्यमा हानी गर्छ । हो, तपाईंको मानसिक स्वास्थ्यले दुख पाउँछ, तपाईंको असन्तुष्टतालाई धन्यवाद । प्रत्येक पार्टनरसँग केही आशा हुन्छ जुब यौन सम्बन्धको कुरा आउँछ, र ती अपेक्षाहरू पुरा हुँदैन भने, असन्तुष्टता सुरु हुन थाल्छ । सामान्यतया, जब एक व्यक्ति यौनबाट सन्तुष्ट छन भने, तिनीहरु सधैं राम्रो मान्सिक स्थितिमा हुन्छन्, तर जब तिनीहरू असन्तुष्ट हुन्छन्, वरिपरिका मान्छेहरु सँगको तिनीहरूको व्यवहार ओरालो लाग्छ । त्यो मात्र होइन, उनीहरूको निराशा र तनाब बढ्छ र उनीहरूको मानसिक स्वास्थ्य र उनीहरूको सम्बन्धमा पनि दख्ल लगाउँछ् । धेरै पटक जब जोडी नमिल्दो हुन्छन्, उनीहरू यसको बारेमा कुरा गर्नुको सट्टा चुप लाग्ने निर्णय गर्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा दख्ल लगाउँछ, जुन त्यसपछि तनावमा परिणत हुन्छ र यसले उदाशिनता वा अझै नकारात्मकता बडाउँछ । पुर्व उल्लंघनको समझना र त्यसपछिको पश्चतापले यौन असन्तुष्टी लेराउन सक्छ, जसले कुनै पनि सम्बन्धलाई बनाउन वा बिगार्न सक्छ । एक व्यक्ती यौन असन्तुष्ट हुनुका अनेक कारणहरू छन्, यौन असफलताको कारण, कम सहनशीलता, यौन अभिविन्यास वा अन्य कारण! समस्या स्वीकार गर्नुको सट्टा प्राय मानिसहरु लागूपदार्थ, शराब, वा निर्भरताका लागी अरूमाथी पनि भर पर्न सक्छन्, जसले मानसिक साथ साथै हार्मोनल असंतुलन पनि ल्याउँछ । अधिकांश व्यक्तिलाई यौन असफलताको बारेमा सोध्दा यसको सामना गर्नु भन्दा लजाएर भाग्छन्, किनकी उनिहरु यसबारे लज्जित छन र यसबारे कुरा गर्न डराउँछन् । तथापि, उनीहरूलाई के थाहा छैन कि यसबारे कुरा नगर्नाले उदाशनिता, डर, निर्भरता, र अचानक नराम्रो बोली फुट्ने हुँदा सम्बन्ध बिग्रिने जस्ता समस्याहरूको नेतृत्व गर्दछ जुन केवल आफ्नो पति वा पार्टनरसँग मात्र नभै, आफ्नो परिवार र साथीहरु संग पनि हुन्छ । यौन असफलता अक्सर उदाशनिता को मुख्य कारण हो, जुन, यदि उपचार गरेन भने, अन्य समस्याहरु लाई भित्र्याउन सक्छ । त्यसैले यदि तपाई यौन असफलताबाट पीडित हुनुहुन्छ र अधिक मानसिक पीडामा हुनुहुन्छ भने, तपाईंको पार्ट्नर सँग खुलस्त रुपमा कुरा गर्न वा आफ्नो चिकित्सकको सल्लाह लिनु जहिल्यै उपयुक्त हुन्छ । रोकथाम सधैं उपचार भन्दा राम्रो हुन्छ ! कसैसँग यो कुरा गर्दा तपाइँलाई आफ्नो मानसिक तनाव घटेको महसुस हुनसक्छ र यसको परिणाम तपाईंको व्यक्तिगत सन्तुष्टि हुनेछ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न