होम
३०औं वर्षमा प्रवेश गर्ने कुरा मानिसले मनपराएको सपना चाहिं होइन तर यो वर्ष पनि १८ वर्ष जतिकै आकर्षक र मनमोहक हुनसक्छ यदि तपाईंले मात्र केहि समस्या-रहित तर गर्नै पर्ने कुराहरुलाई अपनाउनु भयो भने ।३० भनेको धेरै पुरुषहरुको लागि पैसा कमाउने एउटा उमेर हो, एउटा स्थिर व्यवसाय र एउटा सुन्दर र शानदार अवकाश योजनाको तैयारी गर्ने उमेर पनि हो । तर पैसा कमाउने, घर बनाउने, नयाँ गाडि किन्ने यो होड़मा, के तपाईंलाई लाग्दैन तपाईं शरीर, स्वास्थ्य र जोशमा जवान बन्ने त्यो चुस्ततालाई गुमाउँदै हुनुहुन्छ ? परिणाम, तपाईं एउटा वा अन्य जीवनशैली उब्जित रोगको काखमा हुनुहुनेछ । त्यसकारण अब गति कम गर्नुहोस र अलि कति विचार गर्नुहोस। तपाईंको उमेर तपाईंको पक्षमा हुनेछ,तब होइन जब यसबाट सम्पूर्ण शक्ति निकालेर यसलाई एकोहोरोपना र आलस्यताले तपाईं भर्नुहुन्छ, तब मात्र हुन्छ जब तपाईं यसलाई सम्हाल्नु हुन्छ । तपाईं हरेकको जीवनमा ३० वर्ष बिस वर्षको उमेरमा परिवर्तन हुनसक्छ तर त्यो चाहिं टिभी सेटको अगाडि बसेर तपाईंको मनपर्दो खेल हेर्दै र बियर खाँदै चाहिं हुँदैन । त्यसकारण तपाईंले आफ्नो ध्यान र मन संगै लगाउनु पर्छ र तपाईंको मानसिक र शारीरिक स्वास्थ्यालाई चुस्त बनाउन विभिन्न विकल्पहरुमा काम गर्ने कोशिस गर्नुपर्छ । आउनुहोस त्यस्ता केहि तरिकाहरुको छलफल गरौँ जुन तपाईंको ३० वसन्त पार तपाईंको स्वास्थ्यको कडी बन्न सक्छ । उन्मत्त भिडको एउटा भाग बन्नुहोस् ३० वसन्त पछि पुरुषहरुको बानी भनेको आफैलाई तिनीहरुका काममा पूर्ण रुपले यति तल्लिन बनाउँछन कि समाजमा घुमिल हुने र मानिसहरुसंग भेटघाट गर्ने समय अत्यन्त थोरै हुन्छ । अध्ययनले पुष्टि गरेकोछ कि ति मानिसहरु जो ठुलो सामाजिक समुहको भागहरु हुन् उनिहरुमा हृदय बिमारको मौका थोरै नै हुन्छ किनकि यसरी तिनीहरु आफ्ना समकालीन जो तिनीहरुका अफिसको फाइल र टिभीमा समय बिताउँछन उनिहरुको तुलनामा खुशी र तनाव-मुक्त रहन्छन् । स्वास्थ्य, सम्पन्न र सँधै व्यायाम  संगै बुद्धिमानि रहनुहोस् किशोरहरुका विचमा र २० वर्षकाहरुको विचमा जिममा जानु प्रचलित कुरा मानिन्छ, तर यो त तपाईंलाई ३० वर्ष देखि अत्यावश्यक छ कारण यो उमेरमा सबै रोगहरुलाई टाढै राख्नको निम्ति स्वास्थ्य रहनु महत्वपूर्ण छ । यदि तपाईं जिम जान त्यति मन पराउनु हुन् भने यहाँ मध्य कुनै अन्य व्यायामको तरिकाहरु अपनाउनु होस्: विहानको हिँडाइ जगिंग योगा एरोबिक्स विकल्पहरु असंख्य हुन सक्छन तर तपाईंले आफुलाई आफ्नो जीवनशैली संग सुहाउँदो छनौट गर्नुपर्छ । बेकारको बाकस देखि टाढा बस्नुहोस के तपाईं आफ्नो बेलुकीको समय टिभीको अगाडि बसेर बिताउनुहुन्छ ? हो यो नै निश्चित रुपले तपाईंको अहितकारी बानी हो जसलाई तपाईं प्रश्रय दिंदै हुनुहुन्छ । टेलिभिजनको सेटले तपाईंलाई निर्भर बनाइदिन्छ, जसको अर्थ न्युनतम शरीरको हलचल भन्ने हुन्छ । यसमा व्यायाम भनेको त्यति बेला मात्रै हुन्छ जब तपाईं पपकर्न खान जानुहुन्छ वा विच विचमा आउने विज्ञापनको आवाज बन्द गर्न रिमोट चलाउनुहुन्छ । साथै यसले तपाईंको परिवार र इष्टमित्रसंग बिताउने समय पनि खाइदिन्छ । त्यसकारण अर्को पटक जब तपाईं असिफ बाट घर आउनु हुन्छ, तब तपाईंको छोराछोरीहरु संग गेम खेल्नुहोस् वा श्रीमती संग एउटाs राम्रो गफ गर्नुहोस् वा तपाईंको मित्रको घरसम्म बाटोमा हिड्नुहोस् र केहि ताजा हावाको निम्ति जानुहोस् । धुम्रपानलाई हुँदैन भन्नुहोस् पुरुषहरुलाई तिनीहरुको किशोरावस्था देखि छिटो लाग्ने एउटा सामान्य बानी भनेको धुम्रपान हो । किशोर अवस्था देखि नै धुम्रपान गर्ने पुरुषहरुलाई आफ्ना बानी सुधार्नुपर्छ भन्ने आवश्यकतालाई महशुसनै गर्दैनन् र यो झन जटिल बन्दै जान्छ । अब तपाईंको उमेर ढल्कदै गरेको अवस्थामा तपाईं यसको असरको निम्ति नभएर सबै तनाव र संकष्ट देखि सहारा पाउन पिउनु हुन्छ वा बानीको असर हुनसक्छ । के तपाईंलाई थाहा छ धुम्रपान र निकोटिनमा भर पर्ने बानीले चाहि त्यो चुरोट बाट होस् वा खैनिसुर्ती खाएर होस्, तपाईंलाई फोक्सो क्यान्सर, मुटु नली थुनिने र त्यो भन्दा डर लाग्दो जोखिममा पर्न सक्छ ? तपाईंको २०औं वसन्तमा भन्दा यो उमेरमा चाहि बढी नै गम्भीर हुनु आवश्यक छ । धुम्रपान बन्द गर्नुहोस् र तपाईंको वरिपरि भएको शुद्ध हावालाई हेर्ने कोशिस गर्नुहोस् । जति कम मद्धपान, उति लामो जीवन मद्धपानले केवल तपाईंको कलेजोलाई आक्रमण गर्ने र तपाईंको जीवनको मिठो पलहरु बाट टाढा लैजाने मात्रै होइन तर तपाईंलाई ति सबै रोगहरु लाग्न सक्ने बनाउछ जसको संकेतहरु तपाईंको मध्य आयु देखि नै देखिन शुरु हुन्छ । उमेर वृद्धि संगै बढ्ने बिमारहरु भनेको चिन्ता, रक्तचाप, उच्च कोलेस्ट्रोल वा अन्य मुटु सम्बन्धि रोगहरु हुन् । के त्यसको मतलब यो तपाईंले एकै दिन वा दुइ दिनमा सक्नुपर्छ भन्नु हो ? होइन, तपाईंले एक दिनमा यसको संख्या घटाएर एक देखि बढिमा दुइ गिलास बनाउनुपर्छ तब तपाईं एउटा स्वस्थ जीवनको निम्ति तन्दुरुस्त बन्नु हुनेछ । माछा मार्न जानुहोस अब यो भन्नुको अर्थ तपाईं आफै भोजनको निम्ति माछा मार्न जानुहोस वा बल्छी थपेर बस्नुहोस् वा भोकै बस्नुहोस भनेको होइन । माछालाई तपाईंको दैनिक भोजनको एउटा भाग बनाउनुहोस भनेको हो । तपाईं ३०औं वसन्तमा पाइला टेक्नु हुँदा माछा वा समुद्री जीवको खानाले तपाईंको सक्षम-शरीर बनाउँछ र रोग प्रतिरक्षाको ताकत बढाइदिन्छ । एउटाइ माछाको श्रोतबाट आवश्यकीय प्रोटिनहरु, भिटामिनहरु, आवश्यक तेल, जिङ्क, सेलेनियम आदि प्राप्त गर्न सकिन्छ । हड्डी जोश महिलाहरुमा तिनीहरुको ३०औं वसन्तपछि एउटा सामान्य रोग भनेको क्याल्सियमको कमि हो जसले जोर्नीहरुको दुखाइ प्रमुख रुपमा हुनेगर्छ, अब यसलाई पुरुषहरुले पनि कहिल्यै वेवास्ता गर्नुहुँदैन कारण परिवर्तित जीवनशैली संगै, पुरुषहरु पनि यसका शिकार भईरहेकाछन् । ३० औं वर्ष पछिको उमेरमा तपाईंको हड्डीमा क्याल्सियम घनत्वको ह्रासले तिनीहरुलाई भाँचीन सक्ने र हड्डी बिग्रिने जोखिम बढाउँछ। फिजियोथेरापी र असल खानपानको बानीले तपाईंलाई अझै फुर्तिलो बनाउँछ र जोर्नीहरुलाई चुँइकिने समस्यालाई सफा गर्छ ! अझ बढि घाम अनुसन्धानले प्रमाणित गरेको छ कि हरेक दिन १५-२० मिनट घाममा बस्नाले ओस्टेओपोरोसिस, ढाड दुखाइ, बाथ जस्ता रोगहरु बाट परै राख्छ । भिटामिन डि को आवश्यकता पूर्ण हुन्छ र सबै शारीरिक कमजोरीहरु कम हुन्छ । त्यसकारण घाममा केहि समयको निम्ति निस्किनुहोस र आफै यसको नतिजा अनुभव गर्नुहोस् । अस्वस्थ्यकर खाना नखानुहोस् पुट्ट बाहिर निस्केको भुँडीहरु प्राय ३० वर्ष लागेका पुरुषहरुमा देखिने सामान्य अवस्था हो । तपाईं यो लिएर जिउनै पर्छ भन्ने छैन ! मोटोपन धेरै रोगहरुको शुरुवातको विन्दु हो । त्यसकारण तपाईंलाई चाहिएको केवल तपाईंको स्वास्थ्य खानपानमा ध्यान पुर्याउनु नै हो । तपाईंको किशोरावस्थामा मन थाम्न नसकिने बर्गर र पिज्जाहरुलाई अब दुखित भएर मुख सम्म नल्याई केहि मिटर पर बाटै आँखाले हेर्नु मात्रै पर्नेहुन्छ। अब तपाईंको प्लेटमा थप चिज र बटर हालिने छैन । अलि कठोर छ तर स्वास्थ्य रहने कुरा कुनै दोश्रो विकल्प बिना गरिहाल्नुपर्छ। त्यसकारण माथि उल्लेखित बुँदाहरु पुरुषहरुले कुनै पनि उमेरमा पालना गर्न सक्छन तर ३० लागे पछि अझ कडाईका साथ पालना गर्नु पर्नेहुन्छ ! यसरी, तपाईंको जीवन निरोगितामा र पूर्णतामा जिउनुहोस् !
यदि तपाईं चाहनुहुन्छ भने पुरुषहरुको फेयरनेस क्रिम प्रयोग गर्नुहोस् तर छालाको चमकलाई तपाईंको स्वाभिमानसँग नजोड्नुहोस् ।ऐना, ऐना, सबै भन्दा सुन्दर को छ ? यो शब्दले एक समयको दुष्ट रानीको दृश्य ताजा गराउँछ जब तिनले हेर्ने ऐनामा एउटा खोक्रो हेराई दिंदै भनेकी थिईन् । तर, आजको दिनमा पुरुष शृंगारलाई स्वागत गर्दै र स्थान दिंदै माथिका जिज्ञासा गर्न दिनुपर्छ ।   आजको दिनसम्म सुन्दरता भनेको इण्डियन पुरुषहरुले आफ्ना श्रीमतीहरुमा खोज्ने एउटा गुण थियो । हामीले के भनेको भनि बुझ्न फेयर एण्ड लभलीको विज्ञापन हेरे पुग्छ । तर आज, यहि धुन अर्कोमा सरेको छ । धेरै भन्दा धेरै पुरुषहरु तिनीहरुका महिला जोडीहरु जस्तै आफ्ना छालाका रंग, वर्ण र चमकलाई लिएर उत्तिकै उत्साहित भईरहेका छन् । आजका सबै टिभीको व्यापारिक विज्ञापनहरुलाई नै हेर्नुहोस् जहाँ किशोरहरु र युवाहरुलाईनै लक्षित गरि तिनीहरुलाई सामाजिक र लैंगिक सफलताको दुनियामा पुर्याउँछ भने चर्चित कलाकारहरुले गोरोपनाको क्रिमहरु, लोसनहरु र बडि वाशलाई अनुमोदन गर्दै तिनीहरुलाई जालमा अट्काईरहेका छन् । तर तपाईं त्यो गोरोपनको क्रिम किन्न जानलाई हतार गर्नुभन्दा अघि, यहाँ वास्तवमा यो गोरोपना भनेको के हो हेर्नुहोस् गोरोपना भनेको छालाको गहिराइको कोषको अवस्था हो गोरो, गुलाबी, कालो वा गहुँगोरो यो सब मुख्य रुपमा हाम्रो छाला भित्र भएको मेलानिनको तत्त्वले निर्धारित गर्छ। कुनै अफ्रिकी जातीहरुसंग उच्च मेलानिन तत्त्व हुन्छ जसले गर्दा तिनीहरुलाई कालो रंग दिन्छ जबकी युरोपियनहरु कम मेलानिन तत्त्वको कारण उज्ज्यालो छालाको भएको हो । त्यसकारण चाहे तपाईं महंगा गोरोपनाको क्रिम प्रयोग गर्नुहोस् वा शानदार ब्युटी स्पामा गएर सुन्दरताको उपचार गर्नुहोस्, तपाईंको वंशानुगत अवस्थालेनै अन्तिम निर्धारण गर्छ । फेयरनेस क्रिमले कसरी काम गर्छ….वा के साँच्चै गर्छ ? फेयारनेस क्रिमहरुमा त्यस्ता केमिकलहरु हुन्छन जसले छालामा मेलानिनको उत्पादनलाई रोकिदिन्छ र यसरी गोरो छालाको रंग र उज्ज्यालो वर्णलाई बढाइदिन्छ । पुरुषहरुमा धेरै जसो मेलानिन उत्पादनको मात्रा स्त्रीहरुमा भन्दा धेरै हुन्छ, यसैले महिलाहरुको फेयारनेस क्रिमले पुरुषहरुलाई खासै काम गर्दैन। कस्मेटिक व्यवसायीहरुले यो कारणलाई पत्ता लगाए र पुरुषहरुको छालालाई लक्षित गरि उत्पादनहरुको विकास गरे । तरैपनि, पुरुषको लागि मात्रै भनिएका फेयरनेस क्रिमहरु ज्यादा रुचाईएका क्रिमहरु हुन् जसले घामको हानिकारक अल्ट्रा भायोलेट विकिरणलाई रोकिदिन्छ जसले गर्दा छाला कालो हुन्छ । गोरोपनाको अँध्यारो पाटो कतिपय ब्युटी ट्रिट्मेण्टहरु र फेयारनेस क्रिमहरुमा हाइड्रोक्विनोन, मर्कुरी, र अझ स्टेरोइड्स जस्ता केमिकलहरु हुन्छन, जसले तपाईंको छालालाई राम्रो भन्दा बढी हानी नै गर्नसक्छ। यदि तपाईं गोरोपनाको लागि मरि हत्ते गर्दै हुनुहुन्छ भने, तपाईंले यति सम्म गर्नसक्नु हुन्छ त्यो के भने ब्र्याण्डेड सामग्रीहरुको प्रयोग गर्नुहोस (तरपनि त्यसको पनि प्रभावकारिताको कुनै ग्यारेन्टी भने छैन!) । पहिला तपाईंको छालालाई सुहाउँछ या सुहाउँदैन नमुना लिनुहोस् र जाँच गर्नुहोस । यदि चिलाउने आयो भने, तुरुन्तै छालाको विज्ञको सल्लाह लिनुहोस् । अन्तमा छालाको रंग भन्दा महत्त्वपूर्ण छालाको स्वास्थ्य हो । त्यसैले नियमित व्यायाम गर्नुहोस वा प्राकृतिक कुराहरु प्रयोग गर्दै छालाको उपचार गर्नुहोस जस्तै सुन्तलाको बोक्रा, काँक्राको टुक्रा जसले तपाईंको छालाको निखारलाई बढाउँछ । अरुको दबावमा नपर्नुहोस। गोरोपनाको पछि कुद्नाले आफुलाई हिनताबोध र अनावश्यक होड़तर्फ लैजान्छ । फेयारनेस उत्पादकहरुका कस्मेटालोजिस्टहरु र व्यापारीहरु तपाईंको नोक्सानी उपर हाँस्दै बैंक तिर जान्छन् । त्यसकारण यदि तपाईंको कालो छाला छ भने तपाईंको उमेरको पुरुष समुहहरुले राम्रो छ भन्दैमा महंगा विधिहरु अपनाउन तिर तपाईं जानु पर्दैन । संसारको कुनै पनि ब्युटी उपचार भन्दा उत्तम उपचार भनेको आफैले आफैलाई जस्तो छ त्यस्तो स्वीकार गर्नु हो ।  
जब एक स्किनकेयरको बारे सोच्दा, मनमा के आउँछ ? डण्डीफोर, चिल्लो छाला, खटिराको निशान, फेस वास्, फेस प्याक्स । महिलाहरुले यो बुझ्न जरुरी छ कि स्किनकेयर अनुहारमा मात्र सीमित हुनु हुँदैन !छालाको समस्याहरु अनुहारमा मात्रै सीमित छैन । थुप्रै ठाउँहरू छन् जहाँ समस्या हुन सक्छ । यसलाई सधैं घृणा गरी सहनु पर्दैन !  मोलहरु: जब छाला गुच्छा परेर बढ्छ मोल बन्न थाल्छ । मोलहरु निकै नोक्सान विहिन हुन्छन । कहिलेकाहीँ, मोलहरू गंभीर मेलानोमस अग्रगामी पनि हुन्छन् । यदि तपाईंको मोल अचानक ठूलो हुन्छ वा रङ परिवर्तन गर्छ वा रक्तचाप सुरु हुन्छ भने, तपाईंको डर्मटोलोजिस्ट्लाई तुरुन्तै भेट्नुहोस् । उहाँले गम्भीर कुरालाई जाँच गर्न एक बायोप्सी गर्ने सल्लाह दिनुहुनेछ । स्पष्ट हुनु सँधै सुरक्षित हुन्छ !  रोजासिया: यो एक चिन्ताजनक छाला अवस्था हो जुन निश्चित सुरुवात द्वारा आउँदछ । यो सामान्यतया अनुहारमा रातो धब्बा, अनुहारमा सानो रातो फराकिलो रूपमा प्रकट हुन्छ । यसलाई सुरु गर्ने धेरै कुराहरु छन्, सबै भन्दा साधारण कुरा सुर्य पर्न आउँदछ । रोजासियाको लागि कुनै उपचार उपलब्ध छैन त्यसकारण सूर्य, रक्सी र अत्यधिक तापमानहरु देखि बचनु एकमात्र समाधान हो । मध्यम देखी गम्भीर अवस्थाका लागि, खाध्य एंटीबायोटिक्स निर्धारित गरिन्छ । गम्भीरता अनुसार लेजर उपचारको पनि विकल्प हुन्छ जसले घाउको नशाको जरालाई खान्छ ।  भित्र उम्रने कपाल: धेरै व्याक्स र सेविङ गर्नुको परिणाम कपाल छर्पस्ट उम्रने गर्दछ । यसको परिणाम कपाल घुङ्ररिनु र पिछाडी फर्केर उम्रने हुन्छ । विशेष गरी यदि यो संक्रमित भयो भने यो एक दर्दनायक स्थिति हुनसक्छ । छालालाई स्वतन्त्र रूपमा बढ्न र सफा गर्न मन तातो पानीमा कपडा भिझाएर छाला पुछ्नुहोस् । यदि पिपले पहिले नै यसमा स्थान पाएको छ भने, यसमा थोरै बिनजेल पेरोक्साइड लगाउनुहोस् । छाला फाट्नु: जब छिटो वजन बढ्नुका कारण तपाईंको छाला तन्किन्छ, जस्तै गर्भावस्थामा, यसको परिणाम अनुसार नराम्ररी छाला फाट्छ । छाला फाट्नु गर्व र आनन्दित उपलब्धि भए तापनि यो अफ्ट्यारो यथार्थ पनि हुन सक्छ ! जब तिनीहरू अझै निर्मल र गुलाबी छन् तिनीहरूका लागि उपचार सम्भव छ । भिटामिन ए अथवा रेटिनोइड आधारित क्रीम नियमित रूपमा लगाउँदा छाला अधिक रुपमा पातलो बनाएर छाला फाटिएको दृश्यतालाई कम गर्न मद्दत गर्दछ । सेतो धब्बा: सेतो धब्बाहरु पिएमपिएल्इ देखि भिटिलिगो सम्म जे पनि हुन सक्छन् ।पोलिमोर्फ्स लाइट ईरप्सन सामान्य सेतो धब्बाहरू हुन जुन तपाइँको सूर्यमा धेरै समय अवशेष भएका भागहरूमा आउँदछ । सूर्यको कठोर किरणहरू द्वारा मेलानोसाइट्सको क्षतिको कारणले गर्दा हुन्छ । केहि अवस्थाहरुमा, यसता एन्टिबडिहरु हुन्छन् जुन शरीरले मेलानोसाइट्सको विरुद्ध उत्पन्न गर्छ र यसले अनियमित स्थानहरूमा मेलानोसाइट्स हरुलाई मार्दै जान्छ । यसले शरीरका अनियमित स्थानहरूमा ठूलो सेतो धब्बा बनाँउछ जुन सामान्य रूपमा फैलिन्छ । त्यसैले घाममा निस्किदा जहिल्यै सन ब्ल्क लगाउनुहोस् । यदि तपाईंले आफ्नो धब्बा बढ्दै गरेको पाउनु भयो भने, तपाईंको डर्मोटोलोजिस्ट्सँग सल्लाह गर्नुहोस् । वाँहाले यो भिटिलिगो हो कि हैन भनेर निर्धारित गर्न सक्नुहुन्छ । भिटिलिगोको कुनै उपचार छैन, खाध्य औषधीहरु उपलब्ध छन्, जसले सुर्यको किरणको साथ छालाको रङ पुनर्स्थापना गर्न मद्दत गर्दछ ।  जन्मचिन्हहरूः यो बडी बढेका पिग्मेन्ट सेलहरु हुन । अधिकांश जन्मचिन्हहरू समय सँग हराउँदै जान्छ । यद्यपि, यदि तपाईंको बढ्दै जान्छ र गाडा कलेजी रंगमा परिवर्तन हुन्छ भने, छाला विशेषज्ञ द्वारा आफ्नो जाँच गराउनुहोस् । यो मेलानोमा हुने सम्भावना हुन सक्छ ।  जन्म चिन्हहरू सामान्यतया हानिकारक हुँदैनन र कस्मेटिक कारणहरूका लागी बाहेक हटाउन आवश्यकता पर्दैन । तथापी केहि चिकित्सा अवस्थाहरु जस्तै मेलानोमा यसलाई हटाउन समर्थ हुन्छ । भेरीकोज नसाहरु: जब खुट्टामा रगत गुरुत्वाकर्षणको विरुद्ध बग्न सकिँदैन वा यदि खुट्टाका नसाहरु खराब छन भने रगत खुट्टामा स्तगित हुन थाल्छ । यसले खुट्टा सुनिन थाल्छ र नसाहरु फुलेको देखिन थाल्छ । यो दर्दनायक अवस्था मोटो मान्छेमा हुन्छ, कहिलेकाहीं गर्भावस्थामा र दिनभरी खडा हुन आवश्यक जगारी भएका मानिसहरूमा हुन्छ । छातीको स्तर माथि खुट्टा राख्नु सामन्य देखी मध्यम अवस्थाहरूको समाधान हो । गम्भीर अवस्थामा, लेजर उपचार समाधान हो । खतहरु: बच्चा हुँदा, तपाईंले झुकिएर आफ्नो वुवाको बाइकको तातो साइलेन्सरमा खुट्टा जलाउनु भएको छ  ? त्यस घटनाको याद दिलाउन तपाईंसँग अझै खत छ होला ! खतहरु छालाको कोलाजेन र इलास्टेनमा चोट लागेपछी हुन्छ । यदी खत छ भने तपाईं त्यसका साथ बाँच्नु पर्ने हुन सक्छ । तथापि, नयाँ चोटले जिवनभरी समझना दिलाउनुपर्छ भन्ने कुनै कारण छैन । छालाको रङ उड्नु, डन्डीफोरबाट हुने केलोइड्स वा पकमार्क्स्, जे खत होस्, तीनलाई उपचार गर्न धेरै क्रीम र लेजरहरुका विकल्पहरू उपलब्ध छन् । उमेरका दागहरु: लिभर स्पट्स पनि भनिने, यिनिहरुको लिभर वा उमेरसँग केहि सरोकार हुँदैन । तपाईंको छालाले सुर्य प्रदर्शनको सामना गर्न अतिरिक्त मेलानिन उत्पादन गर्नुका कारण यो बन्छ । वैकल्पिक ब्लिचिङ क्रीम जस्तै हाइड्रोकुइनोन र एक्स्फोलिएटिङ क्रीम जस्तै रेटिनोइड आधारित क्रीमले दागहरु कम गर्न मद्दत गर्छ । यो तपाईंको डर्मटोलोजिस्ट्को निर्देशनमा मात्र गर्नुहोस् । अन्य विकल्पमा रासायनिक पिल र माइक्रोडरमोब्लेसिन समावेश छ । पुरानो जिद्दी दागहरुको लागि लेजरहरू अन्तिम उपचार विकल्प हो । एक्जिमा: यो एक दीर्घकालिक छाला रोग हो, जसलाई एटोपिक डेर्मेटाइटिस पनि भनिन्छ । प्राय: यसका सामान्य लक्षणहरू सुख्खा र चिलाउने छाला, मुखमा घाउ, कुइनो भित्र, घुँडा पिछाडि, र हात र खुट्टामा घाउ हुन्छ । हाल, एक्जिमाको निको पार्न कुनै पनि परीक्षण छैन, त्यसैले चिकित्सकहरू तपाईंको र तपाईंको परिवारको बारे जानकारीमा निर्भर पर्दछन । उपचार विकल्पहरूमा निको हुने औषधी समावेश हुँदैन्, केवल चिलाएको र पोलेकोबाट तुरुन्त राहत प्राप्त गर्न सकिन्छ । हाइभ्स्: हाइभ्स् तपाईंको छालामा रातो र कहिलेकाँही खुट्टामा हुने गाँठो हो । तिनीहरू सामान्यतया केहि खानेकुरा वा ड्रगको एलर्जी प्रतिक्रियाको रूपमा देखा पर्छन् । अन्य एलर्जी को केहि रूप भएको मान्छेहरुलाई, एलर्जी नभएको मान्छेहरु भन्दा बडी हाइभ्स लाग्ने अधिक संभावना छ । अन्य कारणहरूमा संक्रमण र तनाव समावेश गर्नसकिन्छ । प्रायजसो हाइभ्स आफै जान्छ, तर यदी तपाईंको गम्भीर समस्या छ भने, तपाईंलाई चिकित्सा सहायताको आवश्यक पर्न सक्छ । छाला हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो । यो हाम्रो शरीर र बाहिरी, ब्याक्टीरिया, भाइरस र अन्य खतरनाक माइक्रोबक्स हरूले भरिएको हानिकारक संसारको बीच सुरक्षात्मक अवरोध हो । त्यसैले, हाम्रो छालाको हेरचाहलाई हाम्रो स्वास्थ्य हेरविचार सूचीमा शीर्ष स्थान दिना अत्यन्तै आवश्यक छ ।
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावारीको समयमा, महिला आफैलाई समेत आफ्नो मष्तिकले कसरी काम गर्छ भन्ने थाहा हुदैन !महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु हुन्छन् ! के बच्चा रुनेछ ? के बच्चा बिरामी हुनेछ ? के मैले सबैकुरा प्याक गरेको छु ?  यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोच्नुभयो भने, फेरी सोच्नुहोस् !  जब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ ।पौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा आफै स्वयंको रूपमा बुझ्नको लागि एउटा माध्यम हो । यसको उद्देश्य आफ्नै चेतनालाई बढाउने एउटा निश्चित विधा हो । विभिन्न प्रकारको ध्यानमा सचेतना र  ध्वनिमा आधारित ध्यान पनि हुन सक्छ । जबकि धेरै समय अगाडि, ध्यान केहि व्यक्तिहरूका लागि एउटा स्थान थियो, आज यसको लाभको लगातार बढ्दै गएको शोधको साथै ध्यान एउटा एक अभ्यास बनिरहको छ जसले कुनै पनि व्यक्तिलाई अगाडि बढ्न मदत गर्छ । ध्यानको एउटा विशेषताहरू मध्ये एक हो तपाईको भट्कि रहेको मनलाई दबाउनलाई कुनै पनि खालको दबाव दिँदैन । के आवश्यक छ भने तपाई आफ्नो दिमागलाई हेर्नुहोस् र यो यो भट्की रहेको पनि हेर्नुहोस् र विस्तारै यसलाई आराम गर्न दिनुहोस् । यसरी तपाई आफ्नो ध्यानको चरणको अन्तमा कुनै अवशिष्ट चिन्ता बाँकी रहदैन । तीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
रतन्धो भनेको रातमा वा मधुरो प्रकाशमा हुने कमजोर दृष्टि हो lयहाँ केही खाना र खाने तरिकाहरु छन् जसले तपाईंको दृष्टि सुधार्न र रतन्धो रोकथाम गर्न मद्दत गर्नेछ: पालक र अरु सागहरु जस्ता गाडा हरियो पात भएका तरकारीहरु खानुहोस् l तिनीहरुमा उच्च मात्रामा लुटेन, जिजेनथिन हुन्छ, स्वस्थ आँखाहौर्को लागि चाहिने पोषणहरु l चुरोट नपिउनुहोस् l दैनिक एक गिलास रेड वाइन ठिक छ तर रक्सी पिउनुहुदैन l हाइड्रोजनीकृत तेल, रिफाइन गरेको कार्बोहाइड्रेट र धेरै सुगरबाट टाढा रहनुहोस् l जहिले बाहिर चम्किलो प्रकाशमा जाँदा सनग्लास लगाउनुहोस् आँखालाई हुने सम्भावित क्षति रोक्न l अम्बर र ग्रे रंगको लेन्सहरु अल्ट्राभायोलेट किरणहरु विरुद्ध प्रभावकारी हुन्छन् l एउटा आँखा विशेषज्ञ भेट्नुहोस् र आवश्यक भए राती हाँक्दा लगाउने ग्लासको लागु सल्लाह लिनुहोस् l राती मधुरो प्रकाशमा नहाक्नुहोस् र हेर्नुहोस् यदि तपाईंले अर्को दिनसम्म काम काम धकेल्न सक्नुहुन्छ l ठुलो शहरमा राती राम्रो लाइटको अवस्थाहरुले पनि रतन्धोको समस्या हुने कसैलाई गाह्रो हुनसक्छ l भिटामिन ए बढी हुने खानाहरु जस्तै पालक, गाँजर, मेवा, ब्रोकोली र आँपहरु तपाइको दैनिक आहारमा थपिनुपर्छ l माछाको तेल भिटामिन एको लागि राम्रो स्रोत हो l कड-लिभर तेललाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ l केही जंगली बिरुवाहरुलाई पनि भिटामिन एको राम्रो स्रोत मानिन्छ तर तिनीहरु मौसमी हुन्छन्, साना मात्रामा उपलब्ध हुन्छन् र तिनीहरु बारे धेरै थाहा छैन l सिमिहरु भिटामिन एको राम्रो स्रोत हुन् l तिनीहरु विशेषगरी शरद ऋतुमा सेवन गरिन्छ l अन्डाहरु भिटामिन एको राम्रो स्रोत हुँ l दैनिक रुपमा अन्डा खानुहोस् l उच्च कोलेस्ट्रोल हुने मान्छेहरुले खानुपर्छ, यद्दपी अन्डाको मात्रामा ध्यान दिनुपर्छ l खुर्सानीहरुमा पनि भिटामिन ए राम्रो मात्रामा हुन्छ तर राख्ने तरिका, सुकाउने तरिकाले भिटामिन एको तत्व घटाउँछ l गाँजरहरु अर्को राम्रो स्रोत हुन् l तिनीहरुमा भिटामिन एको तत्व बढी हुन्छ र तिनीहरु महँगो छैनन् पनि l
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले कारण जाँच्नुपर्छ lमहिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
के तपाईं सधैं यौन सुखबारे धेरै जानकारी राख्न रुचि राख्नुहुन्थ्यो र विना हिचकिचाहट कसैलाई सोध्न सक्नुहुँदैनथ्यो ? केही छैन । हामीलाई अब ती पाँच शीर्ष बिन्दुहरू थाहा हुनेछ जसले महिलालाई आनन्दको ढोकासम्म लैजान्छ ! संभोगको बेलामा मात्र यौन सुख हुन्छ ! यस्तै खालका धेरै कुराहरू पढ्नुभएको वा सुन्नुभएको छ ? ल अब योनीबाहेक महिला यौन सुखका ती दबाब क्षेत्रबारे बुझ्ने कोसिस गरौँ ।महिलाको यौन सुखसँग जोडिएका तथ्यको तुलनामा सधैं नै  धेरै कल्पनाका कुराहरू रहेका छन् । यस बिषयमा हरेकले बताउने आफ्नै अन्तर्दृष्टि हुन्छ, तर वास्तविकता भनिएका कुराभन्दा बिल्कुलै बेग्लै छन् । धेरैजस्तो भन्दै आइएको छ कि यौन सुख संभोगको बेलामात्र हुन्छ वा योनीमा रहेको भंगाकुरलाई उत्तेजनामा ल्याएर मात्र यसको सुख प्राप्त हुन्छ । अब भन्नुपर्दा, सत्य यो हो कि महिला यौन सुख शरीरको अन्य गैरयौन अङ्गलाई चलाएर पनि हुनसक्छ । अधिकांश महिला संभोगको समयमा यौन सुख अनुभव गर्न सक्छन्, तर केही अरुको हकमा थप केही गर्नुपर्ने हुन्छ जसले उनीहरूलाई गहन आनन्दका साथ यौन सुख महसुस गर्न मद्दत गर्न सक्छ । यदि आनन्द महसुस गराउने अन्य ठाउँहरू कुन हुन् भनेर खोज्ने हो भने यहाँ तपाईंलाई त्यहाँ लैजान ५ बाटोहरू छन्  ।   स्तन र स्तनको मुन्टो :   स्तन चलाउनु र स्तनको मुन्टो चुस्नु पूर्व यौनक्रिडाको समयमा धेरैजस्तो गरिने कार्य हुन्, तर केही महिलाको लागि यसले उनीहरूलाई परमआनन्दको सागरमा तुरुन्तै लैजाने हुन्छ । एक खोज अध्ययनका अनुसार स्तनको कोमल स्पर्शले मात्र पनि धेरैजसो महिलालाई यौन सुखको बाटोमा लैजानसक्छ । स्तनभन्दा पनि अझै धेरै स्तनको मुन्टो अधिक संवेदनशील बढाउने अङ्ग हो ।   नाइटो (नाइटो वरिपरिको भाग) :   यस्तो पनि भन्ने गरिएको छ कि महिलाको नेटो वा भंगाकुरलाई चलाउनाले लगभग समान सुख वा उत्तेजना दिन्छ किनकि यी दुवै स्नायुगतरुपमा एकअर्कासँग जोडिएका हुन्छन् । त्यसकारण, महिलामा यौन सुख बढाउन यो सर्वाधिक खोजी गरिने सहायक अङ्ग बन्न पुग्दछ । नाइटो क्षेत्रमा औंला घुमाउँदा वा नाइटोमा चुम्बन गर्दा महिलाको धड्कन दौडाउन सक्छ । ओठ महिला यौन सुखको दबाब बिन्दुको लागि धेरै महत्व नदिइएको क्षेत्र, तर धेरै प्रभावकारीमध्येको एक पनि । अध्ययनले बताउँछ कि कामुक चुम्बनले केही महिलामा यौन सुख बढाउने काम गर्न सक्छ । ओठ वा अनुहारमा बिस्तारै छुने वा कोलम ढंगले हात फिराउनाले कुनै महिलालाई यति धेरै उत्तेजित गर्छ कि उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।  यदि चुम्बनले नै यौन सुख प्राप्त गर्न सकिन्छ भने उनको पुरुषलाई अवश्य पनि धेरै मेहनत गर्नुपर्ने अवस्थाबाट बचाउँछ ।   घाँटी वा गर्दन :   महिलालाई जगाउने एक महत्वपूर्ण दबाब बिन्दु घाँटी वा गर्दन पनि हुन सक्छ । दबाब बिन्दु भन्नाले घाँटी निमोठ्ने भनेर हामीले भन्न खोजेको हैन (तथापि त्यसो गर्नाले पनि केही महिला पूर्ण उत्तेजित हुने गर्छन्, र धेरै यौन आनन्द अभ्यास !) । हामीले भन्न खोजेको कानको लोती तल र वरपर कोमल मायालु छुवाइ हो । त्यहाँ गरिने एक मायालु चुम्बन वा टोकाइले रसलाई सही दिशामा बहाउन सक्छ । यसको अर्को पक्ष यो हो कि यसले महिलामा हाँसोको फोहोरा पनि ल्याउन सक्छ ।   खुट्टाको बुढी औंला :   महिलाको खुट्टाको बुढी औंला चुम्नु र चुस्नु भनेको सदैव मनपर्ने पूर्व यौनक्रीडा हो । तर कसलाई सिकाइएको छ कि यो यौन सुख वढाउने मुख्य ठाउँ हुनसक्छ । बुढी औंला चाट्ने वा चुस्ने कार्य गर्दा यसले महिलालाई आनन्दको अर्को संसारमा पठाउन सक्छ । यो सँगै अन्य केही कोमल उपायले महिलालाई बहुयौन सुखको सागरमा पौडन मद्दत गर्न सक्छ र कल्पना गर्नुहोस् त्यहाँ १० औंला छन्, तब त यसले आनन्दको सम्भावनालाई दशगुणा बढाउँछ !
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न